‘टाइटानिक गर्ल’को तेस्रो बिहे

न्युयोर्क, एजेन्सी– हलिउड अभिनेत्री केट विन्सलेटले प्रेमी नेड रकएनरोलसँग न्युयोर्कमा बिहे गरेकी छन्। ३७ वर्षीया केटको यो तेस्रो बिहे हो। ‘टाइटानिक’की अस्कर विजेता अभिनेत्री केटले केही साथी र अघिल्ला सम्बन्धबाट जन्मिएका दुई बच्चाको उपस्थितिमा बिहे गरिन्।
३४ वर्षीय नेडले केही समयअघि बेलायती कानुनको सुविधाअनुसार आफ्नो वास्तविक नाम अबेल स्मिथलाई परिवर्तन गरेका हुन्। उनी बेलायती उद्योगपति रिचर्ड ब्रान्सनका भान्जा हुन्। Continue reading “‘टाइटानिक गर्ल’को तेस्रो बिहे”

थारु विद्यार्थीद्वारा महेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी

दाङ- थारु विद्यार्थी समाज दाङले महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा अनिश्चितकालिका लागि तालाबन्दी गरेको छ। क्याम्पसमा हालै भएको शिक्षक छनोट प्रक्रियामा निष्पक्ष तरिकालबाट नभएर एकलौटिरुपमा पार्टीगत भागबन्डाबाट प्राध्यापक राख्न खोजेको भन्दै समाज दाङले तालाबन्दी गरेको हो। Continue reading “थारु विद्यार्थीद्वारा महेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी”

कहाँगए थारु देशबन्ध्या गुरुवाहरु

तस्बिर सौजन्य : bachubaby.wordpress.com

सन्तोष दहित, दाङ- देशबन्ध्या गुरुवा। यो शब्द सुन्दा जो कोहिलाई पनि यो के होला? जिज्ञासाले सवैलाई छुन सक्छ। देश गुरुवा भन्ने शब्द थारु भाषाको शब्द हो। थारु समुदायमा केहि वर्ष अगाडी आफ्नो गाँउ हुदै गाविस देखि लिएर पल्लो गाविस सम्मको प्रगन्नाको रेखदेख गरिनुका साथै पूजापाठ गर्ने, गराउनेको नेतृत्व गर्दै आएका व्यक्तिलाई देशवन्ध्या गुरुवा भनिन्छ। देशबन्ध्या गुरुवा शब्दलाई अर्को शब्दमा गुर्वाबा पनि भनिन्छ। तर हिज आज देशबन्ध्या गुरुवा वनाउने चलन छाडे पछि अहिले देशबन्ध्या गुरुवाहरु हराउदै गएकाछन्। देशबन्ध्या गुरुवाहरुलाई ठुलो तान्त्रिक मन्त्रका ज्ञाता पनि मानिन्छन। यी देशबन्ध्या गुरुवाहरु भएको सम्वन्धमा सानो किम्बदन्ती रहेको छ।  Continue reading “कहाँगए थारु देशबन्ध्या गुरुवाहरु”

देशैभर तमु ल्होछारको रौनक

काठमाडौं- गरुड वर्गको बिदाइ र सर्प वर्गको स्वागतका रुपमा गुरुङको तमु ल्होछार आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। तमु ल्होछार मूल समारोह समितिले आइतबार राजधानीको टुँडिखेलमा आयोजित विशेष समारोहको उपराष्ट्रपति परमानन्द झाले उद्‍घाटन गर्दै तमु ल्होसार गुरुङको मात्र नभइ राष्ट्रकै पर्व भएको बताए। उनले राज्यको चरित्र समावेशी तथा संयमी भएको भए आज मुलुकमा समस्या हुने थिएन भन्दै भविष्यमा मुलुकमा कुनै भेद्‍भाव नहुने विश्वास व्यक्त गरे।  Continue reading “देशैभर तमु ल्होछारको रौनक”

महिला हिंसामा संलग्न व्यक्तिलाई कडा कारबाही गर्नुस् : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले पछिल्ला दिनमा महिला हिंसाको घटना बढेको भन्दै दोषीहरूमाथि तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा महिला हिंसाविरोधी सेलको बैठकमा सुरक्षा निकायका प्रमुखलाई विशेष निर्देशन दिँदै प्रधानमन्त्रीले महिला हिंसाका सम्बन्धमा आएका उजुरी तथा जाहेरीलाई केलाएर तत्काल कारबाहीमा लग्न निर्देशन दिएका हुन्।  Continue reading “महिला हिंसामा संलग्न व्यक्तिलाई कडा कारबाही गर्नुस् : प्रधानमन्त्री”

राष्ट्रपतिले फेरि थपे पाँच दिनको म्याद

काठमाडौं- राष्ट्रपति रामवरण यादवले सहमतीय सरकार गठनका लागि थप पाँच दिनको म्याद थप गरेका छन्। आज बिहान प्रमुख तीन राजनीतिक दल र मधेशी मोर्चाका शीर्ष नेताहरुसँगको भेटमा उनीहरुले थप पाँच दिनको समय मागेपछि राष्ट्रपतिले म्याद थप गरेका हुन्। Continue reading “राष्ट्रपतिले फेरि थपे पाँच दिनको म्याद”

मैनालीद्वारा ७ करोड क्षतिपूर्ति दिन जापान सरकारसँग माग

काठमाडौं- एक महिलाको हत्याको आरोपमा १५ वर्ष जापानको कारागारमा कैद भुक्तान गरेका इलामका गोविन्द मैनालीले सातलाख ९० हजार अमेरिकी डलर क्षतिपूर्ति उपलब्ध गराउन जापान सरकारसमक्ष आग्रह गरेका छन्। मैनालीलाई त्यहाँको उच्च अदालतले निर्दोष रहेको आदेश जारी गर्दै हालै जेलमुक्त गरेको थियो। अदालतको आदेशपछि उनी हाल नेपालमा बसोवास गर्दै आएका छन्। Continue reading “मैनालीद्वारा ७ करोड क्षतिपूर्ति दिन जापान सरकारसँग माग”

खाद्य सुरक्षामा महिलाको पहुँच

गीता चौधरी थारु- विस्तृतरुपमा जानुभन्दा पहिले एउटा सन्दर्भ जोडिहालु एउटा सरकारी संस्थामा हेल्पर स्तरको कर्मचारी आवश्यक परेको रहेछ। अनि त्यहाँको आधिकारिक ब्यक्तिले के भन्नुभयो भने महिला कर्मचारी राख्नुपर्छ। उनीहरु समयमै कार्यालय पनि आउँछन् र सुर्ति, चुरोट खानलाई घरिघरि बाहिर पनि जाँदैनन् र अर्को पक्ष कार्यालयमा पाहुना आएपछि पानी चियाको लागी भनिराख्नु पर्दैन आफैँ गएर ब्यवस्था गर्छन्। कामप्रति बफादार हुन्छन्। यसले के देखाउँछ भने महिलाहरुले आफ्नो काम पूर्ण इमान्दारिको साथ निर्वाह गर्छन्। Continue reading “खाद्य सुरक्षामा महिलाको पहुँच”

बाबुराम सरकारलाई निरन्तरता दिने सत्तारुढको निर्णय

काठमाडौं- सत्तारुढ सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारमा परिणत गर्नुपर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले विघटित संविधानसभाबाट निर्वाचित भएको र संविधानअनुसार वैधानिक रहेको वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप प्रदान गर्नुपर्ने निर्णय गरेको हो।  Continue reading “बाबुराम सरकारलाई निरन्तरता दिने सत्तारुढको निर्णय”

मन्त्रिपरिषद् निर्णय

काठमाडौं- सरकारले गाविस अनुदान खर्चबाट मिलाउने गरी गाविस सचिवलाई प्रोत्साहन भत्तास्वरुप थप मासिक रु एक हजार ५ सय दिने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकले सञ्चार मन्त्रीको प्रेस सल्लाहकारमा भक्तपुरका शिव अधिकारीलाई नियुक्त गर्ने, नेपाल टेलिभिजनको सञ्चालक समितिको अध्यक्षमा चार वर्षका लागि नेपालगन्जका सीताराम अग्रवाललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए। Continue reading “मन्त्रिपरिषद् निर्णय”