साढे १२ फिटको लिंग !

यौन खेलौना उत्पादन गर्ने एक अमेरिकी कम्पनीले साढे १२ फिट लामो लिंगको प्रतिमा बनाएको छ । अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको प्रख्यात सेक्स टोय उत्पादक कम्पनी पाइपड्रिम प्रोडक्टले यसलाई बनाएको हो । Continue reading “साढे १२ फिटको लिंग !”

ए थारु, तिमी मौन किन ?

इन्दु थारु

नेपालमा सबैभन्दा बढी उत्पीडनमा परेको जाति कुनै छ भने त्यो थारु हो। परिवर्तनका लागि ठूल्ठूला क्रान्ति र आन्दोलनहरु भएका छन् नेपालमा। त्यसका माध्यमबाट थुप्रै अग्रगामी परिवर्तन नभएका पनि होइनन्। २०६२–६३ को आन्दोलनबाट सबैभन्दा ठूलो उपलब्धीका रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल प्राप्त भयो। एकात्मक राज्य प्रणालीको अन्त्य गर्दै संघीयतामा देश जाने साथसाथै सबै वर्ग, क्षेत्र, लिंग, जाति दुर्गम र दूरवर्ती क्षेत्रका जनताहरुको समान सहभागिता र समावेशीका कुरा चर्को रूपमा उठाइए। नयाँ संविधान जारी गरियो। तर विडम्बना यही लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा सबैभन्दा सोझा भनिने थारुमाथि चरम दुर्व्यवहार, अन्याय र अत्याचार हुन्छ। Continue reading “ए थारु, तिमी मौन किन ?”

दुई ठाउँमा चुनाव लड्न नपाइने, प्रदेश निर्वाचनमा पनि १.५ प्रतिशत थ्रेसहोल्ड

निर्वाचन आयोगले प्रतिनिधिसभाको चुनावमा जस्तै प्रादेशिक निर्वाचनमा पनि १.५ प्रतिशत न्यूनतम मत प्रतिसत (थ्रेसहोल्ड) राख्ने प्रस्ताव गरेको छ । निर्वाचन आयोगले तयार पारेको नयाँ कानूनको मस्यौदामा प्रदेश निर्वाचनका लागि आयोगले थ्रेस होल्ड राख्ने प्रस्ताव गरेको हो । संघीयताको कार्यान्वयनसँगै हुने प्रादेशिक निर्वाचनमा मिश्रति प्रणाली अपनाउने संविधानले व्यवस्था गरेको छ । Continue reading “दुई ठाउँमा चुनाव लड्न नपाइने, प्रदेश निर्वाचनमा पनि १.५ प्रतिशत थ्रेसहोल्ड”

थारु समुदायले ‘शैतान’लाई चुट्दै कीर्तिपुर कब्जा गरे

शुसिल चौधरी

कीर्तिपुरको क्रान्तिकारी छबि इतिहासका पानामा स्वर्ण अक्षरले देखिएको छ। नेपालको वैकिल्पक तथा प्रगतिशील राजनीतिको मोर्चामा अग्रस्थानमा रहन्छन् कीतिपुर जहिले पनि। गोखार्ली आक्रमणविरुद्धको होस् वा राजा शासनमा पञ्चाययतको विरुद्ध होस् वा गणतन्त्रको स्थापनाको पक्षमाखरो उत्रिएको गौरवमय इतिहास छ कीर्तिपुरको। हरेक आन्दोलनमा नयाँ कीर्तिमान कायम गर्ने भएकाले हालः कीर्तिपुर नामले परिचितछ कीर्तिपुर। सायद त्यसैले आफ्नो शीरम बाघभैख विराजमान गराएर सदा अन्यायको विरुद्ध सत्ताको बागी छबि देखाउँछ, कीतिपुर। Continue reading “थारु समुदायले ‘शैतान’लाई चुट्दै कीर्तिपुर कब्जा गरे”

स्थानीय पुनर्संरचनामा चितवनका थारुहरुले चासो

कारी महतो/चितवन

स्थानीय सरकारको पुनर्संरचनामा चितवनका थारु समुदायले चासो लिन थालेका छन्। जिल्ला विकास समिति चितवनको प्राविधिक समितिले प्रस्ताव गरेको चितवनका नगरपालिका र गाविसहरु मर्ज गरी थोरै संख्यामा नगरपालिका र गाउँपालिका निर्माण गर्ने खाकाको विषयमा सुझाव पेश गर्ने करीब अन्तिम समयमा थारु समुदाले यस सम्बन्धि चासो लिन थालेका हुन्। Continue reading “स्थानीय पुनर्संरचनामा चितवनका थारुहरुले चासो”

तमलोपामा गोविन्द चौधरीको पद घटुवा

तराई मधेस लोकतान्त्रिक पार्टीले महाधिवेशन सकिएको ४८ दिनपछि केन्द्रीय समिति गठन गरेको छ । तमलोपाको पहिलो महाधिवेशन असार ६ देखि ९ नवलपरासीको रामग्राममा भएको थियो । तर, केन्द्रीय समिति गठन गर्न सकेको थिएन । हालै मात्र उसले नौं पदाधिकारीसहित केन्द्रीय समिति गठन गरेको छ । Continue reading “तमलोपामा गोविन्द चौधरीको पद घटुवा”

थारुहरुमाथि राज्यले दमन गर्‍यो : थारु सांसद

थारु सांसदले गत साल भदौ ७ मा भएको टीकापुर घटनापछि थारुहरुमाथि भएको व्यापक दमन तथा मानव अधिकारविरोधी कार्यको विरोध गरेका छन् । राजनीतिक माग उठाउने क्रममा भएको टीकापुर घटनालाई राज्यले अपराधीकरण गरेको थारु सामाजिक संघ संस्था तथा राजनीतिक दलका नेताहरुले बताएका छन् । Continue reading “थारुहरुमाथि राज्यले दमन गर्‍यो : थारु सांसद”

प्रधानमन्त्री प्रचण्डले भने- ‘संविधान संशोधनभित्र सबै उत्पीडित अट्नेछन्’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै जातिभाषी, वर्ग, क्षेत्र र समुदायको अधिकार सुनिश्चित हुने गरी संविधानको संशोधन गर्न सकिने बताएका छन्।  Continue reading “प्रधानमन्त्री प्रचण्डले भने- ‘संविधान संशोधनभित्र सबै उत्पीडित अट्नेछन्’”

तीनबुँदे सहमति : आशावादी छौं तर ढुक्क हुने स्थिति छैन

संघीय गठबन्धनसँग भएको ३ बुँदे सहमतिपछि बनेको पुष्पकमल दाहाल नेतृत्वको सरकारले माग सम्बोधन गर्नेमा पश्चिम तराईमा आन्दोलनरत थारू समुदायका अगुवा आशावादी देखिएका छन् । थारूवानको एजेन्डा उठाउने पार्टीको नेतृत्वमा सरकार बनेको र यसमा कांग्रेस पनि समावेश भएकाले माग सम्बोधन हुनेमा उनीहरू आशावादी भएका हुन् । Continue reading “तीनबुँदे सहमति : आशावादी छौं तर ढुक्क हुने स्थिति छैन”