जैविक प्रांगारिक मल उत्पादन गर्दै पूर्वमन्त्री चौधरी

सन्तोष दहित/दाङ।

पुर्वमन्त्री महेश चौधरी जैविक प्रांगारिक मल उत्पादनमा व्यस्त छन्। लामो समयसम्म राजनीतिमा होमिएका चौधरी घोराही नगरपालिका–४, बेलभारमा मल उत्पादन उद्योग खोलेर प्रांगारिक मल उत्पादनमा लागेका हुन्। दाङको महेन्द्र बहुमुखी क्याम्पसमा प्रध्यापक जागिर छाडेर राजनीतिमा लागेका चौधरी नेकपा एमालेको तर्फबाट लोकेन्द्र चन्दको नेतृत्वमा रहेको सरकारमा स्थानीय विकास मन्त्रालयको राज्य मन्त्री थिए। त्यसपछि उनी राष्ट्रिय सभाको सांसद भएका थिए। एमालेकै तर्फबाट पहिलो संविधान सभाका समानुपाति सभासद पनि भए।

नेकपा एमालेको केन्द्रीय कार्यसमितिको सल्लाहकारसमेत रहेका चौधरी एक करोड लगानी गरेर उद्योग खोलेका हुन्। २०७० मा सूर्य शक्ति सुपर जैविक प्रांगारिक मल उत्पादन केन्द्र प्रालिको उद्योग दर्तागरेपछि रातदिन प्रांगारिक मल उत्पादनमा व्यस्त छन्। ‘किसानलाई मध्यनजर गरेर आफूले प्रांगारिक मल उत्पादन गर्न लागेको छु,’ चौधरीले भने, ‘रासायनिक मलले जमिन मरुभूमि बन्न थाल्यो, उब्जनी हुन छाड्यो, जग्गा बिग्रन थाल्यो। जसलाई जोगाउन जैविक प्रांगारिक मल उत्पादनमा लागेको हुँ।’

‘सांसद, मन्त्री हुँदा किसानलाई केही दिन नसकेपनि अहिले उनीहरुलाई राहत दिइरहेको उनले बताए। ‘रासायनिक मल प्रयोग गरेर किसानहरु चिन्तित छन्, जग्गा बिग्रेर आम्दानी हुन छाडेपछि कस्तो मल प्रयोग गर्ने भन्नेमा किसानहरु दोधारमा थिए, आफूले उत्पादन गरेको मल प्रयोग गरेपछि किसानहरुलाई त्यो नैरासयता हराएको छ,’ उनले भने।

सुरुमा प्रांगारिक मल प्रयोग गर्दा खासै नलागेको देखेपनि पछि राम्रो हुन थालेको चौधरीले बताए। ‘रासायनिक मलले गर्दा पहिलो वर्षमा प्रांगारिक मललाई असर गरेको हुनुपर्छ,’ चौधरीले भने, ‘रासायिनक मललाई कम गरी पहिलो वर्षमा प्रांगारिक मललाई दबाएर हाल्दा अहिलेसम्म धान, गहुँलगायत अन्य व्यवसायिक खेति राम्रो भएको छ।’ फलफुल, जडिबुटीको लागि त झन अति उत्तम भएको उनको बुझाई छ। पहाडी जिल्लाबाट फलफूल, जडिबुटीमा प्रयोग गर्नको लागि आफैँ ट्रक लिएर मल लिन आउने गरेको उनले बताए।

व्यवसायिक खेती गर्नेहरुको लागि त झन प्रांगारिक मल अति उत्तम हुने गरेको चौधरीले बताए। ‘रासायनिक मल हरेक वर्ष बढाउदै जानुपर्छ, प्रांगारिक मल हरेक वर्ष घटाउँदै जानुपर्ने भएले किसानहरुलाई फाइदा हुने गरेको छ। त्यही भएर अहिले किसानहरुको रोजाईमा प्रांगारिक मल पर्छ,’ उनले भने।

डेढ विघा जग्गा लिजमा लिएर चौधरीले गाउँघरमा रहेको घासपात, गाई भैँसीको गोबर, ब्रोइलरको मल, तोरीको पीनालगायत अन्य विभिन्न झारपातलाई कुहाएर मल उत्पादन गर्दै आइरहेका छन्। ‘आफूले उत्पादन गर्दै आएको प्रांगारिक मलमा नाइट्रोजन २ दशमलव ५ प्रशित, फोस्फोरस २ प्रतिशत, पोटास २ प्रतिशत र क्यालसियम ०.६५ प्रतिशत प्रयोग गर्दै आएका छौं। दैनिक ५० क्विन्टल मल उत्पादन गर्ने क्षमता मेसिन हामीसँग उपलब्ध छ,’ उनल भने।

दाङ, बाँके, बर्दिया, कैलाली, सल्यान, रुकुम र दैलेख जिल्लामा यो मलको प्रयोग भइरहको चौधरीले जानकारी दिए।  ‘जाजरकोट, मकवानपुर र जुम्लामा पनि यो प्रांगरिक मलको माग भइरहेको छ,’ उनले भने, ‘माग भएको जिल्लाम पनि जतिसक्दो छिटो पठाउने तयारीमा छौं।’

प्रति क्विन्टल रु १ हजार ५ सयमा बिक्री वितरण भइरहेको मल अधिकांश नेपाल सरकार र कृषि विकास कार्याल तथा कृषि सेवा केन्द्रको सिफारिसमा अनुदानमा पनि दिँदै आइरहेको उनले बताए। ‘राजनीति गर्नलाई केही सजह होस् भनि आफू व्यवसायिक मल उत्पादनमा लागेको हुँ,’ उनले भने, ‘राजनीति गर्नलाई पनि पैसा चाहिन्छ, घर खर्च चलाउन पनि पैसा चाहिन्छ।’ उद्योग खोलेपछि अहिले धेरै सहज भएको उनले बताए।

‘बर्दीधारीबाटै गुण्डा शैलीमा कुटिएको म अब न्याय माग्न कहाँ जाउँ?’

किशोर चौधरी

न त म अपराधी हुँ न त कुनै अपराध नै गरेँ। गरे त केवल जनतालाई सुसूचित गर्ने प्रयास। तर खै राज्यले मलाई केमा दोषी देख्यो। आइतबार दिनको ४ बजेको थियो। म नेविसंघको कार्यकर्ता र प्रहरीबीच बेलाबेलामा भैरहेको झडपको दृश्य आफ्नो क्यामेरामा कैद गरिरहेको थिएँ।  Continue reading “‘बर्दीधारीबाटै गुण्डा शैलीमा कुटिएको म अब न्याय माग्न कहाँ जाउँ?’”

थारु शहिद गाउँका घर भत्काउने सरकारको ३५ दिने अल्टिमेटम

कारी महतो/ चितवन

थरुहट आन्दोलनका शहिद कमल चौधरीका गाउँ सिसुवारका केही थारुहरुका पक्की घर भत्काउनका लागि रत्ननगर नगरपालिकाले ३५ दिने धम्कीपूर्ण सूचना निकालेको छ। रत्ननगर नगरपालिका वडा नं. १७ का अनिल महतो, कृष्ण महतो र झलक महतोका घर सूचना निकालेको मितिले ३५ दिनभित्र उक्त पक्की घरहरु भत्काउनका लागि सूचना निकालेको हो। Continue reading “थारु शहिद गाउँका घर भत्काउने सरकारको ३५ दिने अल्टिमेटम”

स्थानीय तहको पुनर्संरचनामा चितवनका थारुले बुझाए छुट्टै खाका

कारी महतो/चितवन

चितवन जिल्लाको स्थानीय तहको पुनर्संरचना बारे छुट्टै खाकासहित थारु कल्याणकारिणी सभा (थाकस)ले चितवन जिल्ला विकास समिति अन्तर्गत बनेको स्थानीय तह पुनर्संरचना जिल्ला प्राविधिक सहयोग समितिलाई ज्ञापन पत्र बुझाएको छ। Continue reading “स्थानीय तहको पुनर्संरचनामा चितवनका थारुले बुझाए छुट्टै खाका”

भिडियो खिचेको भन्दै पत्रकार किशोर चौधरीमाथि प्रहरीको लाठी प्रहार

नेपाल विद्यार्थी संघको जारी ११ औं महाधिवेशनका प्रतिनिधिको विषयलाई लिएर नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको झडपमा प्रहरीले पत्रकारहरुमाथि कुटपिट गरेको छ। प्रहरीको पिटाइबाट एभिन्युज टेलिभिनका पत्रकार किशोर चौधरी घाइते भएका छन्। विद्यार्थी माथि लाठ्ठी चार्ज गरेको भिडियो खिचेको भन्दै प्रहरीले क्यामेरासमेत फुटाइदिएका छन्। उनीसँगै काठमाडु टुडे अनलाइनका फोटो पत्रकार चन्द्रबहादुर आलेको क्यामेरा पनि प्रहरीले फुटाइदिएका छन्।

प्रहरी आक्रमणबाट घाइते भएका चौधरीलाई सानेपास्थित स्टार हस्पिटल पुर्‍याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि अहिले ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा ल्याएको एभिन्युजका सिनियर अपरेशन अफिसर मनोज न्यौपानेले जानकारी दिए। टाउकोमा गम्भीर चोट लागेकाले उनको सिटिस्क्यान गर्नुपर्ने डाक्टरहरुले सल्लाह दिएका छन्। सोहीअनुसार अहिले ब्लुक्रसमा राखिएको न्यौपानेले जानकारी दिए।

Kishor chaudhary 01राज्यले नै चौथो अंगको दर्जा दिएको प्रेसमाथि राज्यबाटै भएको आक्रमणको थारु पत्रकार संघ नेपालले भर्त्सना गरेको छ। भिडियो खिचेकै भरमा पत्रकारमाथि कुटपिट गर्नु, क्यामेरा फुटाउनु निन्दनीय अपराध भएको भन्दै संघले कुटपिट गर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग मागसमेत गरेको छ।

चौधरी थारु पत्रकार संघ नेपालको सदस्य हुन्।

तस्बिर सेतोपाटी

कपिलवस्तुमा थरुहटको प्रशिक्षण भेला

थरुहट तराई पार्टी नेपालले कपिलवस्तुको विभिन्न स्थानमा प्रशिक्षण भेला आयोजना गरेको छ। मेची-महाकाली अभियानअन्तर्गत जिल्लाको भृकुटी नगरपालिकाको बुद्धभूमि क्याम्पस बरकुलपुर र शिवराज नगरपालिका करहिया स्कुलमा प्रशिक्षण आयोजना सम्पन्न भएको छ। Continue reading “कपिलवस्तुमा थरुहटको प्रशिक्षण भेला”

माओवादी केन्द्रका मन्त्रीले लिए शपथ

प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित एक विशेष समारोहमा पाँचजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाए।  Continue reading “माओवादी केन्द्रका मन्त्रीले लिए शपथ”

स्थानीय विकास मागेका प्रभु साहको नाम काटियो

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बिहान मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेकपा माओवादी (केन्द्र)ले मन्त्रीहरुको नाम टुंगो लगाएपछि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । Continue reading “स्थानीय विकास मागेका प्रभु साहको नाम काटियो”

बकतृत्वकला प्रतियोगितामा मणिराम थनेत प्रथम

थारु विद्यार्थी समाजले आयोजना गरेको बकतृत्वकला प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयमा अध्ययणरत मणिराम थनेत प्रथम भएका छन्। ललितपुरको कुपन्डोलस्थित नाइटिङ्गेल स्कुलमा आयोजित प्रतियोगितामा ब्रिटिश कलेजका नन्द चौधरी दोस्रो, स्वयभ्मु इन्जिनियर कलेजका सतिश बखरिया तेस्रो र त्रिचन्द्र बहुमुखी क्याम्पका अशोकप्रसाद चौधरी चौथो भए। Continue reading “बकतृत्वकला प्रतियोगितामा मणिराम थनेत प्रथम”