महोत्तरीमा प्रहरीको गोली लागेर रोहन चौधरीसहित तीनको मृत्यु

birgunj-aandolanमहोत्तरीको जलेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जलेश्वर नगरपालिका ७ का रोहन चौधरी, १४ का मुसवा कापर र जलेश्वर ५ का रामविवेक यादव छन्। प्रदर्शनकारीले जिल्ला अदालतमा आगजनी गर्न लागेपछि सरकारी सम्पत्ति जोगाउने क्रममा बल प्रयोग गर्नुपरेको प्रशासनको भनाइ छ। Continue reading “महोत्तरीमा प्रहरीको गोली लागेर रोहन चौधरीसहित तीनको मृत्यु”

नाइटिङ्गेललाई उत्कृष्ट विद्यालयको अवार्ड

Nightingel School

ललितपुरको कुपण्डोलस्थित नाइटिङ्गेल इन्टरनेशनल स्कुलले उत्कृष्ट विद्यालयको अवार्ड जितेको छ। ३६औं शिक्षा दिवसको अवसरमा स्कुलले अवार्डसँगै दुई लाख नगद र राष्ट्रिय शिल्ड, ध्वजा, प्रमाणपत्र पाएको हो। शिक्षा मन्त्रालयद्वारा आयोजित समारोहमा शिक्षामन्त्रीले चित्रलेखा यादवको हातबाट सो अवार्ड स्कुलका प्रिन्सिपल तेजुलाल चौधरीले ग्रहण गरेका थिए। Continue reading “नाइटिङ्गेललाई उत्कृष्ट विद्यालयको अवार्ड”

नेपाली कांग्रेसका थारु सभासदले संविधानसभामा ‘फ्लोर क्रस’ गर्ने

Surendra-Chaudhary

नेपाली कांग्रेसका थारु/मधेसी सभासदले संविधान सभामा ‘फ्लोर क्रस’ गर्ने भएका छन् । संविधानसभा भवनमा बुधबार मध्यान्ह बसेको थारु/मधेसी सभासदको बैठकले यस्तो निर्णय गरेको हो । कांग्रेसका ५४ जना थारु/मधेसी सभासद मध्ये २२ जना उक्त निर्णयमा सहमत भइसकेका छन् । बाँकी सभासदलाई पनि मनाउने काम भइरहेको नेपाली कांग्रेसका सभासद सुरेन्द्र चौधरीले जानकारी दिए । उनले भने, ‘२२ जनाले सहमत गरे । अरुसँग हामीले छलफल गरिरहेका छौँ ।’ Continue reading “नेपाली कांग्रेसका थारु सभासदले संविधानसभामा ‘फ्लोर क्रस’ गर्ने”

भारदहमा प्रहरीको गोली लागि एक जनाको मृत्यु

police

सप्तरीको भारदहमा प्रहरीको गोली लागि एकजनाको मृत्यु भएको छ। राजमार्गमा ढालेको रुख हटाउने क्रममा सुरक्षाकर्मीमाथि आक्रमण भएपछि प्रतिकारमा गोली चलाउँदा रामकृष्ण राउतको मृत्यु भएको हो। ६० वर्षीय मृतक राउत पोर्ताह–१ का बासिन्दा हुन्। उनको छातीमा गोली लागेको छ। Continue reading “भारदहमा प्रहरीको गोली लागि एक जनाको मृत्यु”

दुई तिहाईको संविधाधान एकदिन टिकाएर देखाउन लेखी चुनौती

Rajkumar Lekhi at rautahat

थारु आन्दोलनका अगुवा राजकुमार लेखीले श्रीपेच बिनाका तीन जना राजाको कारणले देश गृहयुद्धतर्फ धकेलिने खतरा बढेको आरोप लगाएका छन्। लेखीले थारु, आदिबासी, जनजाति, मधेसी, दलितलगायत ७० प्रतिशत जनतालाई किनारा लगाएर र संविधानसभालाई तीन जनाको बन्दी बनाएर जारी गरिएको संविधान एक घन्टा पनि नटिक्ने दाबी गरे। Continue reading “दुई तिहाईको संविधाधान एकदिन टिकाएर देखाउन लेखी चुनौती”

लक्ष्मण थारु भैरहवाबाट पक्राउ

Laxman Tharu in Kailali

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कैलालीको टीकापुर घटनाबारे सोधपुछ गर्न भन्दै प्रहरीले बुधबार बिहान थारुलाई भैरहवाबाट पक्राउ गरेको हो। कैलालीको टीकापुर घटनाबारे सोधपुछ गर्न भन्दै थारुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताएका छन्।

भैरहवास्थित देवी चौधरीको घरमा रहेको फोरम लोकतान्त्रिकको कार्यालयबाट लक्ष्मण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। थारुले थारुवानसँग कुरा गर्दै पक्राउको पुष्टि गरे। ‘देवी चौधरीजीको घरबाट आज बिहान मलाई पक्राउ गरियो,’ उनले थारुवानसँग भने, ‘सोधपुछको लागि भन्दै ल्याउनुभयो। अहिले जिल्ला प्रहरी कार्यालयमा राखेका छन्।’

उनी भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न पुगेका थिए। यसअघि पनि उनलाई पक्राउ गर्न राजधानीस्थित उनकै रेस्टुराँ थारु भिलेजमा छापा मारेको थियो।

वैतरणी राज्य र थारुवान 

nagendraनगेन्द्र चाम्लिङ किराती

‘आजका दिनसम्म मिलेर बसेको विभिन्न जातजातिलाई माओवादीले भड्काएर गृहयुद्ध गराउन खोजिरहेको छ।’ यस्ता खाले भनाईहरु हामी माझ यत्रतत्र सुन्न पाइन्छ। खासगरी कांग्रेस एमालेका नेताहरुले लगाउने आरोप अहिले त्यस पार्टीका सामान्य कार्यकर्ताले समेत बोल्न जान्ने भैसकेका छन्। यो देशमा अहिले आन्दोलन भैरहेको क्षेत्रीय आन्दोलनहरु साँच्चिकै माओवादीकौ कारणले भएको हो त? यहाँ केही प्रसंगहरु राखौं। Continue reading “वैतरणी राज्य र थारुवान “

लक्ष्मण थारुको दाबी- टीकापुरमा प्रहरी कुल्चेर मरेका हुन्, मारिएका होइनन्

Laxman tharu

लक्ष्मण थारु, नेता।

अहिलेको आन्दोलन शान्तिपूर्ण छ। जनसहभागिता छ। एमाले कांग्रेस र एमाओवादीको सद्धबुद्धि आयो भने पहाडमा चार प्रदेश र तराईमा तीन प्रदेश बनाउन सकिन्छ। जुन उहाँहरुले भनेजस्तै सात प्रदेशकै हुन्छ। नाममा केही छैन। शेरबहादुर देउवा प्रदेश बनाए नि हुन्छ। तराईमा तीन प्रदेश भयो भने अहिलेको समस्याको समाधान हुन्छ। तराईका समुदाय पनि यसमा सहमत छन्। Continue reading “लक्ष्मण थारुको दाबी- टीकापुरमा प्रहरी कुल्चेर मरेका हुन्, मारिएका होइनन्”

थाकस चितवनका क्षेत्रीय सभापतिको हत्या

Hatya

कारी महतो/चितवन

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ४ का सभापति जीवनराम महतोको उनकै छोराले हत्या गरेका छन्। मानशिक सन्तुलन गुमाएका २७ वर्षका छोरा विश्वनाथ महतोले खुर्पा प्रहार गरेर हत्या गरेका हुन्। घरैमा बसिरहेका बेला एक्कासी खुर्पा प्रहार गरेर उनको हत्या गरिएको स्थानीयले बताएका छन्। Continue reading “थाकस चितवनका क्षेत्रीय सभापतिको हत्या”

थारु सोसाइटी अमेरिकाको अध्यक्षमा सुरेन्द्र चौधरी चयन

tharu america

सिकागोल्याण्ड थारु सोसाइटी अमेरिकाको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ। अमेरिकाको सिकागोल्यान्डमा आयोजित सधारणसभामा सुरेन्द्र चौधरी दुई वर्षका लागि निर्विरोध अध्यक्ष चयन भएका हुन्। उनले सिकागोल्यान्डबासी थारुको समाजिक कार्यमा लागिपर्ने बताए। उनले सम्पूर्ण थारु समुदायको साथ पाउन आशासमेत गरेका छन्। Continue reading “थारु सोसाइटी अमेरिकाको अध्यक्षमा सुरेन्द्र चौधरी चयन”