यसकारण ढल्दैछ ओली सरकार [विश्लेषण]

सीताराम थारु।

दोस्रो संविधानसभाको चुनावपछि दुईपटक सरकार फेरियो। एउटा सुशील कोइराला नेतृत्वको सरकार र अर्को केपी ओली नेतृत्वको सरकार। माओवादी केन्द्रले सरकारबाट आफ्नो समर्थन फिर्ता लिएपछि ओली सरकारमा तरंग मच्चिएको छ। कांग्रेस-माओवादी गठबन्धनले संसदमा अविश्वासको प्रस्ताव दर्ता गरिसकेकाले लगभग सरकार ढल्ने निश्चित भैसकेको छ। यो सरकार नटिक्नुमा यी कारण प्रमुख हुन्। Continue reading “यसकारण ढल्दैछ ओली सरकार [विश्लेषण]”

थारु कोटाको मन्त्री- गौरीशंकर थारु कि बुद्धिसागर चौधरी?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्र र जनतामा केन्द्रीत मुद्दाको सम्मान गर्न सक्ने बढीमा २५ सदस्यी मन्त्रिपरिषद गठन गर्न पार्टीभित्रका नेताहरुले सुझाव दिएका छन् । प्रचण्डलले आफ्नो नेतृत्वमा गठन हुने भावी सरकारको संरचना र त्यसमा पार्टीको प्रतिनिधित्वका लागि विशेष गृहकार्यको जिम्मेवारी महासचिव कृष्णबहादुर महरालाई दिएका छन् । यसअनुसार महराले पार्टीको नेतृत्वसँग अनौपचारिक परामर्श थालेको जानकारी स्रोतले दिएको छ । Continue reading “थारु कोटाको मन्त्री- गौरीशंकर थारु कि बुद्धिसागर चौधरी?”

फ्रान्समा ट्रकले किच्दा कम्तिमा ७७ को मृत्यु

। फ्रान्सको नीस शहरमा बास्टील डेको भीडमा एक ट्रकको ठक्करबाट ७७ भन्दा धेरैको ज्यान गएको छ । स्थानीय अधिकारीकाले मानिसहरुको मृत्यु भएको जानकारी दिदै उक्त सवारी हमलामा सयभन्दा धेरै मानिस घाइते भएको बताए । Continue reading “फ्रान्समा ट्रकले किच्दा कम्तिमा ७७ को मृत्यु”

‘पर्ख र हेर’ मा मधेसी मोर्चा

नयाँ सरकार गठनको प्रयासमा रहेका नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धनको सरकारमा सहभागिता हुने या नहुनेबारे  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ‘पर्ख र हेर’ को रणनीति लिएको छ। Continue reading “‘पर्ख र हेर’ मा मधेसी मोर्चा”

र्‍याम्पमा दुई थारु मोडल [फोटो फिचर]

भिन्टेज नेपाल फेसन सोअन्तर्गत १६ जना मोडेलहरू र्‍याम्पमा उत्रिएका छन्। एड इन्सिपिरेसनले राजधानीमा आयोजना गरेको कार्यक्रममा मोडलहरू विभिन्न पहिरनमा र्‍याम्पमा उत्रिएका हुन्। Continue reading “र्‍याम्पमा दुई थारु मोडल [फोटो फिचर]”

बालबच्चा छाडेर अर्कैसँग !

इटहरी–२६ आपगाछीको मुलघरबाट अलग भएर बरगाछीमा बजगाई थरका दम्पती केही महिनाअघिदेखि डेरा लिएर बस्दै आएका थिए। बजगाईं दम्पतीका नौ वर्षका छोरा छन्। परिवारिक जीवन हाँसीखुसी थियो। तर, तीन दिनअघि एक्कासी बजगाईंकी २७ वर्षीया पत्नी घरबाट बजारपछि फर्किनन्। Continue reading “बालबच्चा छाडेर अर्कैसँग !”

रेशम चौधरीले गाए- थरुहट प्रदेश जिन्दावाद…

टीकापुर घटनामा मुख्य अभियुक्त बनाइएका रेशम चौधरी अहिले भूमिगत अवस्थामा छन्। तर उनले थरुहट/मधेस आन्दोलनबारे नयाँ गीत गाएका छन्। उनले आफ्नै स्वर र संगीतमा गीत रेकर्डिङ गराएका हुन्। गीतमा ‘उठौं उठौं अब उठ्नै पर्छ। जुटौं जुटौं सबै जुट्नै पर्छ। हाम्रो हक र अधिकारको लागि थरुहट प्रदेश एक हुनैपर्छ। थरुहट प्रदेश जिन्दावाद…’

सुन्नुस् उनीद्वारा गाइएको गीत

गृहसहित १४ मन्त्रालय कांग्रेसलाई, माओवादीलाई ८, बाँकी साना दललाई

नयाँ सरकार निर्माणमा सहकार्य गर्न लिखित सहमति गरेका कांग्रेस र माओवादी केन्ऽले मन्त्रालयको बर्गीकरण गरी बाँफाँड गर्ने निर्णय गरेका छन् । स्रोतका अनुसार दुई दलबीच भएको पाँचबुँदे आन्तरिक सहमतिमा कांग्रेसले गृहसहित १४ र माओवादीले प्रधानमन्त्री र अर्थसहित ८ मन्त्रालय लिने सहमति बनेको हो । Continue reading “गृहसहित १४ मन्त्रालय कांग्रेसलाई, माओवादीलाई ८, बाँकी साना दललाई”

नझुक्किनुस् गुरही पर्व साउन १ गते हैन, २३ गते हो

विभिन्न भित्ते पात्रो प्रकाशकहरुले आदिवासी थारू समुदायको चाडपर्व गलत मितिमा प्रकाशन गरेपछि थारू समुदायमा भ्रम सिर्जना भएको छ । बजारमा आएको दत्तात्रेय प्रकाशनद्वारा प्रकाशित जयश्रीराम र दुर्गा साहित्य भण्डार वाराणसीद्वारा प्रकाशित दुर्गा सजिलो पात्रोमा फरक मितिमा प्रकाशन भएपछि थारू समुदायमा भ्रम सिर्जना भएको हो । Continue reading “नझुक्किनुस् गुरही पर्व साउन १ गते हैन, २३ गते हो”

मधेसी मोर्चाले प्रधानमन्त्री ओलीविरुद्ध मतदान गर्ने

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री केपी आलीविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको समर्थन गरेको छ । मधेसी मोर्चाको बुधबार बसेको बैठकले संघीय गठवन्धनमा आवद्ध ४२ सभासदको हस्ताक्षर बुझाउने निर्णय गरेको हो । प्रधानमन्त्री ओलीविरुद्ध कांग्रेस र माओवादीले बुधबार नै अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । Continue reading “मधेसी मोर्चाले प्रधानमन्त्री ओलीविरुद्ध मतदान गर्ने”