युएईलाई हराउँदै नेपाल फाइनलमा, भोलि अफगानिस्तानसँग भिड्ने
काठमाडौं- नेपाल एसीसी ट्वान्टी-२० कपको फाइनलमा प्रवेश गरेको छ। प्रदीप ऐरीको सर्वाधिक ५८ रनको मद्धतले प्रतियोगिताकै दाबेदार मानिएका युएईलाई नेपालले ६ विकेटले पराजित गर्यो। त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १३३ रन बनायो। १३४ रनको लक्ष्य पछ्याएको नेपालले ५ बल अगावै लक्ष्य पूरा गर्यो। नेपालका लागि सुवास खकुरेल २२, ज्ञानेन्द्र मल्ल २० रन बनाए भने कप्तान पारस खड्का १२ र विनोद भण्डारी १६ रनमा अविजित रहे। नेपालले भोलि अफगानिस्तानसँग फाइनल खेल्नेछ।
Facebook Comment