सप्तरी- सामुदायिक प्रहरी सेवा मञ्च एवम् राप्रपा नेपालका सप्तरी अध्यक्ष श्रीराम शर्माको निधन भएको छ। अत्यन्तै मिलनसार नेताका रुपमा परिचित शर्माको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। बिहीबार राति दुईपटक उल्टी भएपछि तत्कालै उहाँलाई उपचारका लागि सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएको थियो, तर त्यहाँ उपचार हुन नसकी उहाँलाई विराटनगर पठाइएको थियो। श्री शर्माको विराटनगरमा उपचारकै क्रममा निधन भएको हो। Continue reading “राप्रापा नेपालका सप्तरी अध्यक्षको निधन”
Author: admin
सुनको मूल्यमा प्रतितोला आठ सयले कमी
काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी सङ्घले छापावाल सुनको मूल्य गत साताको तुलनामा प्रतितोला रु ८०० ले कमी भई आज बजारमा कारोबार भएको जनाएको छ। गत साता प्रतितोला रु ५८ हजार ६०० मूल्य कायम भई बिक्री भएको सुनको मूल्य आज प्रतितोला रु ५७ हजार ८०० मा कारोबार भएको हो।
तेजावी सुनको मूल्य गत साता प्रतितोला रु ५८ हजार ३५० रहेकामा प्रतितोला रु ८०० ले घटेर प्रतितोला रु ५७ हजार ५५० मा कारोबार भएको छ। त्यसैगरी, असली चाँदी प्रतितोला रु एक हजार १३० बाट रु २० ले कमी भई एक हजार ११० मा कारोबार भएको सङ्घले जनाएको छ। Continue reading “सुनको मूल्यमा प्रतितोला आठ सयले कमी”
प्रधानमन्त्री भट्टराईको गाडीमा ढुंगा प्रहार
कैलाली- कैलाली जिल्ला सम्मेलन उद्घाटन गर्न आएका प्रधानमन्त्री बाबुराम भट्टराई चढेको गाडीमा विपक्षी दलका कार्यकर्ताहरुले ढुंगा प्रहार गरी कालो झण्डा देखाएका छन्। नेविसंघले धनगढी बन्दको आह्वान गरेको छ। कैलाली जिल्ला सम्मेलन उद्घाटन गर्न प्रधानमन्त्री भट्टराई र अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताहरु हेलिकोप्टरबाट कैलाली आएका छन्। प्रधानमन्त्री आगमनको विरोधमा नेविसंघले २ देखि ४ बजेसम्म बन्द आह्वान गरेको हो। Continue reading “प्रधानमन्त्री भट्टराईको गाडीमा ढुंगा प्रहार”
चुनौतिले ऊर्जा दिन्छ

२०४६ सालको जनआन्दोलनका बेला रुक्मिणी चौधरी १२-१३ वर्षको मात्र हुनुहुन्थ्यो । उहाँका बुबा चितवन जिल्लाको क्षेत्र नं. –४ का नेपाली काङ्ग्रेसको क्षेत्रीय सभापति हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा राँके जुलुस, बन्द र हडतालहरू हुन्थ्यो । घरमा बैठक बस्दा प्रहरीको गाडी आएमा रुक्मिणी बुबालाई खबर गर्ने काम गर्नुहुन्थ्यो । बुबा बैठकको समय बाहेक अरु समयमा कहिल्यै घरमा बस्नु हुदैँनथ्यो । प्रहरीले रुक्मिणी र उहाँकी दिदीलाई थानामा लगेर बुबा कहाँ बस्नुहुन्छ देखाउ भनेर सोध्थ्यो र कहिलेकाँही खानेकुरा दिएर पनि फकाउँथ्यो । ‘तर हामी भन्दिनन्यौं, काकाहरू थुनामा लिन गएपछि हामीलाई छाडिदिन्थ्यो’, उहाँ ती दिनहरू सम्झनुहुन्छ । Continue reading “चुनौतिले ऊर्जा दिन्छ”
आक्रमण भरतको सरलता। तस्बिर : विकास कार्की
आक्रमण भरतको सरलता
कमल खत्री- घरेलु फुटबलका नम्बर एक स्ट्राइकर भरत खवास जब मैदानमा उत्रन्छन्, विपक्षीको टाउको दुख्न थालिहाल्छ। उनलाई गोल गर्न नदिनुलाई नै विपक्षी ठूलो सफलता मान्छन्। मैदानमा उत्रनासाथ विपक्षी रक्षकले निगरानी राख्न थालिहाल्छन्। मैदानमा आक्रामक भरतको जीवनशैली भने निकै सरल छ। Continue reading “आक्रमण भरतको सरलता”
विपक्षी नौ दलको बिराटनगरमा विरोध र्याली
विराटनगर- विपक्षी दलको संयुक्त आह्वानमा सुरु भएको विरोध कार्यक्रमअनुसार नेपाली कांग्रेस सुनसरीको अगुवाइमा इनरुवामा बृहत् र्याली र कोणसभा सम्पन्न गरेको छ। लोकतन्त्रको संस्थागत विकास गर्न र वर्तमान सरकारलाई सत्ताबाट बाहिर ल्याई राष्ट्रिय सहमतिको सरकार बनाउने उद्देश्यले नेपाली कांग्रेस पार्टी कार्यालयबाट निस्किएको र्याली नगरका विभिन्न भागको परिक्रमा गरी बजारमा कोणसभामा परिणत भएको थियो। Continue reading “विपक्षी नौ दलको बिराटनगरमा विरोध र्याली”
तुरीया खोलामा झोलुङ्गे पुल निर्माण सुरु
परासी- नवलपरासीको शुक्रौली गाउँ विकास समितिमा रहेको तुरीया खोलामा झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको छ। स्थानीयबासीको लामो प्रयासपछि पुल निर्माणको कार्य सुरु भएको हो। वर्षात्मा सदरमुकाम परासी आउन–जान निकै समस्या भएपछि पुल निर्माण सुरु गरिएको हो। जिल्ला विकास समितिको रु आठ लाख ८० हजार, गाविसको रु ८३ हजार, हेल्भेटास नेपालको पुल निर्माण सामग्री, हिकोडेफको प्राविधिक सहयोग र स्थानीय उपभोक्ता समितिको रु ७१ हजार बराबरको जनश्रमदान गरी कुल रु ३७ लाखको लागतमा पुल निर्माण सुरु गरिएको निर्माण समितिका सचिव रामनरेश यादवले बताए। Continue reading “तुरीया खोलामा झोलुङ्गे पुल निर्माण सुरु”
दलहरू मिल्नुको विकल्प छैन : राष्ट्रपति
काठमाडौं- राष्ट्रपति रामवरण यादवले कानुन विषय (लिगल इस्यु) सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गरे। नेपाल बार एसोसिएसन र ल एसियाद्वारा संयुक्त रूपमा आयोजित सो सम्मेलनमा नेपालसहित दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) देशसहित कोरिया, मलेसिया, जापानका कानुन विज्ञहरूको सहभागिता रहेको छ। Continue reading “दलहरू मिल्नुको विकल्प छैन : राष्ट्रपति”
सहमतिको सम्भावना सकियो : खनाल
बागलुङ- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राजनीतिक दलबीच तत्काल सहमति बन्ने कुनै सम्भावना नरहेको बताएका छन्। लामो समय वार्ताद्वारा सहमति खोज्ने प्रयास भएपनि कुनै निकास निस्कन नसकेपछि आन्दोलननै प्रमुख एजेण्डाको रूपमा अघि आएको अध्यक्ष खनालको भनाइ थियो। Continue reading “सहमतिको सम्भावना सकियो : खनाल”