थारु इतिहासकार सुबोध सिंह थारुको अनुसार ‘Tharuhat is the land of tharu‘ थरुहट शब्दलाइ अझ बृहतरुपमा भन्नुपर्दा थरुहट भनेको थारुको एतिहासिक भूमी, इतिहास र पहिचान हो। थारु आफैँ एक राष्ट्र हुन्। थारु जातिको आफ्नै छुट्टै इतिहास, पहिचान बोकेको जाति हुन्। थारु जाति आफैँमा भाषा, पहिरण, चालचलनमा विविधताको धनी छन्। Continue reading “अबको थरुहट आन्दोलन”
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संसदीय नियमावली सहमतिमै बनाउने प्रयास अन्तिम समयसम्म जारी रहने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै सत्तापक्ष र प्रतिपक्षबीच संसदीय नियमावली सहमतिमै बनाउनुपर्ने विषयमा मतदान प्रक्रियामा जानुअघिसम्म पनि प्रयास जारी राखिने उल्लेख गरे। Continue reading “संघीय गठबन्धनलाई वार्तामा अाउन गच्छदारकाे अाग्रह”
चितवनमा नेपाल र भारतमा बसोबास गर्ने थारुहरुको जमघट भयो र दूतावासकी रन्जु प्रमुख अतिथि बनिन्। थारु सांस्कृतिक नृत्य उनको आतिथ्यका लागि पस्के चितवनका थारुले। रन्जुले पनि भारत सरकारको तर्फबाट पाँच करोड सहयोग गर्ने वाचा गरिन्। थारुहरुको संस्कृति, संरक्षण र प्रवर्द्धनमा उनले गरेको सहयोगको उद्घोषले सधै देखि एक्लै खाइरहेको प्रवृतिमा अम्लिएपनको मिसावट भयो। सके खर्च गर्नु, नसके फिर्ता गर्ने तर जसका लागि छुट्टयाइएको बजेट हो, उसलाई सुँइको समेत नदिने यो हाम्रो देशको ब्राहमण खसहरुको परम्परा हो। Continue reading “होइन भने खोइ के…? खोइ के…?”
संघीय गठबन्धन प्रमुख एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरूप ग्रहण गरेको बताएका छन्। ‘तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायले पनि गम्भीरतापूर्वक हेरेका छन्,’ गठबन्धन नेतृत्वमा आइतबार गरिएको सिंहदरबार घेराउ कार्यक्रममा यादवले भने, ‘७० प्रतिशतभन्दा बढी जनताको समर्थन रहेको आन्दोलनले सरकारलाई सोच्न बाध्य बनाएको छ।’ जारी आन्दोलन निरन्तर रहने पनि उनले बताए। Continue reading “राष्ट्रिय बन्यो आन्दोलन, सिंहदरवार घेराउ आज पनि”
भदौ ७ गते घटेको टीकापुर घटनामा संलग्न रहेको अभियोगमा प्रहरीको फरार सूचीमा रहेका सन्तकुमार चौधरीलाई जेल चलान गरिएको प्रति घोरभन्सर्ना गरिएको छ। थारु युवा स्वयंसेवकका अध्यक्ष महावीर चौधरीद्वारा प्रेषित एक विज्ञप्तीअनुसार थापापुर वडा नं. ७, नवलपुरका स्थानीय तथा थारु युवा स्वयम सेवक कैलाली सदस्य चौधरीलाई जेलचलान गरिएको प्रति घोर भत्सर्ना गरिएको हो। Continue reading “सन्तकुमार चौधरीलाई पक्राउ गरिएको प्रति कडा आपत्ति”
संविधानमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका मधेसी मोर्चासमेत सहभागी भएको संघीय गठबन्धनले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेको छ। शनिबार विरोध प्रदर्शन गरेको २९ दलीय गठबन्धनले आइतबार सिंहदरवारका विभिन्न नाकामा धर्ना दिएको छ। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माइतघर मन्डलामा नेतृत्व सम्हालिरहेका छन् भने राजेन्द्र महतोलगायतका नेताहरुले हनुमानस्थान नाकाको विजुलबजारस्थित पुलमा धर्ना दिइरहेका छन्।
भिडियो हेर्नुस्
मधेसी, थारु र जनजातिहरुको उपस्थिति रहेको धर्ना कार्यक्रममा प्रहरी र आन्दोलनकारीबीच केहीबेर घम्साघम्सी भयो। पहिचानवादी नारा लगाउँदै निषेधित क्षेत्र तोड्ने प्रयास गरेका आन्दोलनकारीलाई प्रहरीले ठेलेर पुरनाै ठाउँमा पुर्याएका थिए। केही आन्दोलनकारीले लठ्ठी फालेर प्रहरीलाई हिर्काए पनि प्रहरी साम्य भएर बस्यो।
नेकपा एमालेका पूर्वसभासद शान्ता चौधरी नेपाल सरकारको राष्ट्रिय विकास परिषद्को सदस्यमा नियुक्त भएकी छन्। हालै सरकारले चौधरीलाई परिषद्को सदस्यमा नियुक्त गरेको हो। उनले सामाजिक सञ्जाल फेसबुकमा सरकारले परिषद्को सदस्यमा आफूलाई नियुक्त गरेको उल्लेख गरेकी छन्। Continue reading “राष्ट्रिय विकास परिषदको सदस्यमा शान्ता चौधरी नियुक्त”
हचुवाको भरमा आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको भन्दै थरुहट कैलालीले आफ्नै केन्द्रीय कार्यक्रमहरु बहिष्कार गरेको छ। संघीय गठबन्धनले जिल्ला स्तरमा कुनै तयारी तथा समन्वय नै नगरी एकतर्फी रुपमा आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको भन्दै बहिष्कार गरिएको हो। Continue reading “आमहड्तालको कार्यक्रम थरुहट कैलालीद्वारा बहिष्कार, कतै भएनन् बन्द”