राजधानीबासी थारुले मनाए गुरही पर्व

राजधानीबासी थारुहरुले गुरही पर्व मनाएका छन्। शनिबार त्रिभुवन विश्वविद्यालयमा पश्चिमी थारुहरुले गुरही पर्व मनाएका हुन्। कार्यक्रममा गुरही पर्वको महत्व र यो पर्व थारुहरुले किन मनाउँछन् भन्नेबारे सहभागीहरुले प्रकाश पनि पारेका थिए।

यो पर्व नागपञ्चमीका दिन मनाएपनि राजधानीबासी थारुहरुले एकदिनअघि नै यो पर्व मनाएका छन्। कार्यक्रममा फोरम लोकतान्त्रिकका सांसद जनकराज चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। प्रमुख अतिथि चौधरीले अन्य सहभागीसँगै गुरहीलाई पिट्ने कार्यक्रममा सहभागी पनि बने।

Tharu Festive Gurahi celebration at kathmandu 01गुरहीलाई किन पिट्छन्?

कसैले ती पुतलालाई गुरही (गाइने किरा) मानी पिट्ने गर्छन् भने कसैले ती पुतला (गुडिया, गुरिया) लाई बहिनीका अवगुण मानी पिट्ने गर्छन् । पुतला पिट्ने सोंटा, कोर्रा रारा र मूँज (ढकिया बनाउँदा प्रयोग गरिने सामाग्री)को प्रयोगले बनाइएको हुन्छ ।

ठूला केटा वा पुरुषले सोंटासँग खासै सरोकार राख्दैनन्, उनीहरु गुरही (गुरीया) पिट्दा सामान्य लट्ठी, केराका हरियो डाँठले पनि पिट्ने गर्छन् ।साँझपख, सूर्यास्त हुने बेलातिर केटीहरु, महिलाहरु गुडिया (गुरीया) र घुघरी लिईआफ्नो भेषभूषामा सजिएर चौबाटो÷चौराहामा पुग्छन् । केटाहरु, पुरुषहरु पनि आफ्नो भेषभूषामा सोंटा, कोर्रा, लट्ठी लिई चौराहा (चौबाटो) पुग्छन् । गुरुवाले कुश राखी, मकैको भुजा, दारु, घुघरी चढाई पुजा गरिसकेपछि जम्मा भएका केटीहरु, महिलाहरु गुरही (गुरिया) चौराहामा फाल्छन् र केटाहरु, पुरुषहरु सोंटा, कोर्रा, लट्ठीले पिट्छन् ।

Tharu Festive Gurahi celebration at kathmandu 03केटीहरु गुरही (गुरिया) फाल्ने बेला र केटाहरु पिट्ने बेलामा रोग ब्याध नलागोस्, आफूमा भएको अवगुण जाओस् भनी कामना गर्छन् । पिटिसकेपछि केटा वा पुरुषले केटी वा महिलासँग घुघरी माग्छन् र प्रसादस्वरुप ग्रहण गर्छन् । कतिपय गाउँमा पिटिएका यी गुरही (गुरिया) सडकमै चौराहामै छोडेर हिंड्छन् भने कतिपय गाउँमा बाजागाजाका साथ नदीमा सेलाउन पनि जाने गर्दछन् । यो पर्व साना बालबालिकाहरुको सहभागिताबिना अपूर्ण मानिन्छ । त्यसैले गुरही (गुरिया) पर्वमा बालबालिकाहरुलाईसहभागी गराउनु अभिभावकहरु आफ्नो कर्तव्य ठान्छन् । कतिपय अभिभावकहरु साना बालबालिकाहरुलाई बोकेरै सहभागी पनि गराउने गर्छन् । गुरही-गुरीया पिटिसकेपछि पिटेको सोंटा, कोर्रा, लट्ठीलाई ल्याएर मानिसहरु गोठमा वा घरमा राख्ने गर्न् । यसो गर्यो भने दुःख, कष्ट, रोग, ब्याध लाग्दैन। भूत, प्रेत, पिसाचको प्रभाव पर्दैन र घरपरिवारमा सुख, शान्ति हुन्छ भन्ने जनविश्वास छ ।Tharu Festive Gurahi celebration at kathmandu 02

 

दुईवटा टाउको भएको बच्चा जन्मियो

राजविराज- सप्तरीको हनुमाननगर स्वास्थ्य चौकीमा शनिबार साँझ दुईवटा टाउको भएको बच्चा जन्मिएको छ । सप्तरीको इनर्वा गाविस–९ घर भई हाल हनुमाननगर योगिनीमाई नगरपालिका–१० की २३ वर्षीया नुनुदेवी यादवको तेस्रो सन्तानका रुपमा अस्पतालमा दुईवटा टाउको भएको छोरा जन्मिएको हो ।  Continue reading “दुईवटा टाउको भएको बच्चा जन्मियो”

संघीय गठबन्धनको ८ मन्त्रालयमा दाबी

सङ्घीय गठबन्धनमा आबद्ध मधेसी मोर्चाका नेताहरुले सरकारमा सहभागी हुन ८ वटा मन्त्रालय पाउनुपर्ने सर्त अघि सारेका छन्। सरकारमा जानका लागि ८ मन्त्रालयको माग गरेको तराई मधेस लोकतान्त्रिक पार्टीका एक नेताले जानकारी दिए। मोर्चाले कांग्रेस–माओवादी केन्द्रसँग तीन बुँदे सहमति गरी प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मतदान गरेको थियो। Continue reading “संघीय गठबन्धनको ८ मन्त्रालयमा दाबी”

प्रेममा झैँ माओवादीले धोका दियो : ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)ले आफूसँगको सहयात्रामा धोका दिएको बताएका छन्। Continue reading “प्रेममा झैँ माओवादीले धोका दियो : ओली”

बिराज भन्छन्- भोजपुरी फिल्मका हिरोइन मोटाघाटा, उठाउनै गाह्रो

भोजपुरी फिल्मसँग कसरी जोडिनुभयो ?
सिनेमा गर्दागर्दै अफर आयो । निर्माता रमाकान्त प्रसादले सुरुमा प्रस्ताव गर्नुभयो । त्यतिबेला म वीरगञ्जमा ‘अग्निज्वाला’ फिल्मको सुटिङ गर्दै थिएँ । लगत्तै उहाँले मेरो भूमिका सहितको फिल्मको खाका दिनुभयो । भूमिका र कथावस्तु ठीक लाग्यो । खेलेँ । सुरुमै हिट भयो । Continue reading “बिराज भन्छन्- भोजपुरी फिल्मका हिरोइन मोटाघाटा, उठाउनै गाह्रो”

युरोपको उत्कृष्ट खेलाडीको सूचीमा मेस्सी परेनन्

अर्जेन्टिानाका पर्वकप्तान तथा वार्सिलोनाका स्टार लियोनल मेसी युरोपेली फुटबल एसोसिएसन युइएफएले यस वर्षको उत्कृष्ट खेलाडीका लागि सार्वजनिक गरेको अन्तिम तीनको सूचिमा स्थान बनाउन असफल भएका छन्। Continue reading “युरोपको उत्कृष्ट खेलाडीको सूचीमा मेस्सी परेनन्”

यस्ताे पाे विहा !

हावामा कावा खाँदै बिहे गर्नु आफैँमा अनौठो छ । यस्तो दुर्लभ अनुभूति भारतीय राज्य महाराष्ट्रको एउटा जोडीले हासिल गरेको छ ।
महाराष्ट्रनिवासी जयदीप जाधवले रेश्मा नाम गरेकी युवतीसँग यसरी नै हावामा तैरिएर बिहे गरेका छन् । जाधवलाई सानैदेखि साहसी खेलको सोख थियो । Continue reading “यस्ताे पाे विहा !”

कामोत्तेजना बढाउने जडीबुटीहरूबारे जान्नुस्

शारीरिक, मानसिक र रासायनिक कारणले कतिपयलाई सेक्सको रुचि कम हुने गर्छ । यी जडीबुटी सेवन गरेर कामोत्तेजना बढाउन सकिन्छ: Continue reading “कामोत्तेजना बढाउने जडीबुटीहरूबारे जान्नुस्”

पूर्वका लिम्बुवानको बन्द

लिम्बूवान राज्य परिषद्ले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि झापालगायतका पुर्वका जिल्लाका जनजीवन प्रभावित भएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर लिम्बुवान राज्य खोसेको भन्दै परिषद्ले हरेक वर्ष साउन २२ गतेलाई ‘कालो दिन’ दिनका रुपमा लिँदै आएको छ । त्यसैको विरोधमा आज बन्द गरिएको बताइएको छ । Continue reading “पूर्वका लिम्बुवानको बन्द”

घर भत्किँदा कपिलवस्तुमा एकै परिवारका ३ जनाको मृत्यु

घरको छत भत्केर एकै घरका तीन जनाको गएराति मृत्यु भएको छ । जिल्लाको गुगौली गाविस– ५ तिनघेरवा गाउँका नारायण भरको घरको छत भत्किदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६ वर्षीय छोरा अरविन्द भर, २४ वर्षीय छोरी सत्यावती भर र १४ वर्षीया छोरी चन्द्रावती भरको मृत्यु भएको प्रहरीले जनाएको छ । Continue reading “घर भत्किँदा कपिलवस्तुमा एकै परिवारका ३ जनाको मृत्यु”