सरकारको पछिल्लो पत्र सकारात्मक छः महासचिव सुमन

आन्दोलनरत सङ्घीय गठबन्धनमा आबद्ध सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले सरकारले वार्ताका लागि पछिल्लो पटक आइतबार गठबन्धनको नाममा पठाएको पत्रलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताएका छन् । Continue reading “सरकारको पछिल्लो पत्र सकारात्मक छः महासचिव सुमन”

मधेस समस्या सम्बोधन गर्न संविधान संशोधनः दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनमार्फत मधेसका समस्या सम्बोधन गर्न सकिने बताएका छन् । बाँके जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई अाइतबार सम्बोधन गर्दै प्रचण्डले भने, “संविधानले कसैलाई भेदभाव गरेको छैन, तर संशोधन गर्नै पर्ने केही विषय छन् भने सहमतिमा संशोधन गर्न सकिन्छ ।” Continue reading “मधेस समस्या सम्बोधन गर्न संविधान संशोधनः दाहाल”

चम्पन सांस्कृति समूहको प्रस्तुती

नयाँ शक्तिको पार्टी घोषणा कार्यक्रममा चम्पन सांस्कृतिक समूहले आफ्नो प्रस्तुती दिएको छ। समूहका कलाकारहरुले थारुसहित अन्य नृत्य प्रस्तुत गरेका थिए। हेरौं तस्बिर:
Champan Sanskritik Samuh 01

तस्बिर : विजय गजमेर/नागरिक दैनिक

Champan Sanskritik Samuh 02

 

तस्बिर : प्रदीपराज वन्त/रासस

प्रमोदले गाए थारू गीत

गायक प्रमोद खरेलले थारू भाषामा पहिलो गीत गाएका छन्। विनय चौधरीको शब्द र संगीत रहेको ‘टुटलमन–२’ मा खरेलले आफ्नो स्वर दिएका हुन्। दर्जनौं चर्चित गीतमा स्वर दिएका खरेलले थारू भाषामा पहिलो पटक गाउन लागेको भन्दै आफ्नो फेसबुक पेजमा समेत उल्लेख गरेका थिए । एमपी क्रियसनले बजारमा ल्याउन लागेको गीत आम स्रोतालाई मन पर्ने दाबी गीतकार विनय चौधरीले गरे। Continue reading “प्रमोदले गाए थारू गीत”

आन्दोलनकारीलाई प्रधानमन्त्रीद्वारा फेरि वार्ता आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत मधेसी मोर्चालाई पत्र लेख्दै वार्तामा आउन पुनः आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले आइतबार तेस्रोपटक लेखेको पत्रमा संवादको माध्यमबाट समस्या समाधान खोज्न सरकार तयार रहेको भन्दै वार्तामा आउन आग्रह गरिएको छ। Continue reading “आन्दोलनकारीलाई प्रधानमन्त्रीद्वारा फेरि वार्ता आह्वान”

एसएलसीमा ‘डी प्लस’ ल्याउनेले मात्र कक्षा ११ मा भर्ना हुन पाउने

एसएलसी परीक्षामा स्तरीकृत अङ्क (ग्रेड प्वाइन्ट) कम्तीमा १.६ ल्याउने विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना पाउने भएका छन् । सो स्तरीकृत अङ्क ‘डी प्लस’ मसमान हुन्छ । सरकारले एसएलसी परीक्षामा कसैलाई पनि अनुत्तीर्णको प्रमाणपत्र नदिने भने पनि डी र ई ग्रेड ल्याउनेले भर्न नपाउने नीतिबाट अघोषित रुपमा त्यस्ता विद्यार्थी अनुत्तीर्ण भएको विश्लेषणा शिक्षाविदहरुको छ ।  Continue reading “एसएलसीमा ‘डी प्लस’ ल्याउनेले मात्र कक्षा ११ मा भर्ना हुन पाउने”

संघीय गठबन्धनका प्रवक्ता नयाँ शक्तिमा

संविधानप्रति विमति जनाउँदै आन्दोलनरत उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनका प्रवक्ता परशुराम तामाङले पार्टी छाडेका छन्। Continue reading “संघीय गठबन्धनका प्रवक्ता नयाँ शक्तिमा”

राजधानीमा एक दिने थारु चलचित्र महोत्सव

राजधानीमा एक दिने थारु चलचित्र महोत्सव सम्पन्न भएको छ। थारु चलचित्र तथा सांस्कृतिक संघको आयोजनामा राजधानीको नाचघरमा भएको कार्यक्रममा थारु वृत्तचित्र र थारु भाषाको पहिलो फिल्म करम प्रदर्शन गरिएको थियो। Continue reading “राजधानीमा एक दिने थारु चलचित्र महोत्सव”

बाबुरामको नेतृत्वमा नयाँ शक्ति घोषणा [फोटो फिचर]

Naya Shakti 05दशरथ रंगशालामा उपस्थित हजारौं समर्थकबीच डा.बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल पार्टीको घोषणा गरेका छन्। कार्यक्रम उपस्थितिलाई सम्बोधन गर्दै उनले नयाँ शक्ति नेपाल पार्टी घोषणा गरे। रंगशालामा मुलुकभरिबाट नयाँ शक्ति कार्याकर्ता आएका छन्।

Naya Shakti 06

उपस्थितलाई डा.भट्टराईले सपथ खुवाए। उनले खुवाएको १० बुँदे सपथमा बोलेको वचन पूरा गर्ने उल्लेख छ। ‘म, जे बोल्छु, त्यही गर्नेछु र सधैं सकारात्मक सोंच राख्नेछु’, सपथमा भनिएको छ। नयाँ शक्ति नेपालको पार्टी घोषणा सभामा संयोजक डा.बाबुराम भट्टराईले नयाँ सदस्यहरुलाई सपथग्रहण गराएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित कार्यक्रममा डा.भट्टराईले लिखित सपथ पढ्दै उपस्थित सदस्यहरुलाई दोहोर्‍याउन लगाएका थिए।

Naya Shakti 07

नयाँ शक्तिको सपथ : जे बोल्छु त्यो गर्छु

१. म, (नाउँ) नयाँ शक्ति नेपालको सदस्य भएकोमा गर्व गर्दछु । यही गर्वका साथ म मेरो देश, शहीदहरु, नेपाली जनता र यसको गौरवशाली इतिहासलाई साक्षी राख्दै निम्न प्रतिज्ञा गर्दछु,
२. म, नेपाली जनताको लोकतन्त्र, संघीयता, समृद्धि, विकास र सामाजिक न्यायको सपनालाई पूरा गर्न वचनवद्ध छु ।
३. म, आफ्नै जीवनकालमा समृद्ध नेपाल निर्माण गर्न सम्भव छ भन्ने विश्वास राख्दछु ।
४. म, सबै नेपाली जनताको समान पहिचान र स्वामित्व सहितको स्वाधीन, समृद्ध, समानुपातिक र समावेशी र सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवाद निर्माणकालागि क्रियाशील रहनेछु ।
५. म, जीनवनभर सुशासन, सदाचार, मानवीय मूल्य र गरिमा बृद्धिकालागि लागिरहनेछु ।
६. म, कहिल्यै सार्वजनिक हितलाई कुण्ठित गर्ने छैन र निजी स्वार्थकालागि राजनीति गर्नेछैन ।
७. म, सधैं श्रमको सम्मान गर्नेछु ।
८. म, जे बोल्छु, त्यही गर्नेछु र सधैं सकारात्मक सोंच राख्नेछु ।
९. म, नयाँ शक्ति नेपाललाई एक वैकल्पिक राजनीतिक पार्टीको रुपमा विकास गर्दै यसको लक्ष्य र उद्देश्य प्राप्त गर्न निरन्तर क्रियाशील रहनेछु ।
१०. नयाँ शक्ति नेपाल, जिन्दावाद !

Naya Shakti 01

Naya Shakti 02

Naya Shakti 03

Naya Shakti 04

Naya Shakti 08

कमलरी मुक्ति कहिले ?

फकला थारु।

बाल अधिकार सम्वन्धी महासन्धी १९८९ लागू भएको २८ वर्ष र नेपालले त्यसलाई अनुमोदन गरेको २७ वर्ष वितिसकेको अवस्था छ। यतिमात्र होइन त्यसलाई टेकेर नेपाल सरकारले बाल बालिका सम्बन्धी ऐन २०४८ र बालश्रम निषेध र नियमितगर्ने ऐन २०५६ पारित गरि लागू गरेको दशकौ वितिसकेको छ। Continue reading “कमलरी मुक्ति कहिले ?”