हतियारधारी समूहद्वारा मलेसियामा इटहरीका नगेन्द्र चौधरीको हत्या

मलेसियामा एक नेपालीको हत्या भएको छ । शुक्रबार दिउँसो करीब १२ बजे सुनसरीको इटहरी घर भएका ३२ वर्षीय नगेन्द्र चौधरीको हत्या भएको हो । जोहोरवारुको पासिरगुडाङआयरविरुमा रहेको एक कम्पनीमा उनी कार्यरत थिए । Continue reading “हतियारधारी समूहद्वारा मलेसियामा इटहरीका नगेन्द्र चौधरीको हत्या”

सप्तरी बार अध्यक्षमा रामप्रसाद चौधरी बहुमतले विजयी

सप्तरी जिल्ला अदालत बार एकाइको अध्यक्ष पदमा प्रगतिशील पक्षका रामप्रसाद चौधरीसहित बहुमतले विजय हुनुभएको छ । शुक्रबार साँझसम्म घोषित निर्वाचन परिणामअनुसार चौधरीले ५२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी मर्यादित समूहका महेश्वर साहले २५ मत ल्याएर चित्त बुझाउनु परेको छ । Continue reading “सप्तरी बार अध्यक्षमा रामप्रसाद चौधरी बहुमतले विजयी”

मिथिलाञ्चलमा झुलनोत्सवको रमझम

हिमांशु चौधरी/जनकपुरधाम।

मिथिलाञ्चलमा झुला उत्सवको रौनक प्रत्येक मठमन्दिरमा छाइरहेको छ । सांस्कृतिक परम्पराका रुपमा प्राचीन राजधानी जनकपुरलगायत प्रायः अन्य मठ मन्दिरमा झुला उत्सव साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ ।

यस अवधिमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामसीता र राधाकृष्णका मूर्ति राखी झुलाउने परम्परा रहेको छ ।

झुला उत्सवको पहिलो दिनलाई मणिपर्वतको झुला भनिन्छ । उक्त दिन अपराह्न जनकपुरका ५२ कुटीबाट डोलामा रामसीताका मूर्ति राखी रङ्गभूमिमा ल्याइएपछि जानकी मन्दिरका महन्तद्वारा उत्सवको सुरुवात गरिन्छ ।

मणिपर्वत झुला उत्सवका दिन जानकी मन्दिर, राममन्दिर र लक्ष्मण मन्दिरका मूर्तिलाई एकै ठाउँमा राखी झुलाउने गरिन्छ । यस दिन टाढा टाढाबाट श्रद्धालु झुलामा आउने गरेका कारण रङ्गभूमिमा मेलाको रुप दृष्टिगौचर हुन्छ ।

झुला उत्सवको सुरुवातसन्त परम्पराको प्रारम्भदेखि नै भएको मानिन्छ । सन्त सम्प्रदायका गढ मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ मान्ने बृन्दावनबाट झुला जनकपुरमा आएको बताइन्छ ।

साओनमे उपवन वन फूले
झुला झुले नन्दकिशोर
कदमक डारीमे लागल हिडोला
झहरय नभ घनघोर

धार्मिक पृष्ठभूमिमा आधारित उक्त गीतलाई समाजशास्त्रीय दृष्टिकोणबाट मनन गर्दा झुलको सुरुवातलाई सङ्केत गरिररहेको छ ।

सन्तहरु खुला चौरमा अथवा कुनै रुखको छहारीमा वास बसे पनि आफ्नो झोलामा श्रद्धासाथ ल्याएका शालीग्रामलाई आसनमा राखी झुलाउने गर्दथे । सम्भवतः यो परम्परा त्यसै बेलादेखि सुरुवात भएको विश्वास पाइन्छ ।

जनश्रुतिअनुसार, सीताको माइतीमा दाइजोका रुपमा प्राप्त मणिहरु महलमा राख्ने ठाउँ नपाइ बाहिर राख्दा पहाड नै भएको थियो । त्यसैको स्मृतिस्वरुप झुला उत्सवको प्रारम्भमा रङ्गभूमिमा आज पनि मणिपर्वत मनाउने परम्परा रहेको छ ।

जनकपुर एवम् यस क्षेत्रका प्रत्येक मठ मन्दिरमा झुला उत्सव मनाइए पनि जानकी एवम् राममन्दिरमा विशेषताका साथ मनाइन्छ । जानकी मन्दिर जसलाई नौलाखा मन्दिर पनि भनिन्छ । सो मन्दिरमा विशेष प्रकारका तीनवटा सिंहासनमा रामसीताको मूर्ति राखी झुला झुलाउने गरिन्छ । त्यस्तै, राम मन्दिरको झुला उत्सवका लागि गङ्गासागर र धनुषसागरको मध्यमा निर्माण गरिएको झुला घरमा झुला उत्सव अवधिभरि नै विशेष किसिमले मनाइने गरिएकोमा समाज विकासका नाममा यस परम्परालाई हटाउँदै राम मन्दिरको बरण्डामा सीमित गरिएको छ ।

जनकपुरमा झुला उत्सवको प्रारम्भ जानकी मन्दिरका आदि महन्त सुरकिशोर दासबाट भएको पनि कथन पाइन्छ । दासको आगमनको समय सन् १७३० मानिन्छ । लक्ष्मण मन्दिर, दुल्हादुल्हीन, रत्नसागर, रसिक निवास र अग्निकुण्ड मन्दिरको झुला उत्सवले पनि जीवनलाई आनन्दमय रुपमा ग्रहण गर्न प्रेरित गर्दछ ।

मिथिलाञ्चलमा कृषि रोपाइँ सकिने बित्तिकै झुला उत्सवको रौनक सुरु हुन्छ । यस क्रममा प्रत्येक मठ मन्दिरमा कजरी र मलार जस्ता गीतको स्वरलहरी सुनिन्छ ।

उमङ्गमय वातावरणमा श्रद्धालुद्वारा गाइने गीत जीवनको अभिन्न अङग बनेको प्रतीत हुन्छ–

झुला लगे कदमकी डाली
झुले कृष्ण मुरारी ना…

यी गीतमा कृष्णको प्रभाव देखिए पनि त्यसलाई रामसग दाँजेर गाइने गरिएकाले आनन्दको सहज स्वभाविक उच्छवासको अनुभूति हुने गर्दछ । उत्सवमा गाइने कजरी लोकगीतले श्रद्धालुलाई तान्ने वातावरण त रहन्छ नै, जानकी मन्दिरमा बिहान साँझ बजाइने सहनाइको ध्वनिले जनजनको ह्दयमा यो उत्सव सधैँ बसिरहने परम्परा पनि बनेको पाइन्छ । रासस

मन्त्री चौधरीलाई थारु युवाले सुनाए टीकापुरको पीडा

माओवादी केन्द्रका सांसद एवं कृषि मन्त्री गौरीशंकर चौधरीलाई थारु युवाहरुले टीकापुरको पीडा सुनाएका छन्। टीकापुर घटनापछि पक्राउ परेका थारु परिवारको विचल्ली भएको र त्यहाँको अवस्था दयनीय रहेको मन्त्री चौधरीलाई उनीहरुले ध्यानाकर्षण गराएका थिए। Continue reading “मन्त्री चौधरीलाई थारु युवाले सुनाए टीकापुरको पीडा”

आन्दोलनमा मारिएका परिवारलाई १० लाख दिने सरकारको निर्णय

सरकारले मधेस आन्दोलनमा मारिएकाका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ एक हप्ताभित्र उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकबाट यो निर्णय गर्नु अघि प्रचण्डले मधेसी मोर्चामा आवद्ध दलका नेताहरुसँग परामर्श गरेका थिए । Continue reading “आन्दोलनमा मारिएका परिवारलाई १० लाख दिने सरकारको निर्णय”

प्रचण्डले धोका दिएपछि गच्छदार तनावमा

केपी शर्मा ओली नेतृत्वको सकारमा रहेका बेला नै राजीनामा दिएर पुष्पकमल दाहाल प्रचण्डको पक्षमा उभिएका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार तनावमा परेका छन् । अन्तिम समयमा उनलाई मन्त्री नबनाउने तयारी भएपछि उनी तनावमा परेका छन् । नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले आफूलाई धोका दिएको उनले निकटस्थहरुसँग बताउने गरेका छन् । Continue reading “प्रचण्डले धोका दिएपछि गच्छदार तनावमा”

मोटरसाइकल दुर्घटनामा सप्तरीका हरि चौधरीको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्यानपुरस्थित विसनपुर चोकमा मोटरसाइकल दुर्घटनमा परी आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कल्यानपुर गाविस–८ निवासी हरि चौधरी रहेको प्रहरीले जनाएको छ। ३५ वर्षीय चौधरीको भारतस्थित सिलिगुढीको पारामाउन्ट अस्पतालमा उपचारको क्रममा आज बिहान मृृत्यु भएको इलाका प्रहरी कार्यालय कल्यानपुरले जनाएको छ। Continue reading “मोटरसाइकल दुर्घटनामा सप्तरीका हरि चौधरीको मृत्यु”

आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, घाइतेलाई क्षतिपूर्ति र थुनामा परेकालाई रिहाई गर्ने सहमति

सरकारले आजै बस्ने क्याबिनेट बैठकबाट तराई-मधेश आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार, राहत र थुनामा परेकाहरुलाई रिहाई गर्ने भएको छ। सरकार र संघीय गठबन्धनबीच प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको वार्तामा यस्तो सहमति भएको हो। Continue reading “आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, घाइतेलाई क्षतिपूर्ति र थुनामा परेकालाई रिहाई गर्ने सहमति”

गढीमाईमा बलिप्रथा रोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले गढीमाई मेलाका नाममा पशुबलि जस्तो क्रुर व्यवहार रोक्नका लागि सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सरकारले एउटा समिति बनाएर गढीमाई मेलामा हुने क्रुर व्यवहार रोक्नका लागि उचित काम गर्न निर्देशनात्मक आदेश दिएका अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए। Continue reading “गढीमाईमा बलिप्रथा रोक्न सर्वोच्चको आदेश”

थारु अगुवाहरुको गुनासो- ‘सिकलसेल रोकथाममा सरकार गम्भिर भएन’

अवीनाश चौधरी/धनगढी।

थारु समुदायको अस्तित्व नै सखाप पार्ने गरी वङ्शाणुगत रोग सिकलसेलको प्रभाव बढे पनि सरकारले रोकथामका लागि चासो नदेखाएको सो समुदायका मानिसले गुनासो गरेका छन्। बिहीबार धनगढीमा सिकलसेल एनिमियाविरुद्धको तेस्रो राष्ट्रिय जागरण दिवस मनाउने क्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन्। Continue reading “थारु अगुवाहरुको गुनासो- ‘सिकलसेल रोकथाममा सरकार गम्भिर भएन’”