बाँस्तोलाको मस्तिष्कको फेरि शल्यक्रिया हुँदै
भद्रपुर- नेपाली कांग्रेसका नेता चक्र बाँस्तोलाको दिल्लीस्थित मेदान्त अस्पतालमा आज मध्याह्नदेखि मस्तिष्कको दोस्रोपटक शल्यक्रिया भइरहेको छ। उक्त अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै बास्तोलाका भतिजा तारा बास्तोलाले मस्तिष्कमा जमेको पानी बाहिर निकाल्न शल्यक्रिया थालिएको बताए।
यसअघि, पुस १४ गते साँझ सिलगुडीस्थित न्युरो अस्पतालमा उनको पहिलोपल्ट मस्तिष्कको शल्यक्रिया गरिएको थियो। मस्तिष्कमा जमेको रगत सफा गरिए पनि नेता बाँस्तोला अचेत अवस्थामै लगातार तीन दिनसम्म भेन्टिलेटर रहेका थिए।
स्वास्थ्यमा कुनै सुधार नदेखिएपछि उनलाई गएराति ९ बजे सिलगुडीबाट एयर एम्बुलेन्समा राखेर दिल्लीको मेदान्त अस्पतालमा पुर्याइएको हो। उनी पुस १४ गते बिहान एकाएक बेहोस भएङ्का थिए। रासस
Facebook Comment