टीकापुर घटनामा लक्ष्मण थारुसहित २२ लाई ज्यान मुद्दा

Laxman tharu

टीकापुर घटनामा संलग्न भएको आरोपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुसहित २२ जनाविरुद्ध प्रहरीले कर्तब्य ज्यान मुद्दा दर्ता गराएको छ । जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरिक्षक बिश्वराज खड्काले आवश्यक अनुसन्धान पछि २२ जनाविरुद्ध कर्तब्य ज्यान मुद्दा दायर गरेको बताए । ‘सरकारी वकिलको कार्यालयमा प्रस्तावित राय बुझाउने प्रकृयाको अन्तिम चरणमा छ,’ उनले भने, ‘बढीमा दुई दिन भित्र सरकारी वकिलमार्फत् अदालतमा पेश हुन्छन् ।’ उनले २२ जनालाई एक साथ पेस गरिन लागेको बताए । Continue reading “टीकापुर घटनामा लक्ष्मण थारुसहित २२ लाई ज्यान मुद्दा”

थारुको बिरोध किन ?

 shiva chaudhary

शिब नारायण चौधरी

चार दलबीच १६ बुँद्धे सहमति भएपछि त्यसको पक्ष र विपक्षमा विभिन्न आवाजहरु उठे। थारुहरु सीमांकन बिनाको प्रदेशको बिरोध गर्दै १६ बुँदे सहमतिप्रति पर्ख र हेरको नीति लिए। १६ बुँदे सहमतिपछि चार दलीय गठबन्धनको गतिविधिलाई थारुहरुले उच्च सतर्कताका साथ हेरिरहेका थिए। थोरै आशायुक्त नजरले र धेरै शंकायुक्त मनले। जसै १६ बुँद्धे सहमतिमा रहेको ८ प्रदेशको संख्यालाई ६ प्रदेश बनाउने र ६ प्रदेशको खाका सार्वजनिक गरियो। त्यसबेला मैले आफ्नो फेसबुक स्टाट्समा लेखेको थिए। Continue reading “थारुको बिरोध किन ?”

शान्ता चौधरी नेतृत्वमा दाङमा सद्‍भाव र्‍याली

dang rally_ shanta chaudhary 01

सन्तोष दहित
नेपाल लोकतान्त्रिक थारु संघ दाङले सोमबार दाङको सदरमुकाम घोराहीमा बृहत् सद्‍भाव र्यााली निकालेको छ। ‘समृद्ध र बलियो राष्ट्रको निर्माण गरौं, न्याय र समानता सहितको सामाजिक सदभाव कायम गरौं’ भन्ने मूल नारासहितको गुम्राहा चोक (ट्राफिक चोक)बाट सुरु भएको सदभाव र्याोली निमाहल रोड हुँदै, गुज्री बजार, पुरानो बसपार्कक, मिलन चोक हुँदै न्युरोड, तुलसीपुर चोक, सहिद गेट हुँदै कर्मचारी मिलन केन्द्रको खुल्ला चौरमा परिणत भएको थियो। Continue reading “शान्ता चौधरी नेतृत्वमा दाङमा सद्‍भाव र्‍याली”

देउवाले बोलाएपछि सुरेन्द्र चौधरी संविधानसभामा फर्किए

Surendran Chaudhary

नेपाली कांग्रेसका सभासद सुरेन्द्रप्रसाद चौधरी फेरि संविधानसभामा फर्किएका छन्। वरिष्ठ नेता शेरबहादुर देउवाले फोन गरेर बोलाएपछि उनी संविधानसभाको प्रक्रियामा फर्किएका हुन्। यसअघि उनले संविधानसभा बहिष्कार गरेको भन्दै नफर्किएको बताएका थिए। Continue reading “देउवाले बोलाएपछि सुरेन्द्र चौधरी संविधानसभामा फर्किए”

थारु संघसंस्था ताला लगाइयो

आन्दोलनमा सहयोग नगरेको भन्दै दाङका विभिन्न थारु संस्थाहरुमा ताला लगाइएको छ। आन्दोलनमा समर्थन नगरेको भन्दै ती संस्थाहरु बन्द गरिएका हुन्। दाङमा सञ्चालित बेस नेपाललगायतका संस्थामा ताला लगाइएको छ। बेस नेपाल नेपाली कांग्रेसका सभासद् डिल्लीबहादुर चौधरीले सञ्चालन गर्दै आएका छन्।  Continue reading “थारु संघसंस्था ताला लगाइयो”

नयाँ संविधानको ५७ धारा पारित, कुन धारामा के छ?

CA Nepal 02

संविधानसभाले नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ को धारा ३८ मा रहेको महिलाको हकसम्बन्धी प्रावधानलाई अनुमोदन गरेको छ। संविधानसभाको आजको बैठकले उक्त धारामा परेको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो। सो प्रस्तावमा सभासद्हरु कुन्तीकुमारी शाही, मीना पुन, विश्वेन्द्र पासवान, यशोदाकुमारी लामा, हरिचरण साह, गोपाल दहित, आनन्दी पन्त, भक्तबहादुर खपाङ्गीलगायतले संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो। सभासद् कुमार खड्काले भने बैठकमा नै आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका थिए।

उक्त धाराअन्तर्गत रहेको ६ वटा उपधारामा प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना समान वंशीय, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको प्रावधान रहनुका साथै महिलाविरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्यबाट शोषण गरिने छैन भन्ने उल्लेख गरिएको छ।

यस्तै त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुने व्यवस्था प्रस्ताव गरिएको छ।

यस्तै संविधानको धारा ३९ माथि दर्ता भएको संशोधन प्रस्ताव फिर्ता भएपछि सो धारा संविधानको अङ्ग बनेको घोषणा सभाध्यक्ष सुवास नेम्वाङले गरेका थिए। सो धारामा बालबालिकाको हकसम्बन्धी व्यवस्था गरिएको छ।

यस्तै धारा ४० मा रहेको दलितको हकसम्बन्धी व्यवस्थामा प्रमुख तीन राजनीतिक दलका तर्फबाट नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रस्तुत गर्नुभएको संशोधन प्रस्तावलाई स्वीकार गरी पारित गरेको छ। उनको संशोधन प्रस्तावमा दलितका लागि कानुन बनाइ भन्ने शब्दको सट्टा दलितलाई कानुनबमोजिम भन्ने शब्द राख्ने भन्ने रहेको थियो। ज्येष्ठ नागरिकको हकसम्बन्धी व्यवस्था रहेको धारा ४१ मा दर्ता गराइएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो।

यस्तै सामाजिक न्यायको हकसम्बन्धी व्यवस्था रहेको धारा ४२ मा प्रस्तुत गरिएको दुईवटा संशोधन प्रस्ताव अस्वीकृत गरिएको थियो। सो धारामा प्रमुख दलका तर्फबाट प्रस्तुत गरिएको संशोधन प्रस्ताव भने बहुमतले स्वीकार गरेको थियो। सो धारामा सामाजिक रूपले पछाडि परेका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, सीमान्तीकृत, मुस्लिम, पिछडावर्ग, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, युवा, किसान, मजदुर, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिकलाई समावेशी सिद्धान्तका आधारमा राज्यको संरचना तथा सार्वजनिक सेवामा सहभागिताको हक हुनेछ भन्ने व्यवस्था रहेको छ।

सामाजिक सुरक्षाको हकसम्बन्धी व्यवस्था रहेको संविधानको धारा ४३ माथि दर्ता गराइएको दुईवटा संशोधन प्रस्ताव फिर्ता लिइएको थियो। उपभोक्ताको हकसम्बन्धी व्यवस्था रहेको संविधानको धारा ४४ मा दर्ता गराइएको संशोधन अस्वीकृत भयो।

देश निकालाविरुद्धको हकसम्बन्धी व्यवस्था रहेको धारा ४५ र धारा ४६ मा रहेको संवैधानिक उपचारको व्यवस्था तथा धारा ४७ मा रहेको मौलिक हकको कार्यान्वयनसम्बन्धी व्यवस्थासमेत बैठकले पारित गरेको छ।

धारा ४८ मा रहेको नागरिकका कर्तव्य शीर्षकसम्बन्धी व्यवस्थामा दर्ता गरिएको संशोधन प्रस्तावमा ‘प्रमुख तीन दलले राष्ट्रले’ भन्ने शब्दको सट्टा ‘राज्यले’ भन्ने शब्द थप गर्ने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ।

सो धारामा राष्ट्रप्रति निष्ठावान् हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, संविधान र कानुनको पालना गर्नु, राष्ट्रले चाहेका बखत अनिवार्य सेवा गर्नु, सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु भन्ने व्यवस्था छ।

धारा ४९ मा कुनै पनि सभासद्को संशोधन प्रस्ताव नपरेकाले बैठकले सर्वसम्मतिले पारित गरेको थियो । सो धारामा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वअन्तर्गत मार्गनिर्देशनका रूपमा रहने भन्ने व्यवस्था गरिएको छ। सो धारामा राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्व राज्य सञ्चालनको मार्गनिर्देशनका रूपमा रहने र राज्यले यस भागमा उल्लिखित सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन गर्न आवश्यकताअनुसार स्रोतसाधन परिचालन गर्ने गराउनेछ भन्ने प्रावधान छ।

यस्तै निर्देशक सिद्धान्तहरू रहेको धारा ५० मा प्रस्तुत गरिएको दुईवटा संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो। यस्तै राज्यका नीतिहरूसम्बन्धी व्यवस्था रहेको धारा ५१ मा प्रमुख तीन राजनीतिक दलका तर्फबाट प्रस्तुत गरिएको सातवटा संशोधन प्रस्तावलाई बहुमतले स्वीकार गरेको छ।

राज्यको दायित्व शीर्षकमा रहेको संविधानको धारा ५२ मा कुनै पनि संशोधन प्रस्ताव नपरेकाले संविधानको अङ्ग बनेको घोषणा गरिएको थियो। सो धारामा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता अक्षुण्ण राख्दै मौलिक हक तथा मानवअधिकारको संरक्षण र संवद्र्धन गर्ने, राज्यका निर्देशक सिद्धान्तको अनुसरण गर्ने तथा राज्यका नीतिहरूको क्रमशः कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्नत बनाउने राज्यको दायित्व हुनेछ भन्ने व्यवस्था छ। संविधानको धारा ५३ मा परेको संशोधन प्रस्ताव फिर्ता भएकाले संविधानको अङ्ग बनेको घोषणा गरिएको थियो।

अनुगमनसम्बन्धी व्यवस्था रहेको धारा ५४ मा कुनै पनि संशोधन प्रस्ताव नपरेकाले सर्वसम्मतिले संविधानको अङ्ग बनेको घोषणा गरिएको थियो भने अदालतमा प्रश्न उठाउन नसकिने भन्ने व्यवस्था रहेको धारा ५५ माथि परेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएपछि संविधानको अङ्ग बनेको घोषणा गरिएको थियो।

राज्यको संरचना र राज्यशक्तिको बाँडफाँडसम्बन्धी व्यवस्था रहेको संविधानको भाग पाँचमा समेटिएको राज्यको संरचनासम्बन्धी व्यवस्था उल्लिखित धारा ५६ मा प्रस्तुत संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो। सो प्रस्तावमाथिको संशोधनकर्ता सभासद् कमल थापाले मतविभाजनको माग गर्नुभएको थियो। सो धारामा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने, राज्यशक्तिको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तहले यस संविधान तथा कानुननबमोजिम गर्नेलगायत उल्लेख छन्।

संविधानसभाको अर्को बैठक भोलि भदौ २९ गते बिहान १०.०० बजे बस्नेछ। रासस

यो पनि पढ्नुस्: 

संविधानमाथिको विधेयकका ‘भाग १’ का सबै धारा पारित, धारामा के छ?

असोज ३ गते साँझ ५ बजे नयाँ संविधान घोषणा हुने

CA-building

नेपालको संविधान, २०७२ आगामी असोज ३ गते साँझ ५ बजे जारी गर्ने तयारी गरिएको छ। संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई संविधान जारी गर्ने समारोहमा सहभागी हुन निमन्त्रणा लिएर राष्ट्रपति डा रामवरण यादवलाई भेट्न आज साँझ राष्ट्रपति कार्यालय शीतलनिवास जाने सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए। Continue reading “असोज ३ गते साँझ ५ बजे नयाँ संविधान घोषणा हुने”

पर्सा र रौतहटका ३० नेता पक्राउ

policeपर्सा र रौतहटको विभिन्न स्थानबाट मधेशवादी दलका ३० जनाभन्दा बढी नेता तथा कार्यकर्ताहरु पक्राउ गरेका छन् । पक्राउ पर्नेमा केन्द्रीय नेताहरुदेखि जिल्लाका नेताहरुसमेत रहेका छन् । Continue reading “पर्सा र रौतहटका ३० नेता पक्राउ”

संविधानमाथिको विधेयकका ‘भाग १’ का सबै धारा पारित, धारामा के छ?

CA Nepal

‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि सदस्यहरुबाट प्राप्त संशोधनलाई संविधानसभाको आजको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने क्रम चलिरहेको छ । अहिलेसम्म यस विधेयकको ‘भाग १’ मा रहेका विभिन्न नौ धारा पारित भएका छन् । Continue reading “संविधानमाथिको विधेयकका ‘भाग १’ का सबै धारा पारित, धारामा के छ?”

धर्मसम्बन्धी व्यवस्थासहितको धारा ४ पारित

CA Nepal

‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि सदस्यहरुबाट प्राप्त संशोधनहरुलाई संविधानसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने क्रम जारी रहेको छ। सो धारामा प्रमुख तीन राजनीतिक दलका तर्फबाट प्रस्तुत भएको ‘धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ’ भनिएको संशोधन प्रस्ताव पारित भएको हो। सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा दुई तिहाइ बहुमतले स्वीकृत गरेको छ। स्वीकृत भएसँगै सो पारित प्रस्ताव विधेयकको अङ्ग बनेको घोषणा गरियो। Continue reading “धर्मसम्बन्धी व्यवस्थासहितको धारा ४ पारित”