हिन्दूहरुको महान् पर्व छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत ठाउँमा धुमधामका साथ सुरु भएको छ । छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी एवम् ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक छठ पर्व मनाइने गर्दछ । Continue reading “आजदेखि छठ पर्व सुरु, तराईमा धुमधामले मनाइँदै”
Author: admin
सन्ठी नहुँदा थारुको हुके हुक्का खेल हरायो
सुखिलाल चौधरी/उदयपुर।
सनपाटको सन्ठी नहुँदा थारु समुदायमा लक्ष्मी पूजाको दिन खेलिने हुके हुक्का खेल लोप भएको छ। सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केही वर्ष अगाडिसम्म खेलेपनि पछिल्लो समयमा युवा पुस्ताहरुले यसको संरक्षण नगर्दा लोप भएको हो। Continue reading “सन्ठी नहुँदा थारुको हुके हुक्का खेल हरायो”
छिमेकीसँगको सुमधुर सम्बन्ध भारतको प्राथमिकता : राष्ट्रपति मुखर्जी
भारतका राष्ट्रपति प्रणव मुखर्जीले भारत आफ्ना छिमेकीलाई विशेष प्राथमिकता राखेर सँगसँगै अगाडि बढ्न चाहेको बताएका छन्। नेपालको तीन दिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति मुखर्जीले राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोज समारोहमा भने, ‘हरेक क्षेत्रमा भारत दुबै मुलुकको हित र प्रगतिका लागि सँगै अघि बढ्न चाहन्छ।’
नेपाल–भारतको सम्बन्ध युगौँदेखिको पुरानो र प्राचीन सभ्यतासँग गाँसिएको उल्लेख गर्दै राष्ट्रपति मुखर्जीले सांस्कृतिक एवम् जनस्तर कायम सम्बन्धले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाएको विचार व्यक्त गरे।
शान्ति, स्थायित्व र समृद्धिको बाटोमा नेपाल सधैँ अघि बढेको हेर्ने भारतको चाहना रहेको र त्यस कार्यमा भारतको सहयोगी भूमिका रहने उनको प्रतिबद्धता थियो।
प्राकृतिक विपद्पछिको नेपाली जनताको सहनशीलता अत्यन्त सरहानीय भएको बताउँदै राष्ट्रपति मुखर्जीले नेपालको पुनःनिर्माण अभियानमा भारत सहयोग गर्न तत्पर रहेको विश्वास दिलाए।
शान्ति र सुरक्षा २१औँ शताब्दीको साझा चुनौती भएकाले आतङ्कवादका सबै प्रकारका प्रकट रुप उन्मूलन गर्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा उनको जोड थियो। राष्ट्रपति मुखर्जीले भने, ‘यसका लागि सबैको सामूहिक प्रयत्नको आवश्यकता छ।’
हालै भारतको गोवामा सम्पन्न ब्रिक्स र बिम्स्टेक सम्मेलनमा क्षेत्रीय र उपक्षेत्रीय तहमा आफ्ना तर्फबाट उक्त विषयलाई प्रधानताका साथ अघि बढाएको पनि उहाँले स्मरण गराए। भारतले आफ्ना छिमेकी मुलुकसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै राष्ट्रपति मुखर्जीले भने, ‘भारत नेपाललाई विशेष प्राथमिकतामा राखेर दुई पक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याउन चाहन्छ।’
नेपालको न्यानो आतिथ्यताप्रति धन्यवाद व्यक्त गर्दै उनले नेपालका राष्ट्रपति भण्डारीलाई भारत भ्रमणको निमन्त्रणा पनि दिए। रासस
थारु युवतीहरुको नृत्य
चितवनको खैरहनीमा आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य गर्दै थारु युवती। तस्बिर : कारी महतो
अन्तर्राष्ट्रिय पदक विजेतालाई नगदसहित सम्मानित
कारी महतो/चितवन।
अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा पदक जितेका खेलाडीहरु तिहार विशेष साँस्कृतिक कार्यक्रममा सम्मानित भएका छन् । अक्टोबर २२–२३ का दिन थाइल्याण्डमा सम्पन्न भएको छैठौ तिराक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई गोल्डमेडल र सिल्भरमेडल जिताउन सफल खैरहनी नगरपालिका वार्ड नं. १ का दुई जना खेलाडीहरु र रत्ननगर वार्ड नं. ४ निवासी टिम कोच रोशन खान सम्मानित भएका छन् । गोल्डमेडलिस्ट रञ्जित चौधरी र सिल्भरमेडलिस्ट धनबहादुर दराईलाई क्रमशः सात हजार र पाँच हजार नगद सहित सम्मान गरिएको हो । राष्ट्रकै गौरव र गरिमा उच्च राख्न सफल भएकोमा सिर्जनशील थारु समाज र बहेरा साउण्ड सिस्टमले उनीहरुलाई सम्मान गरेका हुन् । हाल अमेरिकामा तेक्वान्दो प्रशिक्षणरत रामशरण चौधरीले नगद पुरस्कार सौजन्य गरेका थिए ।
कार्यक्रमको उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि चितवन क्षेत्र नं. २ का निर्वाचित सांसद शेषनाथ अधिकारीले तिहारको शुभकामना सहित बहेरा चोकदेखि थारु टोलको बाटोलाई यसैवर्ष पीच गर्नका लागि बजेटको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सम्मानित खेलाडीहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै टिमकोच रोशन खानले आफूहरुलाई सम्मानित गरेर हौसला बढाएकोमा धन्यवाद व्यक्त गर्नुभयो । वहाँले नौ जना खेलाडीहरुलाई थाइल्याण्ड लगेको र सातवटा मेडल जितेर फर्केको जानकारी गराउनु भयो ।
उदघाटन समारोहमा नेपाली काँग्रेसको तर्फबाट अतिथिहरु कुमार कार्की, माओवादी केन्द्रका तर्फबाट एकराज डल्लाकोटी, महिलाको तर्फबाट वडा नागरिक मञ्चका सहसंयोजक राधा पोखरेल, थारु समुदायका तर्पबाट थाकस चितवनका पूर्व सभापति टिकेन्द्र चौधरीले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो । उद्घाटन समारोह कार्यक्रम सिर्जनशील थारु समाजका अध्यक्ष कारी महतोको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम संयोजक हरिकुमार चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको साङ्गीतिक माहोलमा गायक अञ्जन डल्लाकोटी र आर के चौधरी लगायत स्थानीय कलाकार र नव प्रतिभाहरुले गीत तथा नृत्य प्रस्तुत गर्नुका साथै विराटनगरका प्रख्यात नाट्यकर्मी तथा रङ्गकर्मी आर. बि. के. को परिकल्पना र निर्देशनमा रुन्चे बालक (क्राइङ्ग बेबी) नामक मुक नाटक (साइलेन्स ड्रामा) प्रदर्शन गरिएको थियो । १३ मिनेटको नाटकमा कुनै सम्वाद थिएन । नाटकले नेपालको नयाँ संविधान छिट्टै कार्यान्वयनमा नआए वैदेसिक हस्तक्षेप बढ्ने र शक्तिसम्पन्न राष्ट्रहरुले नेपालमा चलखेल गर्दै नेपालका नेताहरुकै हातबाट नयाँ संविधानलाई निमोठेर मार्न सक्ने सन्देश दिएको छ । सञ्चारकर्मी सुमित्रा महतोले कार्यक्रममा उदघोषण गरेका थिए ।
आब भासिक, सांस्कृटिक जागरन जरुर बाः सर्वहारी
गैइल अठ्वार डस्यक अवसरम डस्यक गोरपासुः पहिचानक याट्रा लेक दाङसे बुह्रानसम अभिायन चलल । यिह विषयम डस्यक गोरपासुः पहिचानक याट्राक संयोजक एवम थारु पत्रकार संघके केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीसे युगवोध दैनिकक थारु भाषा पृष्ठ मटान अङ्नाके संयोजक सन्तोष दहितसे करल बातचित प्रस्तुत बा ।
अप्नहुक्र डस्यक् अवसरम साताव्यापी गोरपासुः पहिचान याट्रा अभियानम निस्कल रलही । कसिन खालके पहिचानके याट्रा हो । स्वाँचल जसिन याट्रा हुइल की नाही ?
मौसमके कारन कुछ कार्यक्रम फेरबडल हुइले से फेन कार्यक्रम समग्रमे बहुट मजा हुइल । यि याट्राहे हम्रे डस्यक गोरपासुः पहिचान याट्रा कले रहि । डस्यामे खानपिन किल खाके मनैनासे थारु भाषा, साहिट्य, संस्कृटि भासिक अधिकार अर्ठाट् थारुन्के समग्र अधिकारबारे जागरनमुलक कुछ उपलब्धिमुलक कार्यक्रम हुइ कि कहिके यि कार्यक्रम कैगैलक हो । गाउँघरमे थारु भाषा, संस्कृटिप्रटि बहुट उट्साहिट भेटैलि । जनटा निरास नैहुइट । मने उट्साह बह्रैना मनैन्के कमि खलल बा ।
याट्रा के खास उद्देश्य ओ लक्ष्य का रह ?
हमार अभियानमे संयुक्ट रास्ट संघके आदिबासि जनजातिनके अधिकार हेर्ना एसिया छेट्रके सदस्य फुलमान चौधरी, मानवअधिकारकर्मि ओ गिटकार, कवि सुशील चौधरी, मै थारु पत्रकार संघके केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारी, क्याम्रापर्सनके रुपमे संघके बर्दिया जिल्ला अध्यक्ष सरम चौधरी रहि । प्राविढिक समस्याके कारन साहिट्यकार छविलाल कोपिला, पहुरा दैनिकके प्रकासक÷सम्पाडक स्माइल चौधरी याट्रा टोलि सडस्य रलो पर जाइ नैसेक्लाँ । फुलमानजि संयुक्ट रास्ट संघके आदिबासि जनजातिनके अधिकार हेर्ना एसिया छेट्रके सदस्य ३ बरसके लग (सन् २०१७–२०१९) निर्वाचित हुइलकमे थारुन्के का कसिन इस्यु संयुक्ट रास्ट संघमे उठाइ सेक्जाइठ कहिके नेंगल रहिट, उहाँ बहुट उट्साहिट बटाँ ।
पहिचानके याट्रा म कहाँ कहाँ पुग्ली ?
पहिचान याट्रम् हम्रे दाङके रातगाउँ, धमकापुर, गढवा पुग्लि, जहाँ क्रमसः स्थाानिय गुरुबाबा सहकारी संस्था जंग्रार साहित्यिक बखेरी, साउदी शाखा ओ थारु भाषा तथा साहित्य संरक्षण मंच सघाइल । ओस्टक बाँकेक् बैजापुर ओ टिटिहिरिया पुग्लि, जहाँ थारु पत्रकार संघ बाँके शाखा ओ स्थानिय बरघरलोगन्के समुह ओ कीर्तिपुर रना मनोज हर्दिउला भइया सघैलाँ । यि बाहेक बर्दियक् मजोरबस्टि, पर्सेनी ओ लक्ष्मणपुर गाउँमे कार्यक्रम कैगैल । यहाँ क्रमशः स्थानिय क्लवलोग सहयोग साठ डेहलाँ ।
साताव्यापी याट्रा न्याङ्गबेर कुछ लौव चिज भेटैइली की ?
जरुर मिलल । जस्ट कि दाङके रातगाउँम गुरुबाबा सहकारी संस्था स्थानिय किसानलोगनके टिना टरकारिके बजारिकरनमे टे सहयोग कर्ले जो बा, यि बाहेक यि संस्थासे गुरुबाबक् जन्मौटि छापल सुचना सहिट हाँठ फेन परल । जबकि इहिसे पहिले २०३८÷०३९ सालमे महेश चौधरी बाहेक औरे जे यि पोस्टा छापल पटा नैचलल् रहे । उहाँलोग अनुसन्धान कैके जडिबुटिसे उपचार बारे फे मजा पोस्टा निकरले बटाँ । धमकापुरमे बोर्डिंग स्कुलमे फेन थारु पोस्टा चलाइल मिलल । गढवाके कार्यक्रममे एमाले नेटा भगवती चौधरीक् लिखल मोर जियाके बात पोस्टाके बिमोचन कार्यक्रममे सहभागिटा जनागैल, उहाँहे ठप पोस्टा लेखनके लग उट्साह डेगैल ।
बाँकेक् बैजापुरमे बरघर, गुर्वा, किसानलोगनसे स्थानिय सवालके बारेम, गाउँक् नामाकरनके बारेम जौन मेरिक छलफल चलागैल, उहाँलोग सांस्कृटिक नाचगानके साठ साठ ऐसिन कार्यक्रम पैल्हा फेरा हुइल कहलाँ । उहाँ थारुन्के भुवरभवानि मन्दिर बा, जहाँ थारु हरेक बरस जेठ ओ अघनमे बरवार पुजा कर्ठा । मने यहाँ निट्य पुजा भारतके पुजारीलोग करल डेख्के डुख लागल । बाँकेक् पेडारीम निर्ढारिट कार्यक्रम टयारि नैपुगल कारन स्ठगिट हुइल, मने उहाँक् टिटिहिरिया गाउँमे मनोज हर्दिउला भइयक् सहयोगसे स्थानिय बुड्ढिजिविनसे खासकैके डेसौरि भासक् लोकसाहिट्यके संरच्छन कसिक करे सेक्जाइ ओकर बारेम केन्डिरिट होके छलफल चलागैल । उहाँलोग कौनो न कौनो पोस्टा हालिसे हालि छप्ना प्रटिबड्ढटा कर्ला ।
बर्दियक् मजोरबस्ति गाउँमे उड्घाटन हुइल कार्यक्रम पानि परल कारन स्ठगिट करे परल । मने उहाँक् मनाउ–६ पर्सेनी गाउँमे २ ठो थारु गिटि क्यासेट ओ बालिका चौधरीक् निबन्धके पोस्टा ‘जीवनका बक्र रेखाहरु’ विमोचनके कार्यक्रमके साथ नाचगान फेन चार चाँड लगैले रहे । ठाकुरद्वारम थारु होम रेसोर्ट चलाइल मोहन चौधरी टिनु स्रस्टन जनहि डस डस हजार प्रोट्साहन रकम डेना कहिके उट्साह बह्राडेलाँ । लग्ढार कार्यक्रम कर्लेसे गाउँक् नुकल स्रस्टनके खोजि, बुड्ढिजिविनके उट्साह बह्रठ, जिहिसे लावा लावा कार्यक्रम बनाइ सेक्जाइठ कना हमार ठहर बा ।
डस्यक् ब्याला पहिचानक याट्रा म निक्रलक ओर्से डान्चे डस्यक बाटफे खिटक्वारटु । अप्नहुक्र यी याट्राम दाङसे बुह्रान घुम्ली । थारु गाउँम नाचजैना डस्यक सख्या, पैया नाचम जिल्लाक हकम कसिन अन्टर पैलि ?
अन्टर बा । लगाम फरक बा, मन्डरक ख्वाटमे फरक बा, पैया लग्नामे फरक बा । बर्दियाके जोतपुर गाउँमे राटके एक बजे नाच हेरे जाइबेर कान्हासे कुइलरिया मुवल प्रसंगके गिट आइल रहे । हम्रे घरे आइ लग्लि टे कुइलरिया नैजियट सम जाइ नैपैबो कहलाँ । टब टे डस्या मनाउ कहिके घर छिरेबेर घरेम फे बैठे नैमिलठ कहिके उहाँसे फे निकार डेलाँ । अंङनम डोनाखोंचि पिलि । गिटमे अट्रा भारि विस्वास नुकल डेख्के मै छक्क पर्लु । जोतपुर गाउँमे ६÷७ बर्सक् भइयन फेन मन्डरा बजाइट डेख्के बहुट खुसि लागल ।
पुर्खासे नच्टी अइलक महिनौ डिनसम नच्ना डस्यक सख्या, पैया नाच दाङके बहुट गाउँ हेराचुकल बा । खास कारण का हुई ?
मै यि बाटहे नैमन्ठुँ । जस्टे कि बर्दियक् राजापुर क्षेत्रके ११ गाविसके सक्कु हस गाउँमे सख्या जम्कल डेख्गैल । दाङदेउखरमे हेराइल कहटिमे यि नाच हेराइटा कना बाटेम डम नैहो । बाँकेक् धामपुर गाउँमे आब लँवरियन पह्रनामे ढ्यान लगाइल ओर्से सख्या नाचक् मन नैलागल लौंरन आरोप लगैलाँ । मने लँवरियन मन्डरियक अभाव डेखैलाँ । ओइनके कहाइ रहिन्– मन्डरियन मन्डरा बजैलेसे टे हम्रे नाच डारब जे । बहुट बरस बरघर चलाइल उ गाउँक महटाँवा अपने महटै छोर्लक बाडसे धामपुरसे सख्या नाच हेराइल जनैलाँ । उहेसे समस्या अगुवन्मे बा, जहाँ अगुवन् सकृय बटाँ, उहाँ सख्या बँचल बा ।
खास कना हो कलेसे थारुन्हक हरेक टै टिह्वारम आपन छुट्ट किसिमक पहिचान बा, नाचगान, संस्कृटि बा । उह फे विविध कारनले हेरैटि जाइटा यिहन बचाइकलाग सख्यामे पिएचडि बुझासेकल अनुसन्धानकर्टाके हैसियटले मोर अनुभव का कहठ कलेसे आब थारु गाउँ गाउँमे होमस्टे खुल्ना अवस्ठा हुइल कारन कौनो नाच लोप नै हुइ । मने इहि होमस्टेमे सिमिट नै करे परल । गाउँक् महटाँवालोग जागे परल । आपन गाउँहे चम्पन बनाइक लग अगुवालोग नैजागट सम अपनेक उठाइल सवाल अन्सार ब्यापारिकरनके रुपमे यि बँचे सेकठ, मने गाउँ सुन्य हो सेकठ । ओहेसे आब सांस्कृटिक जागरन जरुरि बा ।
ओरौउनीम, कुछु कहपर्ना बा की ?
मै डस्यक लगट्टे लिम्बुवान छेट्र ताप्लेजुंग, पाँचथर ओ इलाम जिल्ला घुम्लुँ । उहाँक् लिम्बुलोग फेन थारुन्हस आपन कला, संस्कृटि हेरैटि गैलकमे चिन्टिट बटाँ । मने कला, संस्कृटि जोगैना उहाँ फेन ठोस प्रयास नैहो । डेस संघियतामे गैसेकलमे फेन आ आपन पहिचानके लग कुछ ठोस योजना नैबनाके सम्बन्धित समुह, निकाय चिमचाम रलेसे संघियता आइल का अर्ठ ? अस्टे जागरनमुलक कार्यक्रमके लग डस्यक गोरपासु कैगैलक हो । यि अभियानहे हाल थाइलेन्डमे रहल प्रेमसिंह थारु कुछ सहयोग कर्ले रहिट । सहयोगि हाँठ मिलहि कलेसे असिन गोरपासु आब नियमिट कर्ना सोंच बा ।
चर्चित गीत ‘लहेँगा मोर हो तुहार’को सिक्वेल ‘नौरंगी लेहेँगा’ सार्वजनिक
चर्चित थारु गीत लेहेँगा मोर हो तुहारको सिक्वेल गीत सार्वजनिक भएको छ। थारु गायक मोहन दहितले उक्त गीत बजारमा ल्याएका छन्। उक्त गीतको अडियो सिडिएम म्युजि क्रियसनको युट्युबमार्फत् सार्वजनिक गरिएको छ। Continue reading “चर्चित गीत ‘लहेँगा मोर हो तुहार’को सिक्वेल ‘नौरंगी लेहेँगा’ सार्वजनिक”
चौकीदार बलराम थारुको माइकमा जोडियो प्रविधि
‘आयो आयो, बलराम आयो, के गर्न आयो, ताजा खबर भन्न आयो, भोलि बिहान ८ बजे सामुदायिक वनमा दाउरा खुल्ला गरीएको छ, बेगारी छ आउनुहोला ।’ बर्दियाको वन हेरालुले ह्यान्ड माइकमा बजाएको सूचना हो यो । Continue reading “चौकीदार बलराम थारुको माइकमा जोडियो प्रविधि”
मधेसी मोर्चालाई बामदेवले भने- आन्दोलनको धम्कीले संविधान संशोधन हुन सक्दैन
नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आन्दोलनको धम्कीले संविधान संशोधन हुन नसक्ने बताएका छन्। विराटनगरमा पत्रकारसँग कुरा गर्दै नेता गौतमले सडकबाट नभई संसद्बाट संविधान संशोधन हुने भएकाले मधेसी मोर्चाले आन्दोलन र धम्कीका कुरा छाड्नुपर्ने बताए। Continue reading “मधेसी मोर्चालाई बामदेवले भने- आन्दोलनको धम्कीले संविधान संशोधन हुन सक्दैन”
बसको ठक्करबाट साइकलयात्री प्रतिमा चौधरीको मृत्यु
सुनसरी जिल्लाको रामधुनीभासी नगरपालिका–५ झुम्काबजारमा आज बिहान पश्चिमबाट पूर्वतिर आउँदै गरेको ना४ख ७३९४ नंको बसको ठक्करबाट साइकलयात्री १९ वर्षीया प्रतिमा चौधरीको मृत्यु भएको छ। Continue reading “बसको ठक्करबाट साइकलयात्री प्रतिमा चौधरीको मृत्यु”