पत्रकारको विरोध (फोटो फिचर)
काठमाडौं- नेपाल पत्रकार महासंघले दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशभर प्रदर्शन गरेको छ। प्रधानमन्त्री बाबुराम भट्टराईले अनुसन्धान प्रभावित गर्नेगरी दबाब दिएपछि महासंघ सडक संघर्षमा ओर्लिएको हो। राजधानीको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष शिव गाउँलेले पत्रकारका हत्यारहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताए। उनले सरकारले थापाका अभियुक्तहरुलाई छोडाउन खोजे त्यसविरुद्ध महासंघले कडा आन्दोलन गर्ने चेतावनी दिए। हेर्नुस् केही तस्बिर
Facebook Comment