अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । अमेरिकामा सम्पन्न कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग टाइब्रेकरमा पराजित भएपछि विक्षिप्त बनेका मेस्सीले अप्रत्यासित रूपमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । Continue reading “अन्तर्राष्ट्रिय फुटबलबाट मेस्सीको सन्यास”
Author: admin
अबिरल वर्षाले विराटनगर डुबानमा
बिहानदेखि जारी अबिरल वर्षाका कारण विराटनगरको दर्जनौं घरमा पानी पसेको छ भने सडकहरु भरिएर दुई फिटमाथिबाट पानी बगिरहेको छ । विराटनगरमा सडक विस्तार र ढल निर्माणको काम भइरहेको कारण पानीको समुचित निकास हुन नपाउँदा अधिकांश व्यक्तिको घरमा पानी पसेको हो । Continue reading “अबिरल वर्षाले विराटनगर डुबानमा”
यसकारण इयुसँग पारपाचुके
एक सय ४० भन्दा बढी युरोपेली सेलिब्रिटीले बेलायती जनतालाई प्रेमिल पत्र लेख्दै अनुनय गरे– हामीलाई नछाड्नुस्, युरोपेली संघ (इयु) मै बसौं, सँगसँगै अघि बढौं। Continue reading “यसकारण इयुसँग पारपाचुके”
संघीय गठबन्धनप्रति राजेन्द्र महतो आक्रामक
राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत संघीय गठबन्धनप्रति आक्रामक देखिएको छ। तराई–मधेसको आन्दोलन गर्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई विघटन गराउन उद्यत भएको भन्दै सद्भावना आक्रामक देखिएको हो। Continue reading “संघीय गठबन्धनप्रति राजेन्द्र महतो आक्रामक”
अलविदा सुमित चौधरी
खेलौनासँग यौनसुख
यौन जीवनको प्रमुख आवश्यकता मानिन्छ। बढ्दो उमेरसँगै मानिसलाई यसको आवश्यकता पनि पर्दै जान्छ। तर, भनेको बेला यौन पार्टनर नपाउँदा कतिपय मानिस डिप्रेसनको शिकार भएका उदाहरण पनि प्रशस्त छन्। यही कुरालाई मध्यनजर गर्दै एउटा सेक्स डलको विकास भएको छ। जसले तपाईंको यौन चाहनालाई पूरा गर्नेछ। जब तपाईंको मन जाग्छ तब तपाईंको यौन चाहना पूरा गर्न एन्ड्रोइड सेक्स डल सहवासका लागि तयार हुन्छ। Continue reading “खेलौनासँग यौनसुख”
राष्ट्रसंघको स्थायी मञ्चको विज्ञ सदस्यमा फुलमान चौधरी
कञ्चनपुर निवासी फूलमान चौधरी संयुक्त राष्ट्रसंघको स्थायी मञ्चमा विज्ञ सदस्यको रुपमा तीन वर्षका लागि निर्वाचित भएका छन्। चौधरी सन् २०१७ देखि २०१९ सम्म राष्ट्रसंघको विज्ञ सदस्य भएर आदिवासी जनजातिको मानवाधिकारका सवालमा राष्ट्रसंघसँग समन्वय गर्नेछन्। Continue reading “राष्ट्रसंघको स्थायी मञ्चको विज्ञ सदस्यमा फुलमान चौधरी”
महाधिवेशन मिति तोक्न थारु विद्यार्थीको केन्द्रीय भेला गर्ने निर्णय
थारु विद्यार्थी समाजले केन्द्रीय भेला असार १७ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ। समाजको हालै बसेको बैठकले त्यस्तो निर्णय गरेको हो। भेला तयारीका लागि केन्द्रीय अध्यक्ष रमेश चौधरीको संयोजकत्वमा भेला मूल आयोजक समिति गठन गरिएको समाजका महासचिव चन्द्रप्रसाद चौधरीले जानकारी दिए। भेलाले समाजको आगामी महाधिवेशनबारेको मिति र स्थान तय गर्ने चौधरीले बताए। Continue reading “महाधिवेशन मिति तोक्न थारु विद्यार्थीको केन्द्रीय भेला गर्ने निर्णय”
सहयोग अपिल : मागेर गुजारा गर्दै रमदैया चौधरी [भिडियो]
बीपी साह।
टीकापुर, थापापुरकी रमदैया चौधरी (३२) विहानै अर्काको खेतमा धान रोप्न जान्छिन्। साँझ फर्केपछि दुई सय पच्चास रुपैयाँ लिएर आउँछिन्। खेतमा काम गरेको दिन बजारबाट चामल, दाल, तरकारी लिएरै आउँछिन्। साँझ घर फर्केपछि स-साना तीन छोराछोरीसँग मिलेर खाना पकाएर खान्छिन्। मजदुरी गर्न नपाएको दिन छिमेकीहरुसँग मागेर खान्छिन्।
उनीलाई हिसाबकिताब त परै जाओस् नेपाली भाषा पनि बोल्न आउँदैन। त्यही भएर उनी अरु मान्छेसँग आफ्ना दुःख पनि व्यक्त गर्न सक्दैनन्। आजभोलि उनलाई छोराछोरीको पढाईको पिरले सताएको छ। एक वर्षसम्म स्कुलको फिस नतिरेकाले तीन जना छोराछोरीलाई विद्यालयबाट निकाल दिने चेतावनीसहित ३५ हजारको बिल आएको छ।
उनको १४ वर्षीय छोरा राकेश चौधरी कक्षा ८ मा १० वर्षीय छोरी निशा कक्षा ५ मा र पाँच वर्षी अर्की छोरी लौभी चौधरी एलकेजीमा पढ्छिन्। स्कुलको बिल देखाउँदै रुन्छिन् र भन्छिन्, ‘मागेर परिवार चलाउँदैछु यस्तो अवस्थामा ३५ हजारको बिल कहाँबाट तिर्ने। बिल तिरिएन भने छोराछोरीलाई स्कुलले निकाल्नेछ।’
उनका श्रीमान बीरबहादुर चौधरीलाई नेपाल प्रहरीले पक्राउ गरेको दश महिना वित्यो। भदौ सात गते टीकापुरमा भएको आन्दोलनमा सहभागी भएको भन्दै नेपाल प्रहरीले पक्राउ गरी उनलाई हिरासतमा राखेको छ।
टीकापुर बजारमा लेबरको र गामघरमा खेतीपातीको काम गरेर परिवार चलाउँदै आएका बीरबहादुर पक्राउ परेपछि उनको परिवार बिच्चलीमा परेको छ। बीरबहादुरको घर रहेको करिब सात धुर जमिनबाहेक सम्पत्तिको नाममा अरु केही छैन।
श्रीमती रमदैयासँग दुईतीन वटा बाख्राबाहेक अरु कुनै सम्पत्ति छैन। केही दिनअघि बिरामी पर्दा केही खसी बेचेर औधषि उपचार गरेकी थिइन्। अहिले छोराछोरी वा आफू नै बिरामी परेको खण्डमा उपचार गर्ने पैसा पनि छैन रमदैयासँग।
जेठ २२ गते टीकापुरमा आयोजना गरेको पीडितहरुसँगको छाक्षात्कार कार्यक्रममा रमदैयासहित २६ जना पीडितहरु सहभागी भएका थिए। जसमध्ये रमदैया आफ्नो कुरा थारु भाषामा बोल्दाबोल्दै करिब १० मिनेटसम्म रोएकी थिइन्। काँखे छोरी बोकेर आएकी रमदैया चौधरीको कुरा सुनेपछि कार्यक्रममा सन्नाटा छाएको थियो।
त्यसपछि हामीले उनको परिवार र उनको अवस्थाबारेमा विस्तृत जानकारी लियौं। स्थानीय अभियन्ता ललिता महतोले निरन्तर उनको घरमा गएर विस्तृत जानकारी संकलन गरिन्।
हामीले रमदैयाको परिवारलाई धान्न टीकापुर बजारमा चार चक्के ठेला (रिक्सा)मा फलफूल तथा तरकारी पसल खोल्नका लागि अभियान चलाउने भयौं। तर रमदैयाले आफूलाई नेपाली बोल्न नआउने र हिसाब पनि गर्न नआउने र छोराछोरी सानो भएकोले तरकारी पसल चलाउन नसक्ने बताइन्।
पुनः हामीले उनको घरमा गएर कुराकानी गरेपछि पहिलेदेखि नै उनले बाख्रा पालन गर्दै आएको र अरु उन्नत जातका बाख्राहरु दिइए त्यसबाट आमदनी गरि परिवार चलाउन सक्ने बताइन्।
हामीले रमदैयाका लागि सात वटा उन्नत जातको बाख्रा किन्न र उनका छोराछोरीको स्कुल फिस तिर्न सहयोग गर्न अभियान चलाउने भएका छौं। सातवटा उन्नत जातका बाख्राको पाँच हजारको दरले ३५ हजार र स्कुल फिसका लागि जति संकलन भए हामीले असार १५ गतेभित्र रमदैयालाई सहयोग गर्ने जनाएका छौं।
थरुहट आन्दोलनमा राज्यबाट पीडित रमदैया चौधरीलाई सहयोग गर्नका लागि स्थानीय टीकापुरमा युवा मानव अधिकारकर्मी ललिता महतो र स्थानीय स्वस्थ्यकर्मी कृष्ण गोजिहारले पहल गर्दै हुनुहुन्छ। उनको परिवारलाई सहयोगका लागि पहल गर्न यहाँहरुलाई आग्रहसमेत गर्दछौं।
भिडियो हेर्नुस्:
नोट : रमदैयाको रोजीरोटीका लागि हुलाकीन्युजले सहयोगको अपिल गरेको छ। थारुवान डटकममार्फत् आउने सहयोग हुलाकीन्युजका सञ्चालक बीपी साहलाई हस्तान्तरण गरिनेछ। सहयोग गर्न +977 9841567487 सम्पर्क गर्न सक्नुहुन्छ।
मुर्दा शान्ति बनेको टीकापुर
गणेश चौधरी/टीकापुर।
अरु सहरजस्तै मर्निङ वाक र चियाको चुस्कीमा रमाउँदै सुरु हुन्छ, टीकापुरको दैनिकी। आ–आफ्नै उमेर समूह र कुरा मिल्ने, मन मिल्नेहरूको जमात चिया पसलमा राजनीतिदेखि विकास निर्माणको विश्लेषणमा व्यस्त हुन्छ, बिहानभरि टीकापुर। टीकापुर घटनापछि भने चिया पसलको रंग पनि बदलिएको छ। Continue reading “मुर्दा शान्ति बनेको टीकापुर”