‘उत्कृष्ट थारु पत्रकारिता पुरस्कार’ कान्तिपुरका गणेश चौधरीलाई प्रदान

थारु पत्रकार संघ नेपालले ‘उत्कृष्ट थारु पत्रकारिता पुरस्कार’ कान्तिपुर दैनिकका गणेश चौधरीलाई प्रदान गरेको छ। चितवनको सौराहामा आयोजित पाँचौं वार्षिक साधारण सभा तथा राष्ट्रिय भेलामा पत्रकार चौधरीलाई सो पुरस्कार प्रदान गरिएको हो।

थारुका समसमायिक मुद्दा र टीकापुर घटनापछि उब्जेको असहज परिस्थितिमा पनि निरन्तर थारुका मुद्दा उठाइरहेका उनलाई संघको केन्द्रीय कार्यसमितिले पुरस्कार दिने निर्णय गरेको थियो। हालसालै उनले कृष्णराज सर्वहारीको संयुक्त लेखमा थरुहट आन्दोलन : टीकापुरको कथा नामक किताब बजारमा ल्याएका छन्। पुरस्कार राशि ११ हजार एक सय ११ रुपैयाँ रहेको छ।

उनले पुरस्कार ग्रहण गर्दै यसले थम जिम्मेवारी प्रदान गरेको बताए। ‘यो पुरस्कार दिएर मलाई थप जिम्मेवारी प्रदान गर्नुभएको छ। यो जिम्मेवारी मैले राम्रोसँग बहन गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु,’ उनले भने।

यो पुरस्कार थारु पत्रकार संघ नेपाल र सतौन स्मृति ट्रस्टको पहलमा स्थापना गरिएको हो। उक्त ट्रस्ट नेपाली कांग्रेसका सांसद एवं नाइटिङ्गेल फाउन्डेसनका फाउन्डर तेजुलाल चौधरीले आफ्नो बुबाको नाममा स्थापना गरेका छन्। सोही ट्रस्टबाट सांसद चौधरीले वर्षेनि ११ हजार १ य ११ रुपैयाँको पुरस्कार घोषणा गरेका हुन्।

img_0257त्यस्तै थारु पत्रकार संघ नेपालको दाङ शाखालाई उत्कृष्ट शाखा घोषणा गरिएको छ। प्रमुख अतिथि मनोजकुमार चौधरीले दाङ अध्यक्ष सन्तोष दहितलाई सम्मान पत्र प्रदान गरेका हुन्।

img_0198कार्यक्रममा चितवन शाखाका अध्यक्ष कारी महतोको प्रकाशक तथा  सम्पादनमा ‘सङ्हाति’को द्वैमासिक पत्रिकाको किताब पनि विमोचन गरियो।

देशभरिका थारु पत्रकारहरुको भेला सौराहामा

थारु पत्रकारहरुको छाता संगठन थारु पत्रकार संघ नेपालको राष्ट्रिय भेला भोली (शनिबार) चितवनको सौराहामा हुँदैछ । ‘थारु समुदायको मुद्दा उठान, थारु पत्रकार संघको अभियान, सबै मिली जोगाऔं, थारुहरुको पहिचान’ मुख्य नारा सहित पर्यटकीय नगरी सौराहामा हुन लागेको भलाको सम्पूर्ण तयारी पुरा भइकेको छ । Continue reading “देशभरिका थारु पत्रकारहरुको भेला सौराहामा”

सौराहाको होटल व्यवसायमा जम्दै सुरेन्द्र चौधरी

Surendra Chaudhary Bussinessman sauraha chitwan 03सौराहाका सुरेन्द्र चौधरी एक वर्षअघि ट्राभल एजेन्सीका कर्मचारी थिए। फुर्सदमा दुध, दही र खाद्यन्नको व्यापार पनि गर्थे। दिनभरि ट्राभल एजेन्सीमा खटिनु र बचेको समयमा दुध, दही बेच्नु उनको दैनिकी बनेको थियो। उनले आफैंमाथि प्रश्न गर्थे- आखिर कहिलेसम्म यसरी गुजारा चलाउने? Continue reading “सौराहाको होटल व्यवसायमा जम्दै सुरेन्द्र चौधरी”

कोदालो प्रहार गरी कन्हैयाप्रसाद थारुको हत्या

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ९ ठाटी डाडामा बिहीबार साझ करिब ७.३० वजेको समयमा वर्ष २५ का तिलकराम थारुले छिमेकी वर्ष ४४ का कन्हैयाप्रसाद थारुको कोदालो प्रहार गरी हत्या गरेका छन् । Continue reading “कोदालो प्रहार गरी कन्हैयाप्रसाद थारुको हत्या”

जगनारायण चौधरीको करेसावारीमा १३ फिट अजिङ्गर फेला

देउखुरीको सिसहनियाँ-५ कालापानीमा १३ फिट लम्बाई १४ इन्च गोलाई र २५ केजी तौल भएको अजिङ्गर फेला परेको छ । सोमबार राति सोही ठाउँ बस्ने जगनारायण चौधरीको करेसावारीमा सोही ठाउँ बस्ने देवप्रसाद चौधरी, भक्तप्रसाद चौधरी, ज्ञानबहादुर चौधरी, जगनारायण चौधरी र सानु चौधरीले सो अजिङगर फेला परे पछि परिवार र छिमेकीहरुको सहयोगमा रात भरि गाउँमै राखी परिवारले कालापानी सामुदायिक वनमा खबर गरेका थिए। Continue reading “जगनारायण चौधरीको करेसावारीमा १३ फिट अजिङ्गर फेला”

देउखुरीको नर्तीमा मुक्त कमैयाको भेला

मुक्त कमैयाहरुलाई राज्यले अझै पनि उचित बसोबासको व्यवस्था मिलाउन नसक्दा कमैयाहरुको दैनिकी जीवन दुखमय बिताई रहेको एक कार्यक्रममा बोल्ने मुक्त कमैयाहरुले गुनासो गरेका छन् । मुक्त कमैया समाज जिल्ला कार्य समिति दाङको बुधबार लमही नगरपालिका-१ नर्तीमा भएको जिल्ला भेलामा बोल्ने मुक्त कमैयाहरुले यस्तो गुनासो गरेका हुन् ।

उनीहरुले अझै पनि कतिपय ठाउँमा बस्दै आएका कमैयाहरुलाई राज्यले न्याय दिलाउनुको साटो दमन र उठी बास लगाउन खोजेको आरोप समेत लगाएका छन् । साथै उनीहरुले अव पनि मुक्त कमैयाहरुको उचित बसोबास, आधार पत्र र लालपुर्जा उपलब्ध नगराए आन्दोलनमा समेत उत्रिन बाध्य हुने चेतावनी समेत दिएका छन् । यसका लागि अव सम्पुर्ण युवा मुक्त कमैयाहरु जागरुक हुनु पर्ने समेत बताएका छन् ।

समाजका जिल्ला अध्यक्ष हरिचन्द्र चौधरीको अध्यक्षता एवम् समाजका केन्द्रिय सदस्य तथा सल्लाहकार टेकबहादुर रावतको प्रमुख आतिथ्यतामा भएको भेलामा मुक्त कमैया समाजका क्षेत्रीय अध्यक्ष प्रेमप्रसाद चौधरी, जिल्ला भुमि अधिकार मञ्च संघर्ष समितिका सदस्य टिकाराम चौधरी, समाजका जिल्ला सदस्यहरु मनबुझाउन चौधरी, दुखराम सार्की, सञ्चारकर्मी ओमप्रकाश गुप्ता, कमैयाहरु कनैहालाल चौधरी, टुनटुनराम चौधरी, सिता चौधरी र भगतराम चौधरी लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।

भेलाले मुक्त कमैया युवा समाजको डाटा संकलन गर्ने, असोजको दोस्रो साता युवा समाजको जिल्ला भेला सिसहनियाँ-९ बगरापुरमा राख्ने र असोज १३ गते सरोकारवालाहरु सँग घोराहीमा अन्र्तक्रिया कार्यक्रम राख्ने निर्णय समेत गरेको छ । समाजका जिल्ला सदस्य नाजमा चौधरीको स्वागत मन्तव्य तथा कोषाध्यक्ष सुनरुपी चौधरीको विषयवस्तु प्रवेशबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव गुलामअलि शाहीले गर्नु भएको थियो ।

सरकारले २०५७ साल साउन २ गते मुक्त घोषणा गरेको १६ वर्ष पुरा भई सक्दा पनि अहिले सम्म जिल्लामा १७ जना कमैयाहरुको जग्गा पहिचान हुन सकेको छैन । हाल सम्म जिल्लामा १ हजार ४ सय २६ जनाले परिचय पत्र प्राप्त गरे पनि छुट कमैयाको सख्या ५ हजार ४६ जना रहेको बताइएको छ । भने जिल्लामा हाल सम्म ६५ जनाले आधार पत्र र ६ सय ८८ जनाले मात्र जग्गाको लालपुर्जा प्राप्त गरेका छन् । २०६३ पौष २० गते १० बुदे सम्झौता समेत भएको थियो ।

– See more at: http://sajhasabal.com/society/9192#sthash.LpDNQmcf.dpuf

घुस लिँदालिँदै गाविस सचिव चौधरी पक्राउ

महोत्तरीको बथनाह गाविसमा कार्यरत गाविस सचिव नायव सुब्बा गुलाब चौधरी घुस सहित पक्राउ परेका छन् । महिला समूहले भ्रमणका लागि लिएको एक लाख रुपैयाँको फर्छ्योट गर्ने क्रममा सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले चौधरीलाई पक्राउ गरेको हो । Continue reading “घुस लिँदालिँदै गाविस सचिव चौधरी पक्राउ”

प्रधानमन्त्रीले भने- संविधान कार्यान्वयन प्राथमिकतामा, संशोधन प्रक्रिया चाँडै अगाडि बढछ

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । बिहीबार व्यवस्थापिका संसदमार्फत् राष्ट्रका नाममा संबाेधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन गरी संविधानको स्वीकार्यता फराकिलो पारिने बताए । Continue reading “प्रधानमन्त्रीले भने- संविधान कार्यान्वयन प्राथमिकतामा, संशोधन प्रक्रिया चाँडै अगाडि बढछ”

छ महिनाभित्र बीस हजार थारुको डिएनए परीक्षण गरिने

थारु समुदायलाई मात्र लाग्ने रोग सिकलसेलका लागि सरकारले २० हजार थारुहरुको डिएनए टेस्ट गर्ने घोषणा गरेको छ। बिहीबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले छ महिनाभित्र २० हजार थारुहरुको डिएनए परीक्षण गर्ने जानकारी दिए। उनले दुई वर्षभित्र सबै थारुहरको परीक्षण गरिसक्ने सरकारले नीति लिएको जानकारी दिए। यो रोग पश्चिम थारु समुदायमा विकराल समस्याको रुपमा रहेको छ। तर सरकारले हालसम्म यसको व्यवस्था गर्दै आएको छ। Continue reading “छ महिनाभित्र बीस हजार थारुको डिएनए परीक्षण गरिने”

तिमी नेपाली या हामी नेपाली, भनिदेऊ न को हो नेपाली?

sher-bdr-chaudharyशेर बहादुर चौधरी।

शंकर पोखरेलले मधेसीलाई कालो देखे, पोखरेलको कुइरो आँखाले मधेसीलाई कालो देख्नु स्वाभाविकै हो किनकि उनी हिमाल खुटयाँउछन्, पहाड देख्छन् र मधेसलाई क्षितिज भन्ठान्छन्। ‘हिमाल, पहाड र तराई, कोही छैन पराई’ यो त लेख्नेले लेखिदियो तर बुझ्नेले नबुझेपछि कस्को के लाग्छ र? मधेसीले पहाडीलाई देख्न नसक्नु र पहाडीले मधेसीलाई देख्न नसक्नु यो अनौठो प्रतिस्पर्धामा छन् अहिलेका राजनीतिक दलहरु।

हिमाल, पहाड र तराईको प्रकृतिक रंगमा पोखरेल, ओली, देउवा, महतो, यादव आदिले कृतिम रंगको सिर्जना गरी कस्ले राम्रो रंगको सिर्जना गर्ने प्रतिस्पर्धामा छन् तर सबैले बुझ्नु पर्ने चुरो चाहिँ एउटै हो, हिमाली, पहाडी, मधेसी बिग्रिन सक्छन् तर हिमाल, पहाड, तराई कहिल्यै बिग्रदैन। राजनीति स्वच्छ खेल होइन तर फोहोरीलाई पराजित गरेर हस्तिनापुर स्थापना गरेको महाभारत हामीसँगै गीतामा साक्षी छ। छल कस्ले गरेन? भगवान कृष्णले?, रामले? वा चाणक्यले? सबैमा छल छ तर प्राप्तिको तिरस्कार पात्र रावण, कंशमात्रै हुनुपर्छ अरु होइन, खोइ हामीले बुझेको? तर यहाँ महतो, ओली लड्छन् जनता हार्छन् तर पनि खेलमा दुबैले जित्छन्, कस्तो अनौठो खेल? एउटाको पक्षमा भारत, अर्कोको पक्षमा चीन भएको आरोप लगाइन्छ। खेल विजयमा दुबैले अबिर दल्छन्, हारको मोसो जनतालाई मात्रै किन पर्छ?

‘हामीले हिमाल उठायौं एशियाको माझमा

साम्यता बास बसेथ्यौं आएर यहीं साँझमा’

-लेखिएको ओजस्वी अंशमा हिमालको टेको मधेस होइन? मधेसको शिर हिमाल होइन? खोइत राजनीतिक सभ्यता? पोखरेल जस्तो राजनीतिककर्मीको नजर त अझै कालै रहेछ, दुबैले भुल्नु हुँदैन। यो देशको मात्रै होइन सबै देशको आ-आफ्नो इतिहास हुन्छ। कालोलाई दास बनाउने अमेरिकनहरु अहिले कालालाई राष्ट्रपति बनाउँछन्। कालो गोरोको राजनीतिक सभ्यताले उचाइ नलिएको भए के काला ओबामा आज राष्ट्रपति हुन सक्थे? हामी राजनीतिक सभ्यतालाई जति परिस्कृत बनाउन सक्यौं, उतिनै शुसासित देशको नागरिक हुनेछौं। संसारमा दुईचोटि प्रधानमन्त्री, राष्ट्रपति भएको उदाहरण त होला तर एक जना ६/६ पटक प्रधानमन्त्री भएको देश भने हाम्रो नेपाल नै हो।

नेपालको राजनीति मिलीभगतमा छ। यहाँ नेता जित्छन् जनता हार्छन्। देशले बनाएको सपुतको उदाहरण नेपालमा छैन, आमाको लाम्टो चुसेर आफ्नै बलीदानीले बनेका सपुतहरुको फेहरिस्तमात्रै नेपालमा छ। यहाँ जंगबहादुरहरु सम्मानित हुन्छन्, भिमसेन थापाहरु सेरिएर मर्छन्, भक्ति थापाहरु ७०औं बसन्तमा छातीमा तोप थाप्छन्। ‘म हुँ बाघको डमरु मलाई सिनो खाने कुकुर नसम्झ’ भनेर अंग्रजको चिठ्ठी च्यात्ने अमर सिंहहरु पत्तासाप हुन्छन्। नालापानी युद्ध लड्ने बलभद्र कुँवरहरु रन्जीत सिंहको लडाइँमा होमिन्छन्। नेपाल एकीकरण गर्ने पृथ्वी नारायण शाहको शालिकमा घन चल्छ, अनि देशमा विभाजन खोज्नेहरु हीरो हुन्छन्। कहिले महेन्द्रको शालिक ढाल्छन्, आखिर महेन्द्रको शालिक धाल्नेहरु नै अखण्डताको कुरा गर्छन्, अखण्डकै नाममा झगडा बझाउँछन्। विश्वकै उत्कृष्त संविधानमा प्रधानमन्त्री नै फेर्ने कानुन हुँदैन, कस्तो अचम्म? संविधान सभाको निर्वाचनका लागि बलि चढ्ने प्रचण्डहरु विवश छन्, कहिले कोइरालालाई प्रधानमन्त्री बनाउँछन् त कहिले ओलीलाई। दुबैले धोखा दिएपछि प्रधानमन्त्रीको कुर्सीमा आफैँ बस्न बाध्य छन्। नजरिया हिमाल, पहाड, तराईको हो। समस्या मधेस, हिमाल, पहाड जताततै छ। जे भने पनि गणतन्त्र, संविधान सभा, संघीयता तिमीले ल्याएको पाटो हो प्रचण्ड! कार्यान्वयन गरेर देखाउ तर देश नटुक्रयाउ। आजभोलि राजनीति कर्मचारी, पुलिस, आर्मी सबैले गर्छन्, सबैबाट जोगिएर सफल हुनका लागि फलामको चिउरा चपाउने कोसिस गर्नैपर्छ। फलाम, सिसा चपाएर चटक देखाउनेहरु थुप्रै छन् तर तिमीले कार्यान्वयन गरेर देखाउनुपर्छ। तबमात्र प्रचण्ड ‘प्रचण्ड’ हुन्छ नत्र चण्ड, मुण्डलाई जस्तै काली लगाएर तिमीलाई खेद्‍न बेर लाउने छैनन्।

सम्झौता मिलन बिन्दुको दस्तावेज हो। गरिएका जायज सम्झौता कार्यान्वयनमा ल्याउनुपर्छ। कर्णालीको खस पोसाक दौरा सुरुवाल, ढाका टोपी सबैले राष्ट्रिय पोसाक स्विकारेकै छन्। मधेसी थारुले बोल्न नजाने पनि नेपाली भाषा मानेकै छन्। गजे घलेका सन्तानहरु वीर गोर्खालीको इज्जत धानीनै राखेका छन्। सगरमाथाका कविता कोर्नेहरुका बीचमा आङ्काजीहरु हिमाल चढेकै छन्, तर खोइ? मगर, गुरुङ, राई, थारुहरुले न्याय पाएको? बुद्धको भूमी नेपाल भनेर चिनिने अनि बुद्धभूमी लुम्बिनीमा बसोबास गर्ने मधेसीहरु काला हुने? जनकपुरकी जानकी नेपाली तारा हुने अनि जनकपुरियाहरु भारतीय हुने? हामीले त कहिल्यै भनेनौं- तिमी पहाडीहरु नेपाली होइनौं। पहाडी जनताले पनि कहिल्यै भनेनन्- तिमी मधेसी नेपाली होइनौं। जनता जनता मिल्ने, नेता नेता सिंगौरी खेल्ने? कर्णालीको भोको पेटमा लात मार्ने, रोल्पा, रुकुमको हैजामा औषधि नपाई लाखौं जनत पीडित हुने? पहिचानको न्याय कहिल्यै नमाग्ने तर पहिचान पीडित हुने शेर्पा, बरु देश छोडेर बेलायत गइ बसोबास गर्ने तर गोर्खाली पहिचानका लागि लड्ने गुरुङ, मगर, राईहरु आफ्नो साँध लगाएको भूमीभन्दा अर्कोको हड्प्नै नजान्ने थारुहरुलाई आज पहिचान चाहिएको छ। हामीलाई न महतो, यादव न त ओली, देउवासँगको कुनै मतलब छ। हामीलाई त नेपाली भनीदेऊ, पहिचान देऊ, थरुहट मधेस निमट्यान्न नपारीदेऊ, यहीमात्र बिन्ती छ। आजभोलि अेखती साबुन र डोब सैम्पोले हामी पनि नुहाउछौं पोखरेलजी? बाबु आमाहरु कालै छन् तर हामी गोरा भाका छौं। कुन्नी किन हो, रासायनिक साबुन सैम्पुले गोरो भएका हामीलाई अझै किन शंकर पोखरेलहरु कालो देख्छन्? रावल मानसिकताले थारुलाई आतंककारी देख्छ, सिटौला मानसिकताले झापा मधेस होइन भन्छ। ओली भन्छन्- म नेपाली हाम्रो पार्टीका जनता मात्रै नेपाली? यो लेखक स्वतन्त्र नेपाली थारु हो। जाँदाजाँदै सोध्छ-

तिमी नेपाली या हामी नेपाली

छिनी दिने को छ र त्यस्तो न्यायाधीश?

भनीदेऊ है को हो नेपाली?

भजनी, कैलाली