राप्रपा नेपालको घोषणा पत्रमा तराईका योजनाहरु

Kamal-Thapa-Raprapa-Nepalकाठमाडौं- राप्रपा नेपालले पार्टीको चुनावी घोषणापत्र जारी गरेको छ। पार्टी अध्यक्ष कमल थापाले होटल र्‍याडिसनको एक कार्यक्रमबीच घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई मुलुकको वैकल्पिक शक्तिको रुपमा प्रस्तुत गरे। राप्रपा नेपालले सार्वजनिक गरेको घोषणा पत्रमा तराई-मधेस र आदिवसी जनजातिलाई कसरी समेटेका छन्? Continue reading “राप्रपा नेपालको घोषणा पत्रमा तराईका योजनाहरु”

पाकिस्तानी कोक स्टुडियोमा कुटुम्ब (प्रोमोसहित)

kutumbaनेपालको चर्चित इन्स्ट्रुमेन्टल ब्यान्ड कुटुम्ले तयार पारेको नेपाली बाँसुरी र सारंगीको धुन पाकिस्तानको कोक स्टुडियोमा घन्किने भएको छ। यसअघि भारतको कोक स्टुडियोमा संगीतकार एआर रहमानको संगीतमा आनीछोइङ डोल्माले बुद्ध मन्त्र गुन्जाएकी थिइन्। पकिस्तानी कोक स्टुडियोबाट आएको टोलीले कुटुम्बको सो धुन रेकर्ड गरेर लगेको हो। पाकिस्तानी कोक स्टुडियोले छैटौं संस्करणका लागि सो धुन लिएर गएका हुन्। कुटुम्ब ब्यान्डका किरण नेपाली, रविन श्रेष्ठ र सिदार्थ महर्जनले पाँचवटा धुन दिएका थिए। Continue reading “पाकिस्तानी कोक स्टुडियोमा कुटुम्ब (प्रोमोसहित)”

कपिलवस्तुमा तीन दिने थारु सांस्कृतिक मेला सुरु

Tharu Sanskritik Mela 2070रन्जना रौतार, कपिलवस्तु- थारु सांस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले कपिलवस्तुको गोरुसिंगेमा सोमबारदेखि ३ दिने ‘थारु सांस्कृतिक मेला सुरु भएको छ। मेलाको प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घिमिरेले उद्‍घाटन गरे। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपकुमार उपाध्याय, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य बिश्राम प्रसाद थारु ,थरुहट तराइ पार्टी नेपालका क्षेत्रनम्बर ४ का उम्मेद्‍वार जवाहरलाल चौधरी, नेकपा एमालेका बलराम अधिकारी, एमाओवादीका चन्द्र प्रकाश खनाल ‘बलदेव’, फोरम लोकतान्त्रिकका गौरी शंकर थारु, थारु तराई पार्टी नेपाल क्षेत्र नम्बर ४ का राम प्रसाद थारु ,जनमुक्ति पाटी क्षेत्र नम्बर २ का उम्मेद्वामर नागेन्द्र रौतारलगायतले नेपाली दशैं-तिहार तथा इद उल फित्रको शुभकामना दिए। Continue reading “कपिलवस्तुमा तीन दिने थारु सांस्कृतिक मेला सुरु”

फोरम (लोकतान्त्रिक)बाट ४६ जिल्लामा उम्मेदवार

foram loktantrik newकाठमाडौं- मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) नेपालले अर्को संविधान सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार समावेशी रुपमा खडा गरी सबैभन्दा बढी आदिवासी जनजाति ७८ जनालाई प्रतिस्पर्धामा उतारेको छ। तराई–मधेस केन्द्रीत राजनीति गर्दै आएको आरोप लागेको सो पार्टीले यस पटक तराईका साथै काठमाडौं उपत्यकाका साथै काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, मकवानपुर, हुम्ला, जुम्ला, कालीकोट, जाजरकोट, मृगु, तेह्रथुम, धनकुटा, सङ्खुवासभालगायत ४६ जिल्लाबाट १ सय ६९ जना समावेशी उम्मेदवार उठाई ती क्षेत्रमा आफ्नो राजनीतिक प्रभाव देखाउन र आफूलाई राष्ट्रिय पार्टीका रुपमा स्थापित गरिने जिकिर गरेको छ। Continue reading “फोरम (लोकतान्त्रिक)बाट ४६ जिल्लामा उम्मेदवार”

आलमको स्वास्थ्य अवस्था चिन्ताजनक

BKM_Parsa, shabhasad helecopterbat upcharka lagi kathmandu lyaudai-3काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारार्थ नेकपा (एमाले) का नेता मुहम्मद आलमको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ। डा भगवान कोइरालाको समूहले उहाँको उपचार गरिरहेको छ। उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै एमाले काठमाडौँ उपत्यका इन्चार्ज कृष्णगोपाल श्रेष्ठले आलमको स्वास्थ्य अवस्था बिग्रँदै गई सुधारोन्मुख हुन नसकेको र भेन्टिलेटरमा राखिएको जानकारी दिए। Continue reading “आलमको स्वास्थ्य अवस्था चिन्ताजनक”

नेपाल भारतसँग पराजित

तस्बिर सौजन्य : गोलनेपाल डटकम
तस्बिर सौजन्य : गोलनेपाल डटकम

काठमाडौं- एएफसी १९ वर्षमुनिको छनोट फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ। कतारस्थित दोहाको अल अरबी रङ्गशालामा गए राति भएको सो प्रतियोगितामा नेपाल भारतसँग शून्यको विरुद्ध एक गोल (०–१) अन्तरले पराजित हुँदै अघिल्लो चरणमा प्रवेशका लागि सम्भावना कम भएको छ। नेपालले खेलको दोस्रो ‘हाफ’को अन्तिम समय तीन मिनेटलाई रोक्न नसक्दा अघिल्लो चरणमा प्रवेशका लागि लगभग ढोका बन्द हुन पुगेको छ। नेपाल यसअघि भएको पहिलो खेलमा  तुर्कमेनिस्तानसँग १–२ गोलअन्तरले पराजित भएको थियो। Continue reading “नेपाल भारतसँग पराजित”

मिथिलाञ्चलको गाउँमा झिझिया नृत्य

jhijhiya dance in janakpurdhamगौशाला- बडादसैंको आगमनसँगै महोत्तरीलगायत मिथिलाञ्चलको गाउँगाउँमा अहिले झिझिया नृत्य सुरु भएको छ। मिथिलाको संस्कृतिको विकाससँगै जन्मेको यस झिझिया नृत्य मैथिल समुदाय र मिथिलावासीको लोकनृत्यको रूपमा चिनिन्छ। प्रत्येक वर्ष दसैँको घटास्थापनाकै दिनदेखि मिथिलाको प्रत्येक गाउँगाउँमा झिझिया नृत्य नाच्ने चलन छ भने विजयादशमीको दिनमा गाउँका राजा ब्रम्ह स्थान र दुर्गा भवानीको प्रतिमा अगाडि अन्तिम पटक विशेष नाच नाचेर झिझिया नृत्य सम्पन्न हुने गर्दछ। Continue reading “मिथिलाञ्चलको गाउँमा झिझिया नृत्य”

‘मदन र जगम्बा-श्री’ पुरस्कार वितरण

Madan Puraskar-2ललितपुर- ‘दमिनी भीर’का लेखक आख्यानकार राजन मुकारुङले आफू पुरस्कृत हुँदा आफ्नो उपन्यासका सबै पात्र पुरस्कृत भएको बताएका छन्। नेपाली साहित्यको सबैभन्दा ठूलो धनराशि रु दुई लाख  नगदसहितको मदन पुरस्कार आज एक औपचारिक समारोहमा ग्रहण गर्दै उनले उपन्यासका पात्रले वास्तविक जीवनमा भोगेका दुःखले जस पाएको प्रतिक्रिया दिए। Continue reading “‘मदन र जगम्बा-श्री’ पुरस्कार वितरण”

पारा भेटेरीनरीमा पुनः चौधरी

धनगढी- नेपाल पारा भेटेरीनरी एण्ड लाइभस्टक एसोसियशनको जिल्ला अधिवेशन आइतबार धनगढीमा सम्पन्न भएको छ। अधिवेशनले पुनः धनबहादुर चौधरीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ। चौधरी तेस्रो पटक एसोसियशनको अध्यक्ष भएका हुन्। Continue reading “पारा भेटेरीनरीमा पुनः चौधरी”

एपिएफलाई भलिबलको उपाधि, सरस्वती चौधरी उत्कृष्ट

तस्बिर सौजन्य : विकास कार्की/नागरिकन्युज
तस्बिर सौजन्य : विकास कार्की/नागरिकन्युज

काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक प्रथम राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि आयोजक सशस्त्र प्रहरी बलको एपिएफ क्लबले हात पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनल खेलमा एपिएफले न्यु डाइमन्ड स्पोर्टस क्लबलाई ३–२ ले पराजित गरेको हो। खेलको सुरुआती सेट २६–२४ ले न्यु डाइमन्डले जिते पनि  दोस्रो सेट भने एपिएफको पक्षमा रह्यो। एपिएफले २५–११ को फराकिलो सेटले पराजित गर्‍यो। Continue reading “एपिएफलाई भलिबलको उपाधि, सरस्वती चौधरी उत्कृष्ट”