‘चुनौतीबीच नै सफलता प्राप्त हुन्छ’

भोटनीदेवी खवास, खवास समुदायबाट संविधानसभामा प्रतिनिधित्व गर्ने एक्लो सदस्य हुनुहुन्छ । पञ्चायतकालकाउपप्रधानपञ्चकी भतिजी तथा २०१५ सालदेखिकै स्थानीय जनप्रतिनिधिकी बुहारी भए पनि भोटनीदेवीकोपारिवारको आर्थिक र सामाजिक हैसियत सामान्य छ ।उहाँका ससुराले स्थानीय ऐलानी जग्गामा सुकुम्बासीलाई आश्रय दिनुभएको थियो । प्रारम्भमा ससुराको पञ्चायतीपृष्ठभूमि भए पनि २०३६ सालमा नेपाली काङ्ग्रेसमा लागेर राजनीति गरेको अभियोगमा उहाँ नेता कृष्णप्रसादभट्टराईसँगै सात दिन थुनामा पर्नुभएको थियो। Continue reading “‘चुनौतीबीच नै सफलता प्राप्त हुन्छ’”

प्रधानमन्त्री भट्टराई अहिलेसम्मकै निरङ्कुश : नेपाल

दैलेख- दुल्लुमा १९ गते प्रतिपक्षको शक्ति प्रदर्शनमा भाग लिन दैलेख सदरमुकाम आएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हेर्दा विद्वानजस्तो भए पनि बाबुराम अहिलेसम्मकै निरङ्कुश प्रधानमन्त्री भएको बताएका छन्। ‘दैलेखी जनतालाई गुण्डाहरु भन्दै गोली हान्न आदेश दिने नेता कसरी जनताको प्रधानमन्त्री हुन सक्छन्,’ पत्रकार सम्मेलनमा बोल्दै नेपालले भने। Continue reading “प्रधानमन्त्री भट्टराई अहिलेसम्मकै निरङ्कुश : नेपाल”

प्रचण्डले बाह्रबुँदे सम्झौता च्यातिसक्यो : कोइराला

सुर्खेत- कांग्रेस सभापति सुशील कोइरालाले माओवादीले बाह्र बुँदेयताका सम्झौतालाई सम्मान नगर्दा समस्या निम्तिएको बताएका छन्। पछिल्लो समय सम्झौता च्यात्‍ने धम्की दिएको माओवादीले व्यवहारमा भने यसअघि नै च्यातिसकेको उनको भनाइ छ। ‘माओवादीले सम्झौता च्यात्छु भनेर धम्की नदिए हुन्छ,’ बिहीबार नेपाली कांग्रेस सुर्खेतको कार्यालय भवन र पुस्तकालय उद्‍घाटन गर्दै उनले भने, ‘तपाइँहरुले सम्झौताको कहिले पो सम्मान गर्नु भएको छ र?’ यस्ता धम्कीबाट कांग्रेस कहिल्यै नडराउने उनले बताए। Continue reading “प्रचण्डले बाह्रबुँदे सम्झौता च्यातिसक्यो : कोइराला”

माटोको चुलो। तस्बिर : राजेन्द्र प्रसाद पनेरु/रासस


कञ्चपुर संकरपुरका महिला सुधारिएको चुल्हो वितरणको तयारीमा। सामुदायिक वनको अनुदानमा यहाँका महिलाहरुले एक सय दुई परिवारलाई सुधारिएको चुल्हो वितरण गरेका छन्। तस्बिर : राजेन्द्र प्रसाद पनेरु/रासस

थारू ओ बौद्ध समाज

‍चिन्तामणि थारू – २०६८ सालके जनगणना अनुसार नेपालके कुल जनसंख्याके ६.६ प्रतिशत थारू समुदायक् बा। जौन तथ्याङ्कके थारू बिद्धानलोग मानेक तयार नइ बातन। उदाहरणके रुपमे थारू कल्याणकारिणी जिल्ला कार्य समिति रुपन्देहीके कर्म चन्द्र चौधरीके कहाइ बा– रुपन्देहीमे थारून्के कुल संख्या १ लाख २५ हजार हो, बकिन सरकारी तथ्याङ्कके आधारमे जम्मा ७५ हजार डेखइलेबा। जनसंख्याके हिसाबसे थारू चौथा बरका जात होलन। Continue reading “थारू ओ बौद्ध समाज”

नवलपरासीको अग्यौलीस्थित थारु संग्राहलयमा राखिएका वस्तु। तस्बिर : किरण पुन

सप्तरीमा महिला यौनकर्मीको सङ्ख्या बढ्यो

सप्तरी- सप्तरी जिल्लामा महिला यौनकर्मीको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएको छ। इन्द्रेणी समाज सेवा सप्तरीले सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार यहाँ ३२६ यौनकर्मी महिला फेला परेका छन्। यौनकर्मी महिला राजविराज नगरसहित राजमार्गका विभिन्न स्थानमा उल्लेखनीय रुपमा पाइएको इन्द्रेणी समाज सेवाका संयोजक शिवकुमार नायकले बताए। उनका अनुसार महिला यौनकर्मीहरु दिनानुदिन बढ्दै गएपछि एड्स तथा यौनरोग पनि बढ्दै गएको छ। Continue reading “सप्तरीमा महिला यौनकर्मीको सङ्ख्या बढ्यो”

सडकबाटै सरकार फाल्ने एमाले अध्यक्षको चेतावनी

मङ्गलवारे- नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा (माओवादी) नेतृत्वको वर्तमान सरकारलाई सडकबाटै फाल्ने चेतावनी दिएका छन्। “विगतका उपलब्धि पनि सडकबाटै भएका हुन् र आज पनि सडकबाटै मुलुकमा राष्ट्रिय उपलब्धि हासिल गर्न सकिन्छ,” अध्यक्ष खनालले भन्नुभयो, “त्यसका लागि अहिले सडक आन्दोलन अपरिहार्य छ।”  Continue reading “सडकबाटै सरकार फाल्ने एमाले अध्यक्षको चेतावनी”

बलात्कारीमाथि कारबाही माग

बुटवल- बसपार्कमा एक किशोरीमाथि सामूहिक बलात्कारमा संलग्न दोषीलाई कारबाही गर्न अधिकारकर्मीले प्रहरीलाई दबाब दिएका छन्। बलात्कारको घटनालाई अन्तै मोडेर पीडितमाथि उल्टै दोष थोपर्ने प्रयत्न भएकोप्रति चासो व्यक्त गर्दै अधिकारकर्मीले आज इलाका प्रहरी कार्यालय बुटवलमा पुगेर दबाब दिएका हुन्। Continue reading “बलात्कारीमाथि कारबाही माग”

लुम्बिनी उत्खनन्बारेको प्रारम्भिक प्रतिवेदन

काठमाडौं- लुम्बिनी क्षेत्रमा ईशापूर्व करिब एकहजार ३०० वर्ष अघिदेखि नै मानवीय गतिविधि भएको ऐतिहासिक प्रमाण भेटिएको विज्ञहरूको दावी छ। पुरातत्व विभाग र बेलायतको दुरहाम विश्वविद्यालयले तीनवर्षदेखि गर्दै आएको अध्ययन तथा अनुसन्धानको प्रारम्भिक प्रतिवेदनमा यो दावी गरिएको हो। यस अनुसन्धानका पुरातात्विक उत्खनन् टोलीका नेता तथा सो विश्वविद्यालयका उपकुलपति रविन कनिङ्हामले मायादेवी मन्दिर र गुम्बा परिसरमा भेटाइएका काठद्वारा निर्मित संरचनाहरू ईसापूर्व छैंठौ शताब्दीको भएको जानकारी गराएका थिए।  Continue reading “लुम्बिनी उत्खनन्बारेको प्रारम्भिक प्रतिवेदन”