तीन नेताहरु अति कमजोर र डराएका छन् : प्रध्यापक हाछेथु

Krishna Hachhethu

नागरिक समाजका अगुवा ताथ प्राध्यापक डा. कृष्ण हाछेथुले हाम्रो संविधान, राम्रो संविधानका लागि सबैलाई समेटेर लानुपर्ने बताएका छन्। राज्य बहुजातीय तर शासन एकल जातीय भएकै कारण समस्या उब्जिएको बता। नेपालमा दूरदृष्टि र व्यवस्थापकीय क्षमता भएको कुनै नेता नरहेको बताउँदै उनले दलका नेताहरूलाई पदाधिकारीको संज्ञा दिए। उनले तीन नेताहरु अति कमजोर र डराएको बताए। बाहिरबाट आफूलाई जति शक्तिशाली ठाने पनि तीन नेताहरुको कमजोरी पहिल्याएर आफ्नो माग पूरा गराउनुपर्ने उनले जोड दिए।

‘थारु एराउन्ड दी वर्ल्ड’ले आयोजना गरेको संविधान निर्माणको वर्तमान परिपेक्षमा थरुहट आन्दोलन र सम्भावित निकास विषयक अन्तर्क्रियाको भिडियो हेर्नुस्:

थारुको शान्तिपूर्ण जीउने अधिकार राज्यले खोस्यो : पूर्वसभामुख

Daman Nath Dhunganaदमननाथ ढुंगाना

हामीसँग संविधान नभएको होइन। हामी नयाँ राष्ट्र पनि होइनौं। तर यसअघि संविधानले देशको विविधतालाई सम्बोधन गर्न सकेन। त्यही भएर २०६२-६३ सालको आन्दोलन भएको हो। जुन आन्दोलन माओवादीमा मात्र थिएन। कांग्रेस एमाले पनि सामेल थियो। मधेसी, थारु दलित सबै सहभागी भएको आन्दोलन थियो। भन्ने हो भने सबै आन्दोलनकारी एक ठाउँमा आए। तर राज्य भने राजा कहाँ थियो। जसका विरुद्ध सबैले संयुक्त आन्दोलन गर्‍यो। Continue reading “थारुको शान्तिपूर्ण जीउने अधिकार राज्यले खोस्यो : पूर्वसभामुख”

थारु आन्दोलनमा राज्यको आतंक

police

मधुकर चौधरी

थारु नेपालको कुल जनसंख्याको ६.९ प्रतिशत ओगटेको जाति हो र यो यतिबेला आन्दोलित छ। उसको आन्दोलनले देश तरंगित छ। बिभिन्न अड्कलबाजीहरु भैरहेका छन्। आन्दोलनले एकखालको बिद्रोहको रुप लिएको छ। बिद्रोहलाई कतिपयले आतंकवादको संज्ञा पनि दिइरहेका छन्। सरकार त्यसलाई दबाउनको लागि हात धोएर लागेको छ। यसबारे यहाँ सानो चर्चा गर्न आवश्यक छ। Continue reading “थारु आन्दोलनमा राज्यको आतंक”

बर्दियाको बन्द पाँच दिनसम्मका लागि स्थगित

kailali masuriya protest 01

थारु संयुक्त संघर्ष समितिले चार दिनका लागि बन्द स्थगित गरेको छ। समितिले सोमबार गरेको निर्णयमा २२ देखि २६ गतेसम्मका लागि शिक्षण संस्था, उद्योग, कलकारखाना, बजार, सम्पूर्ण क्षेत्र खुला रहने उल्लेख गरेको छ। Continue reading “बर्दियाको बन्द पाँच दिनसम्मका लागि स्थगित”

कैलालीमा बिशाल प्रदर्शन, थारु नेतालाई ठीक पार्ने चेतावनी

kailali masuriya protest 03

लखन चौधरी/धनगढी

आन्दोलनरत थरुहट/थारुवान कैलालीका नेताहरुले आफ्नै पक्षधरका नेताहरुलाई ठीक पार्ने चेतावनी दिएका छन्। केन्द्रस्तरका नेताहरु कैलालीमा एक महिनादेखि चलिरहेको आन्दोलनमा सहभागी हुन नआएको आक्रोश पोख्दै उनीहरुले आफ्नै केन्द्र स्तरका नेताहरुलाई ठिक पार्ने चेतावनी दिएका हुन्। Continue reading “कैलालीमा बिशाल प्रदर्शन, थारु नेतालाई ठीक पार्ने चेतावनी”

गच्छदारले भने- ‘म सडकमा आएको होइन, आए भने तीन दललाई महँगो पर्छ’

Itahari Tharu Protest 06

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले थारु र मधेसीको आन्दोलनलाई वार्ताबाटै समाधान गर्नुपर्ने बताएका छन्। थारु समुदायको सोमबार इटहरीमा भएको विरोधसभालाई सम्बोधन गर्दै लोकतान्त्रिकका अध्यक्ष गच्छदारले ठूला तीन दलका नेतालाई शहीदहरुलाई सम्झेर मधेसमा उठेका मागलाई पूरा गरेर संविधान जारी गर्न आग्रह गरे। Continue reading “गच्छदारले भने- ‘म सडकमा आएको होइन, आए भने तीन दललाई महँगो पर्छ’”

सन्तकुमार थारुको संसोधन प्रस्तावलाई एमाओवादीले पारित गराउने

SAnta Kumar Tharuएकीकृत माओवादीले संविधानसभाबाट संविधान जारी गर्नु पार्टीको पहिलो एजेण्डा भएको निष्कर्ष निकालेको छ। सोमबार बसेको संसदीय बोर्डको बैठकले कुनै पनि बहानामा संधिवान रोक्नु नहुने निष्कर्ष निकालेको हो। ‘संविधानसभाबाट संविधान जारी गर्नु अहिलेको मुख्य विषय भएको बैठकले निष्कर्ष निकालेको छ,’ एमाओवादी सचेतक रेखा शर्माले भनिन्, ‘त्योसँगै आन्दोलनरत पक्षका जायज माग सम्बोधन गर्न पहल गर्ने निर्णय भएको छ।’ त्यसका लागि अहिले संशोधन प्रस्ताव दर्ता गराएका मध्ये उचित प्रस्तावलाई पारित गराएर पनि सहमति गर्न सकिने विकल्प बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गरेका थिए। Continue reading “सन्तकुमार थारुको संसोधन प्रस्तावलाई एमाओवादीले पारित गराउने”

मोर्चाको बैठकमा जब गच्छदार रोए…

 Vijay Gachhadar 01

संघीय लोकतान्त्रिक मोर्चाका शीर्ष नेताहरूको बैठकमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार रोएका छन्। राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवसँग मोर्चाको भावी रणनीति तय गर्न बसेको अनौपचारिक बैठकमा मुलुक बचाउन नसकेको भन्दै गच्छदार रोएका हुन्। गच्छदारलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तीन दलका शीर्ष नेताहरूले मेरो कुरा नबुझेका कारण कारण मुलुक दुर्घटनातर्फ अघि बढ्दैछ।’ Continue reading “मोर्चाको बैठकमा जब गच्छदार रोए…”

संशोधन प्रस्ताव फिर्ता लिन पेम्बा भोटेलाई एमालेको दबाब

Pemba-bhote

नेकपा एमालेले आदिवासी जनजाति महांसंघका महासचिव पेम्बा भोटेलाई संविधानको विधेयकमाथि दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ। आफूलाई पार्टीको शीर्ष नेताले संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गरेको बताए। Continue reading “संशोधन प्रस्ताव फिर्ता लिन पेम्बा भोटेलाई एमालेको दबाब”

बर्दियाका थारुहरु प्रर्दशनको शैली फेर्दै

Photo tharu

थारु सयुक्त संघर्ष समिति र मधेशीको बिरोध प्रर्दशन फरक शैलिमा देखिन थालेको छ। बिरोध सभामा सहभागी लाठी, गुलेली र चिरपट त्यागेर निशस्त्र भएर सभामा सहभागी हुन थालेका छन्। शनिबार खाली हात मैनापोखरमा महिलाका प्रर्दशन र आइतबार मगरागाडीमा भएको प्रर्दशनमा शान्तिको सन्देशको दिने खालको थियो। राज्य अर्थहीन सीमाकंन मान्दैनौ —पहिचान बादी शक्ति—एक हौं भन्दै नारा लगाएर बन्दकर्ता मगरागाडीमा प्रर्दशन गरेका थिए। Continue reading “बर्दियाका थारुहरु प्रर्दशनको शैली फेर्दै”