पारा भेटेरीनरीमा पुनः चौधरी
धनगढी- नेपाल पारा भेटेरीनरी एण्ड लाइभस्टक एसोसियशनको जिल्ला अधिवेशन आइतबार धनगढीमा सम्पन्न भएको छ। अधिवेशनले पुनः धनबहादुर चौधरीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ। चौधरी तेस्रो पटक एसोसियशनको अध्यक्ष भएका हुन्।
समितिको उपाध्यक्षमा दिपक चौधरी, सचिवमा विमल जोगी, कोषाध्यक्षमा जीवन चौधरी र सदस्यहरुमा पुष्पा भण्डारी, शिवराज जोशी, इन्द्रबहादुर चौधरी र कमल थापालाई चयन गरिएको छ। त्यस्तै, केन्द्रीय प्रतिनिधिमा पुष्प भारती, राज पाण्डे, भुपेन्द्र थापा, कृष्णबहादुर धामी, लौटनराम चौधरी, मिना शर्मा, सुरेन्द्र शाही र भोजराज भट्ट निर्वाचित भएका छन्। एसोसियशनमा करिब दुई सय जना व्यबसायीहरु सदस्य छन्।
सो अवसरमा एसोसियशनले चार जना उत्कृष्ट चार जना पारा भेटेरीनरीयन र एक जना कुखुरापालक किसानलाई सम्मान गरेको छ। भेटेरीनरीयन मिनबहादुर थापा, रामकुमार चौधरी, मनिराम चौधरी र सुरेन्द्र शाही तथा किसान लोकेन्द्र चिसोडियालाई एसोसियशनका केन्द्रीय उपाध्यक्ष डबलबहादुर बमले सम्मान गरेका थिए।
Facebook Comment