बाँके- जंग्रार साहित्यिक बखेरीले थारू अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनका लागि चिन्तन गरेको छ। नेपालको बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुर थारू साहित्यकारहरुको बखेरीले पुस १० गते गाभर भ्यालीको होम स्टेमा एक कार्यक्रम गरी उक्त चिन्तन गरेका हुन्। साहित्यकार कृष्णराज सर्वहारीले साहित्यिक बखेरीलाई अन्तर्राष्ट्रियरुपमा चिनाउनुका साथै भाषा संस्कृतिको संरक्षण एवं प्रबर्द्धन गर्न अन्तराष्ट्रिय साहित्यिक सम्मेलनले सहयोग गर्ने भएकाले यसबारे चाँडै नै ठोस निर्णय गरिने बताए। Continue reading “थारू अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन हुने”
Author: admin
राजधानीमा नयाँ वर्षको रौनक
कृष्णराज गौतम, काठमाडौं- अङ्गे्रजी पात्रोअनुसारको नयाँ वर्षलाई स्वागत गर्ने क्रममा राजधानीका विभिन्न स्थानमा विशेषगरी युवापुस्ताले विविध कार्यक्रम गरी खुसियाली मनाएका छन्। अङ्गे्रजी नयाँ वर्ष सन् २०१३ को स्वागतका लागि सहरीक्षेत्रमा विभिन्न उमेर समूहका युवावर्गले विविध साङ्गीतिक कार्यक्रमका साथै नाचगान तथा खानपिन गर्दै रमाइलो गरे। Continue reading “राजधानीमा नयाँ वर्षको रौनक”
भादा होम स्टेको ‘ब्याड लक’

नेपाल पर्यटन वर्ष २०११ को पहिलो दिन जनवरी १ अर्थात् २०६७ पुस १७ गते उर्मा–८ भादामा थारु होम स्टे उद्घाटन कार्यक्रम थियो। त्यसको अघिल्लो दिन, पुस १६ गते बर्षा भयो। करिब शून्य दशमलव ७ मिलिलिटर पानी पर्यो। सुदूरपश्चिम क्षेत्रमै पर्यटन प्रबर्द्धनका लागि सरकारी लगानी शून्य भएको बेला पुस १७ गते स्थानीय जनताले आफ्नै पहलमा पर्यटनका लागि होम स्टे स्थापना गर्न गरेको तयारीको समाचार संकलन गर्न यो पंक्तिकार पनि पुस १५ गते नै भादा पुगेको थियो। Continue reading “भादा होम स्टेको ‘ब्याड लक’”
थारू होम स्टे महोत्सव सुरु
मुकेश टेंर्रा, कैलाली- कैलालीको उर्मा–८ भादामा थारु होम स्टे महोत्सव आज सुरु हुँदैछ। पर्यटन प्रबर्द्धन गर्ने मुल उद्देश्यका साथ हरेक वर्ष अंग्रेजी नयाँ वर्षदेखि आयोजना हुने महोत्सव आज भादा शुरु भइरहेको हो। यसवर्षदेखि पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमो सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक भादा गाउँ पर्यटन विकास तथा व्यवस्थापन समितिले जनाएको छ। Continue reading “थारू होम स्टे महोत्सव सुरु”
बाख्रा चराउन गएकी युवती बलात्कृत
लहान- सिरहाकी एक युवती बाख्रा चराउन गएको समयमा बलात्कृत भएकी छन्। वडा प्रहरी कार्यालय लहानका अनुसार सोमबार दिउँसो घरबाट बाख्रा चराउन गएकी ती युवतीलाई गाउँकै दुई युवकले बलात्कार गरेका हुन्। प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले बलात्कारी फरार भएकाले मातहतको इलाका प्रहरी कार्यालय धनगढीलाई समेत परिचालन गरी खोजी भइरहेको जानकारी दिए। Continue reading “बाख्रा चराउन गएकी युवती बलात्कृत”
नयाँ वर्ष मनाउनेक्रममा भागदौड हुँदा ६० को मृत्यु

एजेन्सी- नयाँ वर्ष मनाउने क्रममा भएको भागदौडमा परी आइभोरी कोस्टको राजधानी अविदजानमा ६० जनाको मृत्यु भएको छ। बिबिसीले स्थानीय मिडियालाई उदृत गर्दै जनाएअनुसार नयाँ वर्षको स्वागतमा जुटेकाहरु भागाभाग हुँदा यस्तो दुर्घटना भएको हो। राजधानीको केन्द्रीय भागमा स्थानीय समयअनुसार बिहानै भागाभाग भएको थियो। करिब २ सय मानिसहरु दुर्घटनामा परी घाइते भएका छन्। Continue reading “नयाँ वर्ष मनाउनेक्रममा भागदौड हुँदा ६० को मृत्यु”
नयाँ वर्ष २०१३
Miss Tourism International 2012
फिलिपिन्सकी गोमेज मिस टुरिज्म (फोटो फिचर)
एपी- फिलिपिन्सका रिज्जिनी एलेक्सीस गोमेज मिस टुरिज्म २०१२ को उपाधि जितेकी छन्। मलेसियाको क्वाललमपुरमा भएको अन्तिम छनोटमा उनी उनले उपाधि हात पारेकी हुन्। हेरौं कार्यक्रमका केही तस्बिरहरु: Continue reading “फिलिपिन्सकी गोमेज मिस टुरिज्म (फोटो फिचर)”
बाँस्तोलाको मस्तिष्कको फेरि शल्यक्रिया हुँदै
भद्रपुर- नेपाली कांग्रेसका नेता चक्र बाँस्तोलाको दिल्लीस्थित मेदान्त अस्पतालमा आज मध्याह्नदेखि मस्तिष्कको दोस्रोपटक शल्यक्रिया भइरहेको छ। उक्त अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै बास्तोलाका भतिजा तारा बास्तोलाले मस्तिष्कमा जमेको पानी बाहिर निकाल्न शल्यक्रिया थालिएको बताए। Continue reading “बाँस्तोलाको मस्तिष्कको फेरि शल्यक्रिया हुँदै”


