Author: admin
राना थारू समुदायको आस्थाको धरोहर इटाहा क्षेत्र ओझेलमा
कञ्चनपुर- प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावमा कञ्चनपुरको देखतभुली–६ मा पर्ने इटाहा क्षेत्र ओझेलमा परेको छ। राना थारू समुदायको एक मात्रै आस्थाको धरोहरका रूपमा रहेको यस क्षेत्रको प्रचारप्रसार र संरक्षणको कार्य हुन नसक्दा यो क्षेत्र ओझेलमा परेको हो। Continue reading “राना थारू समुदायको आस्थाको धरोहर इटाहा क्षेत्र ओझेलमा”
सप्तकोसी नदीमा पानीको बहावमा वृद्धि, ३३ वटा ढोका खुला
इनरुवा- पूर्वी पहाडी तथा तराईका केही जिल्लामा भएको अविरल वर्षका कारण सप्तकोसी नदीमा पुनः पानीको बहावमा वृद्धि भएको छ। आज बिहान ९:१५ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज हुँदै प्रतिसेकेन्ड दुई लाख ५४ हजार २३५ क्युसेक पानी बगिरहेको कोसी ब्यारेज कन्ट्रोल रुमका प्रमुख शुकनन्दन सिंहले जानकारी दिए। गत शनिबार साँझ ९ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा प्रतिसेकेन्ड दुई लाख पाँच हजार ६३० क्युसेक पानीको बहाव रहेको थियो। Continue reading “सप्तकोसी नदीमा पानीको बहावमा वृद्धि, ३३ वटा ढोका खुला”
नारायणी र राप्ती नदीमा बाढीको सतह बढ्यो, सतर्क रहन प्रशासनको आग्रह
चितवन- लगातारको भारी वर्षाका कारण चितवनको राप्ती र नारायणी नदीमा बाढीको सतह अहिले चेतावनी नजिक पुगेको छ। जिल्ला विपद् व्यवस्थापन समिति चितवनका अनुसार बाढी बढ्ने क्रममा रहेकाले सतर्क हुन र हरेक सूचनाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरिएको छ। Continue reading “नारायणी र राप्ती नदीमा बाढीको सतह बढ्यो, सतर्क रहन प्रशासनको आग्रह”
कमलाको पूर्वी तटबन्ध भत्कियो, सयौं घर डुबानमा
सिरहा- जिल्लाको पश्चिमवर्ती गाविस सारश्वर डुबानमा परेका छन्। दुई दिनदेखि परेको वर्षाका कारण कमला नदीमा आएको बाढीले पूर्वी तटबन्ध भत्काएपछि सारश्वर डुबान परेका हुन्। सारश्वर–१ र २ का करिब ६० घर डुबानमा परेको स्थानीय विमल गुप्ताले जानकारी दिए। उनका अनुसार स्थानीय बौका दफाली, चन्द्रकुमार ठाकुर, सञ्जय साहलगायतको घरमा पानी पसेको छ। उनीहरू सबै विस्थापित भएका छन्। Continue reading “कमलाको पूर्वी तटबन्ध भत्कियो, सयौं घर डुबानमा”
रातो पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
महोत्तरी- महोत्तरी र धनुषाको सीमामा अवस्थित रातो पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। अविरल वर्षाका कारण रातोखोलामा आएको भीषण बाढीले पुलको महोत्तरी खण्डको एउटा पिल्लर भाँचिएपछि गएराति १२ बजेदेखि राजमार्ग अवरुद्ध भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताए। Continue reading “रातो पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध”
आदिवासी जनजतिका मुद्दालाई राज्यको उपेक्षा
कमल चौधरी, बुटवल- नेपाल आदिवसी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले १५औं स्थापना दिवसको अवसमा अयोजित कार्यक्रममा बोल्दै बक्ताहरुले आदिवासी जनजातिका मुद्दालाई राज्यले उपेक्षा गरेको बताएका छन्। ‘आदिवासी जनजतिका मुद्दा र मिडियाको भूमिका’ विषयक अन्तर्क्रिया तथा पत्रकार सम्मान कार्यक्रममा बक्ताहरुले मंगलबार नेपाल मगर महिला संघको भावन बुटवलमा अझैपनि आदिवासीका मुद्दालाई मिडियाले खासै महात्वपूर्ण भूमिका नखेलेको भन्दै राज्य र मिडिया दुवैले नै आदिवासीलाई उपेक्षा गरेको बताए। Continue reading “आदिवासी जनजतिका मुद्दालाई राज्यको उपेक्षा”
पत्रकार चौधरी सम्मानित
बुटवल- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रुपन्देहीका निवार्तमान उपाध्यक्ष हिक्मत चौधरी सम्मानित भएका छन्। विगत एक दशकदेखि मिडिया क्षेत्रमा निरन्तर आदिवासी जनजातिका हक अधिकारको विषयमा शसक्तरुपमा कलम चलाउँदै आइरहेका पत्रकार चौधरीलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले आफ्नो १५औं स्थापना दिवसको अवसरमा मंगलबार प्रमाण पत्र तथा नगद पाँच हजारसहित सम्मान गरेको हो। Continue reading “पत्रकार चौधरी सम्मानित”
भाजपा नेताले मधेसी युवालाई भने, ‘विभेद्विरुद्ध लड्नुस्’
भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका नेपाल सम्पर्क सेलका प्रमुख अजित कुमारले विभेदविरुद्ध लड्न मधेसी युवा नेतालाई सुझाव दिएका छन्। मधेसीमाथि विभेद भएको कुरा आफूले महसुस गरेको बताउँदै उनले त्यसलाई हटाउनका लागि संघर्षबाहेक अरु कुनै विकल्प नरहेको बताए। Continue reading “भाजपा नेताले मधेसी युवालाई भने, ‘विभेद्विरुद्ध लड्नुस्’”
योगेन्द्र चौधरीको प्रश्न- ‘२६ जना सभासद् मनोनयन गर्न नसक्ने सरकारले स्थानीय निकायको निर्वाचन कसरी गराउँछ’
काठमाडौं- व्यवस्थापिका–संसद्को बैठकमा राप्रपा नेपालका अध्यक्ष एवं सभासद् कमल थापाले प्रस्तुत गरेको सार्वजनिक महत्वको प्रस्तावमाथि भएको छलफलमा भाग लिने सभासद्हरूबीचमा विवाद देखिएको छ। सो प्रस्तावको पक्षमा देखिएका नेपाली कांग्रेस, नेकपा(एमाले)लगायतका दल सम्बद्ध सभासद्हरूले निर्वाचनको पक्षमा आफ्नो मत राखे भने एकीकृत नेकपा(माओवादी), मधेसी जनअधिकार फोरम नेपाल, मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक), सद्भा वना पार्टी सम्बद्ध सभासद्हरूले भने सो प्रस्तावको विपक्षमा आफूलाई उभ्याए। Continue reading “योगेन्द्र चौधरीको प्रश्न- ‘२६ जना सभासद् मनोनयन गर्न नसक्ने सरकारले स्थानीय निकायको निर्वाचन कसरी गराउँछ’”






