गुणस्तरीय शिक्षाको लागि असली खुराक

शत्रुघन चौधरी– शिक्षा क्षेत्रमा विगत लामो समय देखि राष्टिय तथा अन्तराष्टिय संघसंस्थामा काम गरी अनुभव बटुलिसक्नु भएका गोबरडिहा,८ दांगका शिक्षाविद् श्री कुछत नारायण चौधरीले हालसालै आफ्नो सैद्धान्तिक तथा व्यवहारिक ज्ञान र अनुभवलाई समेटेर सिकाईका विविध पक्षसंग निरन्तर मूल्यांकन प्रणाली नामक पुस्तक प्रकाशनमा ल्याउनुभएको छ। Continue reading “गुणस्तरीय शिक्षाको लागि असली खुराक”

श्रीनिवासको अध्यक्षतामा रुपन्देहीमा थारु पत्रकार संघ गठन

TJA-Butwalकमला चौधरी- थारु पत्रकारको हक, अधिकार तथा नेपाली पत्रकारितालाई व्यवसायिक र क्षमतावान बनाउन रुपन्देहीमा थारु पत्रकार संघ गठन भएको छ। बुटवलको आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको कार्यलयमा थारु पत्रकार संघका केन्द्रीय महासचिव कृष्ण सर्वहारीको प्रमुख आतिथ्यता नौं सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ। Continue reading “श्रीनिवासको अध्यक्षतामा रुपन्देहीमा थारु पत्रकार संघ गठन”

‘क्रिस ३’का तस्बिर

बहुप्रतिक्षित बलिउड फिल्म ‘क्रिस ३’को ट्रेलर सार्वजनिक गरिएसँगै फिल्मका केही तस्बिर पनि सार्वजनिक गरिएको छ। राकेश रोशनद्वारा निर्मित तथा निर्देशित यो फिल्म ‘कोइ मिल गया’को तेस्रो संस्करण हो। दोस्रो संस्करणमा भने राकेशले ‘क्रिस’ फिल्म निर्माण गरेका थिए। साइन्स फिक्सनमा बनाइएको उक्त फिल्ममा ‘एलियन’बारे देखाइएको थियो। तेस्रो संस्करणमा पनि उनले साइन्स फिक्सनलाई नै निरन्तरता दिएका छन्। फोटो फिचर हेर्नस् :
Krrish-3-1 Continue reading “‘क्रिस ३’का तस्बिर”

सदस्यता नवीकरण गर्न महिला सभाको सूचना

थारु महिला सभा उपत्यका समितिको अधिवेशन साउन २६ गते अनामनगरस्थित मधेस मिडिया हाउसमा हुन गइरहेको हुँदा साउन २५ गतेसम्म सदस्यता नवीकरण गरिदिनुहुन सम्पूर्ण महिला दिदी बहिनीलाई महिला सभाले सूचना जारी गरेको छ। सभाले नयाँ सदस्यताका लागि पनि साउन २५ गतेको समय तोकेको छ। Continue reading “सदस्यता नवीकरण गर्न महिला सभाको सूचना”

‘सिकलसेल एनिमिया’लाई लिएर थारु समुदाय चिन्तित

कैलाली- ‘सिकलसेल एनिमिया’पश्चिम तराईमा लाग्ने रोग भनी सञ्चार माध्यममा आएपछि कैलालीका थारु समुदाय चिन्तित भएका छन्। भेरी अञ्चल अस्पताल नेपालगञ्जमा कार्यरत फिजिसियन डा. राजन पन्तलगायत बाँकेका चिकित्सकले मध्यपश्चिमको बाँके र बर्दियाका थारुबीचमा गरेको अध्ययनअनुरुप ‘सिकलसेल एनिमिया’ रोग तराईका थारुमा मात्र देखिएको र २० देखि ३० प्रतिशत थारुमा ‘सिकलसेल एनिमिया’ हुनसक्ने उनीहरुको अनुमान रहेको कुरा समाचारमा आएपछि उनीहरु चिन्तित भएका हुन्। Continue reading “‘सिकलसेल एनिमिया’लाई लिएर थारु समुदाय चिन्तित”

यसरी भयो कमलरी आन्दोलन

attacj in kamalari girl-3सन्तोष दहित- २०६९ चैत १४ गतेका दिन १२ वर्षीया कमलरी सृजना चौधरीको आगलागीबाट मृत्यु भएको खबर सञ्चारमाध्यममा आएपछि कमलरी क्षेत्रमा काम गर्ने संघसंस्थादेखि मानवअधिकार, महिला अधिकारमा क्षेत्रमा काम गर्ने संघसस्थाको ध्यानाकर्षण भयो। Continue reading “यसरी भयो कमलरी आन्दोलन”

तेलंगाना गठनबारे भारतको संसदमा कोकोहोलो

INDIA-NEW DELHI-PARLIAMENT-MONSOON SESSIONनयाँ दिल्ली– बेग्लै राज्य तेलंगाना गठन र बोडोल्यान्ड मुद्दाका कारण भारतीय संसदका दुवै सदनमा कोकोहोलो मच्चिएपछि सोमबार संसद दिउँसो १२ बजेसम्म स्थगित भयो। भारतमा संसदको मनसुन अधिवेसन सोमबार नै सुरु भएको हो। राज्य सभामा अधिवेसन सुरु हुनासाथ तेलगुदेसमका सदस्यले आन्ध्र प्रदेशको विभाजन गरिने भएकोमा कोकोहोलो मच्चाएका थिए। राज्य सभाका सभापति डक्टर हमिद अन्सारीले उनीहरूलाई शान्त पार्न खोज्दा नमानेपछि सदन दिउँसो १२ बजेसम्म स्थगन भएको घोषणा गरेका थिए।  Continue reading “तेलंगाना गठनबारे भारतको संसदमा कोकोहोलो”

सस्तो आइफोन सेप्टेम्बरमा

iphone-liteएप्पलले आइफोन फाइभ एस र सस्तो खालको आइफोन लाइट सेप्टेम्बर महिनाको पहिलो हप्ता सार्वजनिक गर्ने भएको छ। यी मोबाइलमा नयाँ आइओएस सेभेन अपरेटिङ सिस्टम हुनेछन्। एप्पलका सिइओ टिम कुकले सेप्टेम्बरको कुनै दिनमा सार्वजनिक हुने भने पनि पहिलो सातामै हुने अनुमान धेरैको छ।  Continue reading “सस्तो आइफोन सेप्टेम्बरमा”

संघर्षको प्रेरक कथा

शंकर पोखरेल- कुनै पनि पुस्तकमाथि समीक्षा वा टिप्पणी लेख्नु निकै गाह्रो काम हो। त्यसैले म समीक्षा वा समालोचनाको कामबाट टाढै रहने गरेको छु। तर पनि आफूलाई मन परेको पुस्तकका कतिपय घतलाग्दा सन्दर्भ लेख्दा वा बोल्दा भने सप्रसंग उपयोग गर्ने गरेको छु। पूर्वसभासद् शान्ता चौधरीले लेखेको ‘कमलरीदेखि सभासद्सम्म’ नामक संस्मरणात्मक पुस्तकका सन्दर्भमा म कार्यक्रममा टिप्पणीकर्ताको रूपमा उपस्थित भएँ। अहिले त्यस सन्दर्भमा केही लेख्ने जमर्को गरिरहेको छु। Continue reading “संघर्षको प्रेरक कथा”