सन्तोष दहित, दाङ- कमलरीमाथि भइरहेको हत्या हिंसा, बलत्कार र आगजनिविरुद्धमा गरिएका दुई दिने पश्चिम बन्द सरकारलाई पाँच दिने अल्टिमेटम दिँदै स्थगित गरिएको छ। कमलरी सृजना चौधरीको हत्यारा इन्जिनियर युवराज पौडेल, पौडेललाई सहयोग गर्ने मतियारहरु पार्वती गिरी, शंकर अधिकारी र लिलामणि शर्मालाई पाँच दिनभित्र कारबाही नगरे दास्रो चरणको आन्दोलमा जाने आयोजित कार्यक्रममा जानकारी दिइयो। उनीहरुले सरकारले कारबाही नगरे जनकारबाही गर्न चेतावनीसमेत दिए। Continue reading “‘कमलरी हत्यारालाई जनकारबाही गर्छौं’”
Author: admin
कमलरी मृत्युको छानविन माग गर्दै पश्चिम तराई बन्द
दाङ- ललितपुर बस्दै आएकी दाङको लालमटिया- ८ की १२ बर्षीया कमलरी सिर्जना चौधरीको मृत्यु रहस्मय रहेको भन्दै छानवीनको माग गर्दै थारु संघ संस्थाले पश्चिम तराई बन्द गराएको छ। चाकुपाटस्थित ईञ्जिनियर युवराज पौडेलको डेरामा बस्दै आएकी सिर्जनाको चैत १४ गते दिउँसो आगो लगाएर आत्महत्या गरेको घटना बाहिर आएको थियो। Continue reading “कमलरी मृत्युको छानविन माग गर्दै पश्चिम तराई बन्द”
झापामा कण्डम हाउस स्थापना
दमक- झापाको दमकमा कण्डम हाउस स्थापना गरिएको छ। न्यू कण्डम हाउसले आफ्नो आठौँ शाखाको रूपमा दमकमा कण्डम हाउसको व्यावसायिक कारोबार थालेको हो। बढ्दो एचआइभी एड्सको सुरक्षाका लागि भरपर्दो साधनलगायत विभिन्न यौनवर्द्धक सामग्रीहरूको कारोबार गर्ने उद्देश्यले सो हाउस सञ्चालनमा ल्याइएको हाउसका सञ्चालक गोविन्द खतिवडाले बताए। Continue reading “झापामा कण्डम हाउस स्थापना”
सुनको मूल्य दुई दिनमै ६ हजारले घट्यो
काठमाडौं- मंगलबार सुनको मूल्यमा करिब तीन हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ। हिजो सुन प्रतितोला ५२ हजार पाँच सय रहेकामा आज ४९ हजार पाँच सय दुई रुपैयाँ कायम भएको हो। तेजावी सुन हिजो प्रतितोला ५२ हजार दुई सय ४९ रहेकामा आज ४९ हजार दुई सय ५१ कायम भएको छ। Continue reading “सुनको मूल्य दुई दिनमै ६ हजारले घट्यो”
अमेरिकाको बोस्टनमा बम विस्फोट, तीनको मृत्यु
बोस्टन, एजेन्सी- संयुक्त राज्य अमेरिकाको बोस्टन शहरमा सुरु भएको म्याराथन दौडको सुरुवातको समयमा सोमबार राति बम विस्फोट भएको समाचारमा जनाइएको छ। सो समयमा भएको उक्त विस्फोटमा परी कम्तीमा पनि तीनजना नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ। विस्फोटको समयमा अमेरिकामा अपरान्ह्को पौने तीन बजेको थियो। Continue reading “अमेरिकाको बोस्टनमा बम विस्फोट, तीनको मृत्यु”
मिस नेपाल श्रेष्ठ युवा संरक्षण राजदूत
काठमाडौं- विश्व वन्यजन्तु संरक्षण कोष (डब्लुडब्लुएफ) नेपालले मिस नेपाल २०१३ ईसानी श्रेष्ठलाई युवा संरक्षण राजदूत घोषणा गरेको छ। कोषको नेपालस्थित कार्यालय बालुवाटारमा आज आयोजित एक कार्यक्रमबीच २०१२ की मिस नेपाल सृष्टी श्रेष्ठलाई बिदाइ गर्दै ईसानीलाई एक वर्षका लागि संरक्षण राजदूत घोषणा गरेको हो। कोषले मिस नेपाल श्रेष्ठको कार्यकालमा यसअघिका मिस नेपालजस्तै संरक्षणका विविध क्षेत्रमा सक्रियपूर्वक काम गरी जनचेतना अभिवृद्धि गर्ने विश्वास लिएको छ। कोषका संरक्षण कार्यक्रम प्रमुख डा घनश्याम गुरुङले संरक्षण कोष २० वर्षमा प्रवेश गर्न लागेको र यससन्दर्भमा मिस नेपाल श्रेष्ठको ठूलो जिम्मेवारी हुने बताए। Continue reading “मिस नेपाल श्रेष्ठ युवा संरक्षण राजदूत”
राजधानीमा सिरूवा पर्व
काठमाडौं- परापूर्वकालदेखि नै कोच क्षेत्रमा मनाइने सिरूवा पर्व आज राजधानीमा पनि मनाइएको छ। नयाँ वर्षको आगमनसँगै मनाइने यो पर्व राजवंशी, धिमाललगायत जातिले हिलो छ्यापेर निकै हर्षोल्लासका साथ मनाएका छन्। राजवंशी समाज विकास समितिले काठमाडौंको खुलामञ्चमा सिरूवापर्व आयोजना गरेको हो। Continue reading “राजधानीमा सिरूवा पर्व”
दसनीक् लँहगा
श्यामल–
टाटुल हावक् बहाउसे
फर्फराइठ्
हारल देशक् झण्डाहस्
दसनीक् लँहगा।
ढेर चोट सह सेकल
ढेर रकट बहा सेकल
ढेर बलात्कार खप सेकल
जिमडरवक् पर्टी खेट्वम
ढेर कुल्वा लगा सेकल
घामपानीक् मारले
जत्रा मलिन बिल्गैलेसे फेन
अभिन रङ्गीन बटिस
हजारौं फूला फुल्ना फुलरियाहस
दसनीक् लँहगा। Continue reading “दसनीक् लँहगा”
लौव वर्ष
निशा चौधरी-
चारुओर खुसीयाली छँइटी आइल लौव वर्ष
जोश, जाँगर लेक लौव आघ बह्री आब हम्र
विहानीक ओजरार केर्नी बन्के, आइल बसन्तके बहार लेक
चम्पन मन बनाई आपन दुःख सक्कु विस्राक
रङ्गी विरङ्गी बगियमन फुला चुस्टी अइल भौंरा Continue reading “लौव वर्ष”
लावा बरसके सकारात्मक प्रतिज्ञा
शत्रुघन चौधरी- आज नेपाली कलेण्डर अनसार लावा बरस के शुरुवातके दिन। सबके घरघरके भितामे पुरान कलेण्डरके ठाँउमे लावा कलेण्डर ठाँउ पासेकल हुइ। हुईना टे थारून्के लावा बरस माघीहे कैहजाइठ। लेकिन आजटक माघ १ गते हे आधार मानके थारू तिथि, मिति, साल हुईलक थारू सम्बतके कलेण्डर अभिनसम नैडेख्गैलहो। यी एकठो परम्परागत हिसाबसे किल चल्टी अइलक लावा बरसके रुपमे हम्रे माने सेक्ठी। आबक लग बैशाख १ गते जो सबके लग व्यावहारिक ओ मन्टी अइलक लावा बरस हो। Continue reading “लावा बरसके सकारात्मक प्रतिज्ञा”