दहितको नयाँ गीत आउँदै, प्रविना र वीरले अभिनय गर्ने

थारु गायक मोहन दहितको नयाँ गीत बजारमा आउने भएको छ। पहिलो एल्बम पिरतीके धुनको लेहेँगा मोर हो तुँहार नामक गीतबाट चर्च कमाएका उनले पहुँरा तु अइलो जिन्दगीम गीत लिएर बजारमा आउँदैछन्। गीतमा उनकै शब्द र संगीत हुनेछ।

उनले यही महिनाभित्र म्युजिक भिडियो पनि सार्वजनिक गर्ने तयारी गरेको बताए। दहितका अनुसार वीरबहादुर चौधरी र प्रविना दहितले म्युजिक भिडियोमा अभिनय गर्नेछन्।

दहितले इ मुटु करल ढुक्ढुक ,यिंहरी छोटी मोटी महुलिक रुखवाजस्ता चर्चित गीतमा स्वर दिइसकेका छन्। सीएस फिल्मसको पोस्ट प्रोडक्सनमा सो गीत म्युजिक नेपालबाट बजारमा आउने दहितले जानकारी दिए।

म्युजिक भिडियोमा सुधराम दहितको कोरियोग्राफी र सतिस सिन्हाको छायांकन रहनेछ।

राजेन्द्र महताेको प्रधानमन्त्रीलाई प्रश्न- आन्दोलनमा पक्राउ परेकाको मुद्दा कहिले फिर्ता लिने?

मधेसी मोर्चाकोसमेत समर्थनमा सरकारको नेतृत्व गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रक्रियालाई अगाडि नबढाएको भन्दै मधेसी मोर्चाले असन्तुष्टि जनाएको छ। मोर्चाको मुख्य मागमा सरकार प्रवेश नै नगरेको भन्दै मोर्चाका नेताहरुले असन्तुष्टि जनाउन थालेका हुन्। प्रधानमन्त्रीमा निर्वाचित हुनुभन्दा पहिले कांग्रेस–माओवादी गठनबन्धनले मधेसी मोर्चासँग तीन बुँदे सहमति गरेका थिए। जसमध्ये दुईवटा बुँदा करिब करिब कार्यान्वयन भइसकेका छन् भने मोर्चाको मुख्य माग संविधान संशोधनका विषयमा सरकार प्रवेश नै गरेको छैन।
सरकारको कार्यक्षेत्रभित्र पर्ने कतिपय मागसमेत पूरा नगरेको भन्दै मोर्चाका नेताहरुले सरकारको कामप्रति असन्तुष्टि जनाएका हुन् । ‘सरकारको कार्यक्षेत्र भित्र पर्ने माग कार्यान्वयन गर्न कसैलाई कुर्नुपर्दैन नि,’ मधेसी मोर्चाका नेता एवं सद्भावना अध्यक्ष राजेन्द्र महतले भने, ‘मधेस आन्दोलनक्रममा पक्राउ परेकाको मुद्दा फिर्ता लिने, आयोगलाई पूर्णता दिने कामसमेत सरकारले पूरा गरेको छैन।’
सरकारले मधेस आन्दोलनका क्रममा भएका घटना छानविन गर्न पूर्व न्यायाधीश गिरिषचन्द्र लालको संयोजकत्वमा सात सदस्यीय छानविन आयोग गठन गर्ने निर्णय गरेको थियो। आयोगका सदस्य भने गृह मन्त्रालयको सिफारिसमा प्रधानमन्त्रीले गर्ने भनिएको थियो।

‘आयोग गठन गर्नु राम्रो कुरा हो,’ महतोले भने,‘आयोग गठन मोर्चाको माग नै हो। तर, अहिलेसम्म आयोगले पूर्णता पाएको छैन। आयोगका अध्यक्षले अहिलेसम्म पत्र नपाएको कुरा आइरहेको छ। यस्ता कामले सरकारप्रति अविश्वास बढाउने काम गर्छ।’ सरकारको कार्यक्षेत्र भित्र पर्ने माग पूरा गर्न सरकारले तदारुकता देखाउनुपर्ने भन्दै महतोले भने,‘आफ्नो कार्यक्षेत्रभित्र पर्ने माग पूरा गरेर सरकारले जारी विश्वासको वातावरणलाई कायम राख्नुपर्छ।’

मधेसी मोर्चाले सरकारले हालसम्म पनि संविधान संशोधन प्रक्रिया अगाडि नबढाएको भन्दै असन्तुष्टि जनाएको छ। सरकारले मोर्चासँग छलफल गरेर संविधान संशोधन विधेयक संसदमा दर्ता गराउनुपर्ने भन्दै मोर्चाले संसदमा विधेयक दर्ता गराएपछि अन्य दलसँग परामर्श गर्नुपर्ने माग गरेको छ। ‘अहिले नै कुन दल संविधान संशोधनको पक्ष विपक्षमा छ भन्नुभन्दापनि पहिला मोर्चासँग परामर्श गरेर विधेयक दर्ता गराउनुपर्छ,’ महतोले भने, ‘त्यसपछि मात्र अन्य दलसँग सो विषयमा कुरा गर्नुपर्छ।’

‘सरकारले मोर्चाका माग पूरा गर्छ भन्ने लागेसम्म समर्थन गरिन्छ,’‘जुन दिन सरकारले मोर्चाका माग पूरा गर्छ भन्ने लाग्दैन सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं । अहिले पनि हामी आन्दोलनमै छौं ।’

संविधान संशोधन विधेयक संसदमा दर्ता गराउन कार्यदलको आवश्यकता नपर्ने भन्दै मोर्चाका नेता महेन्द्र रायले आफूहरुको माग स्पष्ट रहेकाले त्यसैलाई आधार मानेर संशोधन विधेयक संसदमा दर्ता गराउनुपर्ने बताए।

‘पहिला कांग्रेस–माओवादीले छलफल गरी संशोधन विधेयक संसदमा दर्ता गराउनुपर्यो,’ रायले भने, ‘संविधान संशोधन गर्न पहिला कांग्रेस–माओवादी तयार हुनुपर्छ।’ उनले संविधान संशोधन आन्तरिक मामिला भएको भन्दै सो विषय अन्य मुलुकलाई जानकारी गराउन आवश्यक नरहेको उनको भनाइ थियो।

सरकारको कामप्रति मधेसी मोर्चा आशावादी भए पनि विश्वस्त नभएको उनको भनाइ छ। ‘सरकारले मोर्चाका माग पूरा गर्छ भन्ने लागेसम्म समर्थन गरिन्छ,’ उनले भने,‘जुन दिन सरकारले मोर्चाका माग पूरा गर्छ भन्ने लाग्दैन सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं । अहिले पनि हामी आन्दोलनमै छौं ।’

सरकारले आगामी फागुनमा स्थानीय निकायको निर्वाचन गर्ने तयारी प्रतिसमेत आपत्ति जनाएको छ। निर्वाचन हुन संविधान कार्यान्वयन आवश्यक रहेको भन्दै मोर्चाका नेताहरुले त्यसकालागि पहिला संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने र त्यसपछि पहिला केन्द्रको निर्वाचन गर्नुपर्ने माग अगाडि सारेका छन्।

‘मुलुक संघीयतामा गइसकेपछि उल्टो काम गर्न मिल्दैन,’ सद्भावना अध्यक्ष महतोले भने,‘संविधान सर्वस्वीकार्य भइसकेपछि पहिला प्रतिनिधिसभाको निर्वाचन, त्यसपछि प्रदेश र अन्तिममा स्थानीय निकायको निर्वाचन गर्नुपर्छ। यो मोर्चाको बटमलाइन हो।’

एलिसनले भनिन्- यो स्तनको ट्याटु मात्र होइन

स्तन क्यान्सरको समस्याबाट जुधिरहेकी एलिसन हेबलाई सँधै एउटै चिन्ताले सताई रहन्थ्यो, क्यान्सरको उपचारपछि उनको शरीरमा त्यसको कस्तो असर पर्ने हो । Continue reading “एलिसनले भनिन्- यो स्तनको ट्याटु मात्र होइन”

राजधानीमा थाकसको भवन बनाउन कसिए सांसद मानपुर चौधरी

थारु कल्याणकायरिणी सभा (थाकस)को राजधानीमा भवन निर्माण गर्र्नका लागि सप्तरी क्षेत्र १ का माओवादी केन्द्रका सांसद मानपुर चौधरीले एक लाख एक हजार रकम सहयोग गरेका छन्। थाकस काठमाडौं उपत्यका कमिटीका सभापति सत्यनारायण चौधरी (सुमन)लाई उनले चेक हस्तान्तरण गरे। Continue reading “राजधानीमा थाकसको भवन बनाउन कसिए सांसद मानपुर चौधरी”

टीकापुरका पीडित थारुलाई प्रधानमन्त्री भने- हत्यामा संलग्नलाई माफी दिन कठिन छ

थारु समुदायहरुले आन्दोलनका क्रममा लगाइएका झुट्टा मुद्दा खारेज गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले संविधान संशोधन गरी थारु बाहुल्य क्षेत्रलाई ५ नम्वर प्रदेशमा राख्न पनि आग्रह गरेका छन् । Continue reading “टीकापुरका पीडित थारुलाई प्रधानमन्त्री भने- हत्यामा संलग्नलाई माफी दिन कठिन छ”

लाहुर्निप प्रतिवेदन : प्रशासनले अखण्ड पक्षधरलाई काखा र थारुलाई पाखा गर्यो

टीकापुर काण्डबारे नेपालका आदिवासीहरुको मानव अधिकारसम्बन्धी वकिल समूह (लाहुर्निप) ले २०७२ चैत्र १० देखि १३ मा स्थलगत अध्ययन गरेको थियो । २०७२ भदौ ७ मा भएको कैलाली घटनाको सत्यतथ्य र मानवअधिकार हननबारे त्यसको अनुगमन प्रतिवेदन के भन्छ ? Continue reading “लाहुर्निप प्रतिवेदन : प्रशासनले अखण्ड पक्षधरलाई काखा र थारुलाई पाखा गर्यो”

थाकस उपत्यकामा सुमन दोस्रो कार्यकालका लागि निर्विरोध

थारु कल्याणकारिणी सभा (थाकस) उपत्यका समितिको सतौं अधिवेशनले सत्यनारायण चौधरी ‘सुमन’ नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ। शनिबार भएको अधिवेशनमा उनी निर्विरोध निर्वाचित भएका हुन्। उपत्यका समितिमा उनको यो दोस्रो कार्यकाल हुनेछ। Continue reading “थाकस उपत्यकामा सुमन दोस्रो कार्यकालका लागि निर्विरोध”

थाकस उपत्यका समितिका चार पूर्वअध्यक्ष सम्मानित

थारु कल्याणकारिणी सभा उपत्यका समितिले चार जनालाई सम्मान गरेको छ। आफ्नो सातौं अधिवेशनमा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको हो। थारु समुदायमा योगदान पुर्‍याएको भन्दै अमृत खाँ, नेमनारायण सिंह थारु, स्व. शिवनारायण थारु र प्रेमीलाल थारुलाई सम्मान गरिएको हो। उनीहरुलाई केन्द्रीय उपाध्यक्ष कन्नुलाल चौधरीले सम्मान गरेका थिए। Continue reading “थाकस उपत्यका समितिका चार पूर्वअध्यक्ष सम्मानित”

धनिरामलाई थाकसको अध्यक्ष बनाउनु ठूलो गल्ती : सांसद चौधरी

माओवादी केन्द्रका सांसद मानपुर चौधरीले थारु कल्याणकारिणी सभाको अध्यक्षमा धनिराम चौधरीलाई ल्याउनु ठूलो गल्ती भएको बताएका छन्। उनले राजकुमार लेखीका कारण धनिराम अध्यक्ष भएको भन्दै ठूलो गल्ती भएको बताए। Continue reading “धनिरामलाई थाकसको अध्यक्ष बनाउनु ठूलो गल्ती : सांसद चौधरी”

थारुलाई मात्र लाग्ने सिकलसेलका बिरामी बढेको बढेयै

दोदोधारा– ९ का ३५ वर्षीय देशराम चौधरी १२ वर्षीय छोरा दिशान्त चौधरीसहित सिकलसेल एनिमियाको उपचारका लागि शनिबार घोडाघोडी अस्पताल पुगे। बाबु–छोरा दुवै संक्रमित हुन्। ‘हामी दुवैमा सिकलसेल एनिमिया देखिएको छ,’ देशरामले भने, ‘डाक्टरलाई जँचाउन आएका हौं।’ २० वर्षसम्म लाखौं रकम खर्च गरेर उपचारका लागि विभिन्न ठाउँ भौंतारिएका उनलाई दुई वर्षअघि सिकलसेल भएको पत्ता लाग्यो। ‘जीवन उपचार गर्नमै बित्यो, जमिन पनि सकियो,’ उनले भने, ‘छोरामा पनि यही रोग देखियो।’ Continue reading “थारुलाई मात्र लाग्ने सिकलसेलका बिरामी बढेको बढेयै”