ट्विटरमा प्रधानमन्त्री
काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले आइतबारदेखि सामाजिक सञ्जाल ट्वीटरमा प्रवेश गरेका छन्। उनले ट्विटरमार्फत् युवापुस्तासँग प्रत्यक्ष सम्वादसमेत थाल्नेछन्। तपाइँलाई लागेको कुरा अब सिधै प्रधानमन्त्री बाबुराम भट्टराईलाई @brb_laaldhwoj मा मेन्सन गर्न सक्नुहन्छ। प्रधानमन्त्रीको ट्विटर प्रोफाइलमा अंग्रेजीमा लेखिएको छ- ‘मेरा देशवासीहरु, विशेषरुपले युवा साथीहरु, हाम्रो महान देशबारे आशावादी रहौं। हामीले चुनौतीहरुलाई अवरसरमा बदल्नुपर्छ।’ युवापुस्तासंग प्रत्यक्ष अन्तक्रिर्या गर्नका लागि प्रधानमन्त्री भट्टराईले ट्विटर चलाउन थाल्नुभएको प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए। यसअघि पनि बाबुराम भट्टराईका नाममा फेक एकाउन्ट खोलिएका थिए।
Facebook Comment