सय वर्षअघिको ऐतिहासिक कथामाथि फिल्म बन्ने भएको छ। राजधानीमा सोमबार एक कार्यक्रमकाबीच मिथिलाका राजा सलहेसको गाथामाथि ‘सलहेसः द पिपुल्स हिरो’ नामक आवधिक फिल्म निर्माण गर्ने घोषणा भएको हो। Continue reading “राजा सलहेसको कथामाथि फिल्म बन्ने”
Author: admin
विदेश जाने युवालाई ठगी गर्ने दुई थारुसहित ७ पक्राउ
विदेश जाने युवालाई विभिन्न प्रलोभनका साथ अनेक भ्रममा पारेर ठगी गर्न लागेको आरोपमा आइतबार सात जनालाई इटहरीबाट प्रहरीले पक्राउ गरेको छ। कामदारको माग बिना र श्रम स्वीकृति नलिई पैसा संकलन गर्ने मात्र उद्देश्यले विदेशी नागरिकलाई झिकाएर अन्तर्वार्ता लिने समूहका तीन तथा अवैध रुपमा विदेश पठाउने चार जनालाई प्रहरीले पक्राउ गरेको हो।
प्रतिव्यक्ति ३ लाख ५० हजारदेखि ४ लाख रुपैयाँसम्म लिएर आकर्षक कमाई हुने देशमा पठाउने भन्दै विनय टेक्निकल कम्पनी प्रालिमा अन्तर्वार्ता लिँदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले इटहरी– १६ का चन्द्रेश्वर चौधरी, मोरङ सुन्दरदुलारी– ७ का पुरण चौधरी र श्रीलंकाली नागरिक अमिला अलाहाकोनलाई पक्राउ गरेको हो। यी तीन जनाको साथबाट प्रहरीले २५ थान पासपोर्ट र अन्य कागजात पनि बरामद गरेको डिएसपी ओम अधिकारीले बताए।
डिएसपी अधिकारीका अनुसार पक्राउ पर्ने समूहले अन्तर्वार्ता लिएर तत्काल पैसा संकलन गर्ने योजना बनाएको गोप्य सूचना पाएर अन्तर्वार्ता लिएको स्थानबाट पक्राउ गरिएको हो।
यसैगरी, एजेन्ट र शाखा कार्यालय खारेज गरिसके पनि अवैध रुपमा विदेश पठाउने काम गर्दै आएका चार जना पक्राउ परेका छन्। लिङ्कन स्टार मेनपावरको नाममा विदेश पठाउन खोज्ने इटहरी– १९ का केशव गिरी र सोही ठाउँका गंगाबहादुर निरौला पक्राउ परेका हुन्। पक्राउ पर्ने गिरीले लिङ्कनको सञ्चालक र निरौलाले कामदारको भूमिकामा रहेर विभिन्न स्थानका वैदेशिक रोजगारमा जानेसँग ५९ थान पासपोर्टसमेत प्रहरीले बरामद गरेको छ।
विदेश जान चाहने युवालाई ठगी गर्दै आएको सूचनाका आधारमा प्रहरीले वाइज नाम राखेर विदेश पठाउने काम गर्ने सुनसरी भरौल– ५ का रमेश विष्ट र मोरङ इटहरा– ७ का शिवप्रसाद आचार्यलाई पनि पक्राउ गरेको छ। सातै जनालाई वैदेशिक रोजगार विभाग काठमाडौंमा पठाइको छ।
भरत खवासको गोलमा आर्मी च्याम्पियन
आर्मीले नारायणगढको क्याम्पाचौरमा सञ्चालन भइरहेको चौथो नेपाल कपको उपाधि जितेको छ । उसले सोमबार नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्यो । आर्मीका कप्तान भरत खवासले खेल सुरु भएको १९ औं मिनेटमा गोल गर्दै टिमलाई अगाडि बढाए । आर्मीकै सुमन अर्यालले ३० औं मिनेटमा गोल थप्दै टिमलाई मजबुत अवस्थामा पुर्याए । दोस्रो हाफमा पुलिसले आक्रामक खेले पनि गोल फर्काउन सकेन ।
पुलिसले पटक–पटक गोल गर्ने अवसर गुमाएको थियो । आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ट प्रदर्शन गरेपछि पुलिस गोल गर्नबाट चुकेको थियो । पहिलो हाफको २९ औं मिनेटमा पुलिसका कप्तान जुमनु राई बाहिरिएर तीर्थ राना मैदान प्रवेश गरेपछि आर्मीले त्यसको फाइदा उठायो ।
आर्मीले ३ लाख र पुलिसले २ लाख रुपैयाँ हात पारे । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका पुलिसका डिफेन्डर रविन श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा ३ गोल गरेका आर्मीका कप्तान भरत खवास सर्वाधिक गोलकर्ता र फाइनल खेलको म्यान अफ द म्याच आर्मीकै सुमन अर्याल घोषित भए । उनीहरू सबैले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको समापनका अवसरमा पूर्वफुटबल खेलाडीहरू सूर्यमान श्रेष्ठ ‘कालु’, छन्नुराम चौधरी, रवीन्द्र श्रेष्ठ, वीरेन्द्र पाण्डे र अरुणा गुरुङलाई सम्मान गरिएको थियो । प्रतियोगितामा ११ टिम सहभागी थिए ।
http://bit.ly/2bad6Y6
थरुहट आन्दोलनका क्रममा मुद्दा लागेका र कारागारमा रहेका क-कसको मुद्दा फिर्ता हुँदैछ?
सरकार र मधेसी मोर्चाबीचको सहमतिअनुसार मुद्दा फिर्ता प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले मधेस र थरुहट आन्दोलनका क्रममा लागेका मुद्दाहरूको विवरण संकलन थालेको छ । मन्त्रालयले तराई-मधेसका २० प्रमुख जिल्ला अधिकारीहरूसित थरुहट र मधेस आन्दोलनका क्रममा मुद्दा लागेका र कारागारमा रहेकाको विवरण मागेको छ । Continue reading “थरुहट आन्दोलनका क्रममा मुद्दा लागेका र कारागारमा रहेका क-कसको मुद्दा फिर्ता हुँदैछ?”
किशोर चौधरीमाथि भएको आक्रमणको पत्रकार महासंघद्वारा भर्त्सना
समाचार संकलनका क्रममा एभिन्युजका पत्रकार किशोर चौधरीमाथि प्रहरीद्वारा आइतबार गरिएको आक्रमणको नेपाल पत्रकार महासंघले आपत्ति प्रकट गरेको छ। नेवि संघको महाधिवेशनको समाचार संकलनका क्रममा पत्रकार चौधरीलाई सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय अगाडि सुरक्षाकर्मीले घेराबन्दी गरेर लाठी मुक्का प्रहार गरेका थिए। Continue reading “किशोर चौधरीमाथि भएको आक्रमणको पत्रकार महासंघद्वारा भर्त्सना”
थारु आयोगसहिति सात संवैधानिक आयोगका कानुनको मस्यौदा तयार
कानुन मन्त्रालयले संवैधानिक हैसियत पाएका सातवटा आयोगसम्बन्धी आवश्यक कानुनको मस्यौदा व्यवस्थापिका संसदमा पेश गर्ने तयारी अन्तिम चरणमा रहेको बताएको छ। नयाँ संविधानले आठवटा आयोगलाई संवैधानिक निकायको मान्यता दिदैँ संविधान बनेको एकवर्ष भित्र कानुन ल्याइसक्नुपर्ने प्रावधान राखेको थियो। Continue reading “थारु आयोगसहिति सात संवैधानिक आयोगका कानुनको मस्यौदा तयार”
स्थानीय तहकाे पुनःसंरचना कैलालीका थारूले नमान्ने
अविनाश चौधरी/धनगढी
संघीय सीमाङ्कनको विषयलाई लिएर आन्दोलन गर्दै आएको थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीले स्थानीयतह पुनः संरचनाप्रति आपत्ति जनाएको छ । Continue reading “स्थानीय तहकाे पुनःसंरचना कैलालीका थारूले नमान्ने”
काभ्रेमा बस दुर्घटना, मर्नेको संख्या ३१ पुग्यो
काभ्रेमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ। करिब ३५ जना घाइते छन्। घाइतेलाई उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर घटनास्थल पुगेको छ। Continue reading “काभ्रेमा बस दुर्घटना, मर्नेको संख्या ३१ पुग्यो”
भारतमा ७०औं स्वतन्त्रता दिवस
भारतको ७०औँ स्वतन्त्रता दिवसका अवसरमा यहाँस्थित भारतीय राजदूतावासमा आज आयोजित विशेष समारोहमा झन्डोत्तोलन गरियो । नेपालका लागि भारतीय राजदूत रणजीत रायले भारतको राष्ट्रिय झन्डा फहराउँदै भारतीय स्वतन्त्रताका लागि भएको सङ्घर्षको स्मरण गरे। Continue reading “भारतमा ७०औं स्वतन्त्रता दिवस”
को आधिकारिक- विमल कि संजय? [टिप्पणी]
नेपाली राजनीतिमा भद्र सहमतिको धेरै अर्थ लाग्दोरैछ। भद्र अर्थात् मौखिक सहमति। यस्तै सहमति भएको थियो रे- थारु विद्यार्थी समाज, उपत्यका समितिमा। ओमनारायण महतोको कार्यकाल सकियो। उपाध्यक्ष गीता थारु अध्यक्षको दाबेदार बनिनन्। सचिव विमल चौधरी अध्यक्ष बन्ने पक्कापक्की भयो भद्र सहमतिअनुसार। तर नेपाली राजनीतिजस्तै तेहाँ पनि ट्विस्ट आयो- अर्का दाबेदार सदस्य संजय चौधरीले अध्यक्षको उम्मेदवारी नै घोषणा गर्यो। तेसपछि गुट र उपगुटहरु जन्मिए। अधिवेशन आयो। ठूला विद्यार्थी संगठनजस्तै तेहाँ पनि प्रतिनिधि विवाद भयो। संगठनभित्रका बलिया पक्षधरले संजयको साथ दियो र उनी अध्यक्षमा निर्विरोध निर्वाचित भयो। संजयको प्यानलै निर्विरोध भयो। किन? किनकि विमल प्यानलले अधिवेशन नै बहिष्कार गर्यो। अनि जन्म भयो समान्नतर समितिको अर्थात् विमलले अर्को उपत्यका समिति गठन गर्यो। केन्द्रीय कमिटी जिल्ल पर्यो। मिलाउने त दूरको कुरा यसबारे फेसबुकमा लेख्नु/बोल्नुबाहेक आधिकारिक केही धारणा सार्वजनिक गरेन।
तेसपछि सुरु भयो प्रतिस्पर्धाको। दुबै कमिटीले नयाँ नयाँ कामको थालनी गर्यो। एउटाले सम्मान कार्यक्रम गर्दा अर्कोले चेस प्रतियोगिता गर्यो। फेरि एउटाले सम्मान कार्यक्रम गर्दा अर्कोले बकतृत्वकला प्रतियोगिता गर्यो। दुबैमा टफ कम्पिटिसन चल्यो/चलिराछ। बाहिरका दर्शकहरु मुकदर्शक बनिरहे। दर्शकहरुले बारम्बार मिलेर जानुपर्छ भनिरहे। यी दुई कमिटीका प्रतिस्पर्धी (सदस्यहरु) भने आरोप प्रत्यारोपमा लागे। फेसबुकको भित्तामा एक अर्काबारे चाहिने नचाहिने कुरा लेख्न थाले। यसले एक तप्का आजित बने/बनेका छन्। तर केन्द्रीय कमिटी अझै मुर्दा बनिरहे। त्यो मुर्दा ब्युँझिए न समस्याको समाधान होस्।
असोजमा त्यो मुर्दाले जीवनदान पाउने कुरा छ। तर अहिल्यै भन्न सकिने आधार छैन। आखिर मुर्दा जगाउने ओखती बनेको छ र यो संसारमा? र, त्यो मुर्दाको पुनर्जन्म भए पनि त्यसले उपत्यका कमिटीलाई तह लगाउला भन्ने विश्वास लाग्दैन। किनकि यहाँ विधि विधान र कानुनको कुरा आउँछ। केन्द्रीय कमिटी आफैँ कानुनी प्रकियामा फेल खाइसकेको संस्था हो। कारण उसले धेरै वर्षसम्म संस्था रिन्यु गरेन। सम्भवतः राज्यले पनि थारु विद्यार्थी समाज नामक संस्थालाई खारेज गरिसकेको हुनुपर्छ। यस्तो बेलामा उपत्यका समिति मिलाउने कुनै आधार देखिँदैन। गल्ती हुन्छ। दुवै पक्षले गल्ती गरेका छन्। कसले कम र कसले बेसी भन्नेमात्र हो। त्यसैले यी दुई प्रतिस्पर्धी मिल्नुबाहेकको अर्को विकल्प यहाँ छैन।
हालसालै दुुई पक्षबीच चलेको फेसबुक बहस यस्तो छ:








