बर्दियाका शर्मा चौधरी उत्कृष्ट किसान

राष्ट्रिय धान दिवसको अवसर पारी सरकारले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट ५ जना किसानलाई पुरस्कृत गरेको छ । कृषकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले सरकारले सर्वोत्कृष्ट एक जनालाई २ लाख र अरु चारजनालाई एक लाखका दरले पुरस्कृत गरेको हो । Continue reading “बर्दियाका शर्मा चौधरी उत्कृष्ट किसान”

थारु समुदायमा प्रचलित बाँसको छत्री कहाँ हरायो ?

लखन चौधरी/धनगढी

आदिवासी थारू समुदायमा अति नै लोकप्रिय मानिने बाँसको छत्री (छाता) आजभोलि देखिन छोडेको छ । बर्षात सिजनको साथी नै मानिने उक्त समुदायमा आधुनिकताको क्रम संगै छत्री देखिन छोडेको हो । Continue reading “थारु समुदायमा प्रचलित बाँसको छत्री कहाँ हरायो ?”

तिम्रो मनमा खोटैखोट हुन्छ, त्यसैले त टीकापुर विष्फोट हुन्छ !

इन्दु थारु

रगत तिम्रो पनि रातो छ

रगत मेरो पनि रातो छ

रगत रातो अनि दुवैको तातो छ

तिमी छौ म जस्तो

म छु तिमी जस्तो

फेरि किन यति भिन्नता छ

मदेखि तिम्रो मनमा खिन्नता छ

मलाई सधैं कमैया कम्लहरी देख्छौ

ममाथि सधैं मनपरी गर्छौ

मेरो रगत पसिनामा घरबार गर्छौ

उल्टै ममाथि दुर्व्यवहार गर्छौ

सीमा नाघी सबै अन्याय अत्याचार गर्छौ

तिमीजस्तै मलाई पनि बाच्न मन छ

भनेर मैले भनिरहँदा,

तिम्रो मनमा खोटैखोट हुन्छ

त्यसैले त टीकापुर विष्फोट हुन्छ।

मलाई सधैं मुसा खाने देख्छौ

जबकि हामी दुवै मानव हो।

 

रगत तिम्रो पनि रातो छ

रगत मेरो पनि रातो छ

मलाई सधैं अछुट देख्छौ

मान्छे मान्छेबीच फुट गर्छौ

मैले छुँदा अपवित्र तिम्रो पानी हुन्छ

मेरो त अपवित्र पुरा जीन्दगानी हुन्छ

पश्चातापमा भिजेको मेरो सिरानी हुन्छ

तिमी जस्तै मलाई पनि बाच्न मन छ

भनेर मैले भनिरहँदा

सहनशिलताको तिमीमा अभाव हुन्छ

केवल शब्दमा सिमित सामाजिक सद्धाव हुन्छ

मभन्दा तिमीलाई बिरालो प्यारो

जब की हामी दुवै मानव हो।

 

रगत तिम्रो पनि रातो छ

रगत मेरो पनि रातो छ

तिखो हलो जोत्ने मलाई जमिन सम्झिन्छौ

तिमी जस्तो अर्को उत्पादन गर्ने मशिन सम्झिन्छौ

न काटे त तिमी नि म जस्तो

काटे म नि तिमी जस्तो

फरक केवल एउटै अंग छ

बाँकी त उस्तै रुपरंग छ

म हिँड्ने बाटोको सधैं काडेतार बन्छौ

स्वतन्त्र मेरो जीवनको हकदार बन्छौ

तिमी जस्तै मलाई पनि बाच्न मन छ

भनेर मैले भनिरहँदा

तिम्रो मनमा खोटैखोट हुन्छ

त्यसैले त टीकापुर विष्फोट हुन्छ।

विकास चाैधरीले दिए निशुल्क संगीत शिक्षा

पछिल्लो समय पार्श्व गायनमा व्यस्त संगीतकार विकास चौधरीले निःशुल्क संगीत शिक्षा दिएका छन् । उनले आफ्नै शान्ति इन्टरटेन्मेन्ट संगीत पाठशालामार्फत ५८ जना विद्यार्थीलाई तीनमहिने संगीत शिक्षा प्रदान गरेका हुन् ।

बुधवार धान दिवसको अवसर पारेर काठमाडौँ, पुतलीसडकस्थित आफ्नो कार्यालयमै उनले सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र वितरण गरे । ‘पारिवारिक अवस्था कमजोर भएका कारण संगीत सिक्ने चाहना हुँदाहुँदै पनि सानोमा मैले संगीत सिक्न नपाएको अवस्था थियो,’ चौधरीले भने, ‘यो अवस्था अरुलाई सिर्जना नहोस् भन्ने म चाहन्छु । त्यसैले संगीत सिक्न चाहने विपन्न वर्गलाई टार्गेट गरेर मैले यो निःशुल्क कार्यक्रम ल्याएको थिएँ । मैले भोगेजस्तो पीडा अरूले भोग्न नपरोस् भन्ने म सधैँ सोच्छु ।’
कार्यक्रममा गायक तथा संगीतकार विमल श्रेष्ठ र फिल्म निर्माता नरेन्द्र महर्जनलाई विशेष सम्मान गरिएको थियो । फिल्म निर्देशक ओम प्रतिक, गायिकाद्धय सविना केसी, सहिमा श्रेष्ठ लगायत कार्यक्रममा सहभागी थिए । सोहि अवसरमा सहभागीले दही चिउरा खाएर धान दिवसको शुभकामना आदान–प्रदान गरेका थिए ।

नयाँ शक्तिकाे ५ नम्बर प्रदेश संयाेजकमा सुरेन्द्र चाैधरी

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले ३ सहसंयोजक र ७ प्रदेश संयोजकहरु चयन गरेको छ ।

चार दिनसम्म चलेको केन्द्रीय सचिवालयको बैठकले रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोबलाई सहसंयोजक बनाएको हो । झा मधेसी कोटाबाट, कर्मोचा आदिवासी जनजातिबाट र सोब महिला एवम् दलितबाट सहसंयोजक बनेका नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।

झाले एमाओवादी परित्याग गरेर र ओखलढुंगा निवासी कोमर्चा नेपाली कांग्रेस परित्याग गरेर नयाँ शक्तिमा लागेका थिए । सोब दलित महिला संघमा थिइन् ।

नयाँ शक्तिले सात प्रदेशमा सात संयोजकहरु पनि तोकेको छ । एक नम्बर प्रदेशमा पासाङ शेर्पा, दुईमा महेन्द्र पासवान, तीनमा गंगा श्रेष्ठ र चार नम्बर प्रदेशमा बलावती शर्मालाई संयोजक बनाइएको छ ।

यसैगरी पाँच नम्बर प्रदेशमा सुरेन्द्र चौधरी, ६ नम्बरमा भक्तबहादुर शाह र सात नम्बर प्रदेशमा लीला भण्डारीलाई संयोजक बनाइएको छ ।

यस्तो छ कार्य बिभाजन

राजनीतिक समिति संयोजकमा स्वयम् डा. बाबुराम भट्टराई छन् भने सहसंयोजक रामचन्द्र झा र महेश कोर्मोचा छन् ।

संगठन विभाग संयोजक देवेन्द्र पौडेल, अन्तर्राष्ट्रिय विभाग संयोजक बाबुराम पत्नी हिसिला यमी, साँस्कृतिक विभाग संयोजक नायीका करिश्मा मानन्धर र पर्यटन विभाग संयोजक अशोक शर्मा छन् ।

यसैगरी आर्थिक व्यवस्थापन तथा सुशासन विभाग संयोजकमा रामेश्वर खनाल चयन भएका छन् ।

संसदीय मामिला विभागमा केशव दाहाल, प्रशिक्षण विभागमा डम्बर खतिवडा, नीति अध्ययन तथा अनुसन्धान विभागमा डा. केशवमान शाक्य छन् ।

राष्ट्रिय मामिला संयन्त्रमा परशुराम तामाङ, अनुशासन आयोगमा परशुराम खापुङ र राजनीतिक संवाद समितिमा मुमाराम खनाल छन् ।

सचिवालय व्यवस्थापन तथा अनुगमन विभागको संयोजकमा वामदेव क्षेत्री र सहसंयोजकमा सविना अर्याल छिन् ।

प्रवक्ता खिमलाल देवकोटालार्इ सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग संयोजक बनाइएको छ ।

शहीद तथा वेपत्ता परिवार, घाइते/अपांग एवं द्वन्द्व प्रभावित परिवार व्यवस्थापन विभाग संयोजक ध्रुव पराजुली, संघीय मामिला तथा स्थानीय विकास विभाग संयोजकमा रामकुमार शर्मा, सुरक्षा विभाग संयोजकमा गणेश राई, महिला बिभाग संयोजकमा कल्पना धमला, युवा विभाग संयोजकमा देवेन्द्र पराजुली र खेलकुद विभाग संयोजकमा नारायणराज पाण्डे चुनिएका छन् ।

शिक्षा तथा विज्ञान प्रविधि विभाग संयोजकमा डा. राजेन्द्र केसी, स्वास्थ्य तथा योग साधना विभाग संयोजकमा डा. प्रवीण मिश्र, जलस्रोत, उर्जा तथा भौतिक पूर्वाधार विभाग संयोजकमा हरिराम कोइराला, कानुन तथा मानवअधिकार विभाग संयोजकमा मुक्ति प्रधान, गैरसरकारी संघसंस्था संयोजन विभाग संयोजकमा दुर्गा सोव र सहसंयोजक लिली थापा छन् ।

दलित, अल्पसंख्यक तथा समाजकल्याण विभागको जिम्मा सुशीला सिर्पाइलीलार्इ र सदाचार आयोगको जिम्मा
नाथुप्रसाद चौधरीलार्इ दिइएको नयाँ शक्ति नेपालले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन आयोगले भन्यो- १२० दिनभित्र कानुन बनाए निर्वाचन गर्न सकिन्छ

निर्वाचन अायाेगले निर्वाचन गराउन चाहिने अावश्यक कानून निर्वचान हुनुभन्दा १२० दिन अगाडि बनाए निर्वाचन गराउन सकिने जनाएकाे छ। साेमबार प्रधानमन्त्री केपी ओलीसहितको टोलीसँग भएकाे छलफलमा अायाेगले सरकारले अावश्यक कानुन बनाएर १२० दिन अगाडि दिन सरकारले ताेकेकाे समयभित्र निर्वाचन गराउन अायाेग तयार रहेकाे जनाएकाे हाे। Continue reading “निर्वाचन आयोगले भन्यो- १२० दिनभित्र कानुन बनाए निर्वाचन गर्न सकिन्छ”

राजधानीमा थारुहरुको दिउँसै लाल्टिन जुलुस [१३ तस्बिर हेर्नुस्]

Laltin Julus- Tharu Aandolan 01

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले राज्यले आफ्नो माग सम्बोधन नगरेको भन्दै लालटिन जुलुस प्रदर्शन गरेको छ। राजधानीको नयाँ बानेश्वरमा आइतबार दिउँसो आफ्ना विभिन्न मागबारे सरकार मौन रहेको भन्दै ध्यानाकर्षणका लागि जुलुस निकालिएको समितिले जनाएको छ।

मूल आन्दोलन परिचालन समितिको आयोजनामा भएको कार्यक्रममा थारु अगुवा तथा संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो। टीकापुर घटनामा पक्राउ परेकाहरुको निसर्त रिहाई, झुठामुद्दा खारेज, थारुले उठाउँदै आएको मागको संविधानमा परिचार्जनको माग थारु समुदायले उठाएका छन्।

सांसद रुक्मिणी चौधरीले थारु समुदायले उठाएको मागको सम्बोधन गर्न सरकार गम्भीर नदेखिएकाले आन्दोलन जारीराख्ने बताइन्। टीकापुर घटनामा पक्राउ परेकाहरुको विनासर्त रिहाई तथा झुठा मुद्दा खारेज तत्काल गर्न उनले सरकारसँग माग गरिन्।

थारु कल्याणकारिणीसभाका उपाध्यक्ष प्रेमीलाल चौधरीले थारुको माग सम्बोधन गर्नेखालका रहेकाले सरकारलाई गम्भीर हुन आग्रह गरे। टीकापुर घटनासहित कपिलबस्तुमा भएको महिला माथिको बलात्कारको घटनाको उचित छानविन गर्न उनले सरकारसँग माग गरे।

Laltin Julus- Tharu Aandolan 13

Laltin Julus- Tharu Aandolan 12

Laltin Julus- Tharu Aandolan 11

Laltin Julus- Tharu Aandolan 10

Laltin Julus- Tharu Aandolan 09

Laltin Julus- Tharu Aandolan 08

Laltin Julus- Tharu Aandolan 07

Laltin Julus- Tharu Aandolan 06

Laltin Julus- Tharu Aandolan 05

Laltin Julus- Tharu Aandolan 04

Laltin Julus- Tharu Aandolan 03

तस्बिर : मदन चौधरी

थारु संग्राहलयके लाग ५ लाख बजेट

सन्तोष दहित/दाङ

घोराही २, पनौराम रलक गुम्राहा थारु सांस्कृतिक संग्राहलयकेलाग जिल्ला विकास समिति दाङम ५ लाख बजेट आइल बा। पुरातत्व विभाग काठमाण्डौसे संग्राहलयके भौतिक सुधार ओ निर्माणके लाग बजेट अइलक जिल्ला विकास समिति दाङके पयर्टन फोकल पर्सन एवम राप्ती पर्यटन समितिके सदस्य सचिव डा. गोविन्द आचार्य लौव अग्रासनह जानकारीडेल। Continue reading “थारु संग्राहलयके लाग ५ लाख बजेट”

राष्ट्रिय टोलीकी स्पाइकर मनिषा चौधरी पुलिस क्लबमा

राष्ट्रिय टोलीकी स्पाइकर मनिषा चौधरी पुलिस क्लबमा अनुवन्धित भएकी छिन। मनिषाले दुई वर्ष देखी पश्चिमाञ्चलबाट राष्ट्रिय प्रतियोगिता खेल्दै आएकी थिइन। Continue reading “राष्ट्रिय टोलीकी स्पाइकर मनिषा चौधरी पुलिस क्लबमा”

तमलोपामा मुख्य पद मिलाउन सकस

महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीमा महामन्त्री र सहमहामन्त्री चयन गर्न नसक्दा केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन। रामग्राम, नवलपरासीमा केन्द्रीय समितिलाई पूर्णता नै नदिई गत असार ८ गते प्रथम महाधिवेशन सम्पन्न भए पनि महामन्त्री र सहमहामन्त्री चयन गर्न नसक्दा केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन। यद्यपि उक्त महाधिवेशनले ठाकुरलाई भने अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो।

तीन दिनसम्म चलेको महाधिवेशनले केन्द्रीय समितिलाई पूर्णता दिन नसकेपछि अध्यक्ष ठाकुरलाई जिम्मेवारी दिइएको थियो। ‘केन्द्रीय समितिलाई पूर्णता दिने प्रयास भइरहेको छ, कतिपयले जिम्मेवारी पाइसक्नुभएको छ, केही भने बाँकी छन्,’ नेता बिपी यादवले भने, ‘अध्यक्षले केही दिनमा त्यसलाई पूर्णता दिइसक्नु हुनेमा विश्वस्त छु।’ उनका अनुसार त्यसका लागि अध्यक्ष ठाकुरले छलफल जारी राखेका छन्।

नयाँ विद्यानअनुसार महामन्त्री/सहमहामन्त्री पदमा अब २–२ जना निर्वाचित र १–१ जना मनोनीत सदस्य रहनेछन्। महामन्त्रीका लागि जितेन्द्र सोनल, बृजेशकुमार गुप्ता, विमल श्रीवास्तव, जंगीलाल रायलगायत आंकाक्षी देखापरेका छन् भने सहमहामन्त्रीका लागि सुरेश मण्डल, कृष्णा सिंह, जितेन्द्र सिंह, जयप्रकाश ठाकुर, महाजन यादव, अविराम शर्मा, पशुपतिदयाल मिश्र, राकेश मिश्र, उदय तिवारीलगायतले दाबी प्रस्तुत गर्दै आएका छन्। विधानअनुसार पद कम तर आंकाक्षी बढी भएपछि दुई महत्वपूर्ण पदमा जिम्मेवारी दिन नसकेको हो।

महाधिवेशनबाट पारित विधानअनुसार तमलोपाको केन्द्रीय समिति भने ७५ सदस्यीय हुनेछ, जो तराई–मधेसकेन्द्रित दलमध्ये सबैभन्दा सानो केन्द्रीय समिति हो। जसअनुसार ३३ जना खुला, २७ आरक्षण र १५ जनालाई मनोनीत गर्ने प्रावधान राखिएको निर्वाचन समिति प्रमुख नागेन्द्र यादवले बताए।

‘महाधिवेशनस्थलमा महामन्त्री, सहमहामन्त्री र खुला केन्द्रीय सदस्यसहित महिला र मुस्लिम कोटामा बढी आंकाक्षी देखापरेको अवस्था थियो, त्यसलाई सहमतिमै टुंग्याउने भनेर त्यहाँबाट फर्केका हौं,’ यादवले नागरिकसँग भने। उनका अनुसार रामग्रामका आंकाक्षीमध्ये केहीले आफ्नो उम्मेदवारी र दाबी क्रमशः फिर्तासमेत लिइरहेको अवस्था छ।

पहिलोपटक महिला ५, आदिवासी/जनजाति ५, मुस्लिम ४, दलित ३ र अपांग १ सहित ५ वटा आरक्षणका किटान गर्दै ‘क्लस्टर’ छुटाइएको छ भने प्रवक्ता/सहप्रवक्ता र सहकोषाध्यक्ष केन्द्रीय समितिको सिफारिसमा अध्यक्षले मनोनीत गर्ने प्रावधन विधानमा राखिएको प्रमुख यादवले जानकारी दिए।

यद्यपि रामग्राम, नवलपरासीबाट भने अध्यक्षमा ठाकुरसहित अपांगता भएका व्यक्तिको कोटाबाट प्रेमनारायण झा, दलित कोटाबाट रामप्रवेश बैठा, कोषाध्यक्षमा अनिता यादव, उपाध्यक्षमा बृषेशचन्द्र लाल र वरिष्ठ उपाध्यक्षमा हृदयेश त्रिपाठी भने चयन गरिसकिएको छ। पार्टीका अर्का उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले भने केन्द्रीय समितिमा मात्रै उम्मेदवारी दिएका छन्।

‘केही आंकाक्षीबाट उम्मेदवारी फिर्ता लिने क्रम सुरु भएकाले चाँडै नै केन्द्रीय समितिले पूर्णता पाउनेमा विश्वास व्यक्त गरिएको छ,’ केन्द्रीय सदस्य सुरेश मण्डलले भने। उनका अनुसार गोविन्द चौधरी, बिपी यादव, कविन्द्रनाथ ठाकुर, राजेन्द्र साह, उमाकान्त झालगायतले उम्मेदवारी फिर्ता लिइसकेका छन्।

Continue reading “तमलोपामा मुख्य पद मिलाउन सकस”