थारु समुदायको ‘छोक्रा’ नाच लोप हुँदै

तस्बिर : सन्तोष दहित

सन्तोष दहित, दाङ- केही वर्षअगाडि थारु गाँउमा विहे हुने वेला होस या दुलही ‘पठलहरी’ लाई पठाउन आएको वेला होस या कुनै नया कामको ठालनी किन नहोस त्यसैको अवसर पारेर नाचिने छोक्रा नाच थारु समुदायमा हिजाआज लोप हुदै गएको छ।  पहिले पहिले थारु गाँउमा कसैको घर दुलही ‘पठलहरी’ पठाउन आउने खवर गाँउमा हल्ला मात्र हुनसाथ साझ पख पठलरी आउने घरमा गाँउका सवै युवा युवतिहरु पठलरी नआउदै छोक्रा नाच सुरु गरिन्थ्यो भन्नुहुन्छ थारु युवा परिषद दाङका अध्यक्ष विरेन्द्र चौधरी। Continue reading “थारु समुदायको ‘छोक्रा’ नाच लोप हुँदै”

थारु गाँउमा माघीको चहलपहल

तस्बिर : उपेन्द्र लामिछाने

सन्तोष दहित, दाङ- माघी पर्व आउने करिब एक हप्ता समय रहदा पनि अहिले देखि नै थारु गाँउमा माघीको चहलपहल शुरु भएको छ। यति वेला थारु समुदायका मानिसहरु माघीको तयारीमा व्यस्त छन्। कोहि दाउरा र पातको लागि जंगलमा गएका छन् भने कोहि ढिक्री वनाउनको लागि पिठो पिसाउन मिलमा व्यस्तछन। त्यस्तै कोहिले मासु खानको लागि सुंगुर वंगुरको खोजिमा छन्। Continue reading “थारु गाँउमा माघीको चहलपहल”

‘वर्तमान सरकार रहुन्जेल चुनाव र सहमति दुबै हुँदैन’

काठमाडौं- नेपाली कांग्रेस र उपेन्द्र यादव संयोजक रहेको सङ्घीय लोकतान्त्रिक मोर्चा नेपालबीच राष्ट्रिय सहमतिको सरकार गठन, निर्वाचन, सङ्घर्ष र सहकार्यका विषयमा सहमति जुटाएर अघि बढ्नेबारे छलफल सुरु भएको छ। नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा भएको सो छलफलमा वर्तमान सरकारको बहिर्गमन गरी राष्ट्रिय चरित्रको सरकार बनाएर निर्वाचनमा जाने र समान विषयमा साझा धारणा बनाएर अघि बढ्नेबारे पनि छलफल भएको छ। सभापति कोइरालासहितका कांग्रेसका नेताहरु पनि सो छलफलमा सहभागी थिए। Continue reading “‘वर्तमान सरकार रहुन्जेल चुनाव र सहमति दुबै हुँदैन’”

महिला सबैभन्दा सेक्सी कहिले हुन्छन् ?

लन्डन, एजेन्सी– महिलाहरूले २८ वर्षको उमेरमा आफूलाई सबैभन्दा सेक्सी मान्ने गरेको पत्ता लागेको छ। हालै बेलायतमा गरिएको एक सर्वेक्षणमा यस्तो नतिजा निस्केको हो। सामान्यतया जुनसुकै उमेरका भए पनि अधिकांश महिलाहरू आफ्नो शारीरिक बनावट वा फिगरबारे कुनै न कुनै गुनासो गरिरहेका हुन्छन्। महिलाका लागि स्वास्थ्य सामग्री उत्पादन गर्ने एक बेलायती कम्पनीले सर्वेक्षण गरेको थियो। बेलायती महिलालाई सोधिएका विभिन्न प्रश्नमध्ये एउटा महिला भएकोमा कस्तो लाग्छ भन्ने थियो। Continue reading “महिला सबैभन्दा सेक्सी कहिले हुन्छन् ?”

बेलायतले पनि मानवअधिकार हनन् गरेको छ : गेसो

काठमाडौं- गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले नेपाली सेनाका कर्णेल कुमार लामालाई मानवअधिकारको उल्लघंन गरेको अभियोगमा बेलायती प्रहरीले गिरफ्तार गरी मुद्दा चलाइएकोप्रति कडा आपत्ति जनाएको छ। आइतबार प्रेस विज्ञप्ती जारी गर्दै गेसोले बेलायतसामु पाँच प्रश्न‍नको जवाफ दिनसमेत माग गरेको छ। Continue reading “बेलायतले पनि मानवअधिकार हनन् गरेको छ : गेसो”

इटहरीमा अवैध यौनधन्दा फस्टाउँदो

इटहरी- पूर्वी नेपालमा नै सबैभन्दा बढी होटल लज तथा रेस्टुरेन्ट सञ्चालन भइरहेको सुनसरी जिल्लाको इटहरीमा पछिल्लो समयमा घरघरमा नै कोठीसमेत सञ्चालन हुन थालेको तथ्य फेला परेको छ। अवैध यौनधन्दामा संलग्न महिला शोभा दाहाल नेतृत्वको महिला टोलीले इटहरी–५ मा रहेको अफ्नै घरमा कोठी चलाइरहेको प्रहरीले फेला पारेको छ। Continue reading “इटहरीमा अवैध यौनधन्दा फस्टाउँदो”

गाउँमै बाघ पसेपछि…

रुकुम- रोल्पाको मिझिङ गाविस–८ बर्जिबाङमा बाघको टोकाइबाट दुई मानिससहित तीन पशु चौपाया घाइते भएका छन्। आज बिहान करिब ५ बजे गाउँमै आएर बाघले उनीहरुलाई टोकेको हो। बाघले टोकेर घाइते हुनेहरुमा मिझिङ–८ निवासी १४ वर्षीया सिता महरा र शिवलाल सुवेदी छन्।
बाघले झम्टने बित्तिकै उनीहरुले घरभित्र पसेर ज्यान जोगाएको स्थानीय कृष्णबहादुर ओलीले जानकारी दिए। बाघले स्थानीय खिमबहादुर महराका दुई भैँसी र एक कुकुरलाई समेत टोकेको छ। Continue reading “गाउँमै बाघ पसेपछि…”

सवारी दुर्घटनामा एकको मृत्यु, तीन घाइते

परासी–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको डण्डामा शनिबार राति भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा९च ४०३९ नम्बरको कारमा बा३३प १४४० र लु११प २८१९ नम्बरको मोटरसाइल एकआपसमा ठोक्किएर सो दुर्घटना भएको थियो।  Continue reading “सवारी दुर्घटनामा एकको मृत्यु, तीन घाइते”

प्रधानमन्त्रीले आर्थिक अपराध गरे : महत

गुल्मी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले आर्थिक अपराधको अभियोग लगाएर प्रधानमन्त्रीलाई हटाउने बाटो खुलेकाले त्यसलाई सदुपयोग गर्न राष्ट्रपतिलाई सुझाव दिएका छन्। सरकारले माथिल्लो त्रिशुलीको क्षमता बढाउने नाममा अर्बौंको आर्थिक अपराध गरेकाले यही अभियोगमा प्रधानमन्त्रीलाई हटाउन राष्ट्रपतिलाई सुझाव दिए।  Continue reading “प्रधानमन्त्रीले आर्थिक अपराध गरे : महत”

माघ महिनाभित्र पनि सहमति हुँदैन : खाँड

बुटवल- नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले माघ महिना नसकिँदासम्म दलहरुबीच कुनै सहमति हुन नसक्ने बताएका छन्। उनले प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो पार्टीको महाधिवेशनअघि पद छाड्न सक्ने सम्भावना क्षीण भइरहेकाले राष्ट्रिय सहमतीय सरकारका लागि कुनै सहमति हुन नसक्ने अवस्था सिर्जना भएको पनि उल्लेख गरे। Continue reading “माघ महिनाभित्र पनि सहमति हुँदैन : खाँड”