एमाओवादीका थारु नेतामाथि गोली प्रहार
दाङ- एमाओवादी दाङका जिल्ला सदस्य एवं डुरुवा गाविस–६ धम्कापुर निवासी हरिचन्द्र चौधरीमाथि आज अपराह्न करिब ४ बजे एक समूहले गोली प्रहार गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तुलबहादुर कार्कीका अनुसार घरमै रहेका चौधरीलाई पाँच जनाको सङ्ख्यामा आएको एक समूह गोली हानी फरार भएको थियो।
गोली प्रहारबाट गम्भीर घाइते हुनुभएका चौधरीको अहिले राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। घटना लगत्तै प्रहरीले सो समूहको खोजी तीव्र पारेको छ।
Facebook Comment