पारसको मद्दतले नेपाल १९ रनले विजयी

nepalvsmalकाठमाडौं- एसीसी ट्वान्टी-२० कपमा नेपालले मलेसियाविरुद्ध १९ रनले विजयी भएको छ। त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। १ सय ६४ रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रनमात्र जोड्यो। यो जितसँगै नेपालको सेमिफाइनल यात्रा बलियो बनेको छ। नेपालका लागि कप्तान पारस खड्काले ३ छक्का र ११ चौकासहित सर्वाधिक ८७ रन बनाए। Continue reading “पारसको मद्दतले नेपाल १९ रनले विजयी”

कमलरी मृत्युको छानबिनका लागि ९ सदस्सीय टोली

sirjanaसन्तोष दहित, दाङ- जिल्ला बाल संरक्षण समितिको बैठक शनिबार घोराहीमा सम्पन्न भएको छ। समितिका संयोजक प्रभाव श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा ललितपुर चाकुपाटस्थित इन्जिनियर युवराज पौडेलको डेरामा काम गर्न बसेकी दाङको लालमटिया ४ मसुरिया निवासी १२ वर्षीया सिर्जना चौधरीको घटनाप्रति घोरनिन्दा र भर्तस्ना गरेको छ। बैठममा मृतक सिर्जना चौधरीको सत्य-तथ्य छानबिनका लागि मुक्त कमलरी विकास मञ्च दाङका अध्यक्ष उर्मिला चौधरीको संयोजकत्वमा ९ सदस्यीय अध्ययन टोली गठन गरिएको छ। Continue reading “कमलरी मृत्युको छानबिनका लागि ९ सदस्सीय टोली”

बुटवलमा आठ धाम निर्माण हुने

बुटवल- धार्मिक पर्यटन विकासका लागि रुपन्देहीको आनन्दवन गाविसको पश्चिम पहुनीमा निर्माण गर्न थालिएको मोक्षधाम सेवा आश्रमको सहयोगार्थ आयोजना गरिएको श्रीमद्‍भागवत महामहोत्सवमा वृद्धवृद्धा सम्मान गर्न सुरु गरिएको छ। बुधबारदेखि सुरु भएको सङ्गीतमय कथावाचनसहितको धार्मिक महामहोत्सवमा पहिलोदिन मात्रै दुई सय बढी वृद्धलाई सम्मान गरिएको प्रचार संयोजक नारायण बन्जाडेले जानकारी दिनुभयो। त्यस्तै ‘रु पाँच हजार एक सयमा एक हात भूमिदान’ भन्ने नारासहित आयोजना गरिएको महायज्ञमा भूमिदान गर्नेको पनि उल्लेख्य सहभागिता छ। महायज्ञमा ११ हजार एक सय ११ वृद्धवृद्धा सम्मान तथा २१ हजार व्यक्तिद्वारा भूमिदान गर्ने लक्ष्य लिइएको छ। Continue reading “बुटवलमा आठ धाम निर्माण हुने”

प्रहरी कर्यालय नजिकै बम विष्फोट

सिरहा- सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय नजिकै रहेको स्थानीय विकास अधिकारीको सरकारी निवासमा शुक्रवार राति बम विस्फोट भएको छ। अज्ञात समूहले राति करिब ८ बजे निवासमा पेट्रोल बम विस्फोट गराएको हो। बम विस्फोट गराउँदा लागेको आगाका कारण निवासको माथिल्लो तल्लामा ओछ्याइएको गलैँचा जलेको र झ्यालका सिसा फुटेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक राजकुमार शाहीले बताए। उनका अनुसार नजिकैको नरिवलको बोटमा समेत आगो लागेको थियो। Continue reading “प्रहरी कर्यालय नजिकै बम विष्फोट”

थारुले पनि शासन सत्ता चलाउनुपर्ने माग

श्रीनिवास चौधरी- थारु समुदाय तराईका आदिवासी भए पनि सदियौंदेखि अन्य जातिको अधिनमा रहनुपरेको थारु अगुवाहरुले बताएका छन्। उनीहरुले अब थारु समुदायले पनि शासनसत्ता चलाउनुपर्ने माग गरे। थारु कल्याणकारीणी सभा रुपन्देहीको आयोजनामा भलवारीमा सम्पन्न राजनितीक विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले अब हुने निर्वाचनमा राजनीतिक दलहरुले थारु समुदायका व्यक्तिहरुको स्थान सुनिश्चित गर्नुपर्ने बताए। Continue reading “थारुले पनि शासन सत्ता चलाउनुपर्ने माग”

केशरीको दुविधा

Keshari Chaudharyजगदीश्‍वर पाण्डे- अहिले केशरी चौधरी व्यस्त छिन् । चैत महिनाको अन्त्यमा हुने एथलेटिक्स राष्ट्रिय च्याम्पियनसिपको तयारीले उनलाई एकछिन फुर्सद छैन । ‘दुई साताअघिमात्र पुलिसको नौ महिने प्रशिक्षण सकेर फर्किएँ, त्यसैले अभ्यास गर्नै पाएको छैन,’ उनले सुनाइन् । बिहीबार बिहान दशरथ रंगशालामा अभ्यास सकेर बबरमहल आइपुगेकी प्रहरीकी सिपाही केशरी कोठा खोज्दै हिँडिरहेकी थिइन् । Continue reading “केशरीको दुविधा”

आदिवासी जनजाति महासंघ कैलालीको अधिवेशन हुँदै

मुकेश टेंर्रा, धनगढी- नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कैलालीको तेस्रो जिल्ला अधिवेशन आज धनगढीमा भइरहेको छ। दिउँसो ११ बजे उत्तर बेहडरीको खप्तड प्यालेसमा हुने जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भइरहेको आदिवासी महासंघले जनाएको छ। अधिवेशन उद्घाटन सुदूरपश्चिमाञ्चल क्याम्पस प्रमुख शिवराज श्रेष्ठले गर्ने आदिवासी महासंघका अध्यक्ष लक्ष्मण तुलाचनले बताए। Continue reading “आदिवासी जनजाति महासंघ कैलालीको अधिवेशन हुँदै”

निर्वाचन कार्यालय बागलुङमा तोडफोड

बागलुङ- जिल्ला निर्वाचन कार्यालय बागलुङमा तोडफोड भएको छ। बिहीबार बिहान ११ बजे आएका तीनजनाले निर्वाचन अधिकारीको कार्यकक्षमा प्रवेश गरी तोडफोड मच्चाएका छन्। निर्वाचन अधिकारीको कार्यकक्षमा रहेको कम्प्युटर, प्रिन्टर, टेलिफोन सेट, टेबुलमा रहेको सीसा फोडेको जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताए। उनीहरुले केही पनि नबोली सरासर प्रमुखको कार्यकक्षमा प्रवेश गरी आक्रमण गरेका थिए।  Continue reading “निर्वाचन कार्यालय बागलुङमा तोडफोड”

अध्यक्ष रेग्मीले भेटे भारतीय राजदूत

काठमाडौं- मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद सिंहबीच आज मुलुकको समसामयिक राजनीतिका विषयमा सिंहदरबारमा भेटवार्ता भएको छ। भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै राजदूत सिंहले भारत सरकारको तर्फबाट नयाँ सरकार र मन्त्रिपरिषद्का सदस्यहरुलाई आफूले बधाईको दिएको जानकारी दिँदै नयाँ निर्वाचन सम्पन्न गर्न भारतले आवश्यक सहयोग गर्ने बताए।  Continue reading “अध्यक्ष रेग्मीले भेटे भारतीय राजदूत”