मोरङमा टिकटको होडबाजी (नामसहित)

मोरङ- चुनाव तिथि घोषणा भइनसके पनि मोरङमा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बन्ने आकांक्षीबीच टिकटको होडबाजी चल्न थालेको छ। दावेदारले आ–आफ्नो पक्षमा ‘लविङ’ थालेका छन्। एकीकृत माओवादीबाट क्षेत्र नं. १ मा अध्यक्ष दाहाल पक्षधर गणेश उप्रेती र भट्टराईनिकट खेम प्रधानको नाम अगाडि छ। नेपाली कांग्रेसबाट सो क्षेत्रमा आमोद उपाध्याय मुख्य दावेदार छन्। शिवनारायण सिंह र रामनारायण मण्डलको पनि चर्चा छ। एमालेका मुख्य दावेदार ऋषिकेश पोखरेल हुन्। गंगा डागी, कपिलेश्वर राजवंशी, बलबहादुर घिसिङ र चन्द्रविर राई पनि एमालेका सम्भावित उम्मेदवार हुन्। Continue reading “मोरङमा टिकटको होडबाजी (नामसहित)”

कैलाली आदिवासी महासंघमा तेज तारामी

कैलाली- नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कैलालीको तेस्रो अधिवेशन शनिबार मध्यरातमा सम्पन्न भएको छ। अधिवेशनबाट अध्यक्षमा तेज तारामीमगर, उपाध्यक्षमा जीवन राना र सचिवमा सन्तोष कठरिया सहितका सम्पूर्ण पदाधिकारी र सदस्यहरु निर्विरोध चयन भएका हुन्। कार्यसमितिको सहसचिवमा अमृत राई, कोषाध्यक्षमा केवश थिङतामाङ र सदस्यहरुमा चिरञ्जिवि श्रेष्ठ, कामी शेर्पा, मिनबहादुर राजी र सुर्यमान गुरुङ चयन भएका छन्। Continue reading “कैलाली आदिवासी महासंघमा तेज तारामी”

मालिकको जुठो थालमा खानुपर्ने!

kirtan chaudharyकाठमाडौँको भीमसेनगोलामा रहेको शाह म्यानपावरमा ९५ हजार रुपियाँ तिरेर म साउदी अरब पुगेको थिएँ, ड्राइभरको काम गर्न। सन् २००७ मा मैले मुलुक छाडेको थिएँ। त्यहाँ रहेको एसीसी कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर गरेर गएको थिएँ। तर, साउदी अरब पुगेपछि भनेको कम्पनीमा काम गर्न पाइएन। आठ सय रियाल तलब दिने भनिए पनि छ सयमात्र दिएर सम्झौता गरेभन्दा फरक कम्पनीमा जागिर खान बाध्य हुनुपरेको थियो।  Continue reading “मालिकको जुठो थालमा खानुपर्ने!”

लोप हुँदै डेल्वा

delwaसन्तोष दहित, दाङ- डेल्वा भन्ने थारु भाषाको शव्द हो। यो डेल्वा थारु जातिका लागिमात्र नभएर अन्य समुदायका लागि पनि महत्वपूर्ण मानिन्छ। डेल्वा बनाउ एक प्रकारको नरम घाँस र काँचो खरलाई सुकाएर थारु जातिका महिलाले हातले बुनेको ढकियाको रुपमा तयार गरिन्छ। त्यही ढकियाको वरिपरिलाई रंगिचंगी तथा विभिन्न किसिमका कपडा, मयुरको पखेटा, सुटहीले सिंगारेर बनाएको ढकियालाई थारु भाषामा ‘डेल्वा’ भन्ने चलन छ। यो थारु जातिमा सबैभन्दा बढी प्रयोग गरिने हस्तकला मध्य एक ‘डेल्वा’ हो। Continue reading “लोप हुँदै डेल्वा”

थारु समुदायमा जडिबुटीबारे सचेतना

बर्दिया- थारु समुदायमा जडिबुटी संरक्षणबारे सचेतना जगाउने उद्देश्यले जिल्लास्तरीय अन्तर्क्रिया गोष्ठी सम्पन्न भएको छ। गुलरियामा आयोजित बर्दिया जिल्लाभरीका वैडावाको सहभागिता रहेको सम्मेलनमा सरोकारवाला, प्रशासन, जिल्ला विकास समिति, नगरपालिका, कृषि कार्यालयलागयतका अन्य व्यक्तिले वैडावा तथा गुरुवामा रहेको जडिबुटीको ज्ञान र त्यसको संरक्षणको निम्ति सहयोग गर्ने ऐक्यबद्धता जनाएका छन्।  Continue reading “थारु समुदायमा जडिबुटीबारे सचेतना”

अस्थायी र करारका समस्या व्यवस्थित गरिने : रेग्मी

काठमाडौं- चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घले उठाएका माग आवश्यक छलफल गरी व्यवस्थित गरिने बताएका छन्। उनले प्रधानमन्त्री कार्यालयमा सङ्घका पदाधिकारीद्वारा प्रस्तुत ज्ञापनपत्र बुझ्दै सो कुरा बताएका हुन्। Continue reading “अस्थायी र करारका समस्या व्यवस्थित गरिने : रेग्मी”

सिंगापुरलाई हराउँदै नेपाल सेमिफाइनलमा

parash khdkaकाठमाडौं- नेपालले आउँदो नोभेम्बरमा युएईमा हुने विश्व ट्वान्टी-२० कपको छनौट खेल्ने भएको छ। आजको खेलमा सिंगापुरलाई १२१ रनको विशाल अन्तरले पराजित गरेर सेमिफाइनल प्रवेश गरेसँगै नेपालले यो मौका पाएको हो। काठमाडौँमा भइरहेको एसिसी ट्वान्टी-२० कप क्रिकेट प्रतियोगिता अन्तर्गत शीर्ष दुई टिमले विश्व ट्वान्टी-२० मा खेल्ने मौका पाउँछ। अफगानिस्तान एक दिवसीय खेल खेल्न पाउने राष्ट्र भएको र युएई आयोजक राष्ट्र भएकोले यसअघि नै विश्व ट्वान्टी-२० मा सीधै खेल्न पाउँछ। Continue reading “सिंगापुरलाई हराउँदै नेपाल सेमिफाइनलमा”

चाइना सुपर मोडल (फोटो फचिर)

#CHINA-BEIJING-SUPER MODEL CONTEST (CN)FASHION-CHINA-SUPER MODELFASHION-CHINA-SUPER MODEL#CHINA-BEIJING-SUPER MODEL CONTEST (CN)#CHINA-BEIJING-SUPER MODEL CONTEST (CN)#CHINA-BEIJING-SUPER MODEL CONTEST (CN)
चाइना सुपर मोडल २०१३ का विजेता ज्हाङ्ग लिङ्ग्यू (बीच)का साथ पहिलो र दोस्रो रनरअप। तस्बिर : सिन्ह्‍वा

रेग्मी र अमेरिकाका पूर्व राष्ट्रपति कार्टरबीच भेटवार्ता

काठमाडौं- चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरबीच भेटवार्ता भएको छ। रेग्मी निवास बालुवाटारमा भएको सो भेटवार्तामा द्विपक्षीय हित तथा चासोका विषयमा कुराकानी भएको बताइएको छ। सो अवसरमा प्रमुख राजनीतिक दलहरूको सहमतिमा संविधान सभाको नयाँ निर्वाचनका लागि प्रधानन्यायाधीशको नेतृत्वमा अन्तरिम चुनावी सरकार गठन हुनुलाई  सकारात्मकरुपमा लिँदै तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने विश्वास कार्टरले राखेका थिए।
पूर्व राष्ट्रपति कार्टरले संविधान सभाको निर्वाचन, त्यसको लागि अपनाउनुपर्ने उपाय, मतदाता नामावली सङ्कलनमा देखिएको समस्या, निर्वाचनको विरोधमा रहेका केही राजनीतिक दलहरूलाई कसरी सहमतिमा ल्याउनुहुन्छ भन्नेलगायतका जिज्ञासा राखेका थिए। Continue reading “रेग्मी र अमेरिकाका पूर्व राष्ट्रपति कार्टरबीच भेटवार्ता”