जनजाति महासंघको राष्ट्रिय भेलामा सभासद्‍माथि हात हालाहाल

Nefin Meeting at Butwan-1

कमला चौधरी/बुटवल– आदिवासी जनाजति महासंघको राष्ट्रिय भेला बुधबारदेखि बुटवलमा सुरु भएको छ। आज भएको उद्घाटन कार्यक्रममा नेपाल आदवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमार कुमालल भेलाले आदिवासी जनजाति एकीकृत हुने दाबी गेरका छन्। Continue reading “जनजाति महासंघको राष्ट्रिय भेलामा सभासद्‍माथि हात हालाहाल”

पहाड जतिकै प्रदेश तराईमा हुनुपर्छ : धनिराम चौधरी

थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीले थाकसको बटमलाइन परिवर्तन नभएको बताएका छन्। उनले संघीयताको सबालमा पहाडमा जति प्रदेश बनाइन्छ, त्यति नै प्रदेश तराईमा पनि बनाइनुपर्ने अडान कायमै रहेको बताए। केही मिडियामा सभाले ४ प्रदेशको खाका बोकेको समाचार आएकोप्रति ध्यानाकर्षण गराउँदै उनले सभाको अडान कायमै रहेको बताए।  Continue reading “पहाड जतिकै प्रदेश तराईमा हुनुपर्छ : धनिराम चौधरी”

पद्मरत्नलाई ‘काउन्टर’ दिन जानजाति महासंघको राष्ट्रिय भेला

Padmaratna and nagendra

आदिवासी जनाजति महासंघको राष्ट्रिय भेला बुधबारदेखि बुटवलको ग्रिन भ्याली पार्टी प्यालेसमा सुरु हुँदैछ। दुई दिने राष्ट्रिय भेलामा ७५ वटै जिल्लाका जिल्ला सभापति र एक जना महिला प्रतिनिधि सहभागी हुने बताइएको छ।  Continue reading “पद्मरत्नलाई ‘काउन्टर’ दिन जानजाति महासंघको राष्ट्रिय भेला”

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले मंगलबार रातिबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। निगमले पेट्रोलको मूल्यमा २ रुपैयाँ ५० पैसा घटाउने निर्णय गरेको छ। त्यसैगरी, मट्टितेल र डिजेलको मूल्य क्रमश दुई/दुई रुपैयाँ घटाउने निर्णय भएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए। निगमका अनुसार अव पेट्रोलको मूल्य प्रतिलिटर एक सय २३ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँ ५० कायम भएको छ। यस अघि पेट्रोल एक सय २५ रुपैयाँ ५० पैसा तोकिएको थियो। Continue reading “पेट्रोलियम पदार्थको मूल्य घट्यो”

भारतमा मुक्त कमलरीको सामूहिक बलात्कार

rapist

भारतमा मेला भर्न गएकी बर्दिया ढोढरी-४ धनौराकी एक मुक्त कमलरी युवतीलाई चार जना भारतीय नागरिकले सामूहिक बलात्कार गरेका छन् । स्वास्थ्य परीक्षणपछि ती युवती भारतीय प्रहरीको सेल्टरमा रहेको जनाइएको छ । Continue reading “भारतमा मुक्त कमलरीको सामूहिक बलात्कार”

‘हो हामीलाई थारु सभासद्हरुले टेरेनन्’

Dhaniram Chaudhary

थारु कल्याणकारिणी सभा (थाकस)ले सोमबार ‘राज्य पुनःसंरचना, संघीयता र आदिवासी जनजातिहरुको हक अधिकार‘ विषयक विचार गोष्ठी आयोजना गरेको थियो। जसमा जानजति नेता, थारु सभासद् र अगुवाहरुलाई निम्त्याइएको थियो। Continue reading “‘हो हामीलाई थारु सभासद्हरुले टेरेनन्’”

ठाकुरद्वारमा झुम्रा र हुर्दंग्वा नाचमा झुम्दै पर्यटक

tharu dance

टेक्न्द्र बस्याल– बर्दियाको पर्यटकीय क्षेत्र ठाकुरद्वारमा दैनिक सात सय बढी पर्यटक आवतजावत गर्छन्। यहाँ इन्टरनेट, टेलिफोन, टेलिभिजन, पत्रपत्रिका र रेडियोको पहुँच कम छ। ठाकुरद्वारका रिसोर्टमा बसेर एक रात बिताउनेलाई सूचना र सञ्चारसँग टाढा हुँदा नियास्रो लाग्नु स्वाभाविक हो। तर पर्यटकको नियास्रोमा उज्यालो ल्याउने काम यहाँका थारू युवायुवतीले गर्दै आएका छन्। Continue reading “ठाकुरद्वारमा झुम्रा र हुर्दंग्वा नाचमा झुम्दै पर्यटक”

कान्तिपुरकर्मी चौधरीलाई सेजन अवार्ड

Raju Chaudhary

काठमाडौं- आर्थिक पत्रकार समाज (सेजन) ले बर्सेनि वितरण गर्ने सेजन अवार्ड कान्तिपुरकर्मी राजु चौधरीले पाएका छन् । चौधरीसहित विभिन्न विधामा अन्य तीन पत्रकार पनि पुरस्कृत भएका छन् । छापा माध्यममा उत्कृष्ट समाचार सम्प्रेषण गरेको आधारमा चौधरी पुरस्कृत भएका हुन् । उनीसहित नागरिक दैनिकका सुजन ओलीले पनि छापाबाटै पुरस्कार पाएका छन् । विद्युतीय माध्यमबाट इमेज च्यानलका पत्रकार हिमाल पौडेल र माउन्टेन टेलिभिजनका भागवत भट्टराईले पुरस्कार पाएका छन् । Continue reading “कान्तिपुरकर्मी चौधरीलाई सेजन अवार्ड”

थारु आन्दोलनका दिशा

Rajkumar Lekji and Jyotee Danuwar

राज कुमार लेखी थारु/ज्योति दनुवार– नेपालको भौगोलिक एकीकरण भएदेखि नै यो देशमा दीर्घकालीन रुपमा संक्रमणकाल रहिआएको छ। परम्परागत रुपले शक्तिमा रहिआएका शासक जातिहरु एकाधिकार कायम राखिरहन बारम्बार गलत राजनीतिक निर्णयहरु गर्दै आईरहेकाले देशले कहिल्यै स्थायित्व र शान्ति पाएन। गलत राजनीतिक निर्णयहरुको श्रृंखला अहिले पनि जारी छ। दोश्रो संविधान सभाले उत्पिडित समुदायहरुको पक्षमा संविधान लेखन गर्न सक्छ अथवा सक्दैन भन्ने कुरामा पनि आशंका कायम छ। एकतर्फी रुपमा एकात्मक र उच्च जातिय अहंकारवाद सुरक्षित पार्ने गरी यथास्थितिवादी संविधान जारी गर्ने प्रयास भईरहेको छ। यस्तो गरियो भने दीर्धकालीन द्वन्द र गृहयुद्ध निम्त्याउने कुरामा कुनै शंका छैन। तर यथास्थितिवादी शक्तिहरु संक्रमणलाई थप लम्ब्याउन चाहेका छन् र धमिलो पानीमा माछा मारे जस्तै आफ्नो उच्च जातिय स्वार्थ सुरक्षित पार्न चाहेका छन्। Continue reading “थारु आन्दोलनका दिशा”

तराईमा बहुप्रदेश थारु अगुवाको माग

     Tharu Indtraction Prgm-3   

लक्की चौधरी, काठमाडौं- नयाँ संविधानमा पहिचानसहितको अधिकारले सम्पन्न तराईमा बहुप्रदेश बनाउनुपर्ने माग थारु अगुवाहरुले गरेका छन्। मुलुक संघीयतामा गइरहेकाबेला थारु कल्याणकारिणसभा केन्द्रीय कार्य समितिद्वारा सोमबार यहाँ आयोजित ‘राज्य पुनःसंरचना र आदिबासी जनजातिहरुको अधिकार’ विषयक राष्ट्रिय विचार गोष्ठीमा बोल्दै अगुवाहरुले त्यस्तो माग राखेका हुन्। Continue reading “तराईमा बहुप्रदेश थारु अगुवाको माग”