प्रेममा असफल भएपछि आत्महत्या

Love-Suicideबर्दिबास- महोत्तरी जिल्लाको बर्दिबासस्थित देउराली उच्च माविमा कक्षा ११ मा अध्ययन गर्ने १७ वर्षीय छात्र सोमबार बर्दिबासकै नवक्षितीज उच्च माविको कक्षा कोठामा मृत फेला परेका छन्। बर्दिबास–७ का निजर कार्की आज बिहान सो विद्यालयको कक्षा कोठामा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। Continue reading “प्रेममा असफल भएपछि आत्महत्या”

चुनाव हुन नदिन षड्यन्त्र हुँदैछ : यादव

Upendra-Yadav1वीरगन्ज- मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा संविधानसभाको चुनाव हुन नदिन ठूलो षड्यन्त्र भइरहेको बताएका छन्। नेपाल राष्ट्रिय पान व्यवसायी सङ्घको महासम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘मधेसी, दलित, आदिवासी, जनजातिलगायत पिछडिएका वर्ग एवम् समुदायलाई अधिकार सम्पन्न बनाउनका लागि संविधान सभाको नयाँ निर्वाचन अपरिहार्य छ।’ Continue reading “चुनाव हुन नदिन षड्यन्त्र हुँदैछ : यादव”

बंगलादेशसँग नेपाल पराजित

nepal vs bangladeshएएफसी च्यालेन्ज कप समूह चरणको दोस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। सोमबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशले नेपाललाई २-० गोलले हरायो। खेलको २७औं मिनेटमा रेफ्रीले पेनाल्टी दिएपछि त्यसको सदुपयो गर्दै बंगलादेशले पहिलो गोलको खाता खोल्यो। खेलको ५७‍औं मिनेटमा बंगलादेशले अर्को गोल थप्यो। खेलमा फर्किन नेपाली खेलाडीले धेरै प्रयास गरे पनि विफल भयो। Continue reading “बंगलादेशसँग नेपाल पराजित”

फोरम लोकतान्त्रिकद्वारा जनकपुर बन्द

जनकपुरधाम- प्रहरीले नेताहरुमाथि हातपात गरेको भन्दै मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) धनुषाले जनकपुर बन्द गराएको छ। पार्टीद्वारा जारी विज्ञप्तिमा भ्रस्टाचारसम्बन्धी अभियोग लागेका कर्मचारीलाई तलब दिएको सन्दर्भमा सूचना माग्दा स्थानीय विकास अधिकारीले प्रहरी बोलाइ हातपात गराएको उल्लिखित छ। Continue reading “फोरम लोकतान्त्रिकद्वारा जनकपुर बन्द”

बन्दको अवज्ञा गर्ने विद्यालयमा तोडफोड

विराटनगर- विद्यालय बन्दको अवज्ञा गरेको भन्दै विराटनगर–१९ रानीस्थित गौतमबुद्ध मेमोरियल उच्च माविमा आज तोडफोड गरिएको छ। विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने भन्दै बन्द आह्वानकर्ता अनेरास्ववियु (क्रान्तिकारी) आबद्ध एक समूहले विद्यालय तोडफोड गर्नाका साथै विद्यालयको सुरक्षा गार्ड दीपक भट्टराईलाई पनि हातपात गरेका छन्। Continue reading “बन्दको अवज्ञा गर्ने विद्यालयमा तोडफोड”

नेपाल आदिवासी जनजाति महासङ्घको आठौं अधिवेशन चितवनमा

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घको आठौं राष्ट्रिय महाधिवेशन अगामी वैशाख २८, २९ र ३० गते चितवनमा हुने भएको छ। महासङ्घको आइतबार सम्पन्न सचिवालयको बैठकले पहिलोपटक उपत्यका बाहिर अधिवेशन गर्ने निर्णय गरेको हो। महाधिवेशनमा ७१ जिल्लाका जिल्ला समन्वय परिषद्, सूचीकृत ५९ आदिवासी जनजाति समुदायका प्रतिनिधि तथा महासङ्घका विदेशमा रहेका शाखाका प्रतिनिधिले भाग लिने महासङ्घले जनाएको छ। सोही अधिवेशनले नयाँ नेतृत्वको चयन पनि गर्नेछ। Continue reading “नेपाल आदिवासी जनजाति महासङ्घको आठौं अधिवेशन चितवनमा”

बृहत् वाम एकताका लागि तयारी हुँदैछ : गजुरेल

नुवाकोट- नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने कुरा विदेशी राष्ट्रबाट आएको षड्यन्त्र हुनसक्ने बताएका छन्। नेकपा–माओवादी नुवाकोटले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गजुरेलले युरोपेली युनियन, अमेरिका र भारतले मुलुकको शासन सत्तामाथिनै हस्तक्षेप गरेको आरोप लगाए। Continue reading “बृहत् वाम एकताका लागि तयारी हुँदैछ : गजुरेल”

बन संरक्षणके नायक भदै थारू

चिन्तामणि थारू- ढेर थारू बन्वक संरक्षणमे लागल बटाँ। अस्टेमे ढोढरी–९, खाटा बर्दियाके स्थायी बासिन्दा भदै थारू बन्वक संरक्षणके अग्रणी ब्यक्तित्व हुइट। उहाँक कामके योगदानके कदर कर्टी २०६१ पुस २२ गते पचास हजार रुप्याके अब्राहम पुरस्कार भारतके राजदूत श्याम शरणके हाठसे प्राप्त कइलन। Continue reading “बन संरक्षणके नायक भदै थारू”

लावा डग्गरके चौथा वार्षिकोत्सव

देउखुरी- थारू भाषा तथा साहित्य संरक्षण मञ्च देउखुरीसे प्रकाशित हुइटी रलक थारू भाषक् ‘लावा डग्गर’ साहित्यिक त्रैमासिकके चौथा वार्षिक उत्सव तथा स्रष्टा सम्मान एवम् बृहत साहित्यिक अन्तर्क्रिया कार्यक्रम हुइल बा। फागुन ५ ओ ६ गते देउखुरीके जंगल कुट्टीमे हुइल कार्यक्रममे दाङ, बाँके, बर्दिया, कैलाली, कपिलवस्तु, काठमाडौं जिल्ला लगायतके करीब ५० जने थारू साहित्यकारन्के जमघट हुइल रहे। Continue reading “लावा डग्गरके चौथा वार्षिकोत्सव”

थारु भाषा पुरस्कार डेगैल

दाङ- थारु भाषा साहित्यके विकासमे लगुइया स्रष्टाहे डे जैना निवुलाल–डोङली थारु साहित्य पुरस्कार यी बरस डा. गोविन्द आचार्यहे फागुन ७ गते डेगैल बा। उहाँ थारु लोकसाहित्यके संकलन, विश्लेषणमे लागल बटाँ। स्मरण रहे, यी पुरस्कारसे अशोक थारु, महेश चौधरी, छविलाल कोपिला पुरस्कृत हो सेक्लाँ। लेखक संघ दाङसे डेजैना यी पुरस्कार प्रत्येक दुई बरसमे डेजाइठ। पुरस्कारके रकम २ हजार १ रुप्या बा। पुरस्कारके संस्थापक कृष्णराज सर्वहारी हुइट। Continue reading “थारु भाषा पुरस्कार डेगैल”