थाकस दाङ अध्यक्षमा तेजमान
दाङ- थारु कल्याणकारिणीसभा दाङको अध्यक्षमा तेजमान चौधरी चयन भएका छन्। दाङमा सम्पन्न भएको १४औं जिल्ला अधिवेशमा उनी गोला प्रथाबाट निर्वाचित भएका हुन्। अध्यक्षमा रामबहादुर दहित, बुझौना चौधरी र तेजमान चौधरीको मत परिणाम बराबर आएपछि तीन जनालाई गोलाप्रथा गरिएको थियो। गोला प्रथाबाट तेजमान चौधरी परेका थिए।
त्यसैगरी उपाध्यक्षमा नन्दकुमार चौधरी, सचिवमा सन्तोष दहित, सहसचिवमा जगविर चौधरी, कोषाध्यक्षमा सुषमा चौधरी चयन भएका छन्। सदस्यमा मंगल चौधरी, सुघरी चौधरी, उमा चौधरी, कृष्णप्रसाद चौधरी छन्। त्यसैगरी दुई जना सदस्यपछि कार्यसमितिले थप गर्ने बताइएको छ। केन्द्रीय पार्षदमा राजेन्द्र चौधरी, सौगतविर चौधरी, चुर्ण चौधरी, रामबहादुर दहित, यशोदा चौधरी, बुझौना चौधरीलाई चयन गरिएको छ।
Facebook Comment