थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद गोपाल दहितले शनिबार अन्नपूर्णपोस्टमा प्रकाशित समाचारप्रति कडा आपत्ति जनाएका छन्। उनले उक्त समाचारलाई जलनको रुपमा ब्यख्या गरेका छन्। उनले स्वदेशी र विदेशी स्रोत साधनको र अवसरमा सदियौंदेखि ब्रह्मलुट मच्चाउनेहरुको अन्तर मनबाट जलनको बु नस्किएको उल्लेख गरेका छन्। Continue reading “‘महाकाली, कर्णाली बेच्नेहरु थारुलाई राष्ट्रियताको पाठ नसिकाए हुन्छ’”
Author: admin
एमालेभित्र फैलिँदो भारत विरोध
सत्ता नेतृत्व गरिरहेको दल एमालेभित्र भारतविरोधी जनमत बढ्न थालेको छ । विशेषगरी कार्यकर्ता तहमा यस्तो सेन्टिमेन्ट बढेको पाइएको हो । एमालेको दोस्रो तहका नेता युवा तथा विद्यार्थीमा भारतको चर्को विरोध गर्ने प्रवृत्ति केही समययता औपचारिक कार्यक्रममा देखापरेको छ । Continue reading “एमालेभित्र फैलिँदो भारत विरोध”
फुट्यो वैद्य माओवादी, प्रचण्ड-बादल एकता ६ गते
नेकपा क्रान्तिकारी माओवादी फेरि विभाजन भएको छ। पार्टी महासचिव रामबहादुर थापाको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यले शनिबार छुट्टै बैठक गरेका छन्। अध्यक्ष मोहन वैद्यले केन्द्रीय समिति बैठक स्थगित गरेर एकता प्रक्रियाबाट भागेको भन्दै बहुमत केन्द्रीय सदस्यले थापाको अध्यक्षमा बैठक गरेका हुन्। बैठकले एकीकृत नेकपा माओवादीसँग एकताको औपचारिक निर्णय गर्दै १२ बुँदे आधारपत्र पारित गरेको केन्द्रीय सदस्य रामदीप आचार्यले बताए। १ सय ९९ सदस्यीय केन्द्रीय समितिमा १ सय ३० जना थापाको पक्षमा रहेको उनले दाबी गरे। Continue reading “फुट्यो वैद्य माओवादी, प्रचण्ड-बादल एकता ६ गते”
आन्दोलनकारीले यसरी घेर्दैछन् सिंहदरवार, दमन गरे गृहयुद्ध निम्तिने चेतावनी
मधेसी मोर्चासहितको २९ दलीय संघीय गठबन्धनले आइतबार सिंहदरबार घेराउ गर्ने कार्यक्रम राखेका छन्। गठबन्धनका नेता तथा कार्यकर्ताहरुले सिंह दरबार परिसरका विभिन्न नाकाहरूमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म धर्ना दिने कार्यक्रम घोषणा गरिएको छ। Continue reading “आन्दोलनकारीले यसरी घेर्दैछन् सिंहदरवार, दमन गरे गृहयुद्ध निम्तिने चेतावनी”
बलिउड अभिनेत्री सोनाक्षी र अाइटम डान्सर मलाइकाले टुँडिखेल तताए
भारतको चलचित्र नगरी बलिउडका दुई हस्ती चर्चित नायिका सोनाक्षी सिन्हा र ‘आइटम गर्ल’ मलाइका अरोराले मनोरन्जनात्मक कार्यक्रममार्फत आज यहाँको माहोल तताए । Continue reading “बलिउड अभिनेत्री सोनाक्षी र अाइटम डान्सर मलाइकाले टुँडिखेल तताए”
थारूकाे मसाल जुलुसमा प्रहरी हस्तक्षेप
कारी महताे/चितवन।
थारु कल्याणकारिणी सभा (थाकस) लगायतको थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आह्वान गरेको जेठ २ गतेको थरुहट तराई बन्दको पूर्व सन्ध्यामा चितवनको माडी नगरपालिकाको मुख्य बजार वसन्तपुरको पुलचोकदेखि दिवाकर चोकसम्मा मशाल जुलुश सम्पन्न भएको छ । Continue reading “थारूकाे मसाल जुलुसमा प्रहरी हस्तक्षेप”
संघीय गठबन्धनकाे उद्घाेष- बालुवाटारामा सुत्ने जो कसैलाई रजाइँ गर्न दिन्नौं
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित सङ्घीय गठबन्धनले संविधानमा मधेसी, थारु, अल्पसङ्ख्यक, मुस्लिमलगायतका मागलाई नसमेटेको भन्दै विरोध प्रदर्शन गरेको छ । गठबन्धनमा आबद्ध विभिन्न राजनीतिक दलका नेताको अगुवाइमा आज शान्तिवाटिकादेखि पुरानो बसपार्क, सहिदगेट, इन्द्रचोक, नयाँसडक, विशालबजार, असन, ठमेल हुँदै सञ्चयकोष अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं २९ दलीय संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले आन्दोलनलाई बलियो अन्तर्राष्ट्रिय समर्थन रहेको दाबी गरेका छन् । जारी आन्दोलनमा अमेरिका, बेलायत, भारत, युरोपियन युनियन र विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकारवादी संगठनहरुले संविधान संशोधन गर्न यसअघिनै सरकारलाई सुझाव दिइसकेको उदाहरण दिँदै यादवले अन्तर्राष्ट्रिय समर्थनलाई बेवास्ता गर्ने हैसियतमा सरकार नरहेको दाबी गरे । काठमाडौंको व्यस्त पर्यटकीय स्थल ठमेलमा शनिबार गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै यादवले भने, ‘जनताको यो आन्दोलनलाई विश्व समुदायको बलियो समर्थन छ । यसले हामीमा उर्जा थपेको छ ।’

उत्पीडित समुदायको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरी सरकारले मुलुकमा उल्टै राज्य आतंक र हत्याहिंशा मच्चाएको यादवले आरोप लगाए । ‘सरकारलाई लाग्दो होला विश्व समुदाय आन्दोलनबारे बेखबर छ, तर, सरकारको दमनकारी कदम र बदमासी बारे अन्तर्राष्ट्रिय समुदाय नजिकबाट नियालिरहेका छन्’– यादवले भने । सरकारको हरेक दमनकारी कार्यको स्वतन्त्र रुपमा न्यायिक छानबीन हुने यादवले बताए । गठबन्धनका संयोजकक समेत रहेका अध्यक्ष यादवले संविधान पुनर्लेखन नभए सिंहदरबार र वालुवाटारको पर्खाल भत्काउने चेतावनी दिएका छन् । आन्दोलन शान्तिपूर्ण हुने दाबी गर्दै अध्यक्ष यादवले जनताको जायज मागलाई बेवास्ता गर्दै सिंहदरबार र वालुवाटारमा सुतेर नबस्न सरकारलाई चेतावनी दिए । ‘जनताको मागलाई बेवास्ता गर्दै बालुवाटारामा सुत्ने जो कसैलाई पनि रजाइँ गर्न दिन्नौं ।’
सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मधेसमा गरेको आन्दोलनको सुनुवाइ नभएकाले राजधानी केन्द्रित आन्दोलन गर्न लागेको स्पष्ट पार्नुभयो । उहाँले मोर्चालाई बेवास्ता गरेर अघि बढे देश दुर्घटनातर्फ जान सक्ने बताए ।
झाले सबैको असन्तुष्टिलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा पुर्याउन गठबन्धन बनाएर आन्दोलनमा लागेको उल्लेख गर्नुभयो । आदिवासी जनजाति, मधेसी, थारु, खस, दलित, मुस्लिम, पिछडा वर्गलगायत सबै उत्पीडित समुदायको सङ्घर्षपछि पनि सरकारले कुनै सुनुवाइ नगर्दा थप सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । गठबन्धनमा २९ दल सहभागी छन् ।

यसैबीच, आइतबार २७ दलीय मोर्चाको आन्दोलनको कार्यक्रमका लागि तयार गर्दै गरेको अवस्थामा शान्तिनगरस्थित खालीचौरबाट बाँसका करिब दुईसय लाठी प्रहरीले नियन्त्रणमा लिएको छ ।
लाठी बनाउने व्यक्ति भने फरार भएकाले खोजी भइरहेको छ प्रहरीले जनाएको छ । रासस
संकटमा थारू देउथान
कृष्णराज सर्वहारी
यस आलेखको तस्विरमा भव्य महलको अगाडि सानो झुपडीले जेनतेन सास फेरिरहेको छ। झुपडीको प्राणपखेरु कतिबेला उड्ने हो, थाहा छैन। त्यो बाटो भएर हिंड्ने नौला बटुवाहरूलाई लाग्दो हो, त्यत्रा भव्य महलका मालिकले आफ्नो घर परिसरमा त्यस्तो झुपडी किन पो बनाएका होलान्? एउटा बाख्रा समेत अँट्न मुश्किल पर्ने त्यो झुपडी के प्रयोजनको लागि बनेको होला? Continue reading “संकटमा थारू देउथान”
पाँच ब्यङ्ग्य : यसपालीको आन्दोलन कैसा? जोड लगाके हैंसा, तब आएगा नेताजी पैसा !
कल्लु सरदार।
कठै नेपाली नेता! जीन्दगी नेपालकै लागि ब्यतित भो बलिदानीको के बयान गर्नु? कति वर्ष जेल गए, कति भोकभोकै बसे। सत्ता चलाउँदा कति सास्ती खेपे, मरेर जाँदा बाँचेका देशका नेताले राजकिय सम्मानका साथ तिम्रा अन्त्यस्थि गरे। हजारौं जनता मलामी गए, लाखौं जनता तिम्रो शोकमा रोए तर तिम्रो वफादार चेलुवा नेताहरुले रोएको स्वाङ्ग गरे, तिमी मरे मात्रै तिनको पालो आउने, पालोको पर्खाईमा बसेका नेतालाई त तिम्रो मृत्यु उनलाई राज्यभिषेकको पालो जस्तै भो। चिर्कुटे श्रीपेच पाएपछि सबैलाई रैति देख्ने तिनको मस्तिष्कले तिमीलाई पोल्ने, सद्गत् गर्ने, यहाँ सम्म की दाउराकै पैसा तिरेका रहेनछन्। आफ्नै नेता मर्दा त उधारो राख्ने यी नेताको नियत जनता मर्दा बरु कौवासँगै सौदा गर्लान जस्तो छ। गिरीजा, शुसिल, भट्टराईको मर्दाको खर्च ब्यहोर्दा त टुप्पी नै जाला जस्तो गर्ने यी नेता भूकम्प पीडित, बाढी पीडित जनतासँग त सात्क्षात्कार हुन समेत रुचाउँदैनन्! संसारमा जलस्रोतको दोस्रो धनी देश भनेर भाषण गर्न अझै छुटाएका छैनन् तर नेपाली भूमीबाट पानी रित्तिसकेको यिनलाई थाहै छैन। अब बिजुली बाल्न हैन पिउनलाई पानीको जोहो गर्न तिर लागौं नेता जी!
ब्याङग्य नं. २– ओली बाजेलाई
हुक्के बाजेको टुक्के बखान बडो चर्चामा छ आजभोली। अस्ति दिल्लीको मेट्रोमा एकजनासँग गफिने मौका मिल्यो। उनले मेरो अनुहारमा नेपालीपन देखे क्या रे, सोधे– आप नेपालसे आए है? मैले भने– हाँ! अच्छा आपके देशके प्रधानमन्त्री काफी जोक करते हैं, क्या ए सच है? मलाई मेरै देशको प्रधानमन्त्रीको कुरा काटेको देखेर झनक्क रीस उठ्यो तर मैले यसलाई मजाकमा लिदैं उत्तर दिएँ – ओ जोक नही करते हैं, उखान टुक्का कहेते हैं। उनी अलमलिदै सोधे– ए उखान टुक्का क्या है? अब भने मलाई बडो समस्या भो, आफ्नो देशको प्रधानमन्त्रीको शीर्षक विदेशमा समेत चर्चित रहेकोमा ओली बाजेलाई मनमनै धन्यवाद दिएँ। टुक्का नबुझेर के भो? विदेशीले समेत टुक्के भनेर त चिन्छन्! धन्य ओली, तिम्रो बोली, माँग्नेको झोली, खहरे खोली, जोगीको चोली, गुलेलीको गोली, वाह–बाजे ओली!!!
ब्याङग्य नं. ३– माओवादी नेतालाई
देशमा जनयुद्ध चल्दैथ्यौ! बाबुराम, प्रचण्ड दिल्लीमा थिए। यता नेपालमा माओवादी कार्यकर्ताले पैसा उठाउँथे, उता दिल्लीमा प्रचण्ड, तोप बहादुरहरु जमेर रक्सी पिउँथे। नेपालको पैसा भारतमा खुबै भित्रियो त्यसताका! जनयुद्धको घानमा अनाहकमा बिसौ हजारको ज्यान गो! गिरीजा, माधव लगायतको वार्ताले देशमा शान्ति सम्झौता सहित माओवादी दलको प्रवेश भो! संविधान सभाको चुनाव भो, माओवादी देशकै ठुलो पाटी भो! हावाले लावा फुट्दैन रैछ, जनआकांक्षा अनुरुप काम नभए पछि एकबाट तीन नम्बरमा झरियो दोस्रो संविधान सभाको चुनावबाट। माओवादीलाई फुटेको आँखाले देख्न नसक्ने ओलीसँग मितेरी साईनो भो। अहिले ओलीको झोलीमा तिम्रो बन्दुकको गोली छ। जनतालाई तर्साउन नालमात्रै तेर्स्याएर हुँदैन, गोली माँग्दा ओलीले दिँदै दिँदैनन्। गोली नपाए पछि महरा रन्थनिदै दखिन गए उनले दखिन्बाट गोली त ल्याए त्यतिन्जेल ओलीले बन्दुक समेत लुकाई सकेका रहेछन्। पड्काउन नपाएको झोंकमा महरा, किराँतीले धनुषले भए पनि सिकार गर्नै पर्छ भन्दैछन! आखिर उहिल्यै उहिल्यै धनुषको तीरले पनि मृगको शिकार गरिएको हो क्या रे! हेरौं कहिले चल्छ किराँतीको तिर? प्रचण्डलाई सुकुटीको पिर, महरालाई शिकारको झिर, झुकाई देउ ओलीको शिर, अब नदेउ जनतालाई पिर, बरु छिटो देउ दुधभात र खिर!!!
ब्याङग्य नं. ४– थारु नेता गच्छेदार र रामजनमलाई
थारु साह्रै सोझो जाति। मलिक्वा भन्न पाए पछि दङ्ग पर्ने जात। पछाडी जति गनगन गरे पनि देख्यो कि शिर झुकाउनै पर्ने। कांग्रेस, एमाले, माओवादी, शोशक सामान्ति जमिन्दारको बिरुद्ध लडेर आयौं भनेर ईतिहास लेख्दैछन् थारु, अनि तिनै जमिन्दारलाई शिर झुकाउँदै स्वस्ती गर्दैछन्। थारु समाजमा अझै पनि हैकम जति जमिनदारकै मात्रै छ। त्यही भएर त होला गच्छेदार, रामजनम बसि बसि बिसौं वर्ष चुनाव जित्दैछन। गाँउमा विकास भुट्टीभाङ्ग छैन तर पनि मलिक्वा भनेर यिनैलाई नेता मान्दैछन् थारु। पच्चीस वर्ष सांसद, तीन पटक मन्त्री बनेको रामजनम चौधरीको गाउँमा मोटर बाटो समेत छैन। जति अत्याचार गरे पनि यिनी आखिर थारु जातिका मलिक्वा हुन्। टिकापुर काण्डले कार्यकर्ता जेलमा छन् यिनी सरकार मा! जुलुसमा जाउँ भन्नेहरु चाँही सरकारी मन्त्री, सोझा जनता जेलमा? खाउ रे खाउ रामजनम गच्छेदार, मर मर खाउ, जत्रादिन खैना बा खाउ, जौन दिन भुँर फुटी उह दिन घट्टोम जाउ!!!
ब्याङग्य नं. ५– मधेसी नेतालाई
खाँत्ती त मधेसी नेता मात्रै हुन्। जनता थोरै नेता धेरै, सय पाटीमा हजार नेता, पाटी अलि ठुलो हुन लाग्यो कि फुटाइहाल्ने। मिल्न पटक्कै नसक्ने, एकले अर्कोलाई देखि नसहने स्वास्नी, साली, सम्धिनीलाई मात्रै सभासद बनाउने यो मधेसी नेताको परिचय हो। उपेन्द्र चिया खान गए पनि चाइनिज एम्बेसी गयो? राजेन्द्र ट्वाईलेट गए पनि लैनचौर गयो? यो मधेसीहरु बिचको गफ हो। नाकाबन्दी हाम्ले गरयौं भन्दा पनि नपत्याउने विश्वासिला नेता पो हुन् त मधेशी। आन्दोलनमा सहिद भयो भने पचास लाख दिन्छौं भन्ने, अनि अस्पतालमा घाईते भेट्न जाँदा पचास रुपैया पनि नदिई टाप कस्ने? पाँच दर्जन जनतालाई शहिद बनाए, जनता मर्दा समेत मधेशी नेताले पैसा कमाए। चुनाव हुँदा पैसा, आन्दोलन हुँदा पैसा, मान्छे मर्दा पैसा, घाईते भए पैसा, यसपालीको आन्दोलन कैसा? जोड लगाके हैंसा, तब आएगा नेता जी पैसा!!!
चितवन
बसको ठक्करबाट २ वर्षीय अनुप चौधरीको मृत्यु
चितवनको रत्ननगरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । रत्ननगर–१९ स्थित झुवानी सडकमा बा१ख ६६०६ नम्बरको स्कुलबसको ठक्करबाट बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । Continue reading “बसको ठक्करबाट २ वर्षीय अनुप चौधरीको मृत्यु”