सीपले सुनिताको जीवनमा ल्याएको खुसी

सन्तोष दहित/दाङ

दाङ लक्ष्मीपुर–४ गोग्लीकी ३५ वर्षिया सुनिता चौधरीलाई २०५९ सालसम्म कनै समस्या थिएन। घरमा श्रीमान थिए, घर खर्च चलाउनलाई श्रीमानले मिलाउँथे। तर २०५९ मा श्रीमान असौरी चौधरीलाई तत्कालीन सेनाले घर अगाडि गोली हानेर हत्या गरेपछि सुनितालाई घर खर्च चलाउन निकै धौधौ पर्‍यो। ‘घर चलाउन सबै उहाँकै भर थियो,’ मारिएका श्रीमानको सम्झना गर्दै सुनिताले भनिन्, ‘घरकै मुली नभए कसरी घर चलाउने हैरान भएकी छु्।’ Continue reading “सीपले सुनिताको जीवनमा ल्याएको खुसी”

पूर्वसभासद् सदरुलको हत्या आरोपमा उनकै पत्नी र छोरीलाई जन्मकैद

विघटित संविधानसभा सदस्य मोहम्मद सदरुल मियाँ हकको हत्या आरोपमा उनकी पत्नी नुरजहाँ खातुन र छोरी रुबेदा खातुनलाई जिल्ला अदालत राजविराजले जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल इजलासले ५२ वर्षीया नुरजहाँ र २१ वर्षीया रुबेदालाई जन्मकैदको फैसला गरेको हो । साथै, मुख्य आरोपित सिरहा जिल्ला चतरी गाविस–६ घर भई लहान नगरपालिका–५ बस्ने ४० वर्षीय अब्दुल रउफलाई समेत सर्वस्वसहित जन्मकैद गरेको अदालतले जनाएको छ । Continue reading “पूर्वसभासद् सदरुलको हत्या आरोपमा उनकै पत्नी र छोरीलाई जन्मकैद”

नमाज पढेर इद उल फित्र मनाइँदै, आज सार्वजनिक बिदा

अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन बिहीबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइँदैछन् । खुसीपूर्वक शरीरको दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन आज बेलुकी चन्द्रमा देखिएपछि भोलि इद उल फित्र मनाउन लागिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । Continue reading “नमाज पढेर इद उल फित्र मनाइँदै, आज सार्वजनिक बिदा”

वेल्सलाई हराउँदै पोर्चुगल युरोकपको फाइनलमा

क्रिष्टियानो रोनाल्डो र नानीले तीन मिनेटको अन्तरमा २ गोल गरेपछि वेल्सको ऐतिहासिक यात्रामा पूर्णबिराम लगाउँदै पोर्चुगल युरोकपको फाइनलमा पुगेको छ । पोर्चुगल १२ बर्षको अन्तरमा दोस्रो पटक युरोको फाइनलमा पुगेको हो । सन् २००४ मा घरैमा भएको प्रतियोगिताको फाइनलमा पोर्चुगलले ग्रिससँग पराजय ब्यहोरेको थियो । Continue reading “वेल्सलाई हराउँदै पोर्चुगल युरोकपको फाइनलमा”

हत्यारालाई छुट दिएको भन्दै सडकमै सुतेर प्रहरीविरुद्ध आन्दोलन

लखन चौधरी/कैलाली

दैजीकी रामदुलारी रानाको हत्यारालाई प्रहरीले मोलमोलाई गरेर छुट दिएको आरोप लगाउँदै आदिवासी जनजाति निकट संघ संस्था र महिला अधिकारकर्मीले महेन्द्रनगरको बीच सडक र प्रहरी कार्यालय गेटमै सुतेर आन्दोलन गरिरहेको छन् । Continue reading “हत्यारालाई छुट दिएको भन्दै सडकमै सुतेर प्रहरीविरुद्ध आन्दोलन”

अविनाश चौधरीले खिचेको फोटो पुरस्कृत

धनगढीबाट गोरखापत्र दैनिकमा कार्यरत पत्रकार अविनाश चौधरीले खिचेको खेलको फोटो नेपालगञ्ज फोटो फेष्टिभलमा पुरस्कृत भएको छ। २०७१ मा धनगढीमा आयोजित द डिभोटी एसपीए कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा चौधरीले खिचेको फोटो रामदूत खेल विधामा उत्कृष्ट भइ पुरस्कृत भएको हो। खेल फोटोग्राफीमा रुचि राख्ने चौधरीले आफूले खिचेको फोटो उत्कृष्ट भएकोमा थप हौसला मिलेको बताए। Continue reading “अविनाश चौधरीले खिचेको फोटो पुरस्कृत”

बँधुवा जीवन तोडेर उदाएका अभियन्ता

दिपु चौधरी

कैलालीको लम्की–चुहा नगरपालिका–१, बलचौरका २९ वर्षीय दिपु चौधरीलाई अहिले आफ्नो विगतको जीवन सम्झेर सपनाझैं लाग्छ । कमैया बुवासंगै जमिन्दारहरूकहा“ गोठालो भएर बाल्यकाल विताएका दिपुले आफ्नो जीवनमा यस्तो परिवर्तन आउला भन्ने कल्पना पनि गरेका थिएनन् । उनका बुवा बेझराम थारू जुन जमिन्दारको घरमा कमैया बस्न जान्थे, उनी पनि त्यही घरमा गोठालोका रूपमा प्रवेश गर्दथे । ‘मेरा बाबा कैयौ जमिन्दारकहा“ गरी करिव ५० वर्ष कमैया बस्नुभयो’ उनले सम्झिए– करिब सात वर्ष त मैले नै गोठालो भएर काम गरे । ती दिन निकै कष्टकर थिए, न पेटभरि खाना पाइन्थ्यो, न पुरै जीउ छोप्ने लुगा नै ।

अहिले दिपुको जीवनमा ठूलो परिवर्तन आइसकेको छ । कुनैवेला उनी उनको परिवार ब“धुवा जीवन विताउन बाध्य थियो । सरकारले १६ वर्षअघि कमैया“ प्रथा उन्मुलन घोषणा ग¥यो । तर, अहिले पनि थुप्रै मुक्त कमैया“को पुनस्र्थापना हुन बा“की छ । बाल्यकालमा आफैंले ब“धुवा जीवन भोगेका दिपु अहिले कुनै पनि प्रकारको दाशताका अवशेष निमिट्यान्न पार्न कस्सिएका छन् । हाल उनी मुक्तकमैया पुनस्र्थापना समस्या समाधान आयोगका केन्द्रीय सदस्यका रूपमा क्रियाशील छन् ।

उनले बाल्यकालमा निकै ज्यादती देखेसहेका थिए । उनी सम्झिन्छन– ‘टीकापुर नगरपालिका–५, घिया र बाघमारा गाउ“मा जमिन्दारको घरमा काम गर्दाको बेला मेरो परिवारलाई गाउ“निकाला गरिएको थियो । हाम्रो परिवारलाई सहयोग गर्नेलाई बनकस (बाबियो) को कोर्राले कुट्ने उर्दीसमेत जारी भएको थियो ।’

२०५७ साल साउन २ गते सरकारले कमैया मुक्ति घोषणा ग¥यो । त्यो दिन उनको परिवारलाई पश्चिमबाट सूर्य उदाए झै लाग्यो । उनको परिवार विभिन्न मुक्तकमैया शिविर चहार्दै अन्त्यमा २०६५ सालमा बल्चौर शिविरमा आइपुग्यो ।

बाल्यकालमा बुवासंगै जमिन्दारको घरमा गोठालो बस्न बाध्य भए पनि उनमा सानैदेखि पढाईकाप्रति लगाव थियो । पढाईको प्रतिको उनको लगाव देखेर शिक्षिका शान्ता सिंह (कम्युनिष्ट नेता मोहनबिक्रम सिंहकी धर्मपत्नी) ले कमैया मुक्ति हुनु अगाडी नै जमिन्दारको घरबाट मुक्त गराएर स्कूल भर्ना गरिदिएकी थिइन् । ‘मेरो आमा, गुरुआमा सबै उहा“ (शान्ता) नै हो’ स्कूल जीवन स्मरण गर्दै उनले भने– सरहरू (शिक्षक) ले परीक्षामा मैले ल्याएको प्राप्तांक देखेर कक्षा अपग्रेट गरिदिनु हुन्थ्यो । मैले हालसम्म छात्रवृत्ति कोटाबाटै अध्ययन गर्दै आए“ । उनले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा स्नाकोत्तर उत्तीर्ण गरिसकेका छन् ।

दिपु दुई वर्षदेखि मुक्तकमैया पुनस्र्थापना समस्या समाधान आयोगको केन्द्रीय सदस्यका रूपमा क्रियाशील छन् । ‘मेरो प्रयास कमैया, हलियालगायत ब“धुवा मजदूरीका अवशेषको अन्त्य गरी राज्यको मूल प्रवाहमा ल्याउनु नै रहेको छ’ उनले भने । दिपुले मुक्त कमैया पुनस्र्थापना अभियानसंगै जिविकोपार्जनको लागि शिविरमै व्यावसायिक बाख्रापालन समेत गर्दै आएका छन् ।

रामफल चौधरी

टीकापुर नगरपालिका–९, शिवनगर मुक्त कमैया वस्तीका ५१ वर्षीय रामफल चौधरीलाई पनि विगतको जीवन सम्झि“दा अहिले पनि भाउन्न भएर आउ“छ । उनी २०५७ साल पूर्व पा“च वर्ष कमैया बसेको थिए । ‘ती दिन निकै कठोर थिए, कोदालो हराए पनि कमैयाकै थाप्लोमा, गुईडा“गर (वस्तुभाउ) बिराम भए कमैयामाथि नै दोष लगाइन्थ्यो’ उनले भने– हरेक दिन कष्टपूर्ण थिए ।

रामफलले कमैया“ मुक्तिपूर्व नै कमैया आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । उनी सरकारले लागू गरेको मुक्त कमैया पुनस्र्थापना तथा राहत प्याकेजप्रति असन्तुष्ट छन् । ‘एक त राज्यले हचुवाको भरमा पुनस्र्थापना गरिरहेको छ । त्यसैमा मुक्त कमैयाभित्रैका केही पक्षसे राहत रकममा राजनीति गरिरहेका छन्’ उनले भने– यी सबै न्यायोचित पुनस्र्थापनाका लागि प्रमुख चुनौती हुन् ।

उनको नेतृत्वमा २०६९ सालमा राज्यद्वारा कमैया पुनस्र्थापनाको लागि घोषणा भएको एक लाख ५० हजार रुपैया“को जग्गा खरिद अनुदानविरुद्ध आन्दोलन भएको थियो । उनले मुक्तकमैया बडघर सञ्जाल गठन गरी राहत रकम बढाउनु पर्ने र जग्गा खरिदमा हुने कमिशनको खेल अन्त्य हुनु पर्ने माग गर्दै आन्दोलन सञ्चालन गरेका थिए । उनी सञ्जालका केन्द्रीय अध्यक्ष पनि हुन् ।

निलो परिचयपत्र पाएका उनी जिविकोपार्जनको लागि व्यावसायिक तरकारी खेतीमा संलग्न रहेका छन् । चार वर्षदेखि १० कठ्ठा जग्गा ठेक्कामा लिएर तरकारी खेती गर्दै आएका उनी त्यसैबाट घर खर्च र बालबालिकालाई पढाई रहेकोका छन् । ‘तरकारी खेतीबाट महिनामा ३० हजारदेखि ४० हजार रुपैया“ कमाउ“छु’ उनले भने– तरकारी खेतीको आम्दानीले मेरो परिवारको राम्रैसंग गुजारा चलिरहेको छ ।

दिलरानी चौधरी

कमैया मुक्ति भएको डेढ दशक भइसकेको छ । तर, पुनस्र्थापनाका मुद्दा अहिले पनि समाप्त भइसकेको छैन । अझ, कमलहरी पुनस्र्थापनाको सवाल जल्दोबल्दो रूपमा रहेको छ । कमलहरी पुनस्र्थापनाका लागि सरकारी तथा गैरसरकारी तहबाट थुप्रै प्रयास भइरहेका छन् । कमलहरी अथवा कमैया बस्दाका पीडा भुलेर उनीहरूको हकहितका पक्षमा अनवरत संघर्ष गरिरहेकाहरू पनि छन् । कमैया र कमलरीको जीवन भोग्दै गर्दा यौन तथा घरेलु हिंसाको सिकार भएकी भजनी–त्रिशक्ति नगरपालिका–७, मधुवन वस्तीकी ३५ वर्षीया दिलरानी चौधरी अहिले पीडितहरूका पक्षमा समर्पित छिन् ।

‘६ वर्ष कमलहरी बसे । १६ वर्षको उमेरमा विहे भयो’ विहेको केही वर्षपछि आफन्तबाटै यौनहिंसाको सिकार भएकी दिलरानीले विगत कोट्याइन्– ती दिन सम्झि“दा कुन जुनीमा के पाप गरे हु“ला जस्तो लाग्छ । उनको दुःखमा उनका श्रीमानले साथ दिएनन् । हाल उनी श्रीमानसंग अलग भएर एक छोरा र एक छोरीसंग छुट्टै बसिरहेकी छिन् ।

कमलहरी, कमैया, यौनहिंसा भोगेकी दिलरानीले हाल आफ्नै नेतृत्वमा कमैया महिला जागरण समाज गठन गरेकी छिन् । उनी संस्थामार्फत कमैया पुनस्र्थापना, यौन तथा घरेलु हिंसा र समान ज्यालाका सवालमा सक्रिय छिन् । स्वाभिमानी स्वभावकी दिलरानीले श्रीमान्ले साथ नदिए पनि आफ्नो र छोराछोरीको राम्रैसंग लालनपालन गरेकी छिन् । उनले भजनीमा सिलाईकटाई व्यावसाय सञ्चालन गरेकी छिन् ।

हेमा चौधरी

थारू समुदायमा परम्परागत रूपमा बड्घर प्रथा कायम छ । थारु समुदायमा बड्घर प्रमुख व्यक्ति हुन्छ । प्रायः पुरुष नै बड्घर हुने गरेकोमा केही वर्षदेखि महिला पनि बड्घर बनेर समाजको नेतृत्व गरिरहेकी छिन् । टीकापुर–८, विजयनगर वस्तीकी हेमा चौधरी यस्तै सफल बड्घमध्येकी एक हुन् । उनी २०६० सालदेखि हालसम्मको गाउ“मा सर्वसम्मतीले बड्घर चुनि“दै आएकी छिन् ।

‘मेरो मनमा जहिले पनि पुरुषभन्दा महिला के कुरामा कम छन्, पुरुषले गर्नसक्ने कुन काम महिलाले गर्न सक्दैनन् ? भन्ने प्रश्न उठ्थ्यो’ हेमाले भनिन्– मैले बड्घर भएर काम गर्न सक्छु भन्ने आ“ट गरे । सायद मेरो आ“ट देखेर नै होला, गाउलेले पनि मलाई १०/१२ वर्षदेखि सर्वसम्मतीले बड्घर चुन्दै आएका छन् ।

हेमाले पनि कमलहरी र कमैया जीवन भोगिसकेकी छिन् । ‘मलाई कमैया हु“दा नै गाउ“को प्रमुख भएर काम गर्ने इच्छा जागेको थियो’ उनले बड्घर बनेर काम गर्न पाएकोमा आफूले निकै सम्मान पाएको अनुभव गरेका बताइन् ।

आर्थिक रूपमा सबल बन्दै मुक्तकमैया

सरकारी तथा गैरसकारी पक्षबाट पुनस्र्थापना संगै वृत्ति विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन भएपछि कतिपय मुक्त कमैयाको जीवन स्तरमा सुधार आएको छ । स्वरोजगार दर बढको छ । मुक्त कमैयाका बालबालिकाको स्कूल भर्ना दर पनि उल्लेख्य रूपमा बढेको छ ।

धनगढी उपमहानगरपालिका–७ मनेहरा वस्तीका मुक्तकमैया खुसीराम चौधरी अहिले स्वरोजगार छन् । जिल्ला भूमीसुधार कार्यालय, कैलालीबाट प्लम्बर तालिम लिएका उनी १५ वर्षदेखि सोही पेसामा संलग्न छन् । ‘मैले मासिक ४० हजारदेखि ६० हजार रुपैया“सम्म आम्दानी गर्दछु’ खुसीरामले मनेहरामा पक्की घरसमेत बनाइसकेको बताए ।

उनीजस्तै धनगढी बसन्त टोल वस्तीका जालुराम चौधरी पनि फर्निचर बनाउने काममा लागेका छन् । मासिक ३० हजारदेखि ३५ हजार रुपैया“सम्म आम्दानी हुने बताउने जालुराम छुट मुक्त कमैया सूचीमा परेका छन् ।

धनचौरी मुक्तकमैया शिविरमा जग्गा पाएकी ठगनी चौधरीले धनगढी क्याम्पसचोकमा सिलाई व्यावसाय सञ्चालन गरेकी छिन् । उनी सिलाईकटाई प्रशिक्षक पनि हुन । उनले धनचौरीमा पाएको जग्गा खुटिया नदीले कटान गरिसकेको छ ।

भूमिसुधार कार्यालय सहितका सरकारी निकाय तथा केही गैरसरकारी संस्थाले सञ्चालन गरेको सीपमुलक तथा आयमुलक तालिम पाएका थुप्रै मुक्त कमैया हाल स्वरोजगार बनेका छन् । भूमिसुधार अधिकारी लक्ष्मण कठायतका अनुसार कैलालीका चार हजार बढि मुक्तकमैयाले सीपमुलक, आयआर्जनमूलक तालिम लिइसकेका छन् । सो कार्यालयले मुक्त कमैयाहरूका लागि सिकर्मी, डकर्मी, विद्युत जडान, सिलाईकटाई, बंगुरपालन, ड्राईभिङ, सामूहिक तरकारी खेती लगायत ३६ बढि प्रकारका तालिम प्रदान गर्दै आएको छ ।

प्रस्तुती : लखन चौधरी

प्रेम चौधरीको अध्यक्षतामा थारू पत्रकार संघ कैलाली पुनर्गठन

पहुरा थारू दैनिकका सम्पादक प्रेम चौधरीको अध्यक्षतामा एक कार्यक्रमका बीच सोमबार ११ सदस्यीय थारू पत्रकार संघ कैलाली पुनर्गठन गरिएको छ । Continue reading “प्रेम चौधरीको अध्यक्षतामा थारू पत्रकार संघ कैलाली पुनर्गठन”

‘मेरो लडाइँ आदिवासीहरुको अधिकारका लागि हो’

कञ्चनपुरको बेलौरी नगरपालिका–२ निवासी फूलमान चौधरी संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा हालै सम्पन्न स्थायी विज्ञ सदस्य निर्वाचनमा एसिया महादेशको तर्फबाट तीन वर्षको लागि निर्वाचित हुनुभएको छ । उहाँ संयुक्त राष्ट संघको कुटनैतिक मामलामा उच्च स्तरको पदीय जिम्मेवारी पाउने थारु समुदायको प्रथम व्यक्ति हनुहुन्छ । Continue reading “‘मेरो लडाइँ आदिवासीहरुको अधिकारका लागि हो’”

एपिएफलाई उपाधि, सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी

सरस्वती चौधरी र उषा विष्टले उत्कृष्ट प्रदर्शन गरेपछि एपिएफ क्लबले लगातार दोस्रोपल्ट यति फ्लोरिङ राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ। एपिएफले बुधबार राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा नेपाल पुलिस क्लबलाई २५–१६, २५–२०, २५–११ को सेटमा हरायो। गतवर्ष पहिलो संस्करण जित्दा एपिएफले न्यु डायमन्ड एकेडेमीलाई पनि सोझो सेटमा हराएको थियो। Continue reading “एपिएफलाई उपाधि, सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी”