काठमाडौं- देशव्यापीरुपमा भएको महिला हिंसाका घटनाहरुलाई महिला हिंसाविरुद्धको अनुगमन समितिले अनुगमन सुरु गरेको छ। आज प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजुमानसिंह मल्लको संयोजकत्वमा गठित अनुगमन समितिले त्यस्ता घटनालाई नियन्त्रण गर्नका लागि कडाइपूर्वक अनुगमन सुरु गरेको जानकारी दिइयो। Continue reading “महिला हिंसाविरुद्धको अनुगमन समितिले काम सुरु गर्यो”
Author: admin
सप्तरीमा एक दम्पतीको रहस्यमय हत्या
सप्तरी, पुस १७- सप्तरीको जण्डौल गाविसमा एक दम्पतीको रहस्यमय हत्या भएको छ। जण्डौल गाविस–८ निवासी ४५ वर्षीय डम्बर भट्टराई र उनकी ३५ वर्षीया पत्नी कौशीलादेवीको रहस्यमय हत्या भएको हो।आफ्नै घरमा घाँटीमा डोरीले बेरिएर हत्या भएको अवस्थामा ती दम्पतीको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। दुवैको शव परीक्षणका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक कुशबहादुर थापाले जानकारी दिए। Continue reading “सप्तरीमा एक दम्पतीको रहस्यमय हत्या”
संसारभरि नयाँ वर्षको उल्लास (फोटो फिचर)
एपी- अंग्रेजी वर्ष २०१३ को संसार भब्य स्वागत गरिएको छ। अष्ट्रेलियाको ओपेरा हाउसन, हार्बर ब्रिजमा मध्यरात आतसवाजी गरियो। त्यस्तै अमेरिका, बेलायत, फ्रान्स, जर्मनीमालगायतका देशमा ठूलो आतसवाजी गरी नयाँ वर्षको स्वागत गरिएको थियो। हेरौं केही तस्बिर: Continue reading “संसारभरि नयाँ वर्षको उल्लास (फोटो फिचर)”
प्ररिवारका सदस्यबाटै विन्दुको हत्याः प्रहरी
बारा- घरपरिवारले नै विन्दु ठाकुरको हत्या गरेको सोमबार कलैयामा प्रहरीले दाबी गरेको छ। विभिन्न प्रमाण प्रस्तुत गर्दै उपस्थित पत्रकारहरुलाई जिल्ला प्रहरी कार्यालय बाराका नायब उपरीक्षक विप्लव अधिकारीले भने, “बिहान पढ्न निस्केकी भनिएकी विन्दुका बारेमा परिवारजनको भनाइ बाझिएको, पढ्नका लागि भनेर विन्दु घर बाहिर निस्केको देख्ने कोही नभएको, मट्टीतेलको भाँडो घरभित्रै फेला परेको र घरभित्र घटना भएकै दिनमा लिपपोत गरेको अवस्थामा परिवारजनकै संलग्नता रहेको पुष्टि हुन्छ।” Continue reading “प्ररिवारका सदस्यबाटै विन्दुको हत्याः प्रहरी”
हिलारी क्लिन्टन अस्पताल भर्ना
एजेन्सी- अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनलाई आइतबार राति अस्पताल भर्ना गरिएको छ। रगतका कारण समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको हो। ‘फलो अप परीक्षण गर्दा रगतमा समस्या देखिएपछि क्लिन्टनका चिकित्सकले भर्ना हुन भनेका हुन्,’ उनका प्रवक्ता फिलिप रेनसले विज्ञप्तीबाट जानकारी गराए। उनलाई न्युयोर्कस्थित प्रिसवाइटेरियन अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकहरुले उनको शाररीक अवस्थाको परीक्षण पूरा गरेपछि थप उपचारबारे खुट्याउने छन्। Continue reading “हिलारी क्लिन्टन अस्पताल भर्ना”
झालाई दूरसञ्चारको अध्यक्षमा नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका दिगम्बर झाको नियुक्ति कार्यान्वयन नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। झाको नियुक्ति गैरकानुनी भन्दै परेको रिटमाथि सर्वोच्चले सोमबार सो फैसला सुनाएको हो। नियमविपरीत मन्त्रिपरिषद्ले झालाई सिफारिस गरेको भन्दै जिएमका दाबेदार विश्वनाथ गोयल र जगन्ननाथ मिश्रले छुट्टा छुट्टै रिट दायर गरेका थिए। Continue reading “झालाई दूरसञ्चारको अध्यक्षमा नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश”
प्रचण्ड पत्नीसहित बैंकक प्रस्थान
काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीतासहित आज थाइल्यान्डको राजधानी बैंकक जाँदैछन्। पत्नी सीताको उपचारका लागि दाहाल थाइल्यान्ड जान लागेका हुन्। उनका स्वकीय सचिव शिव खकुरेलका अनुसार दाहालको २ बजेको फ्लाइट छ। थाइ एयरवेजबाट उनी त्यता लाग्दैछन्। Continue reading “प्रचण्ड पत्नीसहित बैंकक प्रस्थान”
सिरहामा चिसोले मर्नेको सङ्ख्या बाह्र पुग्यो
सिरहा- अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण सिरहामा मर्नेको सङ्ख्या १२ पुगेको छ। मर्नेहरुमा एक बालिका, ६ वृद्धा र पाँच वृद्ध छन्। नीयवासीका अनुसार इटारीप्रसाही गाविसमा छ दिनमै एक बालिकासहित छ जना दलित वृद्धाको कठाङ्ग्रिएर मृत्युभएका छन्। आर्थिक अभावले न्यानो कपडाको लगाउन नसक्दा दलित बालिका र वृद्धाहरुको ईटारीप्रसाहीका महिला शिक्षक सुमित्रा मण्डलले बताए। यस्तै सुखीपुर गाविसमा चिसोकै कारण कठाङ्ग्रिएर एक वृद्ध र दुई वृद्धाको मृत्युभएको गाविस सचिव द्रवेश्वर दासले जानकारी दिए। Continue reading “सिरहामा चिसोले मर्नेको सङ्ख्या बाह्र पुग्यो”

