शान्तापछि सुशीला चौधरीको गाडीमा आगजनी

Sushila Chaudharyदाङ- दाङमा नेपाली कांग्रेसका उम्मेदवारको गाडीमा आगजनी गरिएको छ। कांग्रेस क्षेत्र नम्बर २ की उम्मेदवार सुशीला चौधरीले प्रचारप्रसारमा प्रयोग गर्दै आएको गाडीमा अज्ञात समूहले आगजनी गरेको हो। बुधबार प्रचारप्रसार सकेर राति लालमटियास्थित कांग्रेस कार्यकर्ताको घरमा पार्किङ गरेर राखिएको उक्त जीपमा आगजनी भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ। आगजनीबाट गाडीको अगाडिका टायर पूरै जलेका छन् भने इन्जिनमा समेत क्षति पुगेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक होम थापाले जानकारी दिए। ‘घर अगाडि पार्किङ गरेर राखेको समयमा राती २ बजेतिर गाडीमा आगजनी भएको हो,’ प्रहरी निरीक्षक थापाले भने ‘अगाडिका टायर पूरै जलेका छन् भने इन्जिनमा क्षति पुगेको छ।’
आगजनीको नेपाली कांग्रेसले कडा निन्दा गरेको छ। रातिमात्र कांग्रेस उपसभाति रामचन्द्र पौडेल बसेको घरमा पेट्रोल बम्ब प्रहार गरिएको थियो।

त्यस्तै दाङ २ कै नेकपा एमालेका उम्मेदवार शान्ता चौधरीको गाडी मंगलबार राति अज्ञात समूहले नै आगजनी गरेको थियो। उनको गाडीमा पनि टायर तथा इन्जिनमा क्षति पगेको थियो।

कांग्रेस उपसभापति पौडेलको गाडीमा पेट्रोल बम प्रहार

ramchandra poudelतनहुँ- नेपाली काँग्रेसका उपसभापति एवम् तनहुँ क्षेत्र नं २ का उम्मेदवार रामचन्द्र पौडेलको गाडीमा गएराति अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ। जिल्लाको दक्षिण भेगमा पर्ने राम्जाकोट गाविस–२ स्थित रुपटारमा राखिएको बा६च ७५५५ नम्बरको गाडीमा गरिएको पेट्रोल बम प्रहारबाट गाडीको अगाडि भागको सिसा फुटेको छ। चुनावी अभियानका क्रममा घरदैलोमा निस्कनुभएका पौडेलले यसअघि जिल्लाका विभिन्न गाविस र नगरपालिकाका मतदाताहरूसँग प्रत्यक्ष भेट गरी मत मागेका थिए। घटना रातको अन्दाजी १ बजेको समयमा भएकाले कुनै मानवीय क्षति नभए पनि बम प्रहारबाट गाडीमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी शंकरप्रसाद खरेलले बताए। घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा गरिएको उहाँले जानकारी दिए। 
उक्त घटनाका बारेमा नेकपा–माओवादीका जिल्ला सचिव अतिन्द्रकेशरी न्यौपानेसँग बुझ्दा त्यसमा आफ्ना कुनै पनि कार्यकर्ताको संलग्नता नभएको बताए। उनले भने–“हामी नै आश्चर्यमा परेका छौँ।” Continue reading “कांग्रेस उपसभापति पौडेलको गाडीमा पेट्रोल बम प्रहार”

सुदूरपश्चिम खण्ड कि अखण्ड ?

गएको वर्ष यसै समयमा खण्ड वा अखण्ड रहने विषयले सुदूरपश्चिम तातेको थियो। संविधानसभा आफैं भङ्ग भएपछि सेलाएको विषय यसबेला तातेको छैन। नेपालका राजनीतिक दल सबै चुनावी तयारी र प्रचारमा जुटेका छन्। तर उनीहरूको घोषणापत्रमा सुदूरपश्चिम खण्ड वा अखण्ड रहने भन्ने विषयलाई समावेश गरेको पाइदैन। गाउँदेखि बजारसम्म यस विषयको उठान कसैले गरेका छैनन्। एकीकृत नेकपा (माओवादी)ले त्यस समयमा सुदूरपश्चिमका पहाडी सात जिल्ला बाजुरा, बझाङ, अछाम, डोटी, डडेलधुरा, बैतडी र दार्चुलालाई मिलाएर एक प्रदेशको प्रस्ताव ल्याएको थियो भने नेपाली काँग्रेस र एमाले यसको विपक्षमा उभिएका थिए। Continue reading “सुदूरपश्चिम खण्ड कि अखण्ड ?”

शान्ताको प्रतिबद्धता पत्रमा कमलरीका लागि आवास

shantaसन्तोष दहित, दाङ- नेकपा एमाले क्षेत्र नम्बर २ का उम्मेदवार शान्ता चौधरीले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन्। उनले चुनाबी प्रतिबद्धता पत्रमा कृषि र सडकलाई प्राथमिकतामा राखेकी छन्। प्रतिबद्धता पत्रमा दाङलाई नमूना बनाउन आर्गानिक खेती प्रणालीलाई अघि बढाउने र घोराहीमा जैविक मल उत्पादन कारखाना स्थापना गर्ने उल्लेख गरेको छ। अभिभावकविहीन मुक्त कमलरीका लागि सुविधा सम्पन्नसहितको बाल संरक्षण केन्द्र तथा होस्टेल स्थापनाका लागि दाङको सिसहनियामा स्थापना गर्ने प्रतिबद्धतामा उल्लेख छ। चौधरीले मुक्त कमलरीका लागि विगतको संविधान सभामा पनि आफ्नो पहलमै नै १२ करोडको बजेट विनियोजित गराएकी थिइन्। Continue reading “शान्ताको प्रतिबद्धता पत्रमा कमलरीका लागि आवास”

५५ लाख मतदाता घटे, तीन तहबाट निर्वाचन हेरिने

consitution of nepalकाठमाडौं- निर्वाचन आयोगले अर्को संविधान सभाको निर्वाचनमा बदर मतको सङ्ख्या घटाउन विभिन्न २२ जिल्लामा थप मतदाता तथा निर्वाचन शिक्षाका कार्यक्रम आगामी हप्ताबाट सञ्चालन गर्ने भएको छ। यसअघि नै आयोगले २४० वटै निर्वाचन क्षेत्रमा मतदाता तथा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिराखेको छ। ती कार्यक्रमका लागि ३६ हजार तालिम प्राप्त व्यक्ति परिचालन भइराखेका छन्। ती व्यक्तिले मतदाताका घरघरमा गई निर्वाचनको महत्व, निर्वाचनमा मत खसाल्ने तरिका बारेमा मतदातालाई जानकारी दिइराखेका छन्।  Continue reading “५५ लाख मतदाता घटे, तीन तहबाट निर्वाचन हेरिने”

उम्मेदवारमाथिको आक्रमण तीब्र

उम्मेदवारमाथि ढुङ्गा प्रहार 
बाजुरा- एकीकृत नेकपा (माओवादी)का उम्मेदवार सहदेव बोगटी र नेता पदमबहादुर शाहीमाथि बाजुराको जडाङ्मा ढुङ्गामुडा गरिएको छ। बोगटीका अनुसार ढुङ्गा प्रहारबाट नेता शाही र मन नेपालीसहित केही एमाओवादी कार्यकर्ता घाइते भएका छन्। घाइतेको सदरमुकाम मार्तडीको जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराले भने नेपाली कांग्रेसका दुई जना कार्यकर्तालाई नियन्त्रणमा लिइएको जनाएको छ। एमाओवादीको टोली चुनावी प्रचारमा हिँडिरहेका बेला केही दिनअघि ब्रह्मतोलाको गुइगाडको भिरमा अज्ञात समूहले ढुङ्गा खसाएका थिए। ज्यान मार्ने उद्देश्यले यस्तो गरिएको नेता शाहीले बताए।
नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराका सदस्य पदम बडुवालले एमाओवादीसँग कुनै किसिमको रिसइवी नरहेको र विपक्षीमाथि आक्रमण गर्ने कुनै योजना नभएको स्पष्ट गरे।

नेपाली कांग्रेसका उम्मेदवारको गाडीमा आगजनी
धनकुटा- नेपाली कांग्रेसका तर्फबाट धनकुटा क्षेत्र नं २ का उम्मेदवार आनन्दसन्तोषी राईको सवारी साधनमा गएराति अज्ञात समूहले आगजनी गरेको छ। तेत्तीस दलीय मोर्चाको निर्णयअनुसार नेकपा–माओवादी, नेकपा एकीकृत र मञ्च सम्बद्ध सङ्घीय लिम्बूवान राज्य परिषद्का कार्यकर्ताले गाडीमा आगजनी गरेको नेकपा–माओवादीका धनकुटा अध्यक्ष सन्देश बिहानीले बताए।
आगजनीबाट राईले प्रयोग गर्दै आएको मे१ज २३७ नंको गाडीको टायर, तथा मुनिको भागमा क्षति पुगेको छ। हिजो घोर्लिखर्क गाविसमा चुनावी अभियान सकेर धनकुटा नगरपालिका –७ सङ्गम चोकस्थित राईकै घरनजिक राखिएको गाडीमा आगजनी भएको हो।
राति नै आगजनी गरिए पनि बिहानमात्र थाहा पाएको गाडी चालक थरेन्द्र पोख्रेलले बताउनुभयो। राति करिब १ बजे आगजनी भएको प्रहरीले अनुमान गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रामेश्वर कार्कीले आगजनी गर्ने समूहको पहिचान हालसम्म नभएको भन्दै खोजीकार्य जारी राखिएको बताए।
आगजनी भएको स्थान जिल्ला प्रहरी कार्यालय धनकुटाबाट करिब १०० मिटरको दूरीमा छ।

लिम्बुवान र वैद्यका गरी दश कार्यकर्ता पक्राउ
इलाम- एकीकृत नेकपा (माओवादी)को चुलाचुलीमा चलिरहेको चुनावी अभियानमा प्रचार सामग्री र झन्डा च्यात्ने मञ्च सम्बद्ध सङ्घीय लिम्बूवान राज्य परिषद्का दुई जना कार्यकर्तालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ।
एमाओवादी २ नं क्षेत्रका उम्मेदवार रमेशकुमार लिङदेनको चुनावी प्रचार सामग्री च्यात्ने चुलाचुली–१ का विक्रम फागो र पप्पु फागोलाई प्रहरीले पक्रेको हो। पक्राउ परेका उनीहरू विरूद्ध प्रहरीले आजै जिल्ला प्रहरीमा सार्वजनिक मुद्दा दायर गरेको छ।
यस्तै फाकफोक गाविस कार्यालयबाट खाम्वाङमा निर्वाचन शिक्षा सामग्री लैजाँदै गरेको अवस्थामा सामग्री लुट्ने चार जनाको समूहमध्ये एकतप्पाका शेरबहादुर लिम्बू पक्राउ परेका छन्। उनको साथबाट प्रहरीले खाम्वाङ माविका शिक्षक लोकनाथ भट्टराईको एकथान मोबाइलसमेत बरामद गरेको छ। फरार रहेका अन्यलाई पनि प्रहरीले खोजी कार्य व्यापक बनाएको छ।
आमचोक–८ स्थित विजयटार निमाविका प्रअ रूपनारायण अधिकारीलाई पनि प्रहरीले उम्मेदवार आक्रमण आरोपमा पक्राउ गरेको छ। जिल्ला शिक्षा कार्यालयले शिक्षकलाई राजनीतिक कार्यकर्ताको रूपमा नलाग्न निर्देशन दिएपनि त्यसको बेवास्ता गर्दै अराजक क्रियाकलापमा संलग्न रहेको पुष्टि भए जागिर जानेसम्म हुन सक्ने जिशिअ दिलनाथ पुरीले बताए।
यसैबीच प्रहरीले एकसाताकाबीचमा जिल्लामा १० जनालाई पक्राउ गरी सार्वजनिक मुद्दा दायर गरिसकेको छ। इलामको महमाईमा कात्तिक ७ गते मतदाता सामग्री जलाउने नेकपा–माओवादी महमाईका दीपक सेञ्चुरी, चुलाचुलीका सुकबहादुर लावती र न्यूसन राई, त्यस्तै सुवासचन्द्र नेम्वाङको चुनावी सभालाई अवरोध गर्ने मञ्च सम्बद्धका कार्यकर्ता गोविन्दसिंह लिम्बू र भूपेन्द्र लिम्बूलाई एकतप्पाबाट, नेकपा–माओवादी गजुरमुखीका इञ्चार्ज डकेन्द्र लिम्बूलाई मङ्गलबारेबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले बताउनुभयो। चुनाव विरोधी क्रियाकलाप गर्ने जोसुकैलाई पनि कारबाही गरिने उनले बताए।

सिगौडीमा दुई माओवादीबीच झडप
दैलेख- चुनाव प्रचारमा खटिरहेका एमाओवादीका कार्यकर्ता र नेकपा–माओवादीका कार्यकर्ताबीच झडप भएको छ। एमाओवादी क्षेत्र नं २ को सिगौडी–५ घुम्ती डाँडामा भएको चुनावीसभालाई नेकपा–माओवादीका कार्यकर्ताले बिथोलेका छन्।
पच्चीस जनाको समूहमा आएका नेकपा–माओवादीका कार्यकर्ताले चुनावीसभा बिथोल्ने काम गरेपछि दुई पक्षबीच आधा घन्टा झडप भएको थियो। दुवै पक्षका कार्यकर्ता सामान्य घाइते भएको बताइएको छ। नेकपा–माओवादीका कार्यकर्ताले पर्चा, पम्प्लेट, माइक लुटेर लगेको र ब्यानर च्यातेर फालिदिएको एमाओवादीले जानकारी दिएको छ।

प्रहरीले सुरक्षाका लागि थप बल सिगौडीतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। सिगौडी जिल्ला सदरमुकाम दैलेख बजारदेखि २० कोष टाढा पर्दछ। रासस

डोल्पामा झडप
नेकपा (एमाले)का कार्यकर्ताले एमाओवादीका डोल्पा जिल्ला कमिटी संयोजक नैनाप्रसाद पहाडीलाई दिउँसो १२ बजे कुटपिट गरेको विषयलाई लिएर बुधबार दुई दलका कार्यकर्ताबीच फेरि झडप भएको छ।
एमालेका कार्यकर्ताको कुटपिटबाट लिकु गाविस–१ का ४२ वर्षीय नैनप्रसाद पहाडीको दायाँ आँखाको माथिल्लो आँखीभौमाथि चोट लाग्नुका साथै लगाएको चश्मासमेत फुटेको छ। एमाओवादीका कार्यकर्ताले दुनैस्थित लालिमान बुढाको पला गेस्ट हाउसमा बैठकमा बसिरहेका कार्यकतामाथि ढुङ्गा प्रहार गरेपछि दोहोरो झडप भई बजारमा हिँडिरहेका सर्वसाधारणको भागदौड मच्चिएको थियो।
यसैगरी दोहोरो ढुङ्गा हानाहानबाट पला गेस्ट हाउसको काठको बार्दली र झ्यालका सिसाहरुमा तोडफोड भएको बताइएको छ। दुवै पक्षबाट ढुङ्गा हान्न थालिएपछि प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे परेको र नेपाली सेना परिचालन गरिएको थियो।

बुधबार बिहान एमाले र एमाओवादीका उम्मेदवार र जिल्लास्तरका नेताहरुलाई जिल्ला निर्वाचन कार्यलय डोल्पाले जिल्ला प्रहरी कार्यलयमा झिकाएर आचारसंहिता पूर्णरुपमा पालना गर्न सचेत गराएको मुख्य निर्वाचन अधिकारी नारायणप्रसाद पोख्रेलले जानकारी दिए। रासस

उम्मेदवारसहित एमाओवादी प्रवेश

धनगढी- नेपाल कम्युनिष्ट पार्टीका एक उम्मेदवारसहित जिल्लाका नेता तथा कार्यकर्ताहरु एकीकृत माओवादीमा प्रवेश गरेका छन्। उनीहरुलाई कैलाली जिल्ला पार्टी कार्यालयमा एक समारोहबीच एकीकृत माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज हरि ज्ञवालीले टीका लगाएर पार्टीमा स्वागत गरे।  Continue reading “उम्मेदवारसहित एमाओवादी प्रवेश”

गाडीमात्र हैन, खुकुरीको धारमा बाँच्ने मेरा शुभेच्छुकको आँशु जलाए : शान्ता

shanta gadi
प्रचारप्रसार हिँड्ने शान्ता चौधरीको गाडी। इन्सेटमा जलेका टायर। तस्बिर : सन्तोष दहित

सन्तोष दहित, दाङ- नेकपा एमाले क्षेत्र नम्बर २ की उम्मेदवार शान्ता चौधरीको गाडीमा अज्ञात समूले आगजनी गरेको छ। रामपुरको विभिन्न वडामा प्रचारप्रसार गरी बेलुका घर अगाडि पार्किङ गरिएको रा१ज ३६५ नम्बर महेन्द्र जिपमा आगजनी गरेको शान्ताले बताइन्। ‘राति १० बजेसम्म घरमा खानापीन भइरहेको थियो,’ उनले भनिन्, ‘पछि सबै कार्यकर्ता सुतेपछि घट्ना घटेको हो।’ उनका अनुसार गाडीको टायर पूर्णरुपमा जलेको छ।  प्रहरी निरीक्षक राजेन्द्र अधिकारी घटनास्थल पुगेर विवरण बुझेका थिए। उनले घट्ना किन र कतिबेला घटेको भन्नेबारे अनुसन्धान भइरहेको बताए।
प्रचारप्रसारका लागि प्रयोग गर्दै आएको गाडीमा आगजनी भएपछि शान्ता चौधरीको चुनावी अभियान बिथोलिएको छ। शान्ता आज पहाडी गाविस सैघामा जाने योजना बनाएकी थिइन्। उनले आफ्नो विजय सुनिश्चत भएको देखेर विपक्षीहरुले बाधा पुर्‍याएको बताइन्।

shantaआगजनीपछि शान्ता चौधरी फेसबुकमा लेख्छिन‍्:
गएराति मैले भाडामा लिएको गाडीमा अज्ञात समूहले आगो लगायो। त्यो गाडीमात्र जलाइएको थिएन- अरबका खाडी र अफगानिस्तानलगायतका देशमा खुकुरीको धारमा बाँचेर आफ्ना रगत र पसिनाको कमाइबाट आफ्नो र बालबच्चाको गाँस काटेर मेरा शुभचिन्तकले मेरो सहयोगार्थ पठाउनुभएको रगत, पसिना र आँशु पनि जलाउने प्रयास गरियो। लक्ष्मीपुरका घरघरबाट उठाएका चामलका दानाहरूमा पनि आगो झोंसियो। मैले कुनै नव-धनाढ्य वा स्वार्थ-प्रेरित व्यक्तिबाट सहयोग लिएर त्यो गाडी भाडामा लिएकी थिइन्। चाहे नेपालभित्र होस् या परदेशमा- सबैतिरका गरिखाने वर्गको सहयोगमा चुनावी अभियान अघि बढाएकी थिएँ र बढाउँदैछु।
मेरा समस्त शुभचिन्तक दाजु-भाइ तथा दिदी-बहिनीहरू! गाडी जलाउनेहरूले वर्गीय मुक्ति र श्रमजीवी वर्गको पक्षमा मेरो संघर्ष र प्रतिबद्धतालाई जलाउन कदापि सक्ने छैनन्, न त तपाइँहरूले मप्रति देखाउनुभएको सद्‍्भाव, शुभेच्छा र विश्वासलाई नै खरानी पार्न सक्दछन् । यस्ता अवरोधले मलाई कत्ति पनि विचलित पार्न सक्ने छैनन् र म आफ्नो संघर्ष-पथमा निरन्तर लागिरहने छु भन्ने विश्वास तपाइँहरूलाई दिलाउन चाहन्छु।
केही प्रश्नहरू उब्जिएका छन्। शायद गाडीमा आगो झोस्नेहरूलाई एउटा पुस्तौंदेखि आवाजविहीन भएको सीमान्तिकृत समुदायकी महिला अघि बढ्न खोजेको मन परिरहेको छैन। शायद रातदिन पसिनामा डुबेर आधा पेटमा चित्त बुझाउन बाध्य हुने वर्गको आवाज देशको कानुन बनाउने ठाउँसम्म पुग्ला भन्ने कुराहरूले उहाँहरू तर्सिरहनुभएको छ। शायद महिलाहरू, पिछडिएको समुदाय र पुस्तैनी दासताबाट भर्खर उम्केकाहरू स्वाधीनता, अधिकार, स्वावलम्बन र वर्गीय मुक्तिका लागि अघि बढेकोमा उहाँहरूलाई जलन भैरहेको छ।
यस घडीमा मलाइ तपाइँहरूको अझ बढी साथ, सहयोग र समर्थनको खाँचो छ। मेरो लडाइँ व्यक्तिगत प्रतिष्ठाको लडाइँ हैन, श्रमजीवी, देशभक्त तथा सीमान्तीकृत वर्गको प्रतिष्ठा, स्वाभीमान र उत्थानको लडाइँ हो। मलाइ हतोत्साही पार्न खोज्ने यस किसिमका दुष्प्रयासको जवाफ आगामी निर्वाचनमा मलाई तपाइँहरूको अझ बढी साथबाट मात्र दिन सकिन्छ भन्ने मेरो विश्वास छ। अविचलित भइ यस अभियानमा साथ दिनुहुन सबैमा नम्र निवेदन गर्दछु।
– शान्ता चौधरी

‘एकदिन प्रधानमन्त्री बनेरै देखाउँछु, त्यो नबने राष्ट्रपति पक्कै बन्छु’

धनगढीमा आफ्नो पार्टीका कार्यकर्तासँग भेटघाट गर्दै गच्छदार। तस्बिर : अविनाश चौधरी
धनगढीमा आफ्नो पार्टीका कार्यकर्तासँग भेटघाट गर्दै गच्छदार। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरीधनगढी- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय कुमार गच्छदारले आफू यो देशको प्रधानमन्त्री बनेरै देखाउने बताएका छन‍्। बुधबार धनगढीमा आयोजित एक कार्यक्रममा उनले एमाओवादी, काङ्ग्रेस र एमाले पार्टी देश चलाउन असफल भइसकेकाले अब मुलुकको नेतृत्व मधेसी पार्टीले गर्ने बताए। ‘तीन ठूला दलले पटक–पटक सरकार गठन गरेर केही गर्न सकेनन्।’ गच्छदारले भने, ‘यिनीहरुले देशको नेतृत्व गर्ने नैतिक जिम्मेवारी गुमाईसकेकाले अबको नेतृत्व नयाँ शक्तिले गर्ने निश्चित छ।’ Continue reading “‘एकदिन प्रधानमन्त्री बनेरै देखाउँछु, त्यो नबने राष्ट्रपति पक्कै बन्छु’”

थारु उम्मेदवारका प्रतिस्पर्धी थारु नै

मदन चौधरी, काठमाडौं– देश दोस्रो संविधान सभा निवार्चनको संघारमा छ। चुनाब आउन तीन साता बाँकी रहँदा दलहरु प्रसारप्रसारमा ब्यस्त देखिएका छन्। तर मतादाहरु अझै कसलाई भोट दिने भन्ने दुविधामा छन्। थारु समुदायका मतादाता पनि कसलाई भोट दिने भन्ने दोधारमा छन्। अधिकांश दलहरुले थारु बाहुल्य क्षेत्रमा थारु उम्मेदवार नै उठाएका छन्। दोस्रो संविधान सभामा एकीकृत माओवादीले १२, नेपाली कांग्रेस ११ र नेकपा एमालेले १० जना थारु उम्मेदवार उठाएका छन्। त्यस्तै मधेसी दलतर्फ फोरम लोकतान्त्रिकले सबैभन्दा धेरै ३७ जना थारु उम्मेदवार उठाएका छन्। तमलोपाले २१ र सद्भावनाले १४ जना थारु प्रतिनिधि उठाएका छन्। सयको संख्यामा रहेका यी उम्मेदवारका प्रमुख प्रतिद्वन्द्वी अरु कोही नभएर आफ्नै समुदायका उम्मेदवार छन्। Continue reading “थारु उम्मेदवारका प्रतिस्पर्धी थारु नै”