सुनको मूल्य दुई दिनमै ६ हजारले घट्यो
काठमाडौं- मंगलबार सुनको मूल्यमा करिब तीन हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ। हिजो सुन प्रतितोला ५२ हजार पाँच सय रहेकामा आज ४९ हजार पाँच सय दुई रुपैयाँ कायम भएको हो। तेजावी सुन हिजो प्रतितोला ५२ हजार दुई सय ४९ रहेकामा आज ४९ हजार दुई सय ५१ कायम भएको छ।
यसैगरी, चाँदीमा हिजोको तुलनामा आज तोलामा ३७ रुपैयाँ घटेको छ। हिजो ९३५ रुपैयाँ प्रतितोला थियो भने आज ८९८ प्रतितोला रहेको छ। रासस
Facebook Comment