राप्रापा नेपालका सप्तरी अध्यक्षको निधन
सप्तरी- सामुदायिक प्रहरी सेवा मञ्च एवम् राप्रपा नेपालका सप्तरी अध्यक्ष श्रीराम शर्माको निधन भएको छ। अत्यन्तै मिलनसार नेताका रुपमा परिचित शर्माको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। बिहीबार राति दुईपटक उल्टी भएपछि तत्कालै उहाँलाई उपचारका लागि सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएको थियो, तर त्यहाँ उपचार हुन नसकी उहाँलाई विराटनगर पठाइएको थियो। श्री शर्माको विराटनगरमा उपचारकै क्रममा निधन भएको हो। राजविराज–८ निवासी ५७ वर्षीय शर्मा सप्तरीका प्रतिष्ठित समाजसेवी हुनुहुन्छ। रासस
Facebook Comment