सप्तरीमा दुई मोटरसाइकल ठोक्कियो, तीन चौधरी गम्भीर घाइते

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रायपुर–८ रुपनीमा आज दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा छ जना यात्रु घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ६ प ८२३८ नम्बरको मोटरसाइकल रुपनीबाट राजविराजतर्फ मोड्ने क्रममा पछाडिबाट आएको स ३ प २२८९ नम्बरको मोटरसाइकलले उछिन्न खोज्दा एक आपसमा ठोक्किँदा छ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । Continue reading “सप्तरीमा दुई मोटरसाइकल ठोक्कियो, तीन चौधरी गम्भीर घाइते”

राष्ट्रपति अचानक तिलौराकोट दरबारमा

राष्ट्रपति विद्यादेवी भण्डारी बुद्ध जयन्तीको अघिल्लो दिन अचानक कपिलवस्तुस्थित तिलौराकोट दरबार क्षेत्र अाइपुगेकी छिन्। छोटो तयारीबीच राष्ट्रपति भण्डारी सिद्धार्थ गौतमले २८ वर्षसम्म युवराजको रुपमा बिताएको कपिलवस्तुस्थित प्राचीन तिलौराकोट दरबार क्षेत्र आइपुगेकी हुन्। दिउँसो करिब १ बजे हेलिकोप्टरबाट उनी राजा शुद्धोधनको प्राचीन दरबार क्षेत्रभित्र आइपुगेकी हुन्। Continue reading “राष्ट्रपति अचानक तिलौराकोट दरबारमा”

प्रेस चौतारी प्रदेश पाँचको उपध्यक्षमा सविन प्रियासन चौधरी

प्रेस चौतारी नेपालको आठौं महाधिवेशनले अध्यक्षमा चौतारीका सल्लाहकार गणेश बस्नेतलाई सर्वसम्मतिले चयन गरेको छ। त्यस्तै वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, महिला उपाध्यक्षमा टीका विष्ट, समावेशी उपाध्यक्षमा सइन्द्र राई, प्रदेश नं १ उपाध्यक्षमा लीलाराज भट्टराई, २ मा लालबाबु शेष, ३ मा विश्वमणि सुवेदी, ४ मा गणेश पाण्डे, ५ मा सविन प्रियासन चौधरी, ६ मा वीरबहादुर गिरी र ७ मा नरेन्द्र साउद छन्। Continue reading “प्रेस चौतारी प्रदेश पाँचको उपध्यक्षमा सविन प्रियासन चौधरी”

लोडसेडिङ घट्यो, अब साताको ७० घन्टा लोडसेडिङ हुने

नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुनेगरी लोडसेडिङ घटाएको छ। प्राधिकरणले सातामा ७ घण्टा लोडसेडिङ घटाएर ७० घण्टामा झारेको छ। नदीहरुमा पानीको जलस्तर बढ्ने क्रममा रहेको लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ।

तालिका हेर्नुस्: 

laodsheding 70 hour

गोपनीयता त गुमाउँदै हुनुहुन्न ?

नाम सुनेर वा त्यसबारे थाहा पाएर हामी विभिन्न एप डाउनलोड गर्छौं। स्मार्टफोनको सहजताले यी कुरा सजिलो पनि भएको छ। तर, हामीले यो सोच्दैनौँ कि यस्ता एप कति जोखिमयुक्त छ? एक अनुसन्धानका अनुसार डाउनलोड गर्ने एप्लिकेसनले प्रयोगकर्ताबारे गोप्य कुरा पनि थाहा पाउनसक्ने देखिएको छ। जब कुनै मोबाइल एप्लिकेसन डाउनलोड हुन्छ, त्यतिबेला प्रयोगकर्ताको स्मार्टफोनबाट धेरै जानकारीको खोजीमा हुन्छन् एप निर्माता। Continue reading “गोपनीयता त गुमाउँदै हुनुहुन्न ?”

भाँचियो लिंग

सेक्समा लीन भएर चरम आनन्द लुटिरहेको बेला लिंग भाँचिनु दुःखलाग्दो कुरा हो। यस्तै दुःखलाग्दो अवस्थाको शिकार भएका छन्, भारतीय राजधानी दिल्लीका एक युवक। Continue reading “भाँचियो लिंग”

मोटरसाइकल दुर्घटनामा परी सुनसरीका अनिलकुमार चौधरीको मृत्यु

सुनसरीको औराबनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । दुहवी–इनरुवा सडकखण्डअन्तर्गत औरावनी–९ मा स २ प ८३७३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ती युवकको ज्यान गएको हो । Continue reading “मोटरसाइकल दुर्घटनामा परी सुनसरीका अनिलकुमार चौधरीको मृत्यु”

स्वास्थ्यमन्त्री रामजनम चाैधरीले रोके करार नियुक्ति

स्वास्थ्यमन्त्री रामजनम चौधरीले ‘आफ्ना मान्छे’ नपारिएको भन्दै स्वास्थ्यकर्मी करार पदपूर्ति प्रक्रिया अन्तिम चरणमा रद्द गरिदिएका छन्।  सुदूरपश्चिमाञ्चल स्वास्थ्य सेवा निर्देशनालयले सुरु गरेको करार पदपूर्तिमा आफूनिकट व्यक्तिलाई अनुत्तीर्ण गराएको भन्दै मन्त्री असन्तुष्ट भएका हुन्। Continue reading “स्वास्थ्यमन्त्री रामजनम चाैधरीले रोके करार नियुक्ति”

यस्तो थियो, दस माओवादी एकताको रौनक

दश वर्षसम्मसँगै जनयुद्ध लडेका र मुलुकलाई क्रान्तिकारी परिवर्तनको मार्गमा डोहोर्याएका माओवादीका नेता विभिन्न समूह र घटक एकै ठाउँमा उभिएका छन् । दश विभिन्न माओवादी घटक एकीकृत भइरहँदा मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी र हेमन्तप्रकाश ओली नेतृत्वको कम्युनिस्ट न्युक्लियसले भने एकता प्रक्रियालाई ‘नवसंशोधनवादी’को संज्ञा दिँदै वक्तव्य जारी गरेका छन् । Continue reading “यस्तो थियो, दस माओवादी एकताको रौनक”

प्रियंका चोपडा घाइते

बलिउड अभिनेत्री प्रियंका चोपडा घाइते भएकी छिन् । हलिउड फिल्म ‘बेवाच’ छायांकनका क्रममा उनी घाइते भएकी हुन् । सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले आफू घाइते भएको जानकरी दिएकी हुन्। Continue reading “प्रियंका चोपडा घाइते”