प्रधानमन्त्रीले डाके थरुहट नेता, थारुको मुद्दा पूरा नगरे आन्दोलनको चेतावनी

प्रधानमन्त्री पुष्पकमल दाहाल र थरुहट तराई पार्टी नेपालका शीर्ष नेताहरुबीच छलफल भएको छ । छलफलमा थरुहट आन्दोलन, संविधान संसोधन र टीकापुर घटनामा पक्राउ परेकाहरुको रिहाई सम्बन्धमा कुराकानी भएको थरुहट तराई पार्टी नेपालका सचिव मिनराज चौधरीले जानकारी दिए । Continue reading “प्रधानमन्त्रीले डाके थरुहट नेता, थारुको मुद्दा पूरा नगरे आन्दोलनको चेतावनी”

यसकारण टीकापुर घटनाको जिम्मेवारी माओवादीले लिनुपर्छ [विचार]

केबी साउद।

रेशम चौधरी, जसलाई सरकारले हिंसात्मक टीकापुर घटनाको प्रमुख योजनाकार भनेर अर्थ्याएको छ। रेशम चौधरीलाई मैले ब्यक्तिगतरूपमा न देखेको छु न उनलाई चिन्छु नै। मात्रै फूलबारी एफएमका प्रबन्ध निर्देशक अथवा एक सञ्चार उद्यमिका रूपमा र असल कलाकारका हिसाबले सुनेको र चिनेको हुँ। Continue reading “यसकारण टीकापुर घटनाको जिम्मेवारी माओवादीले लिनुपर्छ [विचार]”

दुधे बालक बोकेर कैलालीमा आन्दोलनको शंखघोष [भिडियो/फोटो फचिर]

डेढ वर्षपछि बिहीबार धनगढीको माहोल एक्कासी तातियो। गत वर्षको टीकापुर घटनापछि शिथिल बनेको धनगढीको माहोल तताउन टीकापुर घटनामा पक्राउ परेका परिवारहरु अग्रपंक्तिमा रहे। उनीहरुलाई साथ दिएका थिए- थरुहट/थारुवान संयुक्त संघर्ष समिति र संघीय गठबन्धन। हुन त थरुहट/थारुवान संयुक्त संघर्ष समिति पनि विलिन अवस्थामा छ। तर कैलाली समिति भने अझै आफ्ना माग मुद्दामा अडिग भएर लडिरहेको छ।

भिडियो हेर्नुस्:
Continue reading “दुधे बालक बोकेर कैलालीमा आन्दोलनको शंखघोष [भिडियो/फोटो फचिर]”

तराईका पाँच जिल्लाको विवाद मिलाउन संघीय अायाेग बन्ने

संविधान संशोधन विधेयकमा सरकार र मधेसी मोर्चाका नेताहरू सहमतिनजिक पुगेका छन्। कात्तिकभित्रै संविधान संशोधन विधेयक संसद्मा दर्ता गर्नेगरी दुवै पक्षका प्रतिनिधिले गृहकार्य सुरु गरेका छन् । सहमति उन्मुख विषय टुंगो लगाउन छठलगत्तै सरकार र मोर्चा नेताहरूले औपचारिक तथा अनौपचारिक छलफल गर्ने छन् । मोर्चानिकट स्रोतका अनुसार संविधान संशोधन विधेयकको मस्यौदा तयार गर्न दुवै पक्षका नेताहरूले गृहकार्य गरिरहेका छन् । मोर्चाले मुख्य गरी नागरिकता, भाषा, प्रदेश सीमांकन र राष्ट्रिय सभा गठनबारे असन्तुष्टि जनाउँदै आएको छ । Continue reading “तराईका पाँच जिल्लाको विवाद मिलाउन संघीय अायाेग बन्ने”

कांग्रेस नेतृ सुजाता काेइरालालाई स्तन क्यान्सर

नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालालाई स्तन क्यान्सर भएको आशंका गरिएको छ। दसैंलगत्तै मलेसिया भ्रमणमा रहेका बेला रिँगटा लागेपछि अस्पताल पुगेकी नेतृ कोइरालालाई स्तन क्यान्सर भएको चिकित्सकहरूले जनाएको उनी निकट स्रोतले बतायो। ‘मलेसियामा उहाँको शल्यक्रिया भइसकेको छ,’ निकट स्रोतले भन्यो, ‘बायोप्सीको रिपोर्ट आउन बाँकी छ ।’ Continue reading “कांग्रेस नेतृ सुजाता काेइरालालाई स्तन क्यान्सर”

असन्तुष्ट पक्षको माग सम्बोधन हुँदै : मन्त्री चौधरी

कृषिमन्त्री गौरीशङ्कर चौधरीले सरकारले आन्दोलनरत असन्तुष्ट पक्षको माग सम्बोधन गर्न लागेको बताएका छन्। आठौँ थारु कल्याणकारिणीसभा जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले मधेसी र जनजातिका माग संविधान संशोधनमार्फत पूरा गर्नुपर्ने बताए। सरकारले संविधान संशोधनको तयारी अन्तिम चरणमा पुर्याएका कारण कात्तिक अन्तिमतिर संशोधन प्रस्ताव अघि बढ्ने मन्त्री चौधरीको भनाइ थियो।

संविधानको सफल कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन गर्नुपर्ने उनले बताए। कार्यक्रमलाई सांसद मन्जुकुमारी चौधरी, थारु नेता राजकुमार लेखीलगायतले सम्बोधन गरेका थिए।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइँदै

छठ पर्वको मुख्य दिन आज आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । Continue reading “अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइँदै”

थारु पत्रकारलाई थारु सांसद दिलमाया धामीद्वारा एक लाख सहयोगको घोषणा

माओवादी केन्द्रकी थारु सांसद दिलमाया धामीले थारु पत्रकार संघ बारा शाखालाई एक लाख सहयोग गर्ने घोषणा गरेकी छन्। बाराको कलैयास्थित थारु कल्याणकारिणी सभाको हलमा भएको प्रथम भेलालाई सम्बोधन गर्दै सांसद धामीले आफ्नो समुदायका पत्रकारहरुलाई हामीले नै मलजन गर्नुपर्ने बताइन्। Continue reading “थारु पत्रकारलाई थारु सांसद दिलमाया धामीद्वारा एक लाख सहयोगको घोषणा”

थारु पत्रकार संघको बारा अध्यक्षमा रेणु चौधरी

थारु पत्रकार संघ नेपालको बारा शाखा गठन भएको छ। थारु कल्याणकारिणी सभाको कलैयास्थित हलमा आयोजित भेलाले रेणु चौधरीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति बनाएको छ। जसको उपाध्यक्षमा जियालाल चौधरी, सचिवमा चन्द्रशेखर चौधरी, सहसचिवमा अनिल चौधरी र कोषाध्यक्षमा सविता चौधरी छन्। Continue reading “थारु पत्रकार संघको बारा अध्यक्षमा रेणु चौधरी”

मुखर्जी र मधेसी नेताहरुबीच संवविधान संसोधनबारे छलफल, गच्छदारसँग छुट्टै भेट

नेपालमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी र मधेसी मोर्चामा आवद्ध दलका अध्यक्षहरुबीच सामुहिक भेटवार्ता भएको छ । भारतीय राष्ट्रपति मुखर्जीलाई भेट्न मधेसी मोर्चामा आवद्ध सात दलका नेताहरु होटल हायात पुगेका थिए । त्यसअघि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले छुट्टा छुट्टै भेट गरेका थिए । Continue reading “मुखर्जी र मधेसी नेताहरुबीच संवविधान संसोधनबारे छलफल, गच्छदारसँग छुट्टै भेट”