काठमाडौं- सरकार समर्थक २१ दलको ‘सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ले सहमति आएर निर्वाचनमा जान विपक्षीलाई आग्रह गरेको छ। सहिदमञ्चमा बृहत् जनजागरणसभा गरी गठबन्धनले यही सरकारमा सहभागी भएर चुनावमा जान पनि विपक्षीलाई अनुरोध गरेको छ। सभालाई सम्बोधन गर्दै गठबन्धनका अध्यक्ष एवम् एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सहमतिमा आउन ढिला गरे जनताले काङ्ग्रेस र एमालेलाई कुँडाकर्कटमा मिल्काउने चेतावनी दिए। Continue reading “सहमतिमा आउन विपक्षीलाई सत्ता गठबन्धनको आग्रह”
Author: admin
वैद्य माओवादी फागुन १ देखि जनआन्दोलनमा जाने
काठमाडौं- नेकपा–माओवादी सङ्घीय गणतान्त्रिक संविधान निर्माणको सुनिश्चितता, राष्ट्रिय सार्वभौमसत्ताको रक्षा तथा वर्तमान सरकारको विस्थापन गरी राष्ट्रिय संयुक्त सरकारको गठन गर्न दबाव सिर्जना गर्न जनआन्दोलनमा जाने भएको छ। पार्टीको सातौं महाधिवेशनपछि पहिलो पटक बसेको केन्द्रीय समितिको बैठकले चार दलका शीर्ष नेताहरूले राजनीतिक सङ्कट समाधान गर्न नसकेको भन्दै वर्तमान सरकारले गरेका असमान सन्धि सम्झौता तथा सहमतिहरूको खारेजी तथा माओवादीमाथि लगाइएका दैलेखलगायतका जनयुद्धकालीन मुद्दाहरूको खारेजीका लागि दबाब दिन आगामी फागुन १ गतेबाट जनआन्दोलनमा जाने निष्कर्ष निकालेको हो। Continue reading “वैद्य माओवादी फागुन १ देखि जनआन्दोलनमा जाने”
हरिपुर हात्ती पीडितले गरे चक्काजाम
इटहरी- सुनसरी जिल्लाको कोसीटप्पु वन्यजन्तु आरक्षसँग जोडिएको हरिपुरका स्थानीयवासीले हात्ती आतङ्क नियन्त्रणमा प्रशासनले काम नगरेको भन्दै बिहीबार बिहानखि सो क्षेत्रमा यातायात अवरुद्ध पारेका छन्। पटक–पटक हात्ती नियन्त्रणका लागि प्रशासन गुहार्दै आएका स्थानीय हात्ती पीडितले हरिपुर–३ की ५५ वर्षीया मौलीदेवी मुखियाको हिजो राति जङ्गली हात्तीले मारेपछि आक्रोशित भएर सडक आन्दोलनमा ओर्लिएका हुन्। Continue reading “हरिपुर हात्ती पीडितले गरे चक्काजाम”
पूर्वाञ्चलभरि यस वर्ष चिसोले ६० जनाको मृत्यु
विराटनगर- यसवर्षको अत्यधिक चिसोका कारण पूर्वाञ्चलभरमा ६० जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको पूर्व क्षेत्र प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ। मृत्यु हुनेमा ३४ पुरुष र २४ महिला र २ बच्चा रहेका छन्। प्राप्त जानकारीअनुसार सप्तरीमा ३७, सिराहमा १३, झापामा सात, उदयपुरमा दुई र पाँचथरमा एक जनाको मृत्यु भएको हो। Continue reading “पूर्वाञ्चलभरि यस वर्ष चिसोले ६० जनाको मृत्यु”
भतिजाले गरे काकाको हत्या
चौतारा- सिन्धुपाल्चोकको भोटेनाम्लाङ गाविस–१ निवासी ५९ वर्षीय चिनीबहादुर तामाङको बुधबार भतिजाले हत्या गरेका छन्। आफन्तकहाँ छेवर मनाउन गएका उनीहरूबीच सामान्य विवाद भएपछि ३१ वर्षीय भतिजा हर्कबहादुर तामाङले भरुवा बन्दुकको कुन्दाले हानेर चिनीबहादुरको हत्या गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जानकारी दिएको छ। Continue reading “भतिजाले गरे काकाको हत्या”
एसीसी च्याम्पियनमा नेपाल तेस्रो, थाइल्यान्ड विजेता
काठमाडौं- उपाधि जित्ने लक्ष्यमा असफलता हात पारे पनि नेपालले एसिसी महिला क्रिकेट च्याम्पियनसिपमा हङकङलाई हराउँदै तेस्रो स्थान पाउन सफल भएको छ। नेपाललाई सेमिफाइनलमा पराजित गरेको थाइल्यान्डले आज चीनलाई हराउँदै उपाधि चुमेको छ। थाइल्यान्डको चियाङमाइस्थित जिमखाना मैदानमा भएको खेलमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको हो। यसअघि समूह चरणमा पनि नेपालले हङकङलाई पराजित गरिसकेको थियो। Continue reading “एसीसी च्याम्पियनमा नेपाल तेस्रो, थाइल्यान्ड विजेता”
आइफोन ५ एस आउँदै
एप्पलले पाँच महिनाअघि आइफोन ५ सार्वजनिक गर्दा ठूलै चर्चा कमायो। स्मार्टफोनमा पहिलो स्थान लिन सफल एप्पल आइफोन ५ लगत्तै कम्पनी नयाँ मोडलको तयारीमा जुटिसकेको छ। कम्पनीले दुई आइफोनका मोडलसँगै नयाँ पुस्ताको आइप्याड र आइप्याड मिनीको समेत तयारी गर्दै छ। नयाँ आइफोनमा के होला भन्ने जिज्ञासा सबैसामु हुनु अनौठो होइन। एप्पलले ल्याउन लागेको नयाँ पुस्ताको आइफोनमा तीव्र गतिमा चल्नसक्ने प्रोसेसर, फिंगर प्रिन्ट सेन्सर, सुधारिएको क्यामरा र थप शक्तिशाली एलइडी फ्ल्यास समावेश हुने बताइएको छ। Continue reading “आइफोन ५ एस आउँदै”
मोबाइलबाटै क्यानको जानकारी
सूचना प्रविधि मेला इन्फोटेकको आयोजक कम्प्युटर एसोसिएन अफ नेपाल(क्यान) को सहकार्यमा नेपवेज प्रालिले ग्राहकलाई मोबाइलबाटै मेलाको जानकारी दिने व्यवस्था मिलाएको छ। अवलोकनकर्ताले इन्फोटेकमा राखिएका विभिन्न कम्पनीका स्टल र स्टलमा राखिने उपकरण एवं सेवाको जानकारी हासिल गर्नसक्ने भएका छन्। नेपवेजले विकास गरेको ‘एन–लोकेट’ नामक स्मार्टफोन एप्समार्फत अवलोकनकर्ताले यस्तो जानकारी पाउनेछन्। Continue reading “मोबाइलबाटै क्यानको जानकारी”
फेसबुकमा मानसिक अवस्थाको संकेत
व्यक्तिको फेसबुक प्रोफाइलले उसको मानसिक समस्या पहिचान गर्न सक्ने देखिएको छ। युनिभर्सिटी अफ मिसौरीले सामाजिक सञ्जालबारे गरेको अध्ययनले यस्तो निष्कर्ष बाहिर ल्याएको हो। मनोविज्ञ डा. एलिजाबेथ मार्टिनले गरेको अध्ययनअनुसार फेसबुक प्रोफाइललाई मानसिक रोगीको अवस्था बुझ्न प्रयोगमा ल्याउन सकिन्छ। Continue reading “फेसबुकमा मानसिक अवस्थाको संकेत”
व्यक्तिगमा भिसामा जानु असुरक्षित
डी. विनोद- वैदेशिक रोजगारीका ठग र दलालहरूले अहिले फरक ढंगले पैसा कमाउने बाटो बनाइरहेका छन्। वैदेशिक रोजगारीका ठगी र एजेन्टको बिगबिगीविरुद्ध कानुनी उपचारका घटना बढ्न थालेपछि उनीहरूले फरक किसिमले ठगी धन्दा चलाउन थालेका छन्। २०६४ सालमा नेपाली महिला पनि वैदेशिक रोजगारीमा जाने प्रावधानमा सरकार खुकुलो बनेपछि अहिले नेपाली महिला खाडीलगायत मुलुकमा जाने क्रम बढेको छ। Continue reading “व्यक्तिगमा भिसामा जानु असुरक्षित”