जनकपुरमा आज फागु पर्व मनाइँदै
जनकपुरधाम- आपसी सद्भाव र मेलमिलापको पर्व फागु (होली) आज यहाँ उत्साहपूर्वक मनाइँदै छ। पन्ध्र दिने परिक्रमा मेला सम्पन्न भएको भोलिपल्ट यहाँ फागु पर्व मनाइने परम्परा रहेको छ। फागु पर्वका अवसरमा महामुर्ख सम्मेलन, कवि गोष्ठी, मटकाफोड तथा एकआपसमा रङ अबिर खेल्नुका साथै मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको छ। सांस्कृतिकका साथ वैज्ञानिक महत्व बोकेको यस पर्वमा खेलिने रङका अबिरले छालाको रोग निवारण गर्ने, खोकी नाश गर्नुका साथै होलीका दहनको धुवाँबाट शीतकालजन्य रोग नास हुने र खरानीले दुष्टात्माको कुदृष्टि नपर्ने जनविश्वास रहेको छ। रासस
Facebook Comment