महिला राष्ट्रिय भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरी आइतबार वैदेशिक प्रशिक्षणका लागि जापान जाँदैछिन्। सरस्वतीले जापानमा युनिभर्सिटी अफ टिसुकुबामा करिब एक महिना प्रशिक्षण लिने छिन्। युनिभर्सिटीको छात्रवृत्तिमा उनले जापानमा प्रशिक्षण गर्ने अवसर पाएकी हुन्। विदेशी युनिभर्सिटीमा प्रशिक्षण गर्ने सरस्वती पहिलो नेपाली महिला भलिबल खेलाडी हुन्। पुरुषतर्फ राष्ट्रिय पुरुष टोलीका स्पाइकर दुर्जकुमार राईले जर्मनीमा प्रशिक्षण गर्दै व्यावसायिक भलिबल खेलेका थिए। Continue reading “भलिबल स्टार सरस्वती चौधरी प्रशिक्षणका लागि जापानतिर”
Author: admin
संविधान संशोधन हुन्छ, नभए खारेज : यादव
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदबाट संविधान संशोधन नभए खारेजीको लागि अर्को आन्दोलनमा होमिने चेतावनी दिएका छन्। पार्टीको २ नम्बर प्रदेश भेलालाई सम्बोधन गर्दै शुक्रबार जनकपुरमा उनले शान्ति र स्थायित्वको लागि संविधान संशोधनको विकल्प नरहेको ठोकुवा गरे। Continue reading “संविधान संशोधन हुन्छ, नभए खारेज : यादव”
विवाहित महिला बलात्कार गर्ने तीन थारु पक्राउ
घरमा सुतिरहेको अवस्थामा कचनापुर–५ मा एक महिला तीन किशोरबाट बलात्कृत भएकी छन्। पति विदेश रहेको र आठ वर्षीय छोरीसँग सुतिरहेकी २७ वर्षीया महिला स्थानीय तीन किशोरबाट बलात्कृत भएकी हुन्। Continue reading “विवाहित महिला बलात्कार गर्ने तीन थारु पक्राउ”
शाहरुख खान अमेरिकी अध्यागमन विभागको नियन्त्रणमा
अमेरिकाको अध्यागमन विभागले बलिउड स्टार शाहरुख खानलाई लसएन्जल्स विमानस्थलमा सोधपुछका लागि केहिबेर नियन्त्रणमा लिएको छ। खानले टिव्ट गर्दै लेखेका छन्, ‘विश्वमा कस्तो प्रकारको सुरक्षाप्रणाली छ भन्ने मलाई राम्रोसँग थहा छ, र यसलाई म सम्मान गर्छु, तर अमेरिकी अध्यागमन विभागले जहिले पनि नियन्त्रणमा लिएर सोधपुछ गर्ने कार्यबाट म चिन्तित छु।’ Continue reading “शाहरुख खान अमेरिकी अध्यागमन विभागको नियन्त्रणमा”
गच्छदारलाई सत्तामा जान रोक्ने प्रचण्ड होइन देउवा
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लाई सरकारमा लैजान कांग्रेस सभापति शेरबहादुर देउवा अनिच्छुक देखिएका छन् । फोरम (लोकतान्त्रिक) कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकपछि पार्टीका एक उच्च नेताले त्यसको खुलासा गरे । उनले पार्टी बैठकमा पनि यसबारे चर्चा भएको खुलाए । Continue reading “गच्छदारलाई सत्तामा जान रोक्ने प्रचण्ड होइन देउवा”
आदिवासी जनजाति पत्रकारहरु पुरस्कृत
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले विभिन्न विधाका आदिवासी जननजाति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको छ । फोनिजको १७ औँ स्थापना दिवस तथा २२ औँ आदिवासी दिवसका अवसरमा आज आयोजित कार्यक्रममा पत्रकारिताको माध्यमबाट आदिवासी जनजातिको विषयमा विशेष योगदान पु¥याएबापत छापातर्फ मीरा राजभण्डारी र अनलाइन मिडियातर्फ ‘इन्डिजिनियस मिडिया डटकम’का पत्रकार देवकुमार सुनुवारलाई प्रदान गरियो । Continue reading “आदिवासी जनजाति पत्रकारहरु पुरस्कृत”
फोनिजको कञ्चनपुर शाखाले मनायो स्थापना दिवस
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कञ्चनपुर शाखाले आज १७औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। फोनिज कञ्चनपुर शाखाका अध्यक्ष हेमन्ति चौधरीको सभाध्यक्षमा भएको कार्यक्रममा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरका संस्थापक पूर्व अध्यक्ष बसन्तकुमार गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्मपन्न भएको हो। Continue reading “फोनिजको कञ्चनपुर शाखाले मनायो स्थापना दिवस”
उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय नपाए सरकारमा जान्नौं : गच्छदार
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय नपाए आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन् । बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी गच्छदारले सरकारमा सम्मानजनक सहभागिताका लागि आफूले पहल गरिरहेको बताए । सरकार सबै पार्टीका लागि महत्वपूर्ण हुने तर, उपप्रधानमन्त्रीसहित दुई महत्वपूर्ण मन्त्रालय नपाएको अवस्थामा आफ्नो पार्टी सरकारमा सहभागी नहुने उनले बताए । Continue reading “उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय नपाए सरकारमा जान्नौं : गच्छदार”
महरालाई भारत र निधिलाई चीन पठाउने सरकारको निर्णय
नयाँ सरकार गठन र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन प्रधानमन्त्रीका विशेष प्रतिनिधिको रूपमा दुई उपप्रधानमन्त्री छिमेकी मुलुक चीन र भारत जाने भएका छन्। सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको विशेष प्रतिनिधिका रूपमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भारत पठाउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता समेत रहनुभएका उपप्रधानमन्त्री महराले आफूहरू निकट भविष्यमा ती मुलुकको औपचारिक भ्रमण जाने जानकारी दिए। बैठकले महङ्गी, कालोबजारी, कृत्रिम अभाव र खाद्यवस्तुमा देखिएको मिसावटलाई नियन्त्रण गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने समेत निर्णय गरेको छ।
कालोबजारीलाई प्रभावकारी ढङ्गबाट छिटोभन्दा छिटो अन्त्य गर्न गृहमन्त्रालय र आपूर्ति तथा वाणिज्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको हो। त्यसका लागि कानुनमा देखिएका अड्चन हटाउन कानुन संशोधन वा परिमार्जन गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
प्रवक्ता महराले जतिसक्दो चाँडो सरकारले पूर्णता पाउने विश्वास समेत व्यक्त गरे।
धनगढीमा हरेरी महोत्सवको तयारी हुँदै
लखन चौधरी/धनगढी।
धनगढी उपमहानगरपालिका–५ जाईमा कृषि पूजा तथा हरेरी महोत्सवको तयारी भैरहेको छ । ‘भाषा, संस्कृति, कला, भेष, भुषा हाम्रो पहिचान, हरेरी महोत्सव मनाउने सबै किसानहरुको अभियान’ भन्ने मुल नाराका साथ स्थानीय जाईबासीको आयोजनामा भदौ ३ गतेदेखि ५ गतेसम्म हुने हेरेरी महोत्सवको तयारी भैरहेको छ । Continue reading “धनगढीमा हरेरी महोत्सवको तयारी हुँदै”