किसान नेता गुम्रा थारुको सम्झना

dumra tharuसन्तोष दहितदाङ- दंगाली किसान नेता गुम्रा थारुको ५४ स्मृति दिवस मनाइएको छ। उक्त अवसर पाररे उनको शालिकमा माल्यार्पण गरियो। थारुको शालिकमा नेकपा एमाले दाङका अध्यक्ष नरुलाल थारुले माल्यार्पण गरे। माल्यार्पणमा जिल्ला तहका नेता, कार्यकर्ता, वुद्धिजीबीको सहभागिता थियो। Continue reading “किसान नेता गुम्रा थारुको सम्झना”

एमाओवादीका अर्का उपाध्यक्ष र महासचिवले पनि राजीनामा दिए

narankaji and bogatiकाठमाडौं- एमाओवादीको जारी केन्द्रीय समितिको विस्तारित बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको ‘विशेष साङ्गठनिक तथा राजनीतिक प्रस्ताव’ माथि नेताहरूले आफू सम्बद्ध समूहको धारणा राखेका छन्। ललितपुरको खन्ना गार्मेन्टमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले दिनुभएको जानकारीअनुसार अध्यक्षले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रस्तावमाथि १६ वटा समूह नेताले आ–आफ्नो समूहको धारणा राखेका थिए। Continue reading “एमाओवादीका अर्का उपाध्यक्ष र महासचिवले पनि राजीनामा दिए”

कैलालीमा प्राकृतिक विपत्ति, सयौं विस्थापित (फोटो फिचर)

धनगढी- बिहीबार साँझदेखि परेको अविरल वर्षापछि आएको बाढीले कैलाली सदरमुकाम धनगढीलगायत जिल्लाका विभिन्न क्षेत्र डुबानमा परेका छन्। बाढीले घर डुबानमा परेपछि सयभन्दा बढी परिवार विस्थापित भएका छन्। धनगढी नगरपालिका चौधरी टोलका १४, चैमालाका ८ र धनसिंहपुरका ४० र पहलमानपुरका ५० घरपरिवार विस्थापित भएका छन्। कैलालीका पत्रकार अविनाश चौधरीले पठाउनुभएको फोटो फिचर हेर्नुस्। Continue reading “कैलालीमा प्राकृतिक विपत्ति, सयौं विस्थापित (फोटो फिचर)”

यसरी दिन काट्छिन् मनीषा

manisha_koiralaसुजीत मैनाली– पाठेघरको शल्यक्रिया गराएर घरमा आराम गर्न नआई अभिनेत्री मनीषा कोइराला कर्मभूमि मुम्बई फर्किइन्। क्यान्सरको चपेटाबाट मुक्त हुनुलाई उनले आफ्नो पुनर्जन्म ठानेकी छिन्। त्यसो भए के पुनर्जन्मपछि पुनः बलिउडमा जम्ने तरखरमा छिन् उनी? हो, बलिउडमा फर्किने योजना छ उनको। यसबाहेक अरू योजना पनि छन् उनका। Continue reading “यसरी दिन काट्छिन् मनीषा”

पौडेल र शर्माका औंला काटेर फालिनुपर्छ : भानुराम

tharuhat-1काठमाडौं- थरुहट तराई पार्टी नेपालले २०६५ यता थारु आन्दोलनकर्ता र सरकारबीच भएको तीन पटकको सहमति सम्झौता कार्यान्वयन नभए आगामी संविधान सभा निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएको छ। पार्टीको काठमाडौं उपत्यका बृहत् भेला कार्यक्रममा शनिबार यहाँ बोल्दै पार्टीका नेताहरुले त्यस्तो चेतावनी दिएका हुन्। २०६५ साल चैत १ गते तत्कालीन सरकारसँग भएको १० बुँदे सहमतिमा मधेस शब्दको ठाउँमा थारु, थरुहट राख्‍ने सहमति भए पनि अझै त्यसको कार्यान्वयन नभएको पार्टीका नेताहरुको आरोप छ। Continue reading “पौडेल र शर्माका औंला काटेर फालिनुपर्छ : भानुराम”

सुदूरपश्चिम डुबानमा (फोटो फिचर)

Kailali flood-1स्वरुप चौधरी, कैलाली- गएरातिदेखिको अविरल वर्षाले सुदूर पश्चिमको जनजीवन प्रभावित बनेको छ। निरन्तरको झरीले कैलालीको अत्तरिया, धनगढीलगायत क्षेत्रहरु डुबानमा परेका छन्। वर्षातले गर्दा नदी छेउछाउको बस्ती उच्च जोखिममा परेको छ। वर्षापछि मोहना नदीमा आएको बाढीले कैलालीको मालाखेती-२ मुक्तिनगरका करिब डेढ सय घरहरु डुबानमा परेको बताइएको छ। यता कैलालीको रामशिखरझालाका अधिकांश ठाउँ पहलमापुर र दरख गाविस-७ सरैया डुबानमा परेका छन्। Continue reading “सुदूरपश्चिम डुबानमा (फोटो फिचर)”