सन्तोष दहित– थारु समुदायका महिलाको महान पर्व भनेको कृष्णाअष्टमी अर्थात् ‘अष्टिम्की’ हो। कृष्णाअष्टमी शब्दलाई थारु भाषामा ‘अष्टिम्की’ भनिन्छ। अष्टिम्की शब्दको उत्पत्ति ‘अष्टमींटिको लगाउनु’बाट भएको थारु संस्कृतविद अशोक थारुको भनाइ रहेको छ। अष्टिम्की’ अर्थ भाद्र महिनाको अष्टमी तिथिमा श्रीकृष्ण ‘कान्हा’ जन्मेकाले उनलाई टिको लगाउनु हो। ‘कान्हा’को जन्मदिनलाई थारु महिलाहरुले ‘अष्टिम्की’ को रुपमा व्रत उपबासका साथै उनको जीवनी चित्रनमा भित्ते चित्र कोरेर धुमधामसंग टिका, फलफूल, अर्पण तथा दीप प्रज्वलन गरि जलले मनाउँदै आएको पर्व हो। ‘अष्टिम्की’ पर्व खासगरी दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायका महिलाहरुले उल्लासमय वातावरणमा मनाउँदै आएका छन्। स–सानो १०/११ बर्षको बच्चा देखि लिएर ६०/६५ वर्षको वृद्ध महिलाहरुले यो पर्व मनाउँदै आएको पाइन्छ।
‘अष्टिम्की’ तयारी कहिलेदेखि
‘अष्टिम्की’ आउने एकडेढ हप्ता अगाडीदेखि थारु महिलाहरुले ‘अष्टिम्की’को तयारीमा जुटेका हुन्छन्। थारु महिलाहरुको सवै भन्दा महान पर्व भएकोले त्यसदिनमा विशेष गरि नया कपडा (रातो, कालो चोली, सेतो गुन्यु), विभिन्न थरथरिका गहनाको तयारी गर्ने गर्छन। यसरी कपडा गरगहना तयारी गरिसकेपछि ‘अष्टिम्की’को अघिल्लो रात दर खानको लागि माछा मार्ने, घोङघी खोज्न जाने गर्छन्। अष्टिम्कीमा विशेषगरी थारु महिला ले घोङघी र माछासँग दर खाने गर्छन्। त्यसैसँग मासु अन्य मिठोमिठो परिकारको लागि पनि तयारी गर्ने गर्छन्। त्यसैगरी चित्र बनाउन विभिन्न थरिको रंग, चुन, गोवर माटो, चित्र कोर्नको लागि बाँसको व्रस, आदि जुटाउने गर्छन्। त्यस्तै पकाउनको लागि दउरा, अग्रसान ‘कोसेली’ दिन जान सालको पात टिपेर टपरी लगाउने, घर सरफाई गर्ने लगायत कामको तयारी गरेका हुन्छन्।
‘अष्टिम्की’ मा के–के बस्तुको चित्र कोरिन्छ
‘अष्टिम्की’को पूजा गर्नको लागि महटावा घरको वैठक (बह्री) कोठालाई उपयुक्त मान्छन्। त्यो दिन बैठक कोठा बिहानै लिपपोट गरेर सफा गरिन्छ। त्यही बैठक कोठाको उत्तर पत्तिको भित्ता या ‘डेह्री’मा चतुर्भुज आकारमा बनाइ गोवर माटोले लिपपोट गरिसकेपछि त्यसलाई सेतो चुनले पोटिन्छ भने त्यसको छेउमा छेउमा विभिन्न थरिको रंगीचंगी रंगले चारैतिर पोटीसकेपछि त्यसैको बीचमा सवैभन्दा माथि पाँच जनाको चित्र बनाइन्छ। सबैभन्दा बीचको चित्रलाई श्रीकृष्णको चित्र हुन्छ। ‘अष्टिमी’को दिन श्रीकृष्णलाई हिरो बनाइन्छ। किनकि अष्टिम्कीको दिन श्री कृष्ण अर्थात् ‘कान्हा’को पूजा गरिन्छ। यसरी श्री कृष्णको दाँया सुर्य र बाँया चन्द्रमाको चित्र कोरिन्छ। त्यसैगरि दोस्रो लाईनमा सात जना मान्छेको चित्र कोरिन्छ। जहाँ सात भाई कौरबको प्रतिनीतित्व हुन्छ। यसैगरी तलको भागमा दुलाहा दुलही, दुलहीलाई पठाउन जान लागेको ‘डोली’, दुलाहालाई पठाउन जान लागेको ‘ड्वाला’ माछा, गंगुता, बाघ, हात्ति, मयुर, सर्प, गाई, बल्ला, विराले,बनजंगल, विभिन्न चरा, चरिंगी, जनावर, विच्छीलगायतको चित्र बनाइन्छ।

कसरी पूज्छन ‘अष्टिम्की’ मा पूजा
‘अष्टिम्की’को दिन जब साँझ पर्छ। थारु महिलाहरु विभिन्न रंङ्गीचंङ्गी राटो, कालो, निलो चोली, सेतो गुन्यु, विभिन्न घाँटीभरि गरगहना लगाएर र वलिरहेको दियो, त्यसैमा रंङ्गीचंङ्गी फूल लिएर लाइनबद्ध गाँउभरिको महिलाहरु महटवाको घरमा जुटछन्। गाँउभरिका महिलाहरु भेला भइसकेपछि महटावाँकी श्रीमति आइपुग्छन। र अष्टिम्की’को पूजाको सुरुवाट महटावाँकी श्रीमतिबाट हुन्छ। यसरी भित्तामा कोरिएको चित्रको सवै भन्दा माथिको लाइनमा रहेको पाँच चित्र मध्य विचमा रहेका श्री कृष्ण (कान्हा)लाई टिका लगाएर अन्य चित्रमा क्रमस सिन्दुरको टिका, कलशको जलद्धारा पूजा गरिन्छ। यसरी महटवाँकी श्रीमतिले पूजा गरिसकेपछि क्रमस गाँउका सवैभन्दा ठुलाबाट अन्य महिलाहरु पुज्ने गर्छन्।
‘अष्टिम्की’को पहिलो दिन
‘अष्टिम्की’ अघिल्लो रातमा दर खाइसकेपछि ‘अष्टिम्की’को दिन थारु महिलाहरु दिनभरि व्रत वस्छन्। त्यसैगरि अष्टिम्कीकै दिन ‘अष्टिम्की’को चित्र वनाउको लागि पुरुष मान्छे पनि व्रत वसेका हुन्छन्। यसरी यो दिन थारु महिलाहरुले दिउसो ११/१२ बजेतिर नुहाइधुवाई गरि अष्टिम्कीमा पूजा गर्नको लागि विभिन्न थरिको फूल, ज्यामिर, दियो बाल्नको कपासको बत्ति, माटाको दियो, सालको पातको टपरी बनाउने तयारी गर्छन भने पुरुष मान्छले अष्टिम्कीको चित्र बनाउन तिर लाग्छन। अष्टिम्कीको चित्र बनाउनको लागि थारु महिलाहरुले पनि सहयोग गर्ने गर्छन्। यसरी चित्र बनाइसकेपछि बेलुका अर्थात साझ ७/८ वजेतिर गाँउका सवै थारु महिलाहरुले आ–आफ्नो घरबाट टपरीमा थोरै चामल, दियो, फुल, ज्यामिर, लिएर लाइबद्ध रुपमा महटावाको घरमा जाने गर्दछन। त्यहाँ गाँउका सवै थारु महिलाहरु जुटीसकेपछि महटावाको श्रीमतिले सवै भन्दा अगाडि पूजा गर्नसुरुवाट गर्छन। यसरी महटावाको श्रीमतिले पूजा गरिसकेपछि गाँउको ठूलाबाट क्रमस सानोले पूजा आजा गर्न गर्छन्। पूजा गर्ने बेला श्रीकृष्णलाई सवै भन्दा अगाडी सेन्दुरले टिक्ने गर्छन अर्थात श्री कृष्णलाई टिका लगाइसकेपछि भित्तामा कोरिएको अन्य सवैचित्रमा क्रमस टिका लगाउने र टिका लगाइसकेपछि तीन या पाँच चोटी जल चढाउने सुरु गरिन्छ। त्यहिक्रममा अष्टिम्कीको गित पनि गाइन्छ। यसरी गाँउका सवैले पूजा गरिसकेपछि सवैले आ–आफ्नो घरमा गएर दहि, फलफुल, खाइसकेपछि पुन महटवाको घरमा गई रातभरि सामुहिकमा ‘अष्टिम्की’को गीत गाइन्छ। अष्टिम्कीमा यसप्रकारको गीत हुन्छ।
हरे पहिल छ सिर्जल जल थल धरती
सिरीजी ट गइल हो कुशकै डाब २
सिरजी ट गैल लारी लरीचक साम
सिरजी ट गैल अन्न पुरुष
सिरजी ट गैल डाखी डरीउनक् साग २

यसरी रातभरि गीत गाइसकेपछि विहान ६ वजे गाँउभरिको सवै थारु महिलाहरुले आ–आफ्नो टपरीमा रहेको बलिरहेको दियो ‘दिप पज्वलन’, ज्यामिर, फूल लिएर लाइनबद्धमा नजिकैको खोलामा पुग्छन। खोलामा गइसकेपछि सवैले पानीमा गएर लाइन लागेर बलिरहेको दियो ‘दीप पज्वलन’, ज्यामिर, फूल एकसाथ वगाउने गर्छन। भने यता पछाडी पुरुषहरु लंगी लुटनकोलागि खोलामा पर्खिरहेका हुन्छन। त्यो दिन वगाएको ज्यामिर धेरै मिठो हुने गरेको थारु जानकारहरु वताउछन्। यसरी थारु महिलाहरुले बलिरहेका दियो ‘दीप पज्वलन’, लंगी, फूल वगाई सकेपछि सवैले नुहाई धुवाइगरि आ–आफ्नो घरमा जन्छन। घरमा आइसकेपछि उनिहरु हिजैकै दिन जस्तै भात, तीन थरिको तरकारी, अन्य मिठा मिठा परिकार आ–आफ्नो दाजुभाइको नाममा निकल्ने (कहार्ने) गर्छन जलसालई थारु भाषामा अग्रसान भन्ने गरिन्छ। त्यहि अग्रसान विवाहित महिलाहरुको दाजुभाई छनभने आ–आफ्नो दाजुभाईहरुलाई अग्रसान दिन जाने चलन छ भने अविवाहित गाँउका महिला अर्थात (वठिन्या) हरु एकठाउमा जम्मा भएर जात्रा (लाखे) हर्न जान्छन।
यसरी दुई दिनसम्म थारु महिलाहरु वर्षको एक चोटी आउने महान पर्व अष्टिम्की मनाउने गर्दछन। यो पर्व मनाउन पाउने थारु महिलाहरुको आफ्नो लागि ठुलो खुशी र स्वतन्त्रताको दिन पनि मान्नेगर्दछन। सधैभरि घरको काममा व्यस्तता रहने थारु महिलाहरु अष्टिम्कीको दिन भने कुनै पनि काम गर्नुपर्दैन सवै काम पुरुषले गदिर्ने गरेकोले उनीहरु स्वतन्त्रताको दिन मान्ने गरेका हुन्।
Author: admin
काँक्रेविहार बारे रैथाने विश्वास
सुशील चौधरी- सुर्खेत उपत्यका नेपालको भित्रि तराईको एक महत्वपूर्ण भूगोल हो। मध्यम किसिमको हावापानी भएका कारण बसोवासका लागि उपयुक्त मानिन्छ। नेपालका भित्रि तराईका रैथाने आदिवासी थारु, राजी, बोटे, माझीहरुको बसोवार रहेको देखिन्छ। औंलो उन्मुलनपछि पहाड र तराईबाट बसाई सराईको क्रम बढेको देखिन्छ। सुर्खेत, दांङ्ग, चितवन र उदयपुरमा सबैभन्दा ठूलो संख्यामाथारु समुदायको बसोवास रहेको हाल सम्मपनि देख्न सकिन्छ। दांङ्ग जिल्लामा त दंगिशरण राजाकाबाह्र पुस्ता (दंगिशरण देखि रत्न परीक्षक)सम्म राज्य नै चलाएको इतिहासकारहरुले उल्लेख देखिन्छ। सुर्खेत उपत्यकाको नाम कसरी रहनगयो भन्नेबारे विभिन्न जनश्रुतिहरु छन्। Continue reading “काँक्रेविहार बारे रैथाने विश्वास”
थारु डान्सर
सौरहामा थारु नृत्य

एस ढुंगाना, सौराहा– लठ्ठी नृत्य देखाएर एक हुल थारु कलाकार स्टेजबाट बाहिरिन्छन्। लगत्तै अर्का कलाकार लौरीको दुवैतिर आगो बालेर नचाउन थाल्छन्। त्यही नाचलाई आन्तरिक तथा बाह्यक पर्यटकहरु क्यामेरामा कैद गर्न व्यस्त हुन्छन्। उनीहरु नृत्य देखेर आश्चर्यमा पर्छन्। त्यही बेला हलको पछाडिबाट एक पर्यटक महिलाले चिच्याउँदै भन्छिन्, ‘वान्स मोर।’ यो दृश्य सौराहाको नमस्ते थारु नृत्य संस्कृति कार्यक्रमको हलको हो। Continue reading “सौरहामा थारु नृत्य”
मिस्टर एन्ड मिस थारु फोटो प्रतियोगिता हुने
काठमाडौं- थारु समुदायका गतिविधिलाई फेसबुक पेजमार्फत् सुसुचित गराउँदै आएको ‘थारु कम्युनिटी‘ले मिस्टर एन्ड मिस थारु फोटो प्रतियोगिता गराउने भएको छ। प्रतियोगतामा सहभागी हुन थारु समुदायकै ब्यक्ति हुनुपर्ने थारु कम्युनिटीले जनाएको छ। कुनै पनि थारु युवायुवतीले थारु भेषभुषामा सजिएर खिचिएको तस्बिर थारु कम्युनिटी पेजमा अपलोड गर्न सक्नेछन्। प्राप्त तस्बिरहरुमध्ये छानिएकालाई सोही फेसबुकमा अपलोड गरिनेछ। सबैभन्दा बढी लाइक पाउने तस्बिरले उपाधि जित्ने पेजका एडमिन आशिष चौधरिले बताए। Continue reading “मिस्टर एन्ड मिस थारु फोटो प्रतियोगिता हुने”
धेरैले नदेखेको ‘गुरही’ (भिडियोसहित)
मुकेश टेर्रा, कैलाली– दिनको ढलानसँगै धनगढीको क्याम्पस चोकमा थारु समुदायको भीड बढ्दै गयो। सधैं कोटपाइन्टमा छाटिने थारु अगुवाहरु आफ्ना पुराना पहिरन ‘धोती–अंगिया र भादगाउँले टोपी’मा सजिएका थिए। टि–शर्ट पाइन्ट र कुर्तासरवालमा ठाटिने ठिटीहरु पनि मातृ पोषाक ‘लहँगा–चोली’मा थिए। Continue reading “धेरैले नदेखेको ‘गुरही’ (भिडियोसहित)”
कपिलवस्तुमा तीन दिने सांस्कृतिक मेला हुने
कपिलवस्तु– थारु सांस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले थारु उत्थान सामाजिक संस्था कपिलबस्तृले तीन दिने ‘थारु सांस्कृतिक मेला २०७०’ आयोजना गर्ने भएको छ। थारु कल्याणकारिणी सभाका पदाधिकारी, थारु बुद्धिजीवी र थारु अगुवाहरूको भेलाले बडा दशैंको अवसर पारेर सांस्कृतिक मेला आयोजना गर्ने निर्णय गरेको हो। Continue reading “कपिलवस्तुमा तीन दिने सांस्कृतिक मेला हुने”
परिश्रमी महिला
एकादेशको कथाजस्तै बन्दै गएको गुढ्ढागुढिन् पर्व
कमला चौधरी- थारु समुदायमा प्रत्येक वर्ष नागपञ्चमीका दिन कपडाको (गुडिया) गुढ्ढागुढिन् खोलामा बगाउने प्रचलन छ। हिन्दू परम्परा अनुसार नागलाई पानी र वर्षाका देवताका रुपमा लिइन्छ। ‘जुन घरमा नागको बास हुन्छ त्यहाँ लक्ष्मीको बास हुन्छ’ भन्ने पनि धामिर्क विश्वास जनमानसमा रहेको पाइन्छ। नागलाई खुसी पार्न नागलाई मन पर्ने दुध, दुबो चढाई स्तुति र पूजा गर्दा घरमा चट्याङ नपर्ने, सर्पको डर नहुने, आगलागी र दैवी विपत्ति नपर्ने विश्वास छ। आज नागका अष्टकुल अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंखनागको पूजा अर्चना गरिन्छ। सबै नेपालीले यसैगरी नागपञ्चमी मनाउने गर्छन्। Continue reading “एकादेशको कथाजस्तै बन्दै गएको गुढ्ढागुढिन् पर्व”
पीडा बिर्सेर आय आर्जनतर्फ
नविन चौधरी, दाङ- डुरुवा–५ पहरुवाकी रतिकलामति चौधरीलाई २७ वेर्षको उमेरदेखि नै श्रीमानको फोटो र छोराछोरीको मुख हेरेर दिन बिताउनु परेको छ। उनकी श्रीमान सोमराज चौधरी घरमा गूरै (पूजा) गर्दागर्दै २०६९ सालमा बेपत्ता भए। उनलाई अझै पनि श्रीमानलाई अपरहण गर्दाको दिन सम्झँदा उदेक लाग्छ। विभिन्न संघ, संस्थामार्फत् उनले श्रीमानको खोजी गरिन्। प्रशासन कार्यालय धाइन्। कसैको केही नलागेपछि आफैं खोज्न हिँडिन्। तर अपसोच उनले श्रमान भेटाउन सकिनन्। Continue reading “पीडा बिर्सेर आय आर्जनतर्फ”
