फोरम नेतामाथि अज्ञात समूहको गोली प्रहार

बर्दिवास- महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरको अति व्यस्त चोकमा अज्ञात समूहले आज मध्याह्न एक जनालाई गोलीप्रहार गरी घाइते बनाएको छ। मधेसी जनाधिकार फोरम नेपाल जिल्ला कार्यालयका सचिव जलेश्वर–६ का बासिन्दा ३५ वर्षीय प्रकाश साहलाई नगरको खैराचोकस्थित पार्टी कार्यालयमै बसेको बेला अज्ञात समूहले गोलीप्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो। साहलाई नम्बर खुल्न नसकेको मोटरसाइकल चढिआएका दुई जनाले गोली प्रहार गरेको कार्यालयका निमित्त प्रमुख एव्म प्रहरी निरीक्षक शम्भु बरालले जानकारी दिए।  Continue reading “फोरम नेतामाथि अज्ञात समूहको गोली प्रहार”

बेलायती राजकुमारी केटले छोरा जन्माइन्

ketएजेन्सी- ब्रिटिस राजकुमारी केट मिडल्टनले छोरा जन्माएकी छन्। उनले सोमबार स्वस्थ बच्चा जन्माएको बेलायती समारचार एजेन्सी बीबीसीले जनाएको छ। ब्रिटिस राजकुमार विलियम र केटको नवजात शिशुको तौल ३.९ किलोग्रम रहेको समाचारमा उल्लेख छ। पश्चिमी लन्डनको सेन्ट मेरिज अस्पतालमा उनले स्थानीय समय ४:२४ मिनेटमा छोरालाई जन्म दिएकी थिइन्। यसको औपचारिक घोषणा केन्सिंग्टन प्यालेसले गरेको छ। Continue reading “बेलायती राजकुमारी केटले छोरा जन्माइन्”

सार्वजनिक सेवामा समावेसी विधेयक : भ्रमको निरन्तरता

Gopal Dahitगोपाल दहित– नेपालको अन्तरिम संविधान २०६३ को धारा ३ ले नेपाल एक स्वतन्त्र, अखण्ड र सार्वभौम मुलुक हो, जसको सुन्दर पहिचान बहुजाति, बहुधर्म, बहुभाषा, बहुसंस्कृति, बहुभेषभूषा, बहुज्ञान हो भन्ने यथार्थता स्वीकारिसकेको छ। यसर्थ सबै जातिको पहिचान, भाषा, धर्म, संस्कृति, ज्ञान, आदि सबै यस मुलुकको अमूल्य निधि हुन्, यसको संरक्षण, प्रबर्द्धन र विकास गर्नु राज्य संयन्त्र र सबै नेपाली नागरिकको परम् धर्म हो। Continue reading “सार्वजनिक सेवामा समावेसी विधेयक : भ्रमको निरन्तरता”

विदेशमा दुर्घटित नेपाली

bideshडी. विनोद– कतारको राजधानी दोहास्थित सातिया ग्रुपमा कार्यरत चितवनका जुटपानी–४ सगुनटोलका २० वर्षीय अर्जुन गौतमको सवारी दुर्घटनामा यसै साता मृत्यु भयो। गत बिहीवार दिउँसो १२ बजे ड्युटी सकेर कम्पनीको गाडी पखिर्रहेका बेला गौतमलाई पछाडिबाट आएको ल्यान्ड क्रुजर गाडीले पेटीमा चढेर ठक्कर दिएको थियो। घटनामा उनीसहित सात जनाको ज्यान गएको थियो। घटनामा तीन जना नेपाली र चार भारतीयको मृत्यु भएको सोही कम्पनीमा कार्यरत चितवनकै सञ्जित महतोले टेलिफोनमा जानकारी दिए। Continue reading “विदेशमा दुर्घटित नेपाली”

गल्ती सच्याउने कलम

kalamपहिलो आधुनिक प्रेसको निर्माण गर्ने मुलुक जर्मनीले हालै एउटा गजबको कलम बनाएको छ। कम्प्युटरको प्रयोगका कारण लेख्ने प्रचलन लोप हुने अवस्थातिर लागेकोमा चिन्ता जनाउने धेरै छन्। यस्तो अवस्थामा कलममा लगानी अनौठो लाग्ला। प्रयोगकर्ता घटेका कारण कलम उद्योग विस्थापित हुने क्रममा छँदै छ।  Continue reading “गल्ती सच्याउने कलम”

सम्झना कठोर यात्राको (पुस्तक अंश)

Santa Chaudharyशान्ता चौधरी- ६ दिदीबहिनी थिए। दाजु एक जना। आमा कुन्चीदेवी र बाबा हसुलाल चौधरी दुवै अनपढ। त्यसैले उहाँहरू दुवै जना कमैया बस्नुभएको थियो। यस्तो अवस्थामा चरम गरिबीबाट गुज्रनुपरेकाले हामी छोराछोरीले पढ्न पाउने अवस्था नै थिएन। त्यसैले बाबा–आमाकै बाटोमा लाग्नुको विकल्प थिएन। हामी सबै छोराछोरी जमिनदारकै घरमा काम गर्न बस्यौं। अन्य प्रगति गर्न हैन, पेट भर्नकै लागि पनि यसरी नबसी सुखै थिएन। म पनि कमलरी बसें। जुन त्यतिबेला स्वाभाविक मानिन्थ्यो हाम्रो गाउँ समाजमा। Continue reading “सम्झना कठोर यात्राको (पुस्तक अंश)”

पूर्व राजारानी धनगढीमा, स्वागत गर्नेको भीड (फोटो फचिर)

X-king in dhangadhi-1धनगढी- पूर्व राजा ज्ञानेन्द्र शाह सुदूरपश्चिमका बाढी पीडितलाई राहत वितरण धनगढी पुगेका छन्। पूर्व रानी कोमलका साथ उनी सोमबार धनगढी पुगेका हुन्। उनलाई बाढी पीडित बासिन्दा र समर्थकले भव्य स्वागत गरेका थिए। पूर्व युवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्रका आइतबारै धनगढी आइसकेका थिए। Continue reading “पूर्व राजारानी धनगढीमा, स्वागत गर्नेको भीड (फोटो फचिर)”

जोडीका लागि छुट्टै ‘फेसबुक’

couple1अहिले निकै चलेका सामाजिक सञ्जालका साइट फेसबुक र ट्वीटरमा भीड छ। फेसबुकमा गर्लफ्रेन्डको लागि भनेर एउटा फोटो हालेको हुन्छ, अर्कै चिन्नु न जान्नुको साथीले वाहियात कमेन्ट गरेर र्याोक हान्दिराखेको हुन्छ। ब्वाइफ्रेन्डको लागि भनेर लेखेको स्ट्याटसमा अनेकथरी मान्छेले नानाभाँति लेखिरहेको हुन्छ। फेरि जोडीलाई आफ्ना भावना व्यक्त गर्न केही प्राइभेसी पनि चाहियो नि। ‘म तिमीलाई धेरै माया गर्छु डियर’ किन सार्वजनिक रूपमा भनिराख्नुपर्यो्? सँगै खिचेका केही फोटो किन दुनियाँलाई देखाएर हल्ला पिटाउनुपर्यो ? Continue reading “जोडीका लागि छुट्टै ‘फेसबुक’”

थारू भाषासेवी तथा शिक्षाप्रेमी सगुनलाल

Sagunlalनिरञ्जन चौधरी- दाङ्ग जिल्ला सौडियार–९ बेलहरी गाँउमा बुबा आशाराम थारू र आमा गुइती थारूको न्यानो काखबाट कान्छा छोराको रुपमा सगुनलाल चौधरीको जन्म वि.सं. २००९ सालमा भएको थियो। उहाँ असल समाज सुधारक, शिक्षापे्रमी, प्रगतिशील विचारधाराका अत्यन्त लोकप्रिय समाजसेवी तथा थारूहरुको सबभन्दा पुरानो गोचाली पत्रिकाका सम्पादक र संस्थापक हुनुहुन्थ्यो। Continue reading “थारू भाषासेवी तथा शिक्षाप्रेमी सगुनलाल”

थारू गुर्वा र प्रणालीको खोजी

krishna sarwahari bookउदय आले– समयसँगै फेरिदैछ जीवनशैली र जीवनशैली सँगै बढलिदैछ सामाजिक मूल्य, मान्यता र परम्पराहरु। मानव निर्मित परम्परागत मूल्य, मान्यता, रीतिरिवाज र चालचलनहरु विस्तारै समाजबाट हराउदै गइरहेका छन। हिंजोसम्म समाजलाई व्यवस्थित र मार्ग निर्देशन गर्ने तिनै परम्पराहरु भत्किदै र हराउदै जानु दुःखद पक्ष हो। Continue reading “थारू गुर्वा र प्रणालीको खोजी”